राष्ट्रिय खेलकुद
  • धनुषामा राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिताको उद्घाटन..

    आषिश कुमार,
    फागुन२८,

    जनकपुरधाम । युवा तथा खेलकूद मन्त्री सत्यनारायण मण्डलले धनुषामा आज देखि शुरु भएको राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिताको उद्घाटन गर्नु भएको छ । जनकपुरको कवर्ड हलमा तीन दिनसम्म चल्ने सो प्रतियोगितामा जिल्लाका विभिन्न सात वटा क्षेत्रवाट विभिन्न खेलकूदका लागि प्रथम द्वितीय भएर छनौट भै आएका खेलाडीहरुका बीचमा प्रतिस्पर्धा हुने कार्यक्रम रहेको छ । सो अवसरमा बोल्दै युवा तथा खेलकूदमन्त्री सत्यनारायण मण्डलले खेलकूदको विकासका लागि वर्तमान सरकार निक्कै गंभिर रहेको बताउदै यस क्षेत्रमा भएका प्रतिभावान खेलाडीका लागि पूर्वाधारको विकासका लागि उचित बजेट विनियोजन गरिने बताउनु भयो । उहाँले यस ठाउँमा रङ्गशाला निर्माणको लागि माँग निक्कै अगाडी देखि नै हुदैं आएकाले रङ्गशाला निर्माणको लागि के गर्न सकिन्छ ,त्यसको विषयमा आवश्यक पहल आफुले गर्ने बताउनु भयो । साथै सो अवसरमा भारतमा सम्पन्न भएको साफ खेलकूदमा धनुषा जिल्लावाट खो खो तथा कवड्डीमा सहभागि भएर कास्य पदक प्राप्त गर्ने १० जना खेलाडी तथा प्रशिक्षक गरि १२ जनालाई युवा तथा खेलकूलमन्त्री मण्डलले सम्मान गर्नु भएको थियो । 
  • हकिको उपाधि त्रिभुवन आर्मी क्लबलाई

    जनकपुरखबर,
    बैशाख १४,
    जनकपुरमा प्रथम पटक भएको राष्ट्रिय हकी प्रतियोगितामा नेपाली सेनाको त्रिभुवन आर्मी विजयी भएको छ । जनकपुर चुरोट कारखाना लिमिटेडको खेल मैदानमा शनिबार दिउंसो सम्पन्न प्रतियोगिताको फाईनल खेलमा सुदुर पश्चिम क्षेत्रीय टिमलाई ४—२ले पारजित गर्दै आर्मी क्लबले जीत हात पारेको हो । निर्धारित ७० मिनेटको अबधिमा दुबै टिम मध्ये कुनै टिमले पनि गोल गर्न नसकेपछि १५ मिनेटको समय थप गरि खेल भएको थियो । थप समयावधिमा पनि कुनै पनि टिमले गोल हान्न नसक्दा ट्राईबे्रकरको खेल गरियो । ट्राईब्रेक्ररमा आर्मी क्लबले ४ गोल हानेको थियो । भने सुदुरपश्चिम क्षेत्रीय टिमले भने २ गोल मात्र हान्न सफल भएको थियो । ट्राई ब्रेक्ररमा आर्मी क्लबको तर्फबाट राम शाह ,रजीत राउत , अमित श्रीवास्तव र दिपेन्द्र ऐरले गोल हानेका थिए । त्यस्तै प्रतियोगितामा दोश्रो स्थान प्राप्त गरेका सुदूर पश्चिमको तर्फबाट सुरेश जोशी र कान्तु राम पनेरुले गोल गरेका थिए । प्रतियोगितामा विजयी भएका टिमलाई नेपाल खेल कुद परिषदका उपाध्यक्ष पिताम्बर तिम्लिसिनाले ७५ हजार नगद राशी र शिल्ड प्रदान गरेका थिए । त्यस्तै उपविजेता टिम सुदुर पश्चिमलाई हकि खेलकुद संघ धनुषाका पदाधिकारीहरुले शिल्ड र ४० हजार राशीको नगद पुरस्कार प्रदान गरेका थिए । त्यस्तै प्रतियोगितमा तेस्रो भएका टिम मध्यमाञ्चललाई २५ हजार नगद राशी र प्रमाण पत्र प्रदान गरिएको थियो । यता प्रतियोगिताको उत्कृष्ट खेलाडीको उपाधिक दिपेन्द्र ऐरले प्राप्त गरेका छन । 
     
