विचार
  • तरार्इमा चुनाव कि आन्दोलन ?

    भरत लामिछाने......दोस्रो चरणको स्थानीय चुनावको मुखमा यतिबेला तराई(मधेसमा अन्यौलको वातावरण छ । एकातिर सरकारले तराईका जायज मागहरु पूरा गर्नुपर्ने दायित्व छ । अर्कातिर, सरकारको नियन्त्रण बाहिरको माग पूरा गराउन दबाव दिएर मधेसलाई जुन पक्षले बन्धक बनाउन खोजे पनि राज्यले टुलुटुलु हेरेर बस्न मिल्दैन ।संविधान जारी भएको दुई वर्ष पुग्न लाग्दा पनि आफ्ना माग पूरा भएनन् भनेर आन्दोलनको धम्की दिने दलहरुले पनि संविधान संशोधनको गणित बुझेका छन् । संविधान जारी भएपछि पटक(पटक भएको प्रधानमन्त्री निर्वाचनमा मधेसवादी दलका नेताहरुले भाग लिएर मताधिकार प्रयोग गरे । तिनै नेताहरु आज त्यही संविधानको आधारमा हुन लागेको स्थानीय तहको निर्वाचनमा अवरोध सिर्जना गर्ने घोषणा गर्दै छन् ।हामीकहाँ मधेस र मधेसीको बारेमा चर्चा हुँदा सधैं दक्षिण छिमेक भारत जोडिएर आउने गरेको छ । हिजो तराईमा आन्दोलन हुँदा नाकाबन्दीसम्मको ‘सहयोग’ गरेको भारतले यस पटक मधेसवादी दलका नेताहरुलाई ब्रेकफास्टमा बोलाएर चुनावमा जाऊ भनेको अवस्था छ ।भर्खरै राजपाका नेता महन्थ ठाकुरले सरकारले निर्वाचन फेरि सारेर माग पूरा गरेन भने विदेशीसँग सहयोग लिने आशयको अभिव्यक्ति विचार्ने हो भने त्यो सहयोगको स्रोत भनेको दक्षिणी छिमेकी नै हो । हिजो आन्दोलनको पक्षमा नाकाबन्दी गरेर सहयोग गरेको छिमेकीले त्योभन्दा ठूलो के सहयोग गर्ने हो, हेर्न बाँकी नै छ ।विगतमा तराईका चुनावमा छिमेकबाट दुईरतीन सय तालिमप्राप्त लठैत आयात गरेर चुनाव जितेका केही व्यक्तिलाई लाग्न सक्ला, फेरि तिनै लठैत आयत गरेर निर्वाचन बिथोलिनेछ । तराईका आम जनता निर्वाचनको पक्षमा रहेको बुझेका मधेसवादी नेताहरुले भनिरहेको विदेशी सहयोग यस्तो हुन सक्ला ।तराई केन्द्रित भएर राजनीति गर्ने दलहरुमध्ये उपेन्द्र यादव र विजय गच्छेदारले नेतृत्व गरेका दलहरु जसरी पनि चुनाव गर्नुपर्छ भन्ने अडानमा देखिएका छन् ।एकातिर गाउँपालिका र नगरपालिकाको लागि छुट्याइएको आकर्षक बजेट त छँदै छ, यसका साथै राजनीति सुरु गर्ने स्थानीय स्तरको यो मौका गुमाउन नचाहने राजपाको झण्डामुनि गोलबद्ध कार्यकर्ताहरु पार्टीले निर्वाचन बहिष्कार गर्ने नीति लिएमा अन्य दलमा प्रवेश गरेर भए पनि जनप्रतिनिधि हुने आकांक्षामा रहेको देखिन्छ । भर्खरै केन्द्रीय तहका केही नेताले राजपा परित्याग गरेर अन्य दलमा प्रवेश गरेको परिप्रेक्ष्यमा यो सम्भावनाले राजपालाई पिरोलेको देखिन्छ ।सरकारले जेठ ३१ गतेको लागि निर्वाचन घोषणा गर्दा दलको भर्खर गठन भएको अवस्थामा मधेसवादी दलहरुलाई निर्वाचन चिह्न प्राप्त नगरी हामी चुनावमा कसरी जाने भन्ने अड्को थाप्न सजिलो भएको थियो । सरकारले राजपाको अनुरोधमा पटक(पटक निर्वाचन मिति सारेको र निर्वाचन ऐन संशोधन समेत गरेको अवस्थामा फेरि अन्य माग तेर्स्याउनुको अर्थ निहुँ खोज्नुभन्दा के हुन सक्छ रुसंविधान संशोधनको लागि कहाँ समस्या छ भन्ने बुझेका दलहरुले स्थानीय निकायको निर्वाचन सम्पन्न गरेपछि पनि ती मागहरु उठाउँदा फरक पर्ने अवस्था