क्रिकेट
  • माईल स्टोनको शानदार जीत

    जनकपुरखबर,
    जनकपुर,चैत्र ४,
    जनकपुरको बाह्र विघा रङ्गभूमि मैदानमा जारी रहेको शहिद कप टी २० क्रिकेट प्रतियोगिता मा विहिवार विहान भएको खेलमा माईल स्टोन क्रिकेट टिमले शानदार जीत हासिल गरेको छ । टस जितेर व्याटिङ्ग रोजेका माईल स्टोनका व्याट् म्यानले धुवाँधार व्याटिङ्ग गर्दै निर्धारित २० ओभरको खेलमा १ सय ४३ रन वनाएको थियो । प्रतिउत्तरमा व्याटिङ्गका लागि आएका बौहर्वा क्रिकेट टिमका खेलाडीहरु माईल स्टोन जनकपुरका खेलाडी अगाडी निरीह सावित भएका थिए ।उनीहरु सवै विकेट गुमाएर ९३ रन जोडेर पराजित भएका छन् । वाह्र विघामा भैरहेको टुर्नामेन्टमा चार जिल्लाका १६ वटा टिम सहभागि रहेका छन् । यसमा प्रथम हुनेलाई ५१ हजार नगद तथा शिल्ड र दोश्रो हुनेलाई २५ हजार नगद ट्रफि दिने कार्यक्रम रहेको खेलका संयोजक सिंहले बताएका छन । दोश्रो खेल ओम कोचिङ्ग र पुरन्दाहाका बीचमा भएको छ । मधेश आन्दोलनमा धनुषाबाट शहादत दिएका शहिदहरुको स्मतिमा टुर्नामेन्ट भैरहेको छ । ८ गते सम्म टुर्नामेन्ट हुने कार्यक्रम रहेको छ ।
     
  • २०७२ मधेश आन्दोलन शहिदको स्मृतिमा शहिद कप

    जनकपुरखबर,
    जनकपुर,चैत्र २।
    जनकपुरको बाह्र विघा रङ्गभूमि मैदानमा जारी रहेको शहिद कप टी २० क्रिकेट प्रतियोगिता अन्तर्गत मंगलवार भएको दु्ई वटा खेलमा अरुण ११ र गणपति टिम जनकपुर जानकीनगर टिम विजयी भएका छन् । टस जितेर व्याटिङ्ग रोजेका धनुषाको लखौरी टिमले ७७ रन बनाएकोमा त्यसको प्रतिउत्तरमा व्याटिङ्गका लागि आएका गणपति ११ ले ५ विकेट बाँकी छदंै पनि लक्ष्य पार गरेर विजयी भएका छन् । यसै गरि आजै भएको दोस्रो खेलमा सर्लाहीको हरपुर्वा टिमले पहिलो व्याटिङ्ग गर्दै ९९ रन बनाएकोमा गणपति टिम जनकपुर जानकीनगरले दुई विकेटको क्षतिमा मात्र लक्ष्य पार गरेर ८ विकेटले विजयी भएका छन् । धनुषा, महोत्तरी, सर्लाही र सिरहाका गरि १६ वटा टिमको सहभागितामा जारी रहेको टि २० क्रिकेट प्रतियोगितामा प्रथम हुनेलाई ५१ हजार नगद र शिल्ड, दोश्रो हुनेलाई २५ हजार नगद र ट्रफि, खेल अवधिमा राम्रो प्रदर्शन गर्ने वेष्ट व्याटम्यान र वेष्ट बलरलाई ५ हजार १ सयका दरले नगद प्रदान गर्ने कार्यक्रम रहेको छ । चैत्र ८ गते सम्म हुने सो शहिदकप क्रिकेट प्रतियोगता हिजो देखि बाह्रविघामा शुरु भएको छ ।
     