  • महेन्द्रनगरमा कबर्डि प्रतियोगिता सुरु कबर्डिलाई विश्वस्तरमा नव पहिचान कायम गराउने : महासेठ

    जनकपुर खबर, 
    जनकपुर, चैत २५,
     फुलकुमारी मेमोरियल ट्रष्टद्वारा त्रिदिवसीय कबर्डि प्रतियोगिता धनुषाको महेन्द्रनगरमा आईतबारदेखि सुरु भएको छ ।
    ओझेलमा परिदै गएको कबर्डि खेललाई विश्वस्तरमा नव पहिचान कायम गर्नका लागि कबर्डि प्रतियागिता आरम्भ गरिएको कार्यक्रमका प्रमुख अतिथि तथा नेकपा एमालेका केन्द्रिय सदस्य पुर्व सिँचाई मन्त्री र कोष परिवारका अगुवा रघुविर महासेठले बताए । धनुषाको महेन्द्रनगरस्थित श्री क्षिरेश्वर जनता उच्च माविमा आरम्भ भएको प्रतियोगिताका प्रमुख अतिथि महासेठले आर्थिक, शैक्षिक, धार्मिक र सांस्कृतिक उत्थानका निमित्त ट्रष्टले निरन्तर सहयोग गर्दै आईरहेको बताए । दश करोडको लागतमा क्रियापुत्रीको घर काठमाडौँमा निर्माण भएको, जनकपुरको स्वर्गद्वारी आश्रममा समेत ट्रष्टले सहयोग गरेको उदाहरण दिए । यस क्षेत्रका प्रतिभाशाली, गौरवशाली कबर्डि खेलाडीहरुको मनोबल बढाउन यस्ता प्रतियोगिताहरु गराई उत्कृष्ट भएकाहरुलाई विश्वस्तरको खेलमा सामेल गराउने ट्रष्टको लक्ष्य रहेको उनले भने ।
    ट्रष्टका उपाध्यक्ष डा.विरेन्द्र कुमार महतोले कोषले खेललाई प्रथम श्रेणीमा राखेर राष्ट्र र राष्ट्रियताको विकासमा र आपसी मित्रता कायम गराउन यस्ता खेलले ठुलै सहयोग पुग्ने र खेलाडीहरुको सुनौलो भविष्यका लागि कोषले यस्ता प्रतियोगिताहरुलाई निरन्तरता दिने विश्वास व्यक्त गरे ।
    कार्यक्रममा नेपाल कबर्डि खेलकुद संघका सदस्य तारानाथ सिंहले आयोजकलाई धन्यवाद दिदै देशमा सुषुप्त अवस्थामा रहेका कबर्डि खेललाई उजागर गर्न र खेलप्रेमीहरुलाई समेत उत्साह भर्न यस्तो प्रतियोगिताले सघाउने काम गरेको स्वागत मन्त्व्य व्यक्त गर्दै बताए । धनुषा कबर्डि र खोःखो एकेडेमीद्वारा कबर्डि प्रतियोगिता आयोजन भएको हो । पहिलो दिनको खेलमा आयोजक संस्था धनुषा कबर्डि र खोःखो तथा पुर्वाञ्चलबीच सुरुवाती खेल भयो । धनुषा खोःखोले १ कोर्टले विजयी भयो । पहिलो खेलमा नेपाली सेना १, पश्चिमाञ्चल २, पुर्वाञ्चल ३, नेपाल प्रहरी ४ र धनुषा खोःखोले ५ कोर्ट प्राप्त गरेको निर्णायक समितिका खेलाडि सुन्तली थापाले बताईन् ।
    कबर्डि खेलमा सांस्कृतिक झलक
    उद्घाट्न सत्रमा कमला कर्माचार्यद्वारा तयार गरिएका र दर्शनिया रामेश्वर सिंह कुशवाहा बोर्डिङ्ग स्कुलका छात्रछात्राहरुले राष्ट्रिय गान र मैथिली सांस्कृतिक नृत्य झिझिया प्रस्तुत गरेका थिए । सांस्कृतिक नृत्यमा आशा साह, आरती झा, ऋतु गोसाई, रितु साह, दिरानी ठाकुर, अनुष्का कार्की, आज्ञा भण्डारी, तृष्णा भण्डारी, आयुशा साह, चन्द्रकमल सिंह, राहुल गोसाई, संजय महतो, मनोहर महतो, अनिशचन्द्र सिंह सामेल थिए । त्यसैगरि खेलाडि नृत्यमा विष्णु बुढाथोकी, अमित विश्वकर्मा, शिव साह, निकेश श्रेष्ठ, छविराज राई सामेल थिए ।
     
