फुटबल
  • मनाङ् मस्र्याङ्दीले जित्यो एनसेल कप

    जनकपुरखबर, 
    काठमाडौं, २७ असोज

    घरेलु फुटबलको सर्वाधिक पुरस्कार राशिको नकआउट प्रतियोगिता एनसेल कप फुटबलको उपाधि लक्ष्मी हुण्डाई मनाङ मस्र्याङ्दी क्लबले जितेको छ । शनिबार बेलुकी काठमाडौँको दशरथ रंगशालामा भएको फाइनल खेलमा मनाङले रानी पोखरी कर्नर टिम (आरसीटी) लाई ६–१ गोलअन्तरले पराजित गर्यो । मनाङले काठमाडौँमा छ वर्षपछि कुनै प्रतियोगिता जितको हो ।
    मनाङको जितमा कप्तान अनिल गुरुङले सर्वाधिक ४ गोल गरे । त्यसैगरि, वैकल्पिक खेलाडी सुलभ मास्के र मबिल स्टेफनले थप १–१ गोल गरे । आरसीटीका लागि ओलावले सान्तवना गोल गरेका थिए। उपाधिसँगै मनाङले १५ लाख र उपविजेता आरसीटीले ७ लाख नगद पुरस्कार प्राप्त गरेको छ ।
    एता, प्रतियोगितामा मध्यपुर युथ एसोसियनका विकेश कोथु उत्कृष्ट गोलरक्षक, मनाङका सविन्द्र श्रेष्ठ उत्कृष्ट रक्षक, आरसिटीका अमर डंगोल उत्कृष्ट मिडफिल्डर, मनाङका अनिल गुरुङ उत्कृष्ट स्ट्राइकरमा चुनिए । मनाङकै शिव श्रेष्ठ प्रतियोगिताकै उत्कृष्ट खेलाडीमा छानिए ।

