राष्ट्रिय
  • भोली आईतवार देखि देश भरीको स्थानिय निकायहरु बन्द .....

    धर्मराज,
    २९ माघ, जनकपुर ।।

    फागुन १ गते देखि नेपाल भरीकै स्थानिय निकायहरुको सम्पुर्ण कामकाज अनिश्चतकालिन समयको लागी ठप्प हुने भएको छ।स्थानिय निकाय ट्रेड युनियन केन्द्रीय समन्वय समिति काठमाण्डौंको संयुक्त प्रेश विज्ञप्ति अनुसार पटक पटक बुझाएको ज्ञापनपत्र र ध्यानाकर्षण पत्रको बेवास्ता गर्दै उल्लेखित ६ वटा विषयमा कुनै पनि सम्बोधन नभएको र यस सम्बन्धी प्रकृयामा स्थानिय निकायमा क्रियाशील कर्मचारी ट्रेड युनियनहरु संग कुनै परामर्श नभएकोले स्थानिय निकाय ट्रेड युनियन केन्द्रीय समन्वय समितिको २०७३।१०।१७ को निर्णयानुसार उनीहरुले देशभरका सम्पुर्ण स्थानिय निकायहरुमा चरणवद्ध आन्दोलनका कार्यक्रमहरु घोषणा गरेका छन ।
    उक्त २०७३।१०।१९ गते देखि नै गरिएको चरणवद्ध आन्दोलनका कार्यक्रम अनुसार अब पनि माँग पुरा नभएमा अत्यावश्यक सेवा बारुण यन्त्र , एम्बुलेन्स तथा सरसफाई बाहेक स्थानिय निकायका सबै सेवाहरु अनिश्चितरुपमा बन्द गर्ने र स्थानिय निकायहरुमा कार्यरत कार्यालय प्रमुखहरुलाई मन्त्रालय फिर्ता पठाउने लगायतका सशक्त आन्दोलनका कार्यक्रमहरु संचालन गर्ने भएका छन । स्थानिय निकाय कर्मचारी संघ , नेपाल राष्ट्रिय कर्मचारी संगठन , नेपाल नगरपालिका कर्मचारी एसोसिएसन , गा.वि.स. कर्मचारी संघ र स्थानिय निकाय कर्मचारी युनियन सहित को अरु थप आन्दोलनका कार्यक्रमहरु समन्वय समितिको बैठकबाट तय गरी पारित गरिने छ । स्थानिय निकायहरुमा जिल्ला विकास समितिहरु , महा नगरपालिकाहरु , उपमहा नगरपालिकाहरु , गाउँपालिका र गा.वि.स.हरु समेतका सम्पुर्ण कामकाज प्रभावित हुने देखिएको छ ।