  • राष्ट्रिय मार्सल आर्ट महोत्सव सुरु

    जनकपुरखबर,
    काठमाडौँ, ११ माघ
    नेपाल राष्ट्रिय मार्सल आर्ट गेम्स महासंघको आयोजनामा प्रथम राष्ट्रिय मार्सल आर्ट महोत्सव बिहीबारदेखि त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा सुरु भएको छ । महोत्सवको राखेप सदस्य–सचिव युवराज लामाले एक कार्यक्रमबीच उद्घाटन गर्नुभयो । तीनदिने महोत्सवमा ६ सय खेलाडीले ९० स्वर्ण, ९० रजत र १ सय ४० कांस्य गरी कूल ३ सय २० पदकका लागि प्रतिस्पर्धा गरिहेको महासंघका अध्यक्ष स्वयम्भूराज डंगोलले बताएका छन । महासंघमा आबद्ध १६ संघ मध्ये ९ को प्रतियोगिता भइरहेको हो ।

     
  • सर्वाधिक सफल नेपाली ब्याडमिन्टन खेलाडी पशुपतिले सन्यास लिए

    जनकपुरखबर
    काठमाडौं, ५ माघ
    ब्याडमिन्टन पूर्व राष्ट्रिय च्याम्पियन पशुपति पनेरुले खेल जीवनबाट सन्यासको
    घोषणा गरेका छन् । राजधानीमा शुक्रबार पत्रकार सम्मेलन मार्फत पशुपतिले
    राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेल जीवनबाट औपचारिक रुपमा सन्यास लिएको
    जानकारी दिए ।
    सन्यास घोषणा कार्यक्रममा पशुपतिले खेलाडी जीवनबाट सन्याश लिएपनि
    ब्याडमिन्टन मै संलग्न रहने बताए । उनले अब उप्रान्त अमेरिकामै रहेको बोस्टन
    र मुगास ब्याडमिन्टन क्लबमा प्रशिक्षकका रुपमा कार्यरत रहने जानकारी गराए ।
    पशुपतिले नेपाली ब्याडमिन्टनको स्तर अझ माथि उठाउन सम्बन्धित निकायले पहल
    गर्नुपर्नेमा जोड दिदँै वर्षमा कम्तिमा ४ मुख्य प्रतियोगिता हुनु पर्ने
    आवश्यकता औल्याए । पशुपतिले ब्याडमिन्टनमा लागेकोमा सन्तुष्टी जनाउदै भने,
    ‘ब्याडमिन्टनले मलाई धेरै दिएको छ । छुट्टीमा नेपाल आएको बेला पनि मैलै
    सिकेको कुरा यहाँ आएर बाँड्ने छु ।’
    पशुपति सन् २००८ देखि अमेरिका बस्दै आएका छन् । सन् २०१० मा नेपाल आएको
    बेला पशुपतिले पाँचौं कृष्णमोहन स्मृति राष्ट्रव्यापी ब्याडमिन्टन
    प्रतियोगिता खेलेका थिए । त्यसमा उनले पुरुष एकलको उपाधि समेत चुमेका थिए
    । त्यो नै उनको अन्तिम प्रतियोगिता रह्यो । त्यसअघि उनले कृष्णस्मृति
    ब्याडमिन्टनको चारै संस्करणको एकल स्पर्धा समेत खेलेका थिए । दोश्रोमा
    उपविजेता हुनु बाहेक सबैमा विजेता बने ।
    उनले २८ देखि ३० औं र ३२ औं गरी चार राष्ट्रिय ब्याडमिन्टनमा प्रतिस्पर्धा
    गरेका थिए । २८ औंमा डबल्स खेलेका पशुपतिले अन्यमा भने एकल स्पर्धा खेलेका
    थिए । २९ औंमा बाहेक पशुपति सबैमा दोश्रो स्थानमा सीमित भए । २९ औंमा
    पशुपति राष्ट्रिय च्याम्पियन बन्न सफल भए । राष्ट्रियस्तरको विभिन्न ८
    प्रतियोगिताको एकल स्पर्धामा भने पशुपतिले सबैमा बाजी मारेका थिए ।
    पाकिस्तानको ९ औं तथा श्रीलंका १० औं दक्षिण एसियाली खेलकुदमा पशुपतिले
    टिम स्पर्धामा नेपाललाई कांस्य दिलाएका थिए । नेपालमै भएको नेपाल
    इन्टरनेसनल सिरिजमा उनले पुरुष डबल्समा पनि कांस्य हात पारेका थिए ।
    यस बाहेक उनले विभिन्न स्थानमा भएका साढे एक दर्जन अन्तर्राष्ट्रिय
    प्रतियोगितामा नेपालको प्रतिनिधित्व गरेका थिए ।
    अमेरिका रहँदा पशुपतिले दुई फरक न्युयोर्क ओपनको एकलमा पहिलो र
    दोश्रो, सीटी ओपनको एकलमा पहिलो तथा मिड एटलान्टिक ओपनको मिक्स
    स्पर्धामा पहिलो स्थान हात पारेका थिए ।
     