     
  • किर्तिमानी १८ ओलम्पिक स्वर्णधारी फेल्प्सद्वारा सन्यास

    एजेन्सी,
    लन्डन, २१ साउन - 
    अमेरिकन पौडीबाज माइकल फेल्प्सले आइतबार अन्तर्राष्ट्रिय खेल जगतबाट सन्न्यास लिएका छन् । ओलम्पिकमा १८ स्वर्ण पदक जितेपछि फेल्प्सले सन्यासको घोषणा गरेका हुन् । ओलम्पिक खेलकुदमा सर्वाधिक २२ पदक हात पार्दै विश्व कीर्तिमान राखेका फेल्प्सलाई विश्व पौडी महासंघले सम्मान गरेको छ ।
    सन् २००० को सिड्नी ओलम्पिकबाट खेल जीवन सुरु गरेका फेल्प्सले १२ वर्षको यात्रा सुखद् रहेको बताए । ओलम्पिकमा इतिहास बनाउने क्रममा उनले ९ हजार ९ सय मिटर पौडी खेलेका थिए । यसैगरी उनले ५१ रेसमा भाग लिए । फेल्प्सले ४ सय मेडली स्पर्धामा अन्तिम स्वर्ण जितेका हुन् ।
    लन्डन ओलम्पिकमा उनको सुरुवात राम्रो भएन । सुस्त गतिमा उनी उत्कृष्ट फर्ममा आए । सर्वकालीन महान् खेलाडीका रूपमा स्थापित भएपछि सन्न्यास लिने सही समय आएको उनले बताए । जीवनमा आफूले देखेका सबै उपलब्धि हात पारेको उनको तर्क छ ।
    ‘मैले जे–जे सोचेँ, त्यो सबै हात पारेँ, सही समयमा सन्न्यास लिएको छु,’ फिनाद्वारा आयोजित सम्मान कार्यक्रममा फेल्प्सले भने, ‘जीवनको पछाडि फर्कंदा कुनै पछुतो छैन, अब नयाँ जीवनको अध्याय सुरु गर्छु ।’
    स्विमिङ पुलमा १२ वर्ष कठिन परिश्रम गरेपछि आरामको खाँचो भएको बताउँदै उनले भने, ‘पछिल्लो १२ वर्ष स्विमिङ पुल तथा होटलमा बिताइयो, अब स्विमिङमा पुलमा जानुछैन, लामो समय आराम गर्नेछु ।’ फेल्प्सले अस्ट्रेलिया तथा युरोपमा राम्रो छाप राखेका छन् । आफ्नो जीवनको अवस्मिरणीय क्षण बताउँदै उनले भने, ‘दक्षिण अफ्रिकाको समुद्रमा एकपटक सेतो सार्कसँगै स्विमिङ गरेको थिएँ, त्यो क्षण सम्भँmदा अहिले पनि आङ सिरिङ–सिरिङ हुन्छ ।’
    पौडी खेलबाट संसारको धेरै स्थानमा घुम्ने अवसर पाएको उनले बताए । ती सबै स्थान जीवनको सुखद पल रहेको उनको धारणा छ । ‘धेरै मुलुक घुम्ने अवसर पाएँ, विश्वका सुन्दर सहरमा घुमेका दिनहरू याद आइरहनेछ,’ उनले भने । फेल्प्सकी आमा डेबिएले छोराको नयाँ जीवनबारे थाहा नपाएको प्रक्रिया दिइन् ।
    ‘नयाँ जीवन सुरु गर्न अब समय लाग्छ, यसकारण फेल्प्सले धेरै समय आराम गर्नेछन्,’ आमा डेबिएले भनिन् । लन्डन ओलम्पिकमा अन्तिम स्वर्ण पदकका लागि फेल्प्सलाई नाथन एन्ड्रियनले गतिलो साथ दिएका थिए । उनले ओलम्पिकमा प्राप्त अद्भूत सफलताको श्रेय प्रशिक्षक बब बाउम्यानलाई दिए । ‘मेरो सफलताको पछाडि प्रशिक्षक बबको धेरै हात छ, राम्रो तथा खराब समयमा उनले मेरो साथ कहिल्यै छाडेनन्,’ उनले भने, ‘प्रशिक्षक, समर्थक तथा परिवारविना म सफल हुने थिइनँ, यहाँसम्म साथ दिने सबैलाई विशेष धन्यवाद छ ।’
    यता, प्रशिक्षक बबले फेल्प्सलाई कहिले बिर्सन नसक्ने बताए । ‘मेरो जीवनमा फेल्प्सको विशेष स्थान रहनेछ, उसलाई कहिल्यै बिर्सन सक्दिनँ ।’ ओलम्पिक पार्कमै रहेको स्विमिङमा पुलमा १८औँ स्वर्ण पदक हस्तान्तरणपछि फेल्प्सलाई एकपटक फेरि पुल डेकमा बोलाइएको थियो । यसपटक उनलाई मेडल होइन, अवार्ड दिइएको थियो । सर्वकालीन महान् ओलम्पिक खेलाडीका रूपमा फेल्प्सलाई चाँदीको अवार्ड दिएको थियो । फेल्प्सले संकलन गरेको स्वर्ण पदक देशसँग तुलना गर्दा पत्याउनै गाह्रो पर्छ ।
    चार ओलम्पिक यात्रामा फेल्प्सले रोमानिया, पोल्यान्ड, नेदरल्यान्ड, क्युबा र स्पेनले भन्दा बढी स्वर्ण जितेका छन् । चालू ओलम्पिकमा स्पेनले जितेको पदकभन्दा फेल्प्सले जितेको स्वर्ण पदकको संख्या बढी छ । इजरायल, पनामा, पेरु, घाना, फिलिपिन्स, सर्बिया, पोर्चुगल, पाकिस्तान, जिम्बाबे, क्यामेरुन, नाइजेरिया र क्रोएसियाले पाएका कूल स्वर्ण पदकको संख्या जोडे पनि फेल्प्सको स्वर्ण जति नपुग्ने तथ्यांकमा देखिन्छ ।
     