     
  • सशस्त्र प्रहरी हत्याको बहस जारी

     जनकपुरखबर,
     जनकपुर,चैत्र १, 

    । मधेश आन्दोलनको क्रममा गत भदौ २५ गते भएको एक दूर्घटनामा सशस्त्र असई थमन विश्वकर्माको हत्या तथा एम्बुलेन्स आगजनी मुद्दामा पक्राउ परेका तीनजना आन्दोलनकारी लगायत २८ जनामाथि लगाइएको मुद्दाको सोमवारबाट बहस शुरु भएको छ । पक्राउ परेका र साक्षी बनाइएका व्यक्तीहरुको बयान आइतबार सकिएपछि जिल्ला अदालत महोत्तरीमा बहस शुरु भएको छ । सशस्त्र का सई हत्याको आरोपमा जलेश्वर नगरपालिका वडा नं. ३ का संजयकुमार साह,वडा नं.२ का प्रदिप साह माझी र जलेश्वर नगरपालिका १७ बस्ने मोहन ठाकुर लगायत अन्य २८ जना लाई पक्राउ गरी उनीहरु माथि मुद्दा चलाइएको थियो । बहसमा आन्दोलनकारी हरुको तर्फबाट नेपाल वार एशोसिएसन महोत्तरी तथा धनुषाका अधिवक्ताहरुले बहस गर्ने काम गरिरहेका छन् । महोत्तरी बारका ३४ जना सदस्यहरु मध्ये कस–कसले बहस गर्ने भन्ने बारे यकिन नभए पनि महोत्तरी र धनुषाका ५० जना भन्दा बढी कानून व्यावसायीले वहस गर्न सक्ने बार एशोसिएसन महोत्तरीले जनाएको छ । समाचार तयार पारुन् जेलसम्म बहस जारी नै रहेको छ । सवैको बहस सकिएपछि अदालतले के गर्ने हो त्यो हेर्न बाँकी नै रहेको छ । यसै मुद्दाको संवेदनशीलतालाई दृष्टिगत गर्दै जिल्ला प्रहरी कार्यालय महोत्तरीले अदालत परिसर तथा बाहिर कडा सुरक्षा घेरा हालेको छ । सम्भावित खतरालाई मध्यनजर गर्दै सुरक्षा व्यवस्थालाई कडा पारिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । नेपाल प्रहरीका अतिरिक्त सशस्त्र प्रहरीलाई पनि स्टैण्डमा राखिएको छ । अहिले अदालतमा बहस, पेशी लगायतका अति आवश्यक काम भएकाहरु बाहेकलाई प्रवेशमा रोक लगाइएको छ । यता संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले आन्दोलनकारीहरुमाथि झुठा मुद्दा लगाएको भन्दै जलेश्वर बजार बन्द गराएको छ । मोर्चाले ठाउँ–ठाउँमा एकपक्षीय फैसला नगर्न ब्यानर समेत लगाएको छ । प्रहरीले पूर्वाग्रही भएर आन्दोलनमा नभएका व्यक्तिहरुको नाउँ पनि उल्लेख गरेर ज्यान मुद्दा चलाउने काम गरेको मोर्चाको भनाई रहेको छ । यसमा सद्भावना पार्टीका सहमहामन्त्री देवेन्द्र यादव, तमलोपाका जिल्ला अध्यक्ष अभिराम शर्मा सहित कैयन नेताहरुको नाउँ उल्लेख गरिएको छ । बहस सोमवार सम्पन्न हुने अवस्था रहेको छैन ।
     
  • प्रधानमन्त्रीको भारत भ्रमण उपलब्धि विहिन बन्दै

    जनकपुरखबर,
    फागुन ८, नयाँ दिल्ली ।
    नेपालका प्रधानमन्त्री निक्कै तामझामको साथमा जम्बो टोलीको नेतृत्व गर्दै भारतको राजकीय भ्रमणमा गएता पनि भ्रमण भने उपलब्धि विहिन नै बनेको छ । भ्रमणको सवै भन्दा महत्वपूर्ण क्षणको रुपमा रहेको नेपाल भारतको प्रधानमन्त्रीको संयुक्त वक्तव्य तथा भेटघाट रहेका छन् ।
    भारतले पुराना सम्झौताहरुको कार्यान्वयनका लागि सहमति जनाए पनि नयाँ कुनै पनि सहमति गरेका छैनन । भारतले भने सात वटा विषयमा सघाउने बताएका छन् । भूकम्पवाट क्षतिग्रस्त संरचनाको पुर्ननिर्माण गर्ने कार्य, नेपाल–भारत–बंगलादेश रेल मार्गको विस्तार, व्यापारिक कोरीडोरको निर्माण, संगितकला क्षेत्रमा आदान प्रदान ,हुलाकी राजमार्गको निर्माण तथा नेपालमा मुजफ्पफरपुर विद्युत प्रसारण लाइर्नको शुरुआत गर्ने कार्य गरेको छ । नेपाल सरकारले भने अनुसारको नकाबन्दीको विषयमा एक शब्द पनि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बोलेको छैनन । बरु समावेशीताको आधारमा बढ्नका लागि मोदीले हिन्दीमा नै आफ्नो पुरानै अडान संयुक्त वक्तव्य मार्फत सार्वजनिक गरेका छन् । नेपालको प्रधानमन्त्री केपी शर्मा ओलीले विगत केही महिना यता नेपाल भारतको सम्बन्धको तिक्तताको बारेमा कोट्याउने प्रयास गरेपनि मोदीले चर्चासम्म पनि गर्न चाहेनन । अवको भेटघाट तथा भ्रमण खासै उपलब्धिमूलक रहेको छैन । प्रधानमंत्रीको भ्रमण राष्ट्रपति, उपराष्ट्रपति, अर्थमन्त्री, गृहमन्त्रीको भेटघाटमा मात्र सिमित रहेर गुजरात, हैदरावाद तथा बुम्बईको समान्य भ्रमण मात्र हुने अवस्था रहेको छ । यसबाट केही पाउने अवस्था रहेको छैन । जम्बो टोली लिएर निक्कै उत्साहका साथ भारत गएका ओली संयुक्त वक्तव्यको क्रममा निक्कै गंभिर देखिएका थिए ।
    यस अघि भएको भेटघाटमा शायद त्यस्तै विषयहरुमा छलफल भएको कारणले होला ओलीको मुखमा मुस्कान तथा तेज देखिएको थिएन । ईन्दिरा गान्धि अन्तराष्ट्रिय विमान स्थलमा भारतका विदेश मन्त्री सुस्मा स्वराजले स्वागत गर्दा निक्कै हौसिएका भारतका ओली भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको फेटघाट पछिको संयुक्त वक्तव्यमा त्यो अवस्था देखिएको थिएन । 
  • सदभावना पार्टीको संविधानसभाबाट राजीनामा