  • अन्तर्राष्ट्रिय आमन्त्रित महिला भलिबल पुस दोश्रो साता

    जनकपुरखबर
    काठमाडौं, १३ मंसिर
    पश्चिमाञ्चल क्षेत्रीय भलिबल सङ्घको आयोजना तथा नोङ सिम, कोरियाको उत्पादन सिन राम्योन चाउचाउको मुख्य प्रायोजनमा आगामी पुस २३ देखि २८ गतेसम्म पोखरामा “नोङसिम सिन राम्योन अन्तर्राष्ट्रिय आमन्त्रित महिला भलिबल प्रतियोगिता” हुने भएको छ ।
    पोखरामा व्यवस्थित भलिबल कवर्ड हल निर्माण गर्ने तथा यस क्षेत्रका महिला भलिबल खेलाडीको विकास गर्ने उद्देश्यले सञ्चालन गर्न लागिएको प्रतियोगितामा स्वदेशी छ तथा विदेशी दुई गरी आठ टीमको सहभागिता रहने बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराईयो ।
    दोस्रो संस्करणको यो प्रतियोगिताको लागि मुख्य प्रायोजक “सिन राम्योन चाउचाउ”ले रु. चार लाख प्रदान गर्ने भएको छ ।
    प्रतियोगितामा डिफेण्डिङ च्याम्पियन पोखराको ज्ञानुबाबा उमावि, उपविजेता नेपाल पुलिस क्लब, फिस्टेल उमावि, सशस्त्र प्रहरी बलको एपीएफ क्लब, न्यू डायमण्ड क्लब, ढोरपाटन भलिबल प्रतियोगिताको एक उत्कृष्ट टीमको सहभागिता रहनेछ । त्यस्तै विदेशी टीममा भारत, बड्डलादेश तथा भूटानमध्ये दुई टीमको सहभागिता रहने क्षेत्रीय भलिबल संघका अध्यक्ष छ्यामबहादुर थापामगरले पत्रकार सम्मेलनमा जानकारी गराए ।
    लिगकम नकआउटको आधारमा खेलाइने प्रतियोगितामा प्रथम हुने टीमले नगद रु. १ लाख १ हजार १ सय ११, द्वितीय हुने टीमलाई नगद रु. ५० हजार ५ सय ५५, तृतीय हुने टीमलाई नगद रु. २० हजार २ सय २२ तथा सान्त्वना टीमलाई नगद रु. १० हजार १ सय ११ प्राप्त गर्नेछन् । यसै गरि प्रतियोगिताका उत्कृष्ठ प्लयेर, उत्कृष्ठ स्पाइकर, उत्कृष्ट सेटर, उत्कृष्ट ब्लकर, उत्कृष्ट डिफेण्डर र उत्कृष्ट क्वीकरलाई पनि आकर्षक पुरस्कार प्रदान गरिने क्षेत्रीय भलिबल संघका सचिव डीबी नेपालीले जानकारी गराए ।
    करिब १६ लाख ५० हजार खर्च लाग्ने अनुमान गरिएको सो प्रतियोगिता सम्पन्न गर्नको लागि संघका अध्यक्ष छ्यामबहादुर थापामगरको अध्यक्षतामा मूल आयोजक समिति गठन गरिएको छ । प्रतियोगिताका दौरान पुस २४ गते जापानको कोमागाने उमाविका खेलाडी र पश्चिमाञ्चलको टीमबीच मैत्रीपूर्ण भलिबल खेल खेलाइने समेत आयोजकले जानकारी दिए ।
     