  • तिलकराम थारूसँगै नेपालको ओलम्पिक यात्रा समाप्त

    एजेन्सी,
    लन्डन, २० साउन - 
    नेपाली एथलेटिक्स खेलाडी तिलकराम थारू लन्डन ओलम्पिक खेलकुद प्रतियोगिताको हिट चरणबाटै बाहिरिएका छन् । सय मिटरमा शनिबार प्रतिस्पर्धा गरेका थारूले निर्धारित दूरी १०.८५ सेकेन्डमा पूरा गरेका थिए । सो इभेन्टमा २९ जनाले प्रतिस्पर्धा गरेकामा थारूले १३औँ स्थान रक्षा गरे।
    आफूभन्दा १६ धावकलाई पछाडि राखेका थारूले राष्ट्रिय कीर्तिमान भने तोड्न सकेनन् । उनले व्यक्तिगत प्रदर्शनमा भने ११ सेकेन्ड सुधार ल्याएका छन् । यस इभेन्टमा धावक रामकृष्ण चौधरीले १०.७१ सेकेन्डको राष्ट्रिय कीर्तिमान राखेका छन् । चौधरीले करिब १३ वर्षअघि सन् १९९९ को काठमाडौंमा सम्पन्न आठाँै दक्षिण एसियाली खेलकुद प्रतियोगितामा सो रेकर्ड राखेका थिए ।
    गत फागुनमा धनगढी तथा कैलालीमा सम्पन्न छैटौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा थारूले चार स्वर्ण पदक जितेका थिए । उनी वाइल्ड कार्डमार्फत लन्डन ओलम्पिकमा छनोट भएका हुन् । लन्डन ओलम्पिकमा राम्रो प्रदर्शन गर्नका लागि थारू एक महिनादेखि त्यहीँ अभ्यासरत थिए । लन्डनको हावापानीसँग राम्ररी परिचित हुन गएका थारूले असफल हुनुलाई मौसमलाई दोष दिएका छन् । ‘लन्डनको मौसम राम्रो छैन, जसका कारण आफूलाई मौसमअनुसार उभ्याउन सकिनँ,’ निराश हुँदै थारूले भने, ‘अक्सर अभ्यासका वेला खराब मौसम हुने गर्दथ्यो । खराब मौसमका कारण राम्रो गर्न सकिनँ ।’
    राम्रो अभ्यास गर्न पाए विश्वस्तरीय धावकलाई पाखा लगाउन सक्ने उनले बताए । ‘यहाँ राम्रो प्रशिक्षण गर्न पाएको भए विश्वस्तरीय धावकसँग प्रतिस्पर्धा गर्न सकिन्थ्यो,’ उनले भने ।
    व्यक्तिगत प्रदर्शनमा सुधार गरेकामा उनी खुसी छन् । ‘राष्ट्रिय कीर्तिमान तोडेको भए धेरै खुसी हुने थिएँ, तर व्यक्तिगतमा सुधार भएको छ, यसैमा सन्तुष्ट छु ।’ थारूको बहिर्गमनसँगै ३०औँ ग्रीष्मकालीन ओलम्पिकमा नेपालको यात्रा समाप्त भएको छ । चालू ओलम्पिकमा नेपालबाट स्विमरद्वय प्रसिद्धजंग शाह, श्रेया धिताल, सुटर स्नेहाराज्यलक्ष्मी राणा तथा एथलेटिक्सकी प्रमिला रिजालले सहभागिता जनाएका थिए ।
    जसमध्ये श्रेयाले मात्र स्विमिङमा राष्ट्रिय कीर्तिमान राखेकी थिइन् । यसपटक सबै खेलाडी वाइल्डकार्डमार्फत लन्डन गएका हुन् । चुनौती समाप्त भए पनि अफिसियल तथा खेलाडी लन्डन ओलम्पिक समापनपछि मात्र नेपाल फर्कनेछन् । यसपटक ओलम्पिकमा पाँच खेलाडी र ४० अफिसियलले लन्डन भ्रमण गरिरहेका छन् ।
     