    जनकपुरखबर, जनकपुर, ।
    भदौै १,०७२।

    जनकपुरखबर, काठमाडौं । सदभावना पार्टीको केन्द्रीय कार्यसमितिको निर्णय बमोजिम सदभावना पार्टीले संविधानसभाबाट राजीनामा दिएका छन । संविधानसभामा जम्मा ६वटा पार्टीका सांसदहरु रहेका छन । सांसदहरुमा (१) (संजय साह) धनुषा (२)(माधवी रानी साह) धनुषा (३) लक्ष्मणलाल कर्ण(पर्सा)(४) विमल केडिया(पर्सा)(५) शैल देवी महतो (सर्लाही)रहेका छन । सदभावनाका ६ जना सभासदमध्ये सञ्जयकुमार साह जनकपुर बम काण्डको अभियोगमा जेलमा छन् ।
    उनी धनुषा ४ बाट प्रत्यक्ष निर्वाचित थिए ।पार्टीद्वारा जारी गरिएको विज्ञप्तिमा पार्टीले आफ्नो केन्द्रीय कार्यसमितिको निर्णय बमोजिम हाम्रो लागि संविधानसभामा बस्न औचित्यहिन भइसकेकोले आज यसै समयदेखि सदभावना पार्टी संसदिय दलले संविधानसभाबाट सामूहिक राजीनामा दिने घोषणा गर्दछ ० भनी उल्लेख गरिएको छ ।नेपालको सन्दर्भमा संविधानसभा र संसदबाट सदस्यले राजीनामा दिएको सम्भवतः यो पहिलोपटक हो ।
     
  • बेल्चा प्रहार गरी आमाको हत्या

    जनकपुर खबर, गौशाला,अषाढ २५ ।
    महोत्तरी, २५ असार । महोत्तरीको गौशालामा एक युवकले आफ्नै आमालाई हत्या गरेको छ । गौशाला नगरपालिका– ७ का ४५ वर्षीय करियादेवी सदालाई आफ्नै छोरो १८ वर्षीय दिलीप सदाले आज बिहान ८ः३० बजे मदिरा सेवन गरी बेल्चा को प्रहारले आफ्नै आमाको हत्या गरेको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ । घरायसी विवादका कारण दिलीपले प्रहार गरेको बेल्चाका कारण गम्भीर घाइते भएकी करियादेवीलाई उपचारका लागि लैजाने क्रममा बाटो मै मृत्यु भएको हो । दिलीपलाई प्रहरीले नियन्त्रणमा लिइ करियादेवी सदा को शव परीक्षणका लागि जलेश्वर अंचल अस्पताल पठाएको छ ।