होइन । जनताको चाहना अनुसार काम गरेर जनताको मन जितेर देखाउनुपर्ने अवस्थामा जनताबाट दूरी बढ्ने निर्णयले भोलिका दिनमा राजनीति गर्न कत्तिको सहज होला, यसतर्फ राजपाको ध्यान किन जान सकेको छैन रुतराईमा सदियौंदेखि रहेको जातभात, तिलक, बोक्सी प्रथा लगायत कुरीतिको अन्त्य गरी समुन्नत तराई निर्माणको माग लिएर चुनावमा होमिनुको साटो जनताको अधिकार खोस्ने गरी चुनाव अवरोध गर्नेतर्फ लम्किनु भनेको कसैको लागि पनि फलदायि हुन सक्दैन । मतदानमा सहभागी भएर समृद्ध तराई निर्माणको सपना देखिरहेका मतदाताको इच्छालाई निमोठिए जनभावनाकै अपमान हुनेछ । (साभारःअनलाईन खबर)लेखक लामिछाने अधिवक्ता हुन् ।
  • रामेछापका बाहुन कसरी पुगे जनकपुर

    विमल पोखरेल-----
    नेपालमा संघीय प्रदेशहरुको सीमांकन सम्वन्धी दलहरुको सहमति सार्वजनिक भएसँगै जनताहरु आ(आफ्ना प्रदेशका विशेषता, साँस्कृतिक पहिचान, आर्थिक सामथ्र्य र सम्भाब्य राजधानीको अवस्थितिलाई आधार बनाएर अनेकन क्रिया प्रतिक्रियामा ब्यस्त छन् ।
    मधेस प्रदेशका समस्या ---
    खासगरी प्रदेश २ को सीमांकनले समग्र मधेसी नागरिकहरुलाई अरुको तुलनामा अलि बढी नै झस्काएको प्रष्ट हुन्छ । जब मधेसवादी दलका नेताहरुकै माग वमोजिम २ नं। प्रदेशको संरचना तयार भयो, त्यतिवेला मात्र आम मधेसी जनताको आँखा खुल्न पुग्यो कि एकात्मक समाज र समथर भुभागको पट्यारलाग्दो प्रदेशले आर्थिक समृद्धि दिनै सक्दैन । प्रदेशको यस्तो संरचनाले प्राकृतिक स्रोतहरुको पहुँच नपाउने तथ्य त प्रष्ट छँदैछ, त्यसमाथि दैनिक उपभोग्य वस्तुको प्राप्तिमा समेत अन्तरनिर्भरताको अभाव खड्किने अवस्था छ । २ नं। प्रदेशमा उल्लेखनीय ठूला खोलानाला नहुँदा यसले विद्युत र पानीको प्राप्तिमा अन्य प्रदेश सरकारसँग समस्या झेल्नुपर्ने हुन सक्छ ।एकात्मक समाजले गर्दा वाह्य आकर्षण स्वाट्ठै घट्ने छ अन्ततः यो भूभाग वाँकी प्रदेशहरुका अगाडि विचरा भन्न लायक हुनसक्छ । यो सबै चिज परिणाममा देखिने वेलासम्म यस क्षेत्रका जनताले ठूलै सास्ती ब्यहोरिसकेका हुने छन् । यदि यही सीमांकन कायम रहेमा प्रदेश नं। २ प्रशासनिक र राजनैतिक भ्रष्टाचारको खरो अखडा पनि बन्ने छ । यसखालको प्रदेशमा राजस्वका स्रोतहरु समेत न्यून हुनेछन् । नेता र प्रशासन भ्रष्ट भएको अवस्थामा जनतालाई कर तिर्न उत्प्रेरणा हुने छैन ।आजकोभन्दा पहाड मधेसको विभेद अझै वढेर गयो भने यहाँ बसिरहेका अन्य समूदायका मानिसहरु क्रमशः अरु नै प्रदेशतर्फ बसाइँ सरेर जानेछन् । अनि समाजमा विविधता कमजोर भएर माग घटेपछि घरजग्गाको मूल्य तिब्र दरमा घट्ने छ । जनताका उत्पादनको विक्री वितरणमा कमी आउने छ । यस्तो प्रदेशको सरकारले साधारण खर्च धान्न नसकेर अन्य प्रदेशमा गरिने निकासीमाथि करका दर बढायो भने बाहिरी प्रदेशले समेत यहाँको उत्पादन किन्न छोड्नेछ । एकात्मक समाजको प्रतिछायामा उद्योगी र ब्यापारीहरु समेत विकषिर्त हुनेछन् । विगतकै उदाहरणलाई हेर्ने हो भने राजविराजमा खोलिएको औद्योगिक क्षेत्र किन बन्द अवस्थामा पुग्यो रु जनकपुरको विमानस्थल किन प्रभावकारी हुन