  • नेपाली पौडी खेलाडी ओलम्पिकको पहिलो चरणबाटै बाहिर

    जनकपुरखबर,
    काठमाडौं, १७ साउन
    नेपाली पौडी खेलाडी श्रेया धितालले लण्डनमा जारी ३०औं गृष्मकालिन ओलम्पिक अन्तरगत पौडीको १०० मिटर फ्रिस्टायलमा बुधबार हिट चरणबाटनै बाहिरिन् । ५४ जनाले प्रतिस्पर्धा गरेको इभेन्टमा श्रेया ४७ स्थानमा रहिन् । पहिलो चरणबाट बाहिरिए पनि उनले नयाँ राष्ट्रिय किर्तिमान बनाएकी छिन् । उनले आफ्नो नाममा रहेको राष्ट्रिय किर्तिमानमा २ डिजिटले सुधार गर्दै १ मिनट १०:८० सेकेन्डका साथ राष्ट्रिय किर्तिमान कायम गरेकी हुन । उनले मित्रराष्ट्र चीनको साङ्गघाईमा आयोजित १४औं फिना वल्र्ड च्याम्पियनसिप – २०११ मा उक्त दूरी १ मिनट १०:८२ सेकेन्डमा पुरा गर्दै लुना प्रधानको नाममा रहेको राष्ट्रिय किर्तिमान भंग गरेकी थिईन् ।
     
  • ओलम्पिकमा चीनको अग्रता कायमै

    एजेन्सी,
    लन्डन, १५ साउन –
    ३०औँ ग्रीष्मकालीन लन्डन ओलम्पिक खेलकुद प्रतियोगिताअन्तर्गत आइतबार दोस्रो दिन चीनले आफ्नो अग्रतालाई बलियो बनाएको छ । चीन ६ स्वर्ण, दुई रजत तथा दुई कास्य गरी १० पदक जितेको छ । चार वर्षअघि बेइजिङमा सम्पन्न ओलम्पिकमा चीनले सर्वाधिक स्वर्ण पदक जितेको थियो ।
    यसैगरी, अमेरिका दुई स्वर्ण, तीन रजत तथा दुई कास्यसहित सात पदकका साथ दोस्रो स्थानमा छ । आश्चर्यजनक रूपमा इटालीले समान दुई स्वर्ण, रजत तथा कास्य पदक हात पार्दै तेस्रो स्थान रक्षा गरेको छ । एसियाली मुलुक काजकिस्तान दुई स्वर्ण पदकका साथ चौथो स्थानमा छ । । ब्राजिल, दक्षिण कोरिया, अस्ट्रेलिया, नेदरल्यान्ड, रुस तथा उत्तर कोरियाले समान एक–एक स्वर्ण जितेका छन् ।
    दिनको सुरुवातमा चीनका लागि महिला ड्राइभिङमा ही जी र हु मिनिसियाले स्वर्ण पदक दिलाएका थिए । सो इभेन्ट्समा अमेरिकाले रजत तथा क्यानडाले कास्य पदक हात पारेका छन् । यसैगरी, महिला १० मिटर सुटिङमा ग्यो वेनजुङले चिनलाई पाँचौँ स्वर्ण पदक दिलाएकी थिइन् । उनले ४८८.१ स्कोर गर्दै स्वर्ण पदक जितेका हुन् । सो इभेन्ट्समा फ्रान्सले रजत तथा युक्रेनले कास्य जिते । यसैगरी, जुडोको ५६ केजीमा उत्तर कोरियाले पहिलो स्वर्ण पदक जितेको छ । स्वर्ण पदक भिडन्तमा उत्तर कोरियाकी अन कोम अईले क्युबाकी बेरमोई अकोस्टालाई हराएकी थिइन् । इटालीकी फ्लोरान्सले कास्य पदक जितेकी छिन् ।
    अमेरिकाले सुटिङ स्कटतर्फ स्वर्ण पदकको खाता खोलेको थियो । रोदी किम्बलेले चीनका खेलाडीलाई निराश पार्दै आफ्नो मुलुकलाई पहिलो स्वर्ण पदक दिलाएकी थिइन् । सो इभेन्ट्समा स्लोभाकियाले कास्य पदक हात पार्‍यो ।