  • नेपाल प्रहरीलाई वीच भलिबलको उपाधि

    जनकपुरखबर,
    पोखरा, १ कार्तिक
    नेपाल प्रहरीले तेश्रो राष्ट्रिय पुरुष वीच भलिबलको उपाधी माथि कब्जा जमाएको छ । पोखराको फेवा लेकमा सम्पन्न प्रतियोगिताको फाइनलमा नेपाल प्रहरीको भरत शाह र चन्द्र कुँवरको जोडीले सशस्त्र प्रहरी बलको एपिएफको सुनिल श्रेष्ठ र
    खुसी चौधरीको जोडीलाई १९-२१,२१-१६ र १५-१० ले पराजित गरेका थिए ।
    प्रतियोगितामा प्रहरीका भरत शाह प्रतियोगिता भरिकै उत्कृष्ट खेलाडी र फाइनल
    तथा सेमिफाइनलका समेत उत्कृष्ट खेलाडी घोषित भएका थिए । उनले प्रमाण
    पत्रका साथ नगद १५ सयका साथ विभिन्न पुरस्कार हात पारे ।
    नेपाल भलिबल संघको वार्षिक कार्यक्रम तथा पश्चिमाञ्चल जिल्ला भलिबल संघको आयोजनमा संचालित प्रतियोगितामा नेपाली सेनाको टोली तेश्रो भयो । तथा एपिएफको बी टोली चौथो भयो । प्रथम, दोश्रो र तेश्रो हुने टोलीले २०, १५ र १० हजार नगद सहित ट्रफि प्रमाण पत्र प्राप्त गरे । त्यस्तै, चौथो हुने टोलीले सान्त्वना बापत नगद ५ हजार प्राप्त ग¥यो ।
     
  • अन्तर्राष्ट्रिय पदक विजेता सम्मानित

    जनकपुरखबर, 
    काठमाडौँ, २८ असोज
    राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले विभिन्न दुई खेलका तीन अन्तर्राष्ट्रिय पदक विजेता खेलाडीलाई आइतबार नगदसहित सम्मान गरेको छ । सम्मानित हुने दुई खेलाडी उसु तथा एक खेलाडी शारीरिक सुगठनका छन् । तीनै खेलाडीले कांस्य जितेका थिए ।
    मकाउमा भएको चौथो विश्व जुनियर उसु च्याम्पियनसिपमा चाहाना बोम्जन लामाले महिला सान्सौंको ६० केजी, भदौ ५ देखि ९ गतेसम्म भियतनामको होचिमिन्हमा भएको आठौं एसियाली उसु च्याम्पियनसिपमा झरना गुरुङले महिला सान्सौंको ५६ केजी तथा असोज ३ देखि ८ गतेसम्म चीनको ग्वान्झावमा भएको ४६ औं एसियाली शारीरिक सुगठन प्रतियोगिताको पुरुष ५५ केजीमा सुजन लामाले कांस्य जितेका थिए ।
    राखेप सदस्य–सचिव युवराज लामाले झरना र चाहानालाई नगद दस हजार प्रदान गर्नुकासथै खादा लगाइ सम्मान गर्नुभयो ।
    शारीरिक सुगठनका सुजन कार्यक्रममा उपस्थिति नभएकाले उनले पाउने पुरस्कार रकम पछि हस्तान्तरण गरिने कार्यक्रममा जानकारी दिइयो ।
    कार्यक्रमलाई सम्बोधन गर्दै सदस्य–सचिव लामाले खेलाडीहरुको सफलताले व्यवस्थित र वैज्ञानिक प्रशिक्षण पाए खेलाडीले अन्तर्राष्ट्रिय प्रतियोगितामा यो भन्दा राम्रो गर्न सक्ने ज्वलन्त उदहारण प्रस्तुत गरेको बतउदै विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा पुरस्कार रकम बुद्धिको विधिवत् निर्णयले खेलाडीमा खुशी छाएको बताउनुभयो । उहाँले अफिसियल खेल भएकाले उसु पदक विजेतालाई समान १ लाख र शारीरिक सुगठनका पदक विजेतालाई ५० हजार नगद पुरस्कारका लागि राखेपले सरकार समक्ष सिफारिस गर्ने निर्णय गरेको समेत अवगत गराउनुभयो ।
    सोही अवसरमा जुनियर विश्व उसु च्याम्पियनसिपका सहभागी खेलाडीद्वय रिन्जि शेर्पा र विशाल थापा सिन्जाली तथा प्रशिक्षक युवराज गुरुङलाई पनि सम्मान गरियो ।
    कार्यक्रममा राखेप कोषाध्यक्ष इन्द्रबहादुर थिङ, नेपाल उसु संघका अध्यक्ष दीपक सरकार, खेलकुद प्रतियोगिता तथा योजना विभागका प्रमुख कमल खनाल, खेलकुद विकास विभागका प्रमुख प्रकाशचन्द्र घिमिरेलगायतका महानुभावहरुको उपस्थिति रहेको थियो ।