  • टी२० प्रतियोगिताको फाइनल खेलमा त्रिभुवन आर्मि क्लव विजयी

    जनकपुर खबर,
    जनकपुर,माघ २८,
    जनकपुरमा समपन्न दोस्रो दिपक गुप्ता स्मृती टी–२० प्रतियोगिताको फाइनल खेलमा कलैया टिमलाई ५ विकेटले हराउनको साथै त्रिभुवन आर्मि क्लव टिमले उपाधि माथि कव्जा जमाउन सफल भएको छ । स्थानिय रंगमुमि मैदानमा सम्पन्न भएको प्रतियोगिताको फाइनल खेलमा टाँस जितेर ब्याटिंग गर्ने रोजेका कलैया टिमले निर्धारित २० ओभरमा ६ विकेट गुमाउदै १ सय ६१ रन बनाएका थिए । १ सय ६२ रनको विजयी लक्ष्य लिई मैदानमा उत्रेका आर्मिले १९ दशमलव ४ ओभर खेल्दै ५ विकेटको नोक्सानमा जित हात पार्न सफल भएको छ । विजेता टिम आर्मिलाई १ लाख १ हजार रकमको चेक सहित शिल्ड प्रदान गरिएको छ भने उप विजेता कलैया टिमलाई ७० हजार रकमको चेक सहित दोस्रो शिल्ड प्रदान गरिएको छ । प्रतियोगितको म्यान अफ दि सिरिज अमित श्रेष्ठ,उत्कृष्ठ ब्याटस म्यान अनिल मण्डल र उत्कृष्ठ वलर फैजुवुल्ल रहमानलाई प्रदान गरिएको छ । त्यस्तै, फाइनल खेलको म्याच अफ दि म्यानको उपाधि आर्मिका राजेश पुलामीलाई प्रदान गरिएको छ । क्यानका केन्द्रिय अध्यक्ष टंक आंग वुवाग्ङ लिम्वुले विजेता टिमलाई शिल्ड प्रदान गरेका थिए भने उप विजेता टिमलाई धनुषा जिल्ला क्रिकेट संघका अध्यक्ष हिरा भगतले प्रदान गरेका थिए । विजेताका लागि रमन कन्ट्रक्शन र उप विजेताका लागि रोशन कन्ट्रशनले नगद राशिको सहयोग गरेका छन् । अगामी वर्ष पनि दिपक गुप्ता मेमोरियल क्रिकेट टि–२० प्रतियोतिा आयोजना हुने प्रतियोगिताको संयोजक अजय कुमार मिश्रले बताएका छन । समापन कार्यक्रमलाई सम्बोधन गर्दै क्यान अध्यक्ष लिम्वुले नेपालको खेलकुद इतिहासमा जनकपुरले महत्वपुर्ण योगदान दिदंै आएको बताए । जनकपुरमा क्रिकेट खेलको लागि स्टेडियमको आवश्यकता रहेको उल्लेख गर्दै उनले भने,‘ क्रिकेट प्रति यहाँका जनताको धेरै रुची छन्, यो रुचीलाई बरकरार राख्नुस्, निकट भविष्यमै क्यानले जनकपुरमा स्टेडिम बनाउने बतावरण तयार गर्नेछ ।’
     
  • कलैया र आर्मि विजयी

    जनकपुर खबर,
    जनकपुर,माघ २४,
    जनकपुरको रंगभुमि मैदान मा जारी दोस्रो दिपक गुप्ता स्मृती टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको आज भएको दुई छुटाछुट्टै खेलमा कलैया र त्रिभुवन आर्मि टिम विजयी भएको छ ।
    विहान भएको खेलमा त्रिभुवन आर्मिले भारतिय टिम समस्तीपुर विहारलाई ५ विकेटले पराजित गरेको छ । टाँस जितेर ब्याटिंग रोजेका समस्तीपुरले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १ सय १० रन बनाएका थिए । १ सय ११ रनको विजयी लक्ष्य लिई मैदानमा उत्रेका त्रिभुवन आर्मि टिमले १७ दशमलव ३ ओभर खेल्दै ६ विकेटको नोक्सानका १ सय १२ रन बनाई विजयी भएको छ । आर्मिका ३ चौका र १ छक्काको मदतले ४० रन बनाई नट आउट रहेका राजेश पुलामीलाई खेलको म्यान अफ दि म्याजको उपाधि प्रदान गरिएको छ । दोस्रो खेलमा कलैयाले राजेश एकेडमी पटनालाई १३ रनले हराएको छ ।
    टाँस जितेर ब्याटिंग गर्ने निर्णय गरेका निर्धारित २० ओभरका ४ विकेट गुमाउदै १ सय ५८ रन बनाएको थियो । १ सय ५९को विजयी लक्ष्य लिई मैदानमा उत्रेका पटनाले २० ओभरमा ८ विकेट गुमाउदै १ सय ४८ रन मात्र जोडन सकेका थिए । कलैयाका लागि ७ चौका र एक छक्काको सहयोगले ४६ वलमा ६० रन बनाउने सुरज पटेललाई खेलको म्यान अफ दि म्याचको उपाधि प्रदान गरिएको छ । कल्रैयाका विनोद दास ३९,अमित श्रेष्ठ २८,आरिफ शेखले ६ रन बनाएका थिए भने पटनाका कुमार अदित्य १३, अजय कुमार २२, प्रकास ३२ र अनिल सिंहले २० रन बनाएका थिए । त्यस्तै, पटनाका विनोद दासले २,आरिफ शेक २,कुमत थापा २ विकेट लिएका थिए । कलैयाका दिपक कुमार ३,राजेश राज १ विकेट लिएका थिए ।
     