     
  • १४ जनामाथि अपहरण मुद्दा

    जनकपुर खबर, गौशाला,अषाढ,२५ ।
    गाविस सचिवलाई अपहरण गरेको आरोपमा महोत्तरी प्रहरीले १४ जनामाथि अपहरण मुद्दा चलाएको छ ।बजेट सम्बन्धी कुरालाई लिएर महोत्तरीको एकडारा गाविसका सचिव शिवशरण रायलाई बिहीबार अपहरण गरी लगेका १४ जनालाई प्रहरीले पक्राउ गरी उनीहरूमाथि अपहरण मुद्दा चलाएको प्रहरी उपरीक्षक शौरभ राणाले बताउनु भएको छ । जिल्ला प्रहरीले एकडारा बेला गाविस–९ का अखिलेश यादव, शिवप्रसाद यादव, लक्की यादव, तेजुकुमार यादव, उत्तिम यादव, सरोजकुमार यादव, दीपेन्द्र यादव, मो। कलिम अन्सारी, सुनिलकुमार यादव, मो। वाजिद राइन, मो। मोतिम अन्सारी, इसराइल कवारी, सहदेव साह र भारत विहारको सीतामढी पिपरा–१ का देवेन्द्र ठाकुरमाथि अपहरण मुद्दा चलाएको हो ।
    बिहीबार दिउँसो करिब १ बजे बी।आर।५५ए।५१६५ नम्बरको भारतीय स्कारपियो गाडीमा आएका अपहरणकारी हरुले ले नैन्ही गाविस–४ बस्ने सचिव रायलाई जिल्ला सदरमुकाम जलेश्वर–५ स्थित बाटोबाट अपहरण गरी लैजाँदै गरेको अवस्थामा जिल्ला प्रहरी कार्यालयबाट खटिगएको विशेष प्रहरी टोलीले उनीहरूलाई बीच बाटोबाट पक्राउ गरी ल्याएका थिए । साथै सचिव रायलाई उद्धार गरी सुरक्षासाथ परिवारजनको जिम्मा लगाएको महोत्तरी प्रहरी जनाएको छ ।


     
  • घाँस काटन गएकी महिला बलात्कारको शिकार

    जनकपुर खबर,
    जनकपुर,फाल्गुन १४,
    महोत्तरी अनकार गाविस–५ वेला टोलमा बसोवास गर्दै आएकी एक महिला बलात्कारको शिकार भएकी छिन् । मंगलवार दिउँसो गाँउको चौरमा घाँस काटन गएकी २० वर्षया मण्डल थरकी ति महिलालाई सोही टोलका ४० वर्षिय ललन महतोले बलात्कार गरेको बताइएको छ । घाँस काटन दिउँसै घरबाट हिडेकी ति महिला साँझ ७ वजे सम्म घर नफर्केपछि परिवार जनले खोजी गरेपछि घटना सार्वजनिक भएको हो । एक सन्तानकी आमा समेत रहेकी ति महिलालाई खोज्न गाँउबाट निस्केको आमा (पिडित महिलाकी आमा)सहितको टोलीले गाँउबाट करिव २ किलो मिटर पर खेतमा दुवैलाई नाग्ङै अवस्थामा फेला पारेको स्थानिय एक जनाले बताए । खेतको आलीमा घाँस काटि रहेकी ति महिलालाई महतोले पछाडीबाटै नियन्त्रणमा लिई गँहुको खेतमा लगेर जर्वजस्ती कर्णी गरेको पिडिताको आरोप छ । बेहोस अवस्थामा रहेकी ति महिलाको जलेश्वर स्थित अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायव उपरिक्षक राजेन्द्र रेग्मीले बताए । उनले भने,‘सामुहिक बलात्कार भएको छैन, सामुहिक बलात्कार भनिएको खवर गलत हो,व्यतिmगत बलात्कार भएकै हो, जुन महिलाको स्वास्थ्य परिक्षणको रिर्पोटमा पनि देखिएको छ ।’
    यता, महिलालाई जर्वजस्ती कर्णी गर्ने महतो पक्राउ परेको उनले बताए । स्थानिय तथा महिलाका परिवाजनले महतोलाई कुटपिट गरि घाईते गरेको उल्लेख गर्दै उनले भने,‘ प्रहरीको निगरानीमा महतोको उपचार जनकपुर अञ्चल अस्पतालमा भईरहकेको छ ।’ महतोको शरिर भरि चाकुले काटखुट गरिएको छ । जनकपुर अञ्चल अस्पतालमा उपचार गराई रहेका महतोले सञ्चारकर्मिसँग आपसी सम्झदारीमा शारिरिक सम्बन्ध बनाएको दावि गरे । तिन महिना भन्दा बढी दिन देखि आफुहरु बिच अनैतिक सम्बन्ध रहेको दावि गर्दै उनले भने,‘ परिवारजनको दवावमा आएर उनि(महिला) मलाई फसाउन खोजेको हो ।’  
  • दोस्रो संविधान सभाको निर्वाचन सम्पन्न, चुनावमा ऐतिहासिक सफलता -आयोग