     
  • तेस्रो राष्ट्रिय बिच भलिबल प्रतियोगिता पोखरामा

    जनकपुरखबर,
    काठमाडौं, २३ भदौ
    नेपाल भलिबल संघको आयोजनामा तेश्रो राष्ट्रिय पुरुष बिच भलिबल प्रतियोगिता पर्यटकीय नगरी पोखरामा असोज दोश्रो साता हुने भएको छ । संघको वार्षिक कार्यक्रमअन्तर्गत हुन लागेको उक्त प्रतियोगिता असोज ११ देखि हुने शनिबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा आयोजक संघका द्वितीय उपाध्यक्ष यमबहादुर गुरुङले जानकारी गराए ।
    प्रतियोगितामा पाँच विकास क्षेत्र, तीन विभागीय टोली नेपाल प्रहरी क्लब, नेपाल आर्मी क्लब र सशस्त्र प्रहरी बलको एपीएफ क्लब तथा विश्वविद्यालयका २ का दरले कूल १८ टोलीको सहभागिता रहनेछ ।
    पहिलो हुने टोलीले २० हजार, दोश्रोले १५ हजार तथा तेश्रोले १० हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । सान्त्वना पुस्कार स्वरुप चौथो हुने टिमलाई पनि ५ हजार नगद पुरस्कार दिइनेछ ।
    तीनदिने प्रतियोगिताका खेलहरु पोखराको लेकसाइडमा निर्मित बिच भलिबल कोर्टमा हुनेछ । प्रतियोगिता सञ्चालन गर्न करिब ८ लाख २५ हजार खर्च हुने जनाइएको छ ।
    पत्रकार सम्मेलनमा संघका अध्यक्ष दानबहादुर तामाङले उक्त प्रतियोगिता असोजको पहिलो सातामा गर्ने कार्यक्रम रहेपनि प्राविधिक कारणले केहि दिन पछि सार्नु परेको बताए । उनले काठमाडौंमा शुक्रबार सम्पन्न प्रथम एनभीए कप राष्ट्रिय क्लब च्याम्पियनसिपको सफल आयोजनाले प्रायोजकलाई आकर्षित गर्न सहज हुने विश्वास व्यक्त गरे ।