  • विराटनगरको लगातार तेस्रो जित

    नयाँ पत्रिका,
    जनकपुर,माघ २२,
    दोस्रो दिपक गुप्ता स्मृति टी– २० राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत बुधवार भएको दुई खेलमा विराटनगर र भारतिय क्रिकेट टिम रिक्की ऐलेभन विहार विजयी भएको छ ।
    दुईवटा खेल मध्ये पहिलो खेलमा रिक्की ऐलेभन विहारले जनकपुरलाई ८ रनले पराजित गरेको छ । जनकपुरको बाह्विघा मैदानमा भईरहेको प्रतियागितामा टाँस जितेर ब्याटिंग गरेका रिक्की एलेभेनले निर्धारित २० अभरमा ६ विकेट गुमाउँदै १ सय ११ रनका बनाएको थियो । जवाबी ब्याटिंगमा उत्रेको जनकपुर टीम निर्धारित २० अभरमा सबै विकेट गुमाउँदै १ सय ३ रन मात्र जोड्न सके । रिक्कीको तर्फबाट ४ ओभर बलिंग गर्दै २४ रन दिएर ५ विकेट लिन सफल भएका आशिष कुमारलाई म्यान अफ दि म्याच उपाधि प्रदान गरिएको । त्यस्तै,टाँस जितेर ब्याटिंग गरेका विराटनगले २० ओभरमा ३ विकेटको क्षतिमा एक सय ४७ रन बनाई एक सय ४८ रनको विजयी लक्ष्य दिएका थिए । प्रतिउत्तरमा पोखराले १७ दशमलव ३ ओभरमा सबै विकेट गुमाई ८० रन मात्र बनाउन सफल भएका सकेका थिए । विराटनगरका सदाव अख्तरलाई म्यान अफ दि म्याचको उपाधि प्रदान गरिएको छ ।
     
  • टी२० क्रिकेटको दोश्रो दिन जनकपुर र विराटनगर विजयी

    जनकपुर खबर,
    जनकपुर, माघ २१,
    द्वितीय दिपक गुप्ता मेमोरियल टी–२० क्रिकेट राष्ट्रिय प्रतियोगिताको दोश्रो दिन दुईवटा छुट्टा छुट्टै भएको खेलमा जनकपुर र विराटनगर विजयी भएको छ । मंगलवार जनकपुरको बाह्विघा मैदानमा भएको पहिलो खेलमा पोखरालाई हराउदै जनकपुर ५ विकेटले विजयी भएको छ । टस जितेर ब्याटिंग गर्ने निर्णय गरेको पोखराले निर्धारित २० ओभर खेल्दै १ सय १ रनको स्कोर बनाउन सफल भएको थियो । १ सय २ रनको जित लक्ष्यका साथ मैदानमा उत्रेको जनकपुरले १७ दशमलव ४ अभर खेल्दै जित हासिल गरेको थियो । खेलको शुरुमा राम्रो प्रदर्शन गर्न नसकेको जनकपुर टीम तनावमा रहेको बेला क्रिकेटर समिर नेपालको आकर्षक ब्याटींगको सहयोगले जनकपुरको जित सम्भव भएको थियो । ४ छक्का र ४ चौकाको मदतले ४९ रन बनाएर नट आउट रहेका नेपाललाई म्यान अफ दी म्याच घोषित गरियो । त्यसैगरी सोमवार नै भएको दोश्रो लिग म्याचमा रिक्की एलेभेन विहारलाई हराउदै विराटनगर त्रिकेट सोसाईटी, विराटनगर ६ विकेटले जित हात पारेको छ । विराटनगरलाई जिताउन महत्वपूर्ण भूमिका निर्वाह गरेको राजेश सिंहलाई म्यान अफ दी म्याच घोषित गरियो । उनले १ छक्का र ४ चौकाको मदतले ३२ रन बनाउनुका साथै ४ अभरमा ९ रन दिएर १ विकेट लिएका थिए । बुधवार माघ २२ गते बिहान ९ बजे हुने पहिलो खेलमा जनकपुर क्रिकेट टीम र रिक्की ऐलेभन बिहार र दिउंसो १ बजे देखि हुने दोश्रो खेलमा पोखरा र विराटनगर बचि प्रतिष्पर्धा हुने भएको छ ।
  • विवाद चर्चाबीच सकियो आइपिएल छैटौँ संस्कारण