    जनकपुर खबर
    ४ मंसिर, काठमाडौं
    दोस्रो संविधानसभाको निर्वाचनका लागि मंगलबार भएको मतदान छिटफुट घटनाबाहेक शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । निर्वाचन आयोगले नेपालको इतिहासमै सबैभन्दा बढी प्रतिशत मतदाताले निर्वाचनमा सहभागिता जनाएको भन्दै हर्ष प्रकट गरेको छ । बुधबार विहान ८ बजेदेखि काठमाडौंलगायत केही सुगम जिल्लाको मतगणना सुरु हुने भएको छ ।
    मोहन बैद्य किरण नेतृत्वको नेकपा माओवादीसहितका ३३ दलको बहिस्कारका बावजुद मंगलबार १० घण्टासम्म भएको मतदानमा ७० प्रतिशतभन्दा बढी मतदाताले मत खसालेका छन् । ‘बढीमा ८०/८१ प्रतिशतसम्म मत खसेको छ । कम भनेको ६५ प्रतिशत छ’ मतदान सम्पन्न भएपछि आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले भन्नुभयो-’७० प्रतिशतभन्दा बढी मत खसेको प्रारम्भीक अनुमान छ । यो नेपालको चुनावी इतिहासमा खसेको सबैभन्दा धेरै मत हो ।’
    आयोगका अनुसार १ करोड २१ लाख ४७ हजार ८ सय ६५ मतदाता मतदानका लागि योग्य थिए । २८ चैत ०६४ मा भएको संविधानसभा निर्वाचनमा ६१.७० प्रतिशत मात्रै मत खसेको थियो । त्यसबेला १ करोड ७६ लाख ११ हजार ८ सय ३२ मतदाता थिए ।

    एउटा केन्द्रको मात्रै मतदान स्थगित
    निर्वाचन आयोगका अनुसार दलहरुबीचको विवादका कारण जुम्लाको एउटा मतदान केन्द्रको मतदान स्थगित भएको छ । त्यहाँ तत्काल निर्वाचन गर्न आदेश दिइसकिएको आयोगले जनाएको छ ।
    वैद्य माओवादीको लालकिल्ला मानिने रोल्पा क्षेत्र नम्बर २ मा पर्ने थवाङमा भने एक मत पनि खसेन । यसलाई अपवादका रुपमा लिनुपर्ने प्रमुख आयुक्त उप्रेतीले बताउनुभयो ।
    दैलेखको चामुण्डामा वैद्य माओवादीले मंगलबार विहान मतदान सुरु हुनासाथ मतपत्र र मतदान पेटिका खोसेको भए पनि नेपाली सेनाले हेलिकोप्टरबाट पुनः मतदान सामाग्री लगेर मतदान गराइएको छ ।
    केही स्थानमा झडप र दलहरुबीचको विवादका कारण मतदान प्रक्रिया केही समय अवरुद्ध भएको थियो । तर, अघिल्लो चुनावमा योपटक स्थगित र झपड निकै कम भएको निर्वाचन आयोग र निर्वाचन अनुगमनकर्ताहरुले बताएका छन् ।