    नेमार चम्किँदा ब्राजिल विजयी

    स्टार स्ट्राइकर नेमारले दुई गोलका लागि पास उपलब्ध गराउनुका साथै एक गोल गरेपछि पुरुष फुटबल प्रतियोगितामा ब्राजिलले बेलारुसलाई ३–१ ले पराजित गरेको छ । खेलको ६५औँ मिनेटमा नेमारले फ्रिकिकबाट गोल गरेका थिए । खेलको आठौँ मिनेटमा बेलारुसले अप्रत्याशित रूपमा अग्रता लिएको थियो । खेलको १५औँ मिनेटमा नेमारको पासमा एलेक्सान्ड्रे पोटोले ब्राजिललाई १–१ को बराबरीमा ल्याए । इन्जुरी समयमा ओस्कारले नेमारको पासमा हेडिङ गोल गरे । यसैगरी, मेक्सिकोले गोवानलाई २–० ले पराजित गरेको छ । मेक्सिकोको जितमा गिओभानी डोसले दुई गोल ठोके ।

    मुर्रे दोस्रो चरणमा
    आयोजक राष्ट्रका एन्डी मुर्रे ओलम्पिक खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष टेनिसको दोस्रो चरणमा प्रवेश गरेका छन् । विम्बल्डनको सेन्टर कोर्टमा मुर्रेले विश्व चौथो बरियताका स्टानिलास वारिन्कालाई ६–३ र ६–३ को सेटमा हराएका थिए । गत महिना यही कोर्टमा मुर्रे विम्बल्डनको फाइनलमा रोजर फेडेररसँग पराजित भएका थिए । बेलायतले सन् १९३६ मा ओलम्पिक स्वर्ण पदक जितेको थियो । मुर्रे आठ दशकपछि बेलायतलाई स्वर्ण पदक दिलाउने अभियानमा छन् । यसैगरी, महिलातर्फ दोस्रो बरियताकी अजनेस्का राडावन्स्का पहिलो चरणबाटै बाहिरिएकी छिन् । २४औँ बरियताकी लुलिया जर्जसले राडावान्स्कालाई ७–५, ६–७ तथा ६–४ ले हराएकी हुन् ।

    रायनले स्वर्ण जित्दा फेल्प्स चौथो
    अमेरिकाका रायन लोच्टेले पुरुष ४ सय मिटर मिडलेतर्फ स्वर्ण पदक जितेका छन् । १४ ओलम्पिक्स स्वर्ण पदकधारी माइकल फेल्प्स चौथो स्थानमा सीमित भएका छन् । यसपटक फेल्प्स तथा रायन १४ स्वर्ण विजेताका लागि प्रतिस्पर्धा गर्दै छन् । बेइजिङ ओलम्पिकमा फेल्प्सले यसै इभेन्ट्समा स्वर्ण पदक हात पारेका थिए । जापानका कोसुके हैगिनोले कास्य पदक जिते । सिड्नी ओलम्पिकपछि फाइनल चरणमा पुगेर पदक जित्न नसकेको फेल्प्सको पहिलोपटक हो । फेल्प्सले एथेन्समा ६ स्वर्ण र दुई कास्य जितेका थिए । उनले बेइजिङमा ८ स्वर्ण पदक हात पारेका थिए ।

    इटालीलाई आर्चरीमा स्वर्ण
    नाटकीय खेलमा इटालीले अमेरिकालाई एक अंकले पछि पार्दै पुरुष आर्चरी इभेन्ट्समा स्वर्ण पदक जितेको छ । माइकल फागिनी तथा माओरोले अन्तिम दश प्रहारमा शतप्रतिशत प्रहार गरेपछि इटालीले अमेरिकालाई पछारेको हो । इटालीले स्वर्ण पदकका लागि २१९ स्कोर गरेको थियो । अमेरिकाले २१८ स्कोर मात्र गर्न सक्यो ।

    सुङ याङले दिलाईन चीनलाई पहिलो स्विमिङ् स्वर्ण
    सुङ याङ ओलम्पिक खेलकुद प्रतियोगितामा स्वर्ण पदक जित्ने पहिलो चिनियाँ स्विमर बनेकी छिन् । उनले ४ सय मिडर फ्रिस्टाइनलमा सो पदक हात पारेकी हुन् । सो इभेन्ट्समा दक्षिण कोरियाकी पार्क टाईले रजतपदक हात पारिन् ।
     