    जनकपुर खबर,
    जनकपुर, जेठ १३,

    विवाद र चर्चाबीच आइतबार मध्यराति इन्डियन प्रिमियर लिग आइपिएल को छैटौँ संस्करण सकिएको छ । यो विश्वको क्रिकेट लिगमध्ये सबैभन्दा चर्चित लिग हो ।
    आइतबार राति कोलकाताको इडेन गार्डेन मैदानमा सम्पन्न फाइनल खेलमा दुई पटकको च्याम्पियन र पाँचौ पटक फाइनलमा पुगेको चेन्नाई सुपर किङ्ग्सलाई २३ रनले हराउँदै मुम्बई इन्डियन्सले पहिलो पटक उपाधि जित्यो ।
    उपाधिसँगै मुम्बई इन्डियन्सले १० करोड भारतीय रुपैयाँ पुरस्कार पायो भने उपविजेता चेन्नइले साढे सात करोड भारतीय रुपैयाँ प्राप्त ग¥यो । प्रतियोगिताभर नगद पुरस्कारमा मात्र २५ करोड भारतीय रुपैयाँ खर्च भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।
    जितसँगै मास्टर ब्लास्टर सचिन तेन्दुलकरले अर्को सिजनबाट आइपिएल नखेल्ने जनाएका छन् । आइपिएल करियरमा उनले करिब दुई हजार ५०० रन बनाएका छन् ।
    मुम्बइको जितमा वेस्टइन्डिजका कैरन पोलार्ड हिरो नै बने । उनले मुम्बईको लर्खराएको इनिङ सम्हाल्दै ३४ बलमा ६० रन जोड्दै मुम्बईलाई १४८ रनको स्कोरसम्म पु¥याएका थिए । त्यस्तै दिनेश कार्तिकले २१ र अम्बाटी रायडुले ३७ रन जोड्नुबाहेक अन्य व्याट्सम्यानले दोहोरो अङ्क जोड्न सकेनन् ।
    मुम्बईलाई कम स्कोरमा समेट्न वेस्टइन्डिजकै ड्वायन ब्राभोले चार विकेट लिएका थिए । १४९ रनको लक्ष्य लिएर मैदान उत्रेको चेन्नाइको सुरुवात राम्रो हुन सकेन ।
    उसले २० रन बनाउँदा महत्वपूर्ण तीन खेलाडी सुरेश रैना, मुरली विजय र बदरीनाथलाई गुमाएको थियो । तर चेन्नइका कप्तान एवम् भारतीय राष्ट्रिय टोलीको कप्तानीसमेत सम्हालेको महेन्द्रसिंह धोनीले नटआउट ६३ रन बनाएका थिए ।
    सन् २००८ मा भएको पहिलो आइपिएलमा भारतीय नायिक शिल्पा सेट्टीको टीमसँग पराजित भएको चेन्नाई २०१० र १०११ को विजेता हो । सन् २०११ मा पनि फाइनलमा मुम्बई र चेन्नाइ नै आमनेसामने भएका थिए । गत सिजनमा समेत चेन्नाई कोलकता नाइटराइडर्ससँग फाइनलमा पराजित भएको थियो ।
    गत चैत २० गतेदेखि सुरु भएको सो प्रतियोगिता यही जेठ १२ गतेसम्म सञ्चालन भएको थियो । यस प्रतियोगितामा भारत विभिन्न सहरका कुल नौ टिम मुम्बइ इन्डियन्स, चेन्नाइ, राजस्थान रोयल्स, सनराइजर हैदरावाद, रोयल च्यालेन्जर्स बैङ्गलोर, पुने वारियर्स, दिल्ली डेरडेभिल्स, कोलकाता नाइटराइडर्स, किङ्ग्स–११ पञ्जावले सहभागिता जनाएका थिए ।
    इन्डिइन प्रिमियर लिगको आधिकारिक वेभसाइटका अनुसार प्रतियोगिताअवधीभर २२ हजार ५४१ रन, ९०९ विकेट, ६७४ छक्का, ९७ अर्धशतक, ६ शतक र ७६ म्याच खेलिएका थिए ।
    प्रतियोगिता सञ्चालनका लागि झण्डै दुई अर्ब ९९ करोड अमेरिकी डलर खर्च भएको बताइएकोे छ ।