    ५५ बहिस्कारवादी पक्राऊ

    निर्वाचनमा अवरोध पुर्याउने गतिविधिमा संलग्न विभिन्न ५५ जनालाई प्रहरीले पक्राउ गरेको छ । काभ्रे, दोलखा, अघाखाँची, दैलेख, रौतहट तथा पर्वतलगायतका जिल्लाबाट उनीहरुलाई पक्राउ गरिएको हो । पक्राउ परेका सबैलाई कानुनी कारवाही गरिने प्रहरीले जनाएको छ ।

     
  • आधा दर्जन पुल जोखिममा

    जनकपुर खबर,
    बर्दिवास, ३ साउन,
    पूर्व–पश्चिम राजमार्गको महोत्तरी जिल्लामा पर्ने आधादर्जन पुल कुनै पनि बेला ढल्नसक्ने खतरा बढेको छ ।
    रातु, भब्सी, गणन्ता, मरहा, ढोलनखोला र बाँकेलगायतका नदीमा पुल मुनीबाट बालुवा,ढुङ्गा निकाल्ने क्रम तीव्ररूपमा बढेपछि यी पुलहरू चाँडै ढल्न सक्ने खतरा बढेको विज्ञहरूले बताएका छन् ।
    पछिल्ला वर्ष देखि पुल मुनीबाटै बालुवा ढुङ्गा निकाल्ने क्रम बढ्दा पुलका मुख्य खम्बा खोस्रिएर कमजोर हुँदै हल्लिने क्रम बढेपछि पुल जुनसुकै बेला ढल्न सक्ने सम्भावना बढेको उनीहरूको भनाइ छ ।
    खम्बाको जग खोस्रिएर पुल कमजोर भएकाले अब पुलको आयुबारे कुनै यकिन गर्न सकिने अवस्था नरहेको पेशाले पुल, सडक निर्माण कार्यका विशेषज्ञ रहनुभएका महोत्तरी जिल्लाको डाम्हीमडैका बासिन्दा इञ्जिनियर अवधकिशोर चौधरीले बताउनुभयो ।
    नदीबाट बालुुवा ढुङ्गा उठाउने इजाजत पाएको ठेकेदार कम्पनीले अनधिकृत रूपमा पुल मुनीबाटै बालुवा ढुङ्गा निकाल्दा पुलको अवस्था नाजुक बनेको हो । यी पुलमध्ये रातुपुल मुनी ठूलो क्रसर उद्योगसमेत सञ्चालन गरेर उद्योग सञ्चालकले कानुनी व्यवस्था र विधि प्रक्रियालाई खुल्लमखुल्ला धज्जी उडाएका यहाँका स्थानीयको गुनासो छ ।
    प्रचलित कानुनी व्यवस्थामा पुलको एक किलोमिटर तल र माथिको दूरीमा नदीबाट बालुवा ढुङ्गा निकाल्न प्रतिबन्ध रहेपनि स्थानीय प्रशासन र स्थानीय निकायभने यसबारे बेखबर देखिएका नेपाल बार एसोसिएसन महोत्तरी एकाइका अध्यक्ष अधिवक्ता रामशङ्कर साहले बताउनुभयो ।
    झन्डै साढे चार दशकअघि तत्कालीन सोभियत सङ्घको सहयोगमा निर्मित यी पुलहरू जोखिमपूर्ण बन्दै गएका छन् ।
    जिविस महोत्तरीका स्थानीय विकास अधिकारी दिलिप चापागार्इंले जिविसले ठेक्का बन्दोवस्त गर्दा प्रचलित ऐन, कानुन र सडक विभागका नियम उपनियमको पालना गर्दै काम गरिएको बताउनुभयो ।
    अनधिकृत रूपमा कुनै ठेकेदार कम्पनीले सडक र पुलको सुरक्षामा खतरा हुने गरी आफ्ना गतिविधि सञ्चालन गरेका छन् भने तिनलाई सडक विभागले स्थानीय प्रशासनसँग समन्वय गरी आवश्यक कानुनी कारबाही गर्नुपर्ने चापागार्इंको भनाइ छ ।
    पुलको रुग्ण अवस्थाबारे सडक डिभिजन कार्यालय मुजेलियामा कैयन पटक जानकारी गराइए पनि आवश्यक कारबाहीबारे सो कार्यालय उदाशीन रहेको यसक्षेत्रका बासिन्दाको भनाइ छ ।
    कार्यालय प्रमुख एवम् डिभिजिनल इञ्जिनियर किशोरी रायले भने आफूले यो समस्याबारे जिल्ला प्रशासन र स्थानीय निकायसँग समन्वय गरिरहेको बताउनुभयो ।
     