सकेन रु मलंगवा, गौर वा कलैयाका बजारहरु किन सुक्दै गए रु यहि स्थिति रहे अहिलेको वीरगञ्ज कोरिडरको आर्थिक गतिविधि समेत केही वर्षमा कमजोर हुने सम्भावना छ । मधेस प्रदेश वाह्य समाजप्रति जति असहिष्णु बन्दै जान्छ, त्यहाँ अन्यत्रका मानिसहरुको आवत जावत घटेर होटेल ब्यवसाय समेत कमजोर हुनेछ । जहाँ बाहिरी दुनियाँप्रति आत्मीयता हुँदैन, त्यस्तो भूभागमा तीर्थयात्रीको ओहोर(दोहोर कम भएका उदाहरण संसारभर देखिन्छन् । यस अवस्थामा मधेसवादी नेताहरुले भनेजस्तो जानकी मन्दिरमा भेटी चढाउनेको संख्या समेत हिजोको भन्दा कम हुनेछ । एकात्मक समाजमा बसेर आफ्ना सन्तानको समृद्धि हुँदैन भन्ने कुरा मधेसका वुद्धिजिवीहरुले बुझिसकेका छन् । उनीहरु आज सरकारी आरक्षण, सरकारी जागिर, केन्द्रीय सत्ताको हिस्सेदारी जस्ता क्षणिक स्वार्थका लागि मात्र बुझीबुझी मधेस प्रदेशको नारामा साथ दिइरहेका हुन् । बेथिति मौलाउदै जाँदा स्वयं मधेसी संभ्रान्तहरु समेत प्रदेश २ को बसाइबाट क्रमशः भाग्नेछन्, जसले गर्दा दक्ष मानव संशाधनको उपलब्धतामा समेत कमी हुने सम्भावना छ ।अलग्गै मधेस प्रदेशका योजनाकारहरु अधिकांशको घरबार काठमाण्डौं या विदेशमा जमिसकेको छ । तर, मधेसकै भूमिमा स्थायी वसोबास गर्नेहरुलाई अलग मधेशले निरीह र कमजोर बनाउन थालिसकेको छ । एकात्मक समाजको पहिलो मार मधेसका स्थानीय ब्यापारीहरुलाई परिसकेको छ । बाहिरी दुनियाँको आउजाउ कम हुँदा लहानका फेन्सी पसल बन्द भए, जनकपुरको होटेल ब्यवसाय कमजोर भयो, जलेश्वर र मलंगवामा घरघडेरीको भाऊ घटेर रातारात मानिसहरुको आर्थिक हैसियत खस्कियो । यति हुँदासम्म त्यहाँका मानिसहरुको घैंटोमा थोर बहुत घाम लागेको होला, नत्र भने अबका १(२ वर्षमा भ्रमको घैंटो फुट्नेमा शंका छैन ।आर्थिक विकास र समृद्धिका प्रमुख आधार भनेको मिश्रति समाज हो । बाह्य दुनियाँप्रति उदार भएर मात्र उद्योग, ब्यापार, शिक्षा र संस्कृतिको उन्नति हुनेछ । यसका लागि नेपालको सन्दर्भमा प्रशासनिक र विकासका दृष्टिले पनि पहाड तराई अन्तरसम्बन्ध अनिवार्य शर्त हो ।
    केही दृष्टान्तहरु-----
    निकटको इतिहासलाई मात्र हेरौं, वीरगञ्जमा काठमाण्डौंका नेवारहरुको यत्रो संख्या कसरी पुग्यो रु भैरहवा बुटवलमा मुस्ताङका थकालीहरु कसरी जम्न पुगे रु जनकपुरमा रामेछापका ब्राम्हणहरु कसरी उछिटिएर पुगे रु अनि तत् शहरहरुको आर्थिक विकासमा आगन्तुकहरु कसरी सक्रिय भए रु उपरोक्त प्रश्नहरुको उत्तर नै अन्तर भौगोलिक अन्तरक्रिया मार्फत आर्थिक विकासको उपलब्धी हो ।आज नेपालगञ्जका बासिन्दाले कणरली र भेरीका पहाडी भेगहरु आफ्नो प्रदेश राख्नु आवश्यक ठानेका छैनन् । तर, यसको प्रत्यक्ष असर संघीय नेपालमा नेपालगञ्जले आफ्नो ब्यापारमा काफी मन्दी खेपेर मूल्य चुकाउनुपर्नेछ ।भेरी कर्णालीका जिल्लाहरु पहाडको छुट्टै प्रदेशमा पुगेपछि त्यहाँका मानिसहरुले विस्तारै नेपालगञ्जको आफ्नो रासोबासोलाई अन्यत्रै सार्नेछन् ।यार्चागुम्बाका चाइनिज ब्यापारी नेपालगञ्जको सट्टा धनगढी वा सुर्खेत पुग्न नसक्ने के छ र रु केही वर्षभित्र नेपालगञ्ज एअरपोर्टको विकल्प अन्यत्रै खडा हुने छ । फलस्वरुप त्यहाँको होटेल ब्यवसायमा भारी गिरावट आउने प्रष्ट छ ।