  • चीनलाई पहिलो ओलम्पिक स्वर्ण

    एजेन्सी
    लन्डन, १४ साउन –
    लन्डनमा जारी ३० औँ ग्रीष्मकालीन ओलम्पिक खेलकुद प्रतियोगितामा चीनले पहिलो स्वर्ण जितेको छ । चीनलाई पहिलो स्वर्ण दिलाउने क्रममा यी सिलिङले १० मिटर एयर राइफलमा स्वर्ण जितेकी हुन् । उनले १० मिटर राइफलमा सर्वाधिक १०३.९ स्कोर गरिन् । त्यसै स्पर्धामा पोल्यान्डकी स्लोयिबा बाजाकले रजत तथा चीनकै यु डानले कास्य पदक जितेकी छिन् ।
    माइकल फेल्प्स फाइनलमा
    ओलम्पिकमा किर्तिमानी १४ स्वर्ण पदक जितेका अमेरिकी माइकल फेल्प्स पौडीको ४ सय मिटर व्यक्तिगत स्पर्धाको फाइनलमा पुगेका छन् । उनले पोलपोजिसन रक्षा गर्न ४.१३.३३ समयमा नतिजा निकालेका थिए । अब उनको भेट विश्व च्याम्पियन रायन लोचसँग हुनेछ ।
    नेपाली सुटिङ् खेलाडी बाहिरिइन्
    लन्डन ओलम्पिकमा नेपाललाई सुटिङ् स्पर्धामा प्रतिनिधित्व गरेकी स्नेहा राज्यलक्ष्मी पहिलो चरणबाटै बाहिरिएकी छन् । वाइल्ड कार्डमार्फत ओलम्पिकमा इन्ट्री पाएकी स्नेहा महिला १० मिटर एयर राइफलमा हिट चरणबाट बाहिरिइन् । स्नेहा ५७ प्रतिस्पर्धी मध्ये ५४ औँ स्थानमा रहिन् ।  
  • Last chance Buffoon

    Rangers have told their shamed star he will be sacked if he repeats his mayhem at Manchester City on the final day last season.

    Club owner and chairman Fernandes said: “Joey’s realised his mistakes. and hopefully we can put this behind us. I am someone who believes everybody deserves a chance — as long as that someone shows they want the chance.

    “For me, it’s now down to Joey. I can say whatever I want, but it’s all up to Joey.”

    The FA banned Barton for TWELVE matches and fined him £75,000 for getting sent off at City for elbowing Carlos Tevez — and then lashing out at Sergio Aguero and Vincent Kompany as he left the field.

    Rangers then threw the book at Barton after holding their own probe into the incidents.

    They fined him SIX WEEKS wages — £420,000 — stripped him of the captaincy and axed him from their pre-season tour.

    They also had a new clause written into his contract that states he faces the sack if he misbehaves like that again.

    Fernandes added: “I applaud everyone in this process. Commonsense prevailed.

    “Joey’s put a lot at risk by saying I’m going to prove that I want to remain a member of QPR, and credit to him.

    “We have been hard and rightly so — but everyone has come out of this a winner and we’ve done it with style.

    “We weren’t pushed to rush into any decision. We haven’t overreacted. We took our time, evaluated the situation and came up with a solution.”

    QPR survived relegation despite suffering a 3-2 defeat to City, who scored twice in stoppage time to be crowned Premier League champions. Air Asia tycoon Fernandes, who bought QPR last August, said: “The title was decided with seconds left and we ended up surviving. The emotions I went through were like nothing I had experienced in my life.

    “After half-time I didn’t want to go back out. Bolton were winning, we were losing and I just wanted to put my head in a hole and die.

    “Then after we came back in the second half I had a grin from here to Kuala Lumpur.

    “Each of my businesses have given me such tremendous enjoyment but nothing was as hard as last season with QPR.

    “We lost games we shouldn’t have, we had red cards that didn’t make sense, goals were disallowed when they were clearly goals, players getting struck down with viruses — you name it, we had it.

    “To end up the way we did gave us a chance to build.

    “Mark Hughes said after the game, ‘Let’s go for a drink’.

    “I’m usually always someone with gallons of energy. But on this occasion I had to decline because I was so drained I just wanted to go to sleep. It was such an emotional rollercoaster. It was phenomenal.”