  • एसएलसीको नतिजा सार्वजनिक (नतिजा सहित )

    जनकपुरखबर,
    काठमाडौँ, २८ जेठ
    परिक्षा नियन्त्रण कार्यालयले २०६९ सालको प्रवेशिका परिक्षाको नतिजा आज सार्वजनिक गरेको छ । परिक्षामा सहभागी ५ लाख ४७ हजार एक सय ६५ मध्ये ४१.५७ विद्यार्थी उतीर्ण भएका छन । 
    पुर्ण नतिजाको लागि तल क्लिक गर्नुहोस । 
     

रुचाईएका सामाग्री
ss
बेल निमन्त्रणा र शोभा यात्रा
महेशकुमार दास  महोतरी ४ कार्तिक वडा दशैंको अवसरमा महोत्तरीको विभिन्न शक्तिपीठहरुमा बेल निमन्त्रणका लागि आज शोभा यात्रा निकालेका छन् । जिल्लाको मटिहानी, जलेश्वर, पिपरा, गौशाला, रामगोपालपुर, सम्सी लगायतका ..
ss
महिलाको नजरमा पुरुष सेक्स मेसिन
एजेन्सी, जनकपुर, जेठ ११, सायद धेरै महिलाले यो सोँच्दछन् की पुरुषहरु सधैँ सेक्सका लागि तयार हुन्छन् । यो मान्यता २०÷२२ वर्षको तन्नेरीको हकमा त सही हुन सक्ला तर परिपक्व उमेरका अर्थात् पाको पुरुषको हकमा गलत सावित ..
ss
जनकपुर उपमहानगरपालिका प्रति नकारात्मक असर
धर्मराज, १८ चैत, जनकपुर ।  जनकपुर उपमहानगरपालिका ले नगरको फोहर उठाउन बन्द गरेको छ । उपमहानगरपालिका ले नगरको फोहर उठाउन बन्द गरेकोले अहिले जताजतै विभिन्न चौकमा फोहरको डुगंर जम्मा भएको छ।यस्ले गर्दा स्थानिय ..
ss
मधेशमा निर्वाचनको समस्या , प्रमुख निर्वाचन आयुक्त....
धर्मराज,४ चैत्र, जनकपुर । निवौचन कार्यालय धनषाले जिल्ला प्रशाशन कार्यालय मा स्थानिय निर्वाचन बारे डाकिएको बैठक मधेशी मोर्चाले बहिष्कार गरेको छ ।स्थानिय निर्वाचन बारे र प्रतिनिधिहरु तोक्ने समबन्धमा ..
ss
जनकपुर उपमहानगरपालिका को आवश्यक टेलिफोन र फैक्स बन्द
धर्मराज,  १७ चैत, जनकपुर । जनकपुर उपमहानगरपालिका को अति आवश्यक टेलिफोन र फैक्स बन्द अवस्थामा रहेको छ । आग लागी बखत को बेला खबर गरिने उपमहानगरपालिका को सब भन्दा महत्वपुर्ण नम्बर ०४१५२००११ को टेलीफोन सेट खराब ..
ss
१५ रानी, ३० बच्चा र १०० नौकर सहित भारत आए स्वाजीलैंड का राजा
जनकपुरखबर, कात्तिक १३ ,०७२।  नयाँ दिल्ली , भारत अफ्रीका शिखर सम्मेलन मा ५४ देशका प्रतिनिधिहरु भाग लिरहेका छन । यस्मा स्वाजीलैंड नाम गरेको गरीब देश को अमीर राजा मस्वाती तृतीय आफ्ना १५ रानी, ३० बच्चा र १०० नौकर सहित ..
अन्तर्वार्ता
ss सीमांकन बेइमान अमिनले खराब जमिनको कित्ताकाट गरे जस्तो