    नेपालगञ्जमा यत्रतत्र खडा भएका दातृनिकायका अफिसहरु हाम्रा मायाले बसेका हैनन् भन्ने यथार्थ नेपालगञ्जवासीले राम्ररी बुझेको खण्डमा मात्र यिनीहरु भेरी र कर्णालीको पहाडसगै आफ्नो प्रदेशको सीमांकन गर्नुपर्ने मागमा पुग्नेछन् ।मध्यपश्चिमको पहाड र तराई मिलेर मात्र त्यहाँको विकास सम्भव छ, अनिमात्र नेपालगञ्ज, सुर्खेत र जुम्लाको त्रिकोणीय एवं प्रतिश्पर्धी विकास हुनेछ ।आज पनि वीरगञ्ज पथलैया क्षेत्रको उत्पादन खपत हुने वजार काठमाण्डौं हो । प्रादेशिक विभाजनमा यदि वीरगञ्ज काठमाण्डौंबाट छुट्टियो भने त्यसको प्रत्यक्ष असर त्यहाँको आर्थिक गतिविधिमा तुरुन्तै पर्नेछ । काठमाण्डौंले चितवनको चुरे क्षेत्रबाट वा आफ्नै प्रदेशको सीमाबाट भारतसँगको ब्यापारका लागि प्रयास गर्नेछ । काठमाण्डौंको ब्यापारमा दोस्रो विकल्पका रुपमा भैरहवाको उपयोग हुनेछ किनकि भैरहवाले बहुसांस्कृतिक समाजलाई स्वीकार गरिसकेको छ ।यसर्थ वीरगञ्जको सम्वृद्धि काठमाण्डौंसँगको ब्यापारिक सम्वन्धमा अडेको छ, जसको निरन्तरता यी दुबै शहर एउटै प्रदेशमा रहेमा मात्र सम्भव हुनेछ । अन्तराष्ट्रिय विमानस्थल, पेट्रोलियम पाइपलाइन, काठमाण्डौं तराई द्रुतमार्ग, काठमाण्डौं हेटौंडा सुरुङमार्ग यी सवै प्रस्तावित पूर्वाधार तथा ऐतिहाँसिक अमलेखगञ्ज भीमफेदी सडक, त्रिभुवन राजपथ आदिका सम्वन्धले गर्दा पनि काठमाण्डौंसँग वीरगञ्ज जोडिनै पर्छ । यसका लागि साविकको पर्सा र बारा जिल्ला मध्य प्रदेशमा राहनु वाञ्छनीय छ ।
    सम्वृद्ध प्रदेश बन्ने सम्भावना-----
    अब रह्यो मध्य तराईका जिल्लाहरुको सन्दर्भ । विगतमा जनकपुर अञ्चलको पहाड तराई सांस्कृतिक अन्तरक्रिया तथा उत्तर(दक्षिण ब्यापार अन्यन्त कमजोर थियो । तर, आज सुनकोशी पुलको निर्माणले जनकपुरबाट ६ घण्टाको आरामदायी यात्रामा हिमाली शहर चरिकोट पुगिन्छ । जनकपुरबाट मिर्चैया कटारी हुँदै ७ घण्टामा सोलु(सल्लेरी पुगिन्छ । यस सन्दर्भमा अब मध्य तराई पहाडसँग मिलेर प्रदेशको सीमांकन गरिएमा आर्थिक सामथ्र्य अन्य क्षेत्रको भन्दा कम हुने छैन भन्ने देखिन्छ । यसका लागि मध्य तराईका ५ वटा जिल्लाहरु रौतहट, सर्लाही, महोत्तरी, धनुषा र सिरहालाई पहाडका सिन्धुली, रामेछाप, दोलखा, आखलढुंगा, सोलुखुम्बु र उदयपुरको पश्चिमी कटारी घुर्मी बेल्टलाई समेत जोडेर प्रदेश निर्माण गर्न सकेको खण्डमा भरपुर सामथ्र्य र मिश्रति समाजको स्थापना हुनेछ ।यस प्रदेशको राजधानी सिन्धुलीको भित्रीमधेश क्षेत्रमा कायम गरिएमा प्रस्तावित प्रदेशभित्रका सबै जिल्लाहरु दुरी र पहुँचका हिसाबले लाभान्वित हुनेछन् । दक्षिणको समथर मैदानमा सोलुखुम्बुको पर्यटन र दोलखा र रामेछापको जलस्रोत मिसाउन सक्यो भने यस प्रदेशले विकासमा रोमाञ्चकारी फड्को मार्ने छ ।यस्तो भएमा रामेछाप र ओखलढुंगाले ट्रान्जिट ब्यापारको भरपुर फाइदा उठाउने छन् । हिमालसँग जोडिएका दोलखा र सोलुखुम्बुलाई पनि यस्तो संरचनाले पर्याप्त लाभ प्रदान गर्नेछ । यसको पहिलो फाइदा राजधानी काठमाण्डौं माथिको अधिक निर्भरतालाई घटाउने छ भने दक्षिण तर्फबाट आन्तरिक एवं भारतीय पर्यटकहरुको प्रवाहमा ब्यापक वृद्धि हुनेछ ।