    को–को भए उत्कृष्ट ?

    प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गरेका राजस्थान रोयल्सका अस्ट्रेलियाली अलराउन्डर सेन वाट्सन म्यान अफ द सिरिज घोषित भए । उनले १० लाख भारतीय रुपैयाँ समेत हात पारे ।
    त्यस्तै ३२ विकेट लिएका चेन्नाइका ड्वायन ब्राभोले पर्पल क्याप जिते भने प्रतियोगिताभर ७३३ रन बनाएका चेन्नाईका माइकल हसीले अरेन्ज क्याप जिते । प्रतियोगितामा सर्वाधिक छक्काको अवार्ड रोयल च्यालेन्जर्स बैङ्गलोरका क्रिस गेलले जिते । उनले प्रतियोगिताभर ५१ छक्का प्रहार गरेका थिए भने एउटै खेलमा उनले १७ छक्काको कीर्तिमानसमेत बनाएका थिए ।

    कीर्तिमानधारी गेल
    पुने वारियर्सविरुद्धको खेलमा बैङ्लोरका क्रिस गेलले ६६ बलमा नटआउट १७५ रन बनाएका थिए । सो क्रममा ३० बलमा शतक, १७ छक्का, १३ चौका हानेको थिए । यो टी–ट्वान्टी क्रिमेक इतिहासको आजसम्मको सबैभन्दा व्यक्तिगत ठूलो स्कोर हो ।
    विवादमा आइपिएल
    राजस्थान रोयल्सका खेलाडी श्रीसान्थसहित केही क्रिकेटरले स्पट फिक्सिङ गरेको पाइएपछि यो वर्षको आइपिएल सर्वाधिक विवादित बन्यो । स्पट फिक्सिङको आरोपमा प्रहरीले श्रीसान्थसहित राजस्थान रोयल्सका अंकित चह्वान र अजित चण्डिललाई पक्राउ गरेको छ । उनीहरू अहिले दिल्ली प्रहरी नियन्त्रणमा छन् ।
    आइपिएल विवादमा तानिएपछि भारतीय क्रिकेट पण्डित, केही मन्त्री र भारतीय सञ्चार माध्यमले समेत यसलाई ‘इन्डियन पाप लिग’को संज्ञा दिँदै तुरुन्त खारेज गर्न मागसमेत गरेको समाचार भारतीय सञ्चार माध्यमले ठूलो महत्वका साथ प्रसारण गरेका थिए ।

    आइपिएलमा वेस्टइन्डिजका खेलाडीको दबदबा

    गत वर्ष श्रीलङ्कामा सम्पन्न टी–ट्वान्टी विश्वकपको विजेता टीम वेस्टइन्डिजका खेलाडीले आइपिएलमा समेत निकै सम्झनलायक प्रदर्शन गरेका थिए ।
    प्रतियोगितामा सर्वाधिक ३२ विकेट लिने खेलाडी ब्राभो, अर्का चर्चित बलर सुनिल नारान, केभिन कुपर, डेरेन सामीले, कैरन पोलार्ड, सम्झन लायक खेलाडी थिए ।
     