    Fernandes has been busy this summer with his Caterham Formula One team — but that does not mean he has put QPR on the back-burner.

    The Malaysian multi-millionaire has already provided the funds to bring in Rob Green, Samba Diakite, Ryan Nelsen, Andy Johnson and Fabio on loan from Manchester United.

    He said: “In F1 I know my team has got a long way to go.

    “But in football I know with a couple of good signings and a little bit of luck we can maybe move up the table.”
  • Mark Hughes lands Ji-Sung Park & plans to carry on spending

    The Rangers boss is set to seal a £2.5million deal for Manchester United midfielder Park Ji-Sung.

    It will be the Hoops’ SIXTH major signing of the summer — following Rob Green, Ryan Nelsen, Samba Diakite, Andrew Johnson and Fabio.

    But Rangers’ youth coach Marc Bircham revealed Hughes still has more big-name targets in his sights.

    Bircham said: “Park will just be one of them.

    “I think last year was all about survival. The gaffer came in and had to keep us in the Premier League but now it is a building block.

    “I think there will be a couple of marquee signings before the start of the season.”

रुचाईएका सामाग्री
ss
बेल निमन्त्रणा र शोभा यात्रा
महेशकुमार दास  महोतरी ४ कार्तिक वडा दशैंको अवसरमा महोत्तरीको विभिन्न शक्तिपीठहरुमा बेल निमन्त्रणका लागि आज शोभा यात्रा निकालेका छन् । जिल्लाको मटिहानी, जलेश्वर, पिपरा, गौशाला, रामगोपालपुर, सम्सी लगायतका ..
ss
महिलाको नजरमा पुरुष सेक्स मेसिन
एजेन्सी, जनकपुर, जेठ ११, सायद धेरै महिलाले यो सोँच्दछन् की पुरुषहरु सधैँ सेक्सका लागि तयार हुन्छन् । यो मान्यता २०÷२२ वर्षको तन्नेरीको हकमा त सही हुन सक्ला तर परिपक्व उमेरका अर्थात् पाको पुरुषको हकमा गलत सावित ..
ss
जनकपुर उपमहानगरपालिका प्रति नकारात्मक असर
धर्मराज, १८ चैत, जनकपुर ।  जनकपुर उपमहानगरपालिका ले नगरको फोहर उठाउन बन्द गरेको छ । उपमहानगरपालिका ले नगरको फोहर उठाउन बन्द गरेकोले अहिले जताजतै विभिन्न चौकमा फोहरको डुगंर जम्मा भएको छ।यस्ले गर्दा स्थानिय ..
ss
मधेशमा निर्वाचनको समस्या , प्रमुख निर्वाचन आयुक्त....
धर्मराज,४ चैत्र, जनकपुर । निवौचन कार्यालय धनषाले जिल्ला प्रशाशन कार्यालय मा स्थानिय निर्वाचन बारे डाकिएको बैठक मधेशी मोर्चाले बहिष्कार गरेको छ ।स्थानिय निर्वाचन बारे र प्रतिनिधिहरु तोक्ने समबन्धमा ..
ss
जनकपुर उपमहानगरपालिका को आवश्यक टेलिफोन र फैक्स बन्द
धर्मराज,  १७ चैत, जनकपुर । जनकपुर उपमहानगरपालिका को अति आवश्यक टेलिफोन र फैक्स बन्द अवस्थामा रहेको छ । आग लागी बखत को बेला खबर गरिने उपमहानगरपालिका को सब भन्दा महत्वपुर्ण नम्बर ०४१५२००११ को टेलीफोन सेट खराब ..