भिट्टामोडदेखि जलेश्वर बर्दिबास मन्थली हुँदै उत्तरी सिमाना लामाबगरबाट चीनको सीमानासम्मको अन्तरदेशीय ब्यापारको फाइदा उल्लेख्य हुनेछ । किनकि यो प्रदेशको विकासको लाइफलाइन नै यो कोरिडर बन्न पुग्ने छ ।सल्लेरी र चरिकोटले उत्तरी क्षेत्रको प्रशासनिक एवं पर्यटकीय केन्द्रको भूमिका अझै सशक्त ढंगले निभाउनेछन् । यसै पनि ४० वर्षअघि पक्की सडकले जोडिएर विकासमा फड्को मारिसकेको दोलखा अनि संसारमै पर्यटनका दृष्टिले प्रसिद्धि कमाएको सोलुखुम्बुले अबका दिनमा तराईका जिल्लाहरुप्रति शंकाको भावले हेर्नु हुँदैन ।अबका दिनमा यी जिल्लाहरुको दायित्व आफ्ना लागि विकासको याचना गर्ने हैन, गरिवी र सामाजिक पछौटेपनमा पिल्सिएका मध्य तराईका असंख्य वस्तीहरुलाई विकासको उन्नत विधि सिकाउने हुनुपर्दछ ।उपरोक्त तथ्यहरुमा आधारित रहेर हेर्दा साविकको प्रस्ताव मध्ये प्रदेश नं। १ मा तराईको सप्तरी जिल्ला थपिएर सोलुखुम्बु र ओखलढुंगा हट्ने, प्रदेश २ मा सप्तरी, बारा र पर्सा हटेर सोलु, ओखलढुंगा, सिन्धुली, रामेछाप र दोलखा थपिने, प्रदेश ३ मा रामेछाप, सिन्धुली, दोलखा र चितवन हटेर पर्सा र बारा थपिने, प्रदेश ४ मा चितवन थपिने गरी प्रदेशहरुको पुनसीमांकन गर्न सकेको खण्डमा मध्य तराईमा भूगोल, जनसंख्या र आर्थिक सामथ्र्यको समानुपातिक उपलब्धता हुनेछ ।

    साभार (अनलाइनखबर )२०७२ साउन ३२ गते मा प्रकाशित
     
  • कहाँ पाउने जुद्धशमशेर जस्ता प्रधानमन्त्री ?

    –मणि शर्मा ,
    २०७२ साल वैशाख १२ गते शनिबार। १९९० सालको महाप्रलयकारी भूकम्पीय विनाशपछि नेपालको इतिहासमा यो दोस्रो ठूलो प्राकृतिक विनाशलीला थियो। म परिवारसहित हेटौंडामा थिएँ। त्यो दिन दिउँसो टीभी हेर्दाहेर्दै एक्कासि बिजुली गयो र हामी बसेको सोफा झुलुंगा झैं हल्लिन थालेपछि भुइँचालो आएको थाहा पाएर भर्याङबाट झर्दा भर्याङ नै झुल झैं झुल्न थाल्यो।बल्ल–बल्ल सडकमा आएपछि पनि सडक हल्लिरहेको थियो। दुई दिनसम्म घरभित्र सुत्ने आँट परिवारको महिला र केटाकेटीमा आएन। सबै त्रसित थिए। मकवानपुर जिल्ला भूकम्पबाट प्रभावित भए पनि मिडियामा ठाउँ पाएन। कारण गृह प्रशासनले क्षतिको विवरण संकलन गर्ने काम नै गरेन । हेटौंडा बजारमै हताहत हुनेहरू थिए। नब्बे वर्षीया एकजना वृद्ध भुँइचालो आएपछि हर्ट अट्याक भएर बितेको खबर आयो। बजारभित्रै घर भत्किएर नगरवासीको वास तीन दिनसम्म खुला चउर र सडकमा थियो। तैपनि गृह प्रशासन न राहत वितरणमा लाग्यो, न त सहानुभूति प्रकट गर्न। मानिसहरू आफैँ पालको व्यवस्था गरेर बस्न बाध्य भए। त्यसमाथि वर्षाको प्रकोप। पसल दुई दिनसम्म खुलेनन्। तेस्रो दिन फाट्टफुट्ट खुले।शनिबार भुइँचालो गएपछि सोमबार मात्र जिल्ला प्रशासनले दैवी प्रकोप समितिको बैठक बसालेर सरकारी तथा गैरसरकारी संघसंस्थालाई मंगलबारदेखि भूकम्पले भएको क्षतिको विवरण संकलन गर्न पठाएको छ। राहत वितरण र उद्धार कार्य कहिले हुने हो अझै निश्चित छैन। मकवानपुर जिल्लाको ग्रामीण भेगमा भएको क्षति विकराल छ। घर भत्किएका छन्।