थारु र मधेसी मिल्दा तीन नेतालाई पीडा भएको छ----- तराई मधेस लोकतान्त्रिक पार्टीका सह-अध्यक्ष हृदयेश त्रिपाठी तार्किक नेता मानिन्छन् । संविधानको मस्यौदा एवं प्रदेशको सीमांकनलाई लिएर मधेसवादी नेतामाथि लागिरहेका ..
विचार
ss तरार्इमा चुनाव कि आन्दोलन ?
भरत लामिछाने......दोस्रो चरणको स्थानीय चुनावको मुखमा यतिबेला तराई(मधेसमा अन्यौलको वातावरण छ । एकातिर सरकारले तराईका जायज मागहरु पूरा गर्नुपर्ने दायित्व छ । अर्कातिर, सरकारको नियन्त्रण बाहिरको माग पूरा गराउन ..
ss रामेछापका बाहुन कसरी पुगे जनकपुर
विमल पोखरेल----- नेपालमा संघीय प्रदेशहरुको सीमांकन सम्वन्धी दलहरुको सहमति सार्वजनिक भएसँगै जनताहरु आ(आफ्ना प्रदेशका विशेषता, साँस्कृतिक पहिचान, आर्थिक सामथ्र्य र सम्भाब्य राजधानीको अवस्थितिलाई आधार बनाएर ..
रोचक विश्व
ss १५ रानी, ३० बच्चा र १०० नौकर सहित भारत आए स्वाजीलैंड का राजा
जनकपुरखबर, कात्तिक १३ ,०७२।  नयाँ दिल्ली , भारत अफ्रीका शिखर सम्मेलन मा ५४ देशका प्रतिनिधिहरु भाग लिरहेका छन । यस्मा स्वाजीलैंड नाम गरेको गरीब देश को अमीर राजा मस्वाती तृतीय आफ्ना १५ रानी, ३० बच्चा र १०० नौकर सहित इंडिया आएका छन ।खास कुरा के छन भने उनी १५ रानी, ३० बच्चा र १०० भन्दा अधिक नौकरहरुको साथ नयाँ दिल्ली को एक मंहगो होटलमा बसेका छन ।उनी माथी आफ्ना प्रतिनिधिमंडल का सरकारी सदस्यहरु लाई ..
ss जापान मा लिङ्ग मेला ।।
(एजेन्सी) जापानको कावासाकी शहरमा प्रत्येक वर्ष अप्रील ५ मा मनाईने लिङ्ग मेलाको आयोजना यस वर्ष पनि गरिएको छ । विश्वकै सबैभन्दा ठूलो लिङ्ग मेलाका रुपमा चर्चित सो मेलामा सबै सामानहरु पुरुष लिङ्ग जस्तै देखिने वस्तुहरु बोकेर पुरुष तथा महिलाहरु समेत सडकमा घुम्ने गर्छन् । मेलामा सहभागी महिलाहरुहरुले पुरुष लिङ्गको आकारमा बनाइएका ललिपपहरु चुस्दै खुल्लारुपले सडकमा हिंडछन । एक किवदन्ती ..
ss छालामा हुक खोपेर पार गर्र्दै १,७४७ फीट चौडाइको नदी
एजेन्सी , ट्यारोलिन ट्रेवर्स सामान्यतया पर्वतारोहण अथवा नदिहरुलाई पार गर्ने समयमा गरिन्छ । समस्या परेको बेलामा यसको उपयोग अझ बढि गरिन्छ । मात्र एउटा डोरीको सहायताले मानिसहरु गुरुत्वाकर्षणको प्रयोग गरेर एउटा अन्त्य देखि अर्को अन्त्य सम्म पुग्ने गर्दछन् । १९ औँ शताब्दिको अन्त्यमा आल्प्स श्रृंखलाको ट्यारोलिनमा यसको प्रयोग गरिएको थियो ।यसैलाई निरन्तरता दिदैँ २३ वर्षकी मारिया ..
अपिल