  • राजस्थानलाई हराउँदै मुम्बई फाइनलमा

    एजेन्सी,
    जनकपुर, जेठ ११,

     मुम्बई इण्डियन्स इण्डियन प्रिमियर लिग क्रिकेट आईपीएलको फाइनलमा प्रवेश गरेको छ । मुम्बईले अब उपाधिका लागि दुई पटकको विजेता चेन्नई सुपर किङ्गससँग भिड्नेछ ।
    शुक्रबार राति भएको दोस्रो क्वालिफायर म्याचमा मुम्बईले राजस्थान रोयल्सलाई ४ विकेटले पराजित ग¥यो । राजस्थानले प्रस्तुत गरेको १ सय ६६ रनको लक्ष्य मुम्बईले अन्तिम बल बाँकी छँदा ६ विकेटको क्षतिमा भेट्टायो । उसका लागि ड्यारेन स्मिथले ६२ रन बनाए भने आदित्स तारेले ३५ रन जोडे ।
    यसअघि पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ६५ रन बनाएको थियो । उसका लागि राहुल द्रविडले सर्वाधिक ४३ रन बनाए । मुम्बईका हरभजन सिंहले २३ रन दिएर ३ विकेट लिए भने किरन पोलार्डले ६ रन दिएर २ विकेट हात पारे ।
     
  • एसिसी एलिट कप क्रिकेट : कुवेत विजयी

    रासस,
    काठमाडौं, चैत १६
    एसियाली क्रिकेट परिषद्को आयोजनामा जारी एसिसी एलिट कप क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको समूह बी को खेलमा कुवेतले जित हात पारेको छ । ललितपुरको पुल्चोकस्थित इन्जिनियरिङ अध्ययन संस्थानको मैदानमा भएको खेलमा कुवेत २६ रनले विजयी बनेको हो । 
    निर्धारित २० ओभरको खेलमा १६१ रन बनाएको ओमनले १८ दशमलव पाँच ओभर खेल्दै पूरा विकेट सकाएको थियो । एक सय ६२ रनको विजयी लक्ष्यका साथ मैदान प्रवेश गरेको कुवेतले सात विकेटको क्षतिमा २० ओभर पूरा गर्दा १८७ रन बनाउन भ्यायो । कुवेतको जितमा यासर इद्रिजले पाँच छक्का र सात चौकाको मद्दतमा ७१ रन बनाए । खेलमा अबिद मुस्ताकले पाँच बनाउँदा मोहम्मद घुलामले दुई छक्का र चार चौका प्रहार गर्दे ३२ रन बनाए । 
    त्यसैगरी हिसाम मिर्जाले दुई चौका र दुई छक्काको मद्दतमा २९ रन बनाए भने साद खालिदको व्यक्तिगत खातामा एक छक्का र दुई चौकासहित १७ रन दर्ता हुनबाहेक अन्य खेलाडीले दोहोरो अङ्कको रन बनाउन सकेनन् । खेलमा अज्मातुलाह नजिर र उस्मान वाहिद अविजित रहे । उनीहरुले क्रमशः पाँच र नौ रन बनाएका थिए ।
    खेलमा कुवेतका खेलाडी यासर इद्रिज उत्कृष्ट खेलाडी बने । 
    कुवेतलाई जिताउने खेलाडी एस रिजवान अलीले तीन विकेट लिए । अज्मातुल्लाह नाजिर र साद खलिदले एक विकेट पनि खसालेनन् भने हिसाम मिर्जा र शिवताइन राजाले समान दुई विकेट लिएका थिए । अर्का खेलाडी हारोन शाहिदले तीन विकेट खसाल्दै जित आफ्नो पक्षमा परेका थिए ।
    प्रतियोगितामा नेपाललगायत मलेसिया, सिङ्गापुर, हङकङ, माल्दिभ्स, अफगानिस्तान, युएई, ओमान, कुवेत र बहराइन गरी दस राष्ट्रका खेलाडीलाई ए र बी गरी दुई समूहमा विभाजन गरी खेलाइएको छ । सो प्रतियोगितामा जित हात पार्ने शीर्ष दुई टिमले आगामी मङ्सिरमा युएइमा सञ्चालन हुने विश्व टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा भाग लिन पाउनेछन् ।
     