अनुमानित रूपमा पैंतीस जनाजतिको मृत्यु भएको छ। पालुंगमा बाह्रजना सुत्केरीको बेहाल छ। त्रिभुवन राजपथको ठाउँठाउँमा वाटो भत्किएको छ। उसै त अप्ठ्यारो बाटो त्यसमाथि भूकम्पले सडकमा पारेको खाल्डो। कुनै बेला सवारी दुर्घटना हुने सम्भावना। बसामाढीमा कृषि विकास बैक हेटौंडाका कर्मचारी ऋण असुली गर्न एउटा ऋणीका घरमा पुगेर चाँडै ऋण रकम नबुझाए घर लिलामी हुने सूचना दिन्छन् भुइँचालो आउने केही समयपूर्व। ती कर्मचारीले मलाई सुनाउँदै भने, मैले घर लिलामी हुने सूचना दिएर अलि पर के गएको थिएँ भुइँचालो आएर ती ऋणीको घर गर्ल्यामगुर्लुम ढालिदिन्छ, म हेरेको हेरेकै भएँ। यस्ता धेरै ऋणी छन्, जो बैंकबाट कर्जा लिएर कर्जा तिर्न सकेका छैनन्। तिनीहरूको घर भुइँचालोले ध्वस्त पारेको छ। प्रायः सबै किसानको अन्नपात माटोमा मिस्सिएको छ। राज्यले यस्ता ऋणी किसानको ऋण मिनाहा गर्नुपर्छ। पीडित परिवारलाई यति गर्दा पनि घाउमा मलम लगाएसरह हुनेछ। अर्कोतिर यस वर्षको बिना मौसमको वर्षाले किसानको बाली पूरै ध्वस्त पारेको छ। भारतमा किसानले यो पडिा खप्न नसकेर आत्महत्या गरिरहेका छन्। तर नेपालीको मुटु दरो हुन्छ। जस्तोसुकै विपदालाई सहन सक्ने क्षमता हुन्छ। राज्यले दिएको पीडा खप्दाखप्दै नेपाली जनताको मुटु दरो भइसकेको छ। तैपनि यस्ता पीडित किसानलाई राज्यले राहत उपलब्ध गराउनुपर्ने हो, तर भ्रष्ट र नालायक सरकारले यतातिर ध्यान नै दिएन। जाजरकोट, कालीकोटलगायत जिल्लामा महामारीले जनतालाई मृत्युको मुखमा धकेल्दा पनि राज्यले कुनै राहत दिएन । लाग्छ, सरकार जनताका लागि नभएर केही मुठीभर भ्रष्टका लागि हो। झन् अब त महाभूकम्पले यी समस्या ओझेलमा पारिदिएको छ। सामान्य अवस्थामा जनतालाई राहत नदिने सरकारले अब त खाद्यान्न सखाप भएका र महामारीले ग्रसित जनतालाई राहत देला भनेर कल्पनै गर्न सकिन्न। नेपाली जनता राज्यविहीन भएका छन्। महाभूकम्पले घरवारविहीन भएकाले न त्रिपाल पाएका छन्, न त खाद्यान्न। काठमाडौंलाई नै नेपाल ठान्ने शासकको मनोवृत्तिमा गणतन्त्र आउँदासम्म परिवर्तन आएको छैन।
    राजधानीमै समयमा उद्धार कार्य गर्न सरकार अक्षम भएकाले अकालमा सयौं मानिसको ज्यान गएको छ । राजधानीमै सरकार उद्धार तथा राहतकार्यमा असफल छ। मुलुकको दुर्गम ग्रामीण भेगमा सरकारबाट के आश गर्ने ?
    सरकारले उद्धार टोली पठाउँदासम्म पुरिएर रहेक जिउँदा मानिसको पनि मृत्यु भइसकेको हुनेछ। जिल्लास्थित प्रशासन कार्यालय र रेडक्रसमाथिको मुख हेरेर बसेका छन्। अहिलेसम्म जनधनको क्षतिको विवरण संकलनमा ढिलाइ गरिरहेका छन्।लाग्छ, यो देशमा सरकार छैन। नेपालमा भुइँचालो गएपछि गरिने उद्धार, सहयोग तथा राहत कार्यका लागि भारत सरकारले दिउँसो दुई बजे नै मन्त्रिपरिषद्को आपत्कालीन बैठक बोलाएर निर्णय लिन्छ। कार्यवाहक प्रधानमन्त्री वामदेव गौतमको नेतृत्वको सरकारले राति आठ बजे मात्र मन्त्रिपरिषद्को बैठक डाक्छ। निर्णय लिन प्रधानमन्त्री सुशील कोइरालाको उपस्थिति चाहिन्छ। लोकतन्त्रमा सरकार जनताको हुन्छ भन्छन्। तर नेपालको लोकतन्त्रमा सरकार केही सुविधाभोगी भ्रष्टको हुन्छ।  