ss
१५ रानी, ३० बच्चा र १०० नौकर सहित भारत आए स्वाजीलैंड का राजा
जनकपुरखबर, कात्तिक १३ ,०७२।  नयाँ दिल्ली , भारत अफ्रीका शिखर सम्मेलन मा ५४ देशका प्रतिनिधिहरु भाग लिरहेका छन । यस्मा स्वाजीलैंड नाम गरेको गरीब देश को अमीर राजा मस्वाती तृतीय आफ्ना १५ रानी, ३० बच्चा र १०० नौकर सहित ..
अन्तर्वार्ता
ss सीमांकन बेइमान अमिनले खराब जमिनको कित्ताकाट गरे जस्तो
थारु र मधेसी मिल्दा तीन नेतालाई पीडा भएको छ----- तराई मधेस लोकतान्त्रिक पार्टीका सह-अध्यक्ष हृदयेश त्रिपाठी तार्किक नेता मानिन्छन् । संविधानको मस्यौदा एवं प्रदेशको सीमांकनलाई लिएर मधेसवादी नेतामाथि लागिरहेका ..
विचार
ss तरार्इमा चुनाव कि आन्दोलन ?
भरत लामिछाने......दोस्रो चरणको स्थानीय चुनावको मुखमा यतिबेला तराई(मधेसमा अन्यौलको वातावरण छ । एकातिर सरकारले तराईका जायज मागहरु पूरा गर्नुपर्ने दायित्व छ । अर्कातिर, सरकारको नियन्त्रण बाहिरको माग पूरा गराउन ..
ss रामेछापका बाहुन कसरी पुगे जनकपुर
विमल पोखरेल----- नेपालमा संघीय प्रदेशहरुको सीमांकन सम्वन्धी दलहरुको सहमति सार्वजनिक भएसँगै जनताहरु आ(आफ्ना प्रदेशका विशेषता, साँस्कृतिक पहिचान, आर्थिक सामथ्र्य र सम्भाब्य राजधानीको अवस्थितिलाई आधार बनाएर ..
रोचक विश्व
ss १५ रानी, ३० बच्चा र १०० नौकर सहित भारत आए स्वाजीलैंड का राजा
जनकपुरखबर, कात्तिक १३ ,०७२।  नयाँ दिल्ली , भारत अफ्रीका शिखर सम्मेलन मा ५४ देशका प्रतिनिधिहरु भाग लिरहेका छन । यस्मा स्वाजीलैंड नाम गरेको गरीब देश को अमीर राजा मस्वाती तृतीय आफ्ना १५ रानी, ३० बच्चा र १०० नौकर सहित इंडिया आएका छन ।खास कुरा के छन भने उनी १५ रानी, ३० बच्चा र १०० भन्दा अधिक नौकरहरुको साथ नयाँ दिल्ली को एक मंहगो होटलमा बसेका छन ।उनी माथी आफ्ना प्रतिनिधिमंडल का सरकारी सदस्यहरु लाई ..
ss जापान मा लिङ्ग मेला ।।
(एजेन्सी) जापानको कावासाकी शहरमा प्रत्येक वर्ष अप्रील ५ मा मनाईने लिङ्ग मेलाको आयोजना यस वर्ष पनि गरिएको छ । विश्वकै सबैभन्दा ठूलो लिङ्ग मेलाका रुपमा चर्चित सो मेलामा सबै सामानहरु पुरुष लिङ्ग जस्तै देखिने वस्तुहरु बोकेर पुरुष तथा महिलाहरु समेत सडकमा घुम्ने गर्छन् । मेलामा सहभागी महिलाहरुहरुले पुरुष लिङ्गको आकारमा बनाइएका ललिपपहरु चुस्दै खुल्लारुपले सडकमा हिंडछन । एक किवदन्ती ..
ss छालामा हुक खोपेर पार गर्र्दै १,७४७ फीट चौडाइको नदी
एजेन्सी , ट्यारोलिन ट्रेवर्स सामान्यतया पर्वतारोहण अथवा नदिहरुलाई पार गर्ने समयमा गरिन्छ । समस्या परेको बेलामा यसको उपयोग अझ बढि गरिन्छ । मात्र एउटा डोरीको सहायताले मानिसहरु गुरुत्वाकर्षणको प्रयोग गरेर एउटा अन्त्य देखि अर्को अन्त्य सम्म पुग्ने गर्दछन् । १९ औँ शताब्दिको अन्त्यमा आल्प्स श्रृंखलाको ट्यारोलिनमा यसको प्रयोग गरिएको थियो ।यसैलाई निरन्तरता दिदैँ २३ वर्षकी मारिया ..
अपिल