  • एलिट कप क्रिकेट : हङकङसँग नेपाल पराजित

    रासस,
    काठमाडौँ, चैत १४, 

    कीर्तिपुरस्थित त्रिवि मैदानमा जारी एसीसी टी– ट्वान्टी एलिट कप क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको दोस्रो खेलमा नेपाल हङकङसँग पराजित भएको छ । खेलमा नेपाल हङकङसँग ६ विकेटले पराजित भएको हो । निर्धारित २० ओभरको खेलमा नेपालले सबै विकेट गुमाएर हङकङसामु प्रस्तुत गरेको ११६ रनको लक्ष्य हङकङले १७ ओभरमा मात्र चार विकेट गुमाउँदै पूरा गरेको हो । पहिले ब्याटिङ थालेको नेपालले पूरै ओभर खेलेर ९ विकेटको क्षतिमा ११५ रन बनाएको थियो । खेलमा ज्ञानेन्द्र मल्लले सर्वाधिक ३८ रन तथा प्रदीप ऐरीले २१ र विनोद भण्डारीले १५ रन बनाउँदा शक्तिप्रसाद गौचनले ११ रनको योगदान गर्न भ्याए । अन्य खेलाडीले भने दोहोरो अङ्कको योगफल तयार पार्न सकेनन् । त्यसैगरी सुवास खकुरेल छ, पारस खड्का चार, शरद भेषवाकर र वसन्त रेग्मी समान पाँच तथा मन्जित श्रेष्ठ सात रनमा आउट भए । खेलमा वसन्त रेग्मीले तीन विकेट तथा शक्तिप्रसाद गौचनले एक विकेट लिएका थिए । हङकङका नदिम अहमदले तीन तथा तनवीर अफजल र एयाज खानले समान दुई दुई विकेट झार्न सफल भए । हिजो भएको आफ्नो पहिलो खेलमा माल्दिभ्सलाई ७६ रनले हराए पनि आज बलिङ र ब्याटिङ दुवै पक्ष कमजोर भएका कारण नेपाल पराजित हुनुपरेको नेपाली टिमका प्रशिक्षक पुबुदु दासानायकेले खेलपछि सञ्चारकर्मीलाई बताउनुभयो । 