मकवानपुरबाट बर्दिया फर्किंदा बाटोभरि जति मानिस भेटिए सबैले भने, यो महाभूकम्पले नेतालाई महादसैं ल्याइदिएको छ। आमजनताका लागि आएका महाभूकम्प नेताका लागि महादशैं नबनोस्। यसभन्दा पहिला आएका प्राकृतिक विपद्मा पनि राज्यले जनताको राहत र मुलुकको पुनर्निर्माणको लागि विदेशी मित्रले सहयोग गरेका थिए । तर सहयोग सदुपयोग हुन सकेको थिएन। अहिले त्यो नहोस् भन्ने कामना गर्नैपर्छ। अख्तियारले ह्वेल माछा समात्दैन केवल साना माछाको सिकार मात्र गर्छ । यो प्रमाणित भएकाले अख्तियारको आशा गर्नु आकाशको फलको आकांक्षा गर्नु हुनेछ।नब्बे सालमा भुइँचालो जाँदा लारी थरको एकजना व्यापारीले चामल बेच्दा पाथीमा चार पैसा बढी लिएकाले प्रधानमन्त्री जुद्धशमशेरले उनलाई देशनिकाला गरेका थिए । महँगो मूल्य लिने व्यापारीलाई पाँचजना साक्षी राखेर काटिदिने उर्दी जारी गरेका थिए। प्रजालाई सुलभ तरिकाले राहत वितरण गर्न जुद्धशमशेरको सरकारले सक्रियता देखाएको थियो। कुनै पनि व्यापारीले उपभोक्तालाई ठग्न पाएका थिएनन्। तर सुशील कोइरालाको सरकार कति निरीह छ भने बजारमा कालोबजारी हुँदा, प्रचलित मूल्यभन्दा धेरै बढी रकम लिएर सामान बेच्दा पनि व्यापारीलाई कारबाही गर्न सकेको छैन। सरकार भाषणमै सीमित छ, कारबाहीमा छैन। दुई–चारवटा साना व्यापारीलाई कारबाही गरेको देखाएर आफ्नो जिम्मेवारीबाट सरकार पन्छिने कोसिस गरिरहेको छ। यातायात व्यवसायीले चर्को बसभाडा लिँंदासमेत सरकार मौन छ। यसैले पनि महाविपत्ति केहीका लागि महादशैं बनेको छ। मानवीय संवेदनाहीन यस्ता व्यवसायीका लागि सरकार जुद्धशमशेरजस्तो हुनुपर्ने हो, तर त्यो आँट न सरकारमै छ, न त कुनै राजनीतिक दलका नेतामा। किनकि भोलि चुनावको बेला यिनै व्यापारी धेरै काम लाग्छ। नेपालीले अब कहाँ पाउने जुद्धशमशेर जस्ता प्रधानमन्त्री रु एकजना मित्रले शनिबार भूकम्प गएको दिनको एउटा रोचक घटना सुनाएका छन्। नेपालगन्जको एउटा मदिरालयमा एकजना मदिरापान गरिरहेका थियो। उसले आफ्नो मोबाइल टेबुलमाथि राखेको थियो । एक्कासि भुइँंचालो गएपछि मानिसहरू कराउँदै बाहिर निस्कन थाले। ऊ बसेको कुर्सी भूकम्पले हल्लिँदा ऊ पनि हल्लिन पुगेछ। आफू हल्लिएकोमा उसले भनेछ, अरू दिन दुई बोतल लगाउँदा मलाई नसा लाग्दैन्थ्यो, आज त आधा बोतलमै लागेछ। एकजना मानिसले उसलाई भुइँचालो आयो, बाहिर निस्कनुस् भन्दा उसले मदिराले भरिएको प्याला उठाउँदै हल्लिँदै बाहिर निस्क्यो। उसले आफ्नो मोबाइल टेबुलमा छोडेर आएको देखेर उसको छेउँमा उभिएको अर्को मानिसले उसलाई मोबाइल टेबुलमा छोडेर मदिराले भरिएको प्याला लिएर किन आएको भनेर सोध्यो। यो सुनेर उसले भन्यो, मोबाइल त आफ्नो ठाउँमा छ, कहाँ जान्छ र मदिरा टेबुलमा छोडेको भए कि त पोखिएर जान्थ्यो कि त अरूले नै खाइदिन्थे। नेताहरूका लागि पनि संविधान त आफ्नो ठाउँमा छ, कहाँ जान्छ र रु एक दिन त बन्ला, तर महाभूकम्पको नाउँमा आएको महादसैंको भोज फेरि कहाँ खान पाइन्छ ??