     
  • जनकपुरमा क्रस कन्ट्री म्याराथन प्रतियोगिता हुने

    जनकपुरखबर,
    जनकपुर, १९ भदौ
    खेलकुद तथा संस्कृति विकास कोष जनकपुरको आयोजनामा खेलकुदको विकास सँगै शान्तिप्रति ऐक्यवद्धता’ मुल नाराका साथ जनकपुरमा आउने असोज १३ गते दोस्रो जनकपुर क्रस–कन्ट्री म्याराथन प्रतियोगिता हुने भएको छ ।
    जनकपुरमा आयोजना गरिएको पत्रकार सम्मेलनमा कोषका अध्यक्ष जितेन्द्र महासेठले प्रतियोगिताको विषयमा जानकारी गराए । उनले फुल म्याराथन ४१.१९५ किलोमिटर र मिनि म्याराथन १० किमि दुरीको रहने जानकारी दिए ।
    प्रतियोगितामा मित्रराष्ट्र भारतका साथै जापान, केन्या, घाना, नाइजेरीया, टोगो, इजिप्ट, बेनिन, सेनेगल, मालदिभ्स, साउथ अफ्रिका, सोमालिया, इथियोपीया, इराक, इरान र उत्तर कोरिया लगायतका देशहरुका धावकहरुको सहभागिता रहने आयोजकले जनाएको छ । साथै नेपालका ७५ जिल्ला र भारको पश्चिम बंगाल, बिहार, उत्तर प्रदेश र पन्जाब लगायत विभिन्न प्रान्त बाट समेत उल्लेखनिय व्यवसायिक धावकहरुको सहभागिता रहने आयोनजकले जानकारी दिएको छ ।
    प्रतियोगिता लाई दुई समुहमा विभाजन गरिएको छ । फुल म्याराथन (४२.१९५ कि.मी) खुल्ला अन्र्तगत स्वदेश तथा विदेशका धावकहरुलाई आमन्त्रित गरिएको छ । त्यस्तै, मिनि म्याराथन (१० कि.मी) लाई चार समुहमा बाँडिएको छ । स्कुल तथा प्लस टू – महिला र पुरुष र खुल्ला – महिला र पुरुष गरि चार समुहमा सम्पन्न हुने मिनी म्याराथनका धावकहरु जनकपुरको रङ्गभुमी मैदानबाट दौड सुरुगरि जनकपुर नगरको परिक्रमा गरि पूनः रङ्गभुमि मैदानमै पुग्नेछन् । तर, फुल म्याराथनमा सहभागि धावकहरु जनकपुर देखी ढल्केवर पुगि पुनः जनकपुर फर्किनु पर्नेछ ।
    फुल म्याराथनमा पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः नगद पचास हजार, पच्चिस हजार र दश हजार नगद तथा ट्रफी हात पार्ने छन् । मिनि म्याराथनमा प्रथम, दोस्रो र तेस्रो हुनेले क्रमशः ट्रफीका साथ नगद दश हजार, पाँचहजार र तीन हजारको पुरस्कार घर लग्ने छन् ।
     