     
रुचाईएका सामाग्री
ss
बेल निमन्त्रणा र शोभा यात्रा
महेशकुमार दास  महोतरी ४ कार्तिक वडा दशैंको अवसरमा महोत्तरीको विभिन्न शक्तिपीठहरुमा बेल निमन्त्रणका लागि आज शोभा यात्रा निकालेका छन् । जिल्लाको मटिहानी, जलेश्वर, पिपरा, गौशाला, रामगोपालपुर, सम्सी लगायतका ..
ss
महिलाको नजरमा पुरुष सेक्स मेसिन
एजेन्सी, जनकपुर, जेठ ११, सायद धेरै महिलाले यो सोँच्दछन् की पुरुषहरु सधैँ सेक्सका लागि तयार हुन्छन् । यो मान्यता २०÷२२ वर्षको तन्नेरीको हकमा त सही हुन सक्ला तर परिपक्व उमेरका अर्थात् पाको पुरुषको हकमा गलत सावित ..
ss
जनकपुर उपमहानगरपालिका प्रति नकारात्मक असर
धर्मराज, १८ चैत, जनकपुर ।  जनकपुर उपमहानगरपालिका ले नगरको फोहर उठाउन बन्द गरेको छ । उपमहानगरपालिका ले नगरको फोहर उठाउन बन्द गरेकोले अहिले जताजतै विभिन्न चौकमा फोहरको डुगंर जम्मा भएको छ।यस्ले गर्दा स्थानिय ..
ss
मधेशमा निर्वाचनको समस्या , प्रमुख निर्वाचन आयुक्त....
धर्मराज,४ चैत्र, जनकपुर । निवौचन कार्यालय धनषाले जिल्ला प्रशाशन कार्यालय मा स्थानिय निर्वाचन बारे डाकिएको बैठक मधेशी मोर्चाले बहिष्कार गरेको छ ।स्थानिय निर्वाचन बारे र प्रतिनिधिहरु तोक्ने समबन्धमा ..
ss
जनकपुर उपमहानगरपालिका को आवश्यक टेलिफोन र फैक्स बन्द
धर्मराज,  १७ चैत, जनकपुर । जनकपुर उपमहानगरपालिका को अति आवश्यक टेलिफोन र फैक्स बन्द अवस्थामा रहेको छ । आग लागी बखत को बेला खबर गरिने उपमहानगरपालिका को सब भन्दा महत्वपुर्ण नम्बर ०४१५२००११ को टेलीफोन सेट खराब ..
ss
१५ रानी, ३० बच्चा र १०० नौकर सहित भारत आए स्वाजीलैंड का राजा
जनकपुरखबर, कात्तिक १३ ,०७२।  नयाँ दिल्ली , भारत अफ्रीका शिखर सम्मेलन मा ५४ देशका प्रतिनिधिहरु भाग लिरहेका छन । यस्मा स्वाजीलैंड नाम गरेको गरीब देश को अमीर राजा मस्वाती तृतीय आफ्ना १५ रानी, ३० बच्चा र १०० नौकर सहित ..
अन्तर्वार्ता
ss सीमांकन बेइमान अमिनले खराब जमिनको कित्ताकाट गरे जस्तो
थारु र मधेसी मिल्दा तीन नेतालाई पीडा भएको छ----- तराई मधेस लोकतान्त्रिक पार्टीका सह-अध्यक्ष हृदयेश त्रिपाठी तार्किक नेता मानिन्छन् । संविधानको मस्यौदा एवं प्रदेशको सीमांकनलाई लिएर मधेसवादी नेतामाथि लागिरहेका ..
विचार
ss तरार्इमा चुनाव कि आन्दोलन ?
भरत लामिछाने......दोस्रो चरणको स्थानीय चुनावको मुखमा यतिबेला तराई(मधेसमा अन्यौलको वातावरण छ । एकातिर सरकारले तराईका जायज मागहरु पूरा गर्नुपर्ने दायित्व छ । अर्कातिर, सरकारको नियन्त्रण बाहिरको माग पूरा गराउन ..
ss रामेछापका बाहुन कसरी पुगे जनकपुर
विमल पोखरेल----- नेपालमा संघीय प्रदेशहरुको सीमांकन सम्वन्धी दलहरुको सहमति सार्वजनिक भएसँगै जनताहरु आ(आफ्ना प्रदेशका विशेषता, साँस्कृतिक पहिचान, आर्थिक सामथ्र्य र सम्भाब्य राजधानीको अवस्थितिलाई आधार बनाएर ..
रोचक विश्व
ss १५ रानी, ३० बच्चा र १०० नौकर सहित भारत आए स्वाजीलैंड का राजा
जनकपुरखबर, कात्तिक १३ ,०७२।  नयाँ दिल्ली , भारत अफ्रीका शिखर सम्मेलन मा ५४ देशका प्रतिनिधिहरु भाग लिरहेका छन । यस्मा स्वाजीलैंड नाम गरेको गरीब देश को अमीर राजा मस्वाती तृतीय आफ्ना १५ रानी, ३० बच्चा र १०० नौकर सहित इंडिया आएका छन ।खास कुरा के छन भने उनी १५ रानी, ३० बच्चा र १०० भन्दा अधिक नौकरहरुको साथ नयाँ दिल्ली को एक मंहगो होटलमा बसेका छन ।उनी माथी आफ्ना प्रतिनिधिमंडल का सरकारी सदस्यहरु लाई ..
ss जापान मा लिङ्ग मेला ।।
(एजेन्सी) जापानको कावासाकी शहरमा प्रत्येक वर्ष अप्रील ५ मा मनाईने लिङ्ग मेलाको आयोजना यस वर्ष पनि गरिएको छ । विश्वकै सबैभन्दा ठूलो लिङ्ग मेलाका रुपमा चर्चित सो मेलामा सबै सामानहरु पुरुष लिङ्ग जस्तै देखिने वस्तुहरु बोकेर पुरुष तथा महिलाहरु समेत सडकमा घुम्ने गर्छन् । मेलामा सहभागी महिलाहरुहरुले पुरुष लिङ्गको आकारमा बनाइएका ललिपपहरु चुस्दै खुल्लारुपले सडकमा हिंडछन । एक किवदन्ती ..
ss छालामा हुक खोपेर पार गर्र्दै १,७४७ फीट चौडाइको नदी
एजेन्सी , ट्यारोलिन ट्रेवर्स सामान्यतया पर्वतारोहण अथवा नदिहरुलाई पार गर्ने समयमा गरिन्छ । समस्या परेको बेलामा यसको उपयोग अझ बढि गरिन्छ । मात्र एउटा डोरीको सहायताले मानिसहरु गुरुत्वाकर्षणको प्रयोग गरेर एउटा अन्त्य देखि अर्को अन्त्य सम्म पुग्ने गर्दछन् । १९ औँ शताब्दिको अन्त्यमा आल्प्स श्रृंखलाको ट्यारोलिनमा यसको प्रयोग गरिएको थियो ।यसैलाई निरन्तरता दिदैँ २३ वर्षकी मारिया ..
अपिल