रुचाईएका सामाग्री
ss
बेल निमन्त्रणा र शोभा यात्रा
महेशकुमार दास  महोतरी ४ कार्तिक वडा दशैंको अवसरमा महोत्तरीको विभिन्न शक्तिपीठहरुमा बेल निमन्त्रणका लागि आज शोभा यात्रा निकालेका छन् । जिल्लाको मटिहानी, जलेश्वर, पिपरा, गौशाला, रामगोपालपुर, सम्सी लगायतका ..
ss
महिलाको नजरमा पुरुष सेक्स मेसिन
एजेन्सी, जनकपुर, जेठ ११, सायद धेरै महिलाले यो सोँच्दछन् की पुरुषहरु सधैँ सेक्सका लागि तयार हुन्छन् । यो मान्यता २०÷२२ वर्षको तन्नेरीको हकमा त सही हुन सक्ला तर परिपक्व उमेरका अर्थात् पाको पुरुषको हकमा गलत सावित ..
ss
जनकपुर उपमहानगरपालिका प्रति नकारात्मक असर
धर्मराज, १८ चैत, जनकपुर ।  जनकपुर उपमहानगरपालिका ले नगरको फोहर उठाउन बन्द गरेको छ । उपमहानगरपालिका ले नगरको फोहर उठाउन बन्द गरेकोले अहिले जताजतै विभिन्न चौकमा फोहरको डुगंर जम्मा भएको छ।यस्ले गर्दा स्थानिय ..
ss
मधेशमा निर्वाचनको समस्या , प्रमुख निर्वाचन आयुक्त....
धर्मराज,४ चैत्र, जनकपुर । निवौचन कार्यालय धनषाले जिल्ला प्रशाशन कार्यालय मा स्थानिय निर्वाचन बारे डाकिएको बैठक मधेशी मोर्चाले बहिष्कार गरेको छ ।स्थानिय निर्वाचन बारे र प्रतिनिधिहरु तोक्ने समबन्धमा ..
ss
जनकपुर उपमहानगरपालिका को आवश्यक टेलिफोन र फैक्स बन्द
धर्मराज,  १७ चैत, जनकपुर । जनकपुर उपमहानगरपालिका को अति आवश्यक टेलिफोन र फैक्स बन्द अवस्थामा रहेको छ । आग लागी बखत को बेला खबर गरिने उपमहानगरपालिका को सब भन्दा महत्वपुर्ण नम्बर ०४१५२००११ को टेलीफोन सेट खराब ..
ss
१५ रानी, ३० बच्चा र १०० नौकर सहित भारत आए स्वाजीलैंड का राजा
जनकपुरखबर, कात्तिक १३ ,०७२।  नयाँ दिल्ली , भारत अफ्रीका शिखर सम्मेलन मा ५४ देशका प्रतिनिधिहरु भाग लिरहेका छन । यस्मा स्वाजीलैंड नाम गरेको गरीब देश को अमीर राजा मस्वाती तृतीय आफ्ना १५ रानी, ३० बच्चा र १०० नौकर सहित ..
अन्तर्वार्ता
ss सीमांकन बेइमान अमिनले खराब जमिनको कित्ताकाट गरे जस्तो
थारु र मधेसी मिल्दा तीन नेतालाई पीडा भएको छ----- तराई मधेस लोकतान्त्रिक पार्टीका सह-अध्यक्ष हृदयेश त्रिपाठी तार्किक नेता मानिन्छन् । संविधानको मस्यौदा एवं प्रदेशको सीमांकनलाई लिएर मधेसवादी नेतामाथि लागिरहेका ..
विचार
ss तरार्इमा चुनाव कि आन्दोलन ?
भरत लामिछाने......दोस्रो चरणको स्थानीय चुनावको मुखमा यतिबेला तराई(मधेसमा अन्यौलको वातावरण छ । एकातिर सरकारले तराईका जायज मागहरु पूरा गर्नुपर्ने दायित्व छ । अर्कातिर, सरकारको नियन्त्रण बाहिरको माग पूरा गराउन ..
ss रामेछापका बाहुन कसरी पुगे जनकपुर
विमल पोखरेल----- नेपालमा संघीय प्रदेशहरुको सीमांकन सम्वन्धी दलहरुको सहमति सार्वजनिक भएसँगै जनताहरु आ(आफ्ना प्रदेशका विशेषता, साँस्कृतिक पहिचान, आर्थिक सामथ्र्य र सम्भाब्य राजधानीको अवस्थितिलाई आधार बनाएर ..
रोचक विश्व
ss १५ रानी, ३० बच्चा र १०० नौकर सहित भारत आए स्वाजीलैंड का राजा
जनकपुरखबर, कात्तिक १३ ,०७२।  नयाँ दिल्ली , भारत अफ्रीका शिखर सम्मेलन मा ५४ देशका प्रतिनिधिहरु भाग लिरहेका छन । यस्मा स्वाजीलैंड नाम गरेको गरीब देश को अमीर राजा मस्वाती तृतीय आफ्ना १५ रानी, ३० बच्चा र १०० नौकर सहित इंडिया आएका छन ।खास कुरा के छन भने उनी १५ रानी, ३० बच्चा र १०० भन्दा अधिक नौकरहरुको साथ नयाँ दिल्ली को एक मंहगो होटलमा बसेका छन ।उनी माथी आफ्ना प्रतिनिधिमंडल का सरकारी सदस्यहरु लाई ..
ss जापान मा लिङ्ग मेला ।।
(एजेन्सी) जापानको कावासाकी शहरमा प्रत्येक वर्ष अप्रील ५ मा मनाईने लिङ्ग मेलाको आयोजना यस वर्ष पनि गरिएको छ । विश्वकै सबैभन्दा ठूलो लिङ्ग मेलाका रुपमा चर्चित सो मेलामा सबै सामानहरु पुरुष लिङ्ग जस्तै देखिने वस्तुहरु बोकेर पुरुष तथा महिलाहरु समेत सडकमा घुम्ने गर्छन् । मेलामा सहभागी महिलाहरुहरुले पुरुष लिङ्गको आकारमा बनाइएका ललिपपहरु चुस्दै खुल्लारुपले सडकमा हिंडछन । एक किवदन्ती ..
ss छालामा हुक खोपेर पार गर्र्दै १,७४७ फीट चौडाइको नदी
एजेन्सी , ट्यारोलिन ट्रेवर्स सामान्यतया पर्वतारोहण अथवा नदिहरुलाई पार गर्ने समयमा गरिन्छ । समस्या परेको बेलामा यसको उपयोग अझ बढि गरिन्छ । मात्र एउटा डोरीको सहायताले मानिसहरु गुरुत्वाकर्षणको प्रयोग गरेर एउटा अन्त्य देखि अर्को अन्त्य सम्म पुग्ने गर्दछन् । १९ औँ शताब्दिको अन्त्यमा आल्प्स श्रृंखलाको ट्यारोलिनमा यसको प्रयोग गरिएको थियो ।यसैलाई निरन्तरता दिदैँ २३ वर्षकी मारिया ..
अपिल