    स्रोत–अन्नपुर्णा पोस्ट
  • वैदेशिक रोजगारी ! बिगरैत समाजिक संरचना

    –उपेन्द्रभगत नागवंशी ,
    विपन्नतास’ मुक्ति सम्मपन्नता मात्र दिआब सकैए । सम्पन्नताक लेल लोक कि–की नइ करैए आ करए चाहैए । हमरा सबहक देशमे एकटा गाममे रहएवाला अति समान्य लोक जे एक साँझ खाय त’ दोसर साँझलेल झख परैय । तेहनो विपन्न लोकसभ वैदेशीक रोजगारी मे जाक’ आर्थिक रुपमे सवल भेल प्रसस्त उदाहरण अछि । वैदेशिक रोजगारी समाजमे एकदिस आर्थिक सवलता अनलक अछि, त तहि समाजिक संरचनामे दरिद्रता आईन क राखिरहल अछि ।
    समाजमे व्यभिचार, दुराचार अइ रुपमे बैढ़ रहल अछि । जकर वर्णन शब्दमे करब ओहो समाजिक व्यवस्थाकेँ चीर्रीबीर्री करत । वैदेशिक रोजगारीमे जाएबाला लोकक घरमे–परिवारमे विपन्नता दूर अरबैसक भेल अछि । मुदा पुतहु–ससुर, भाबो–भैंसुरधरिक लेहाजी सम्बन्ध घरवाला घरवालीसन बनि रहल अछि । ई जानियोक आ नहियो जानिक एहन सम्बन्ध स्थापित भए रहल अछि । मानवीय जीवनक किछु एहनो खगता होइत अछि । जे नइ चाहितो पुरा करए परैत अछि । विपन्नतास’ मुक्त भेला पर आ सम्मपन्नता देहरी पर अएने काम वासना जागरुक होइत अछि । जे मानवीय आवश्यकता अछि ।
    एकर जरुरत दुःख धन्धामे ओझराएल लोककेँ ओतेक नइ आबैत अछि । मुदा जहिना चिन्ता फिकिरस’ मुक्त होइत अछि । भौतिक सुख सुविधा सम्मपन्नता रहल त’ कामदेव जागृत होइत अछि । जे चाहनापुरा करबमे लोक लागि जाइत अछि । वैदेशिक रोजगारीमे गेलहा विवाहितासभकेँ हाल काम अग्निक कारण ओ अपन खुराक पूर्तिक हेतु लापरवाह भजाइत अछि । जे समाजिक हरेक सम्बन्धकेँ चीर्रीबीर्री क’क’ राखि रहल अछि ।एहने हालतमे बहुत लोकडरछेरुवा आ किछुए लोक हिम्मतगर भरहल अछि समाजिक व्यवस्थास’ लड़ब लेल ।
    बैदेशिक रोजगारीमे गेलहाक अधिकांशक व्यथा एक्कहिसन रहल प्रतित होइत अछि । ओ छैक ‘सेक्स’ जकर आपूर्तिक नइ होएब । समाजमे उत्तेजित वातावरण ,तामसी खानपान , एवं सिनेमा, टीभी,सीडि आदि समेतस’ प्रसारित उतेजनात्मक, फोहरपन मनोरञ्जन कार्यक्रमस’ मन रङ्गीन करैत अछि । तेहनमे मन रसियाक संग नइ रहने हिस्टीरिया अवसादक शिकार लोक बनैए अथवा पर पुरुषक गोदी खोजैय । तेहना अवस्थामे अपन परार जकरास’ संकेत भेटल कामातुर मन लोकलाज, धर्म, धैर्य सभ छोड़िक ओकर बांहुपासमे समा जाइत अछि । ई क्षणिक आनन्द एकबेर प्राप्त कएलेला पर चस्का लगैत अछि । तकराबाद ससुर–भैंसुरक लाज–लेहाज सेहो नइ रहि जाइत अछि । भयावह अवस्था तखन श्रृर्जित होइत अछि, जखनि अनैतिक गर्भधारन भजाइत अछि । ताहि अवस्थामे समाजक डर, लोक–लाज, कूल–मर्यादा वंश–परम्पराक लाथे परदेशियाक जीवन संगनी स्वयं याह लीला समाप्त कए लैत अछि । अथवा कएदेल जाइत अछि । अथवा गर्भपतन कराक सुरखुरु बनल रहैत अछि, सतभत्तरि रहितो सतबरती बनल रहैत अछि ।
    समाजमे एहन बहुत घटना दिनानुदिन भए रहल अछि । प्रहरी, प्रशासन, समाजिक सरोकारस’जुरल संघ—संस्थाक तथ्यांको देखला पर अइबातक पुष्टि होइत अछि । तथापि समाज आ सरकार सभकेँ सभ चुप्पी सधने अछि । दूनुक मौन सहमतिमे समाजमे व्यभिचार, दुराचार आ अपराध पनपैत जा रहल अछि ।
    एकर उपाय कि ? अइ लेल समाजमे नव बहसक खगता अछि ! समाजकेँ स्वयं अइ पर पहल करब ओकर दरकार अछि । बेरोजगारी, भूखमरी अछि सत्ये । त’ ई रहबे करत, तखन उपाय कि घरघरमे बेश्या–बेहाया हमसभ बनबैत जाइ, आर्थिक सम्मपन्नताक लेल ? सरकार अपन जनतालेल स्वदेसेमे रोजगार उपलबध कराबो, तीन वर्ष पर एक वेर विदेश गेलहाकेँ आबकेँ व्यवस्थाकेँ ठाममे आधा वरिस पर आबकेँ आ उचित श्रमकेँ मूल्य भेटौ तकर उपाय कएलास’ होएत की ? अइ सभ विषय पर सरकारकेँ प्रष्टनीति होबहि चाही । मुदा समाजक सोंच की अछि ?ओहो प्रष्ट समाजकेँ स्वयं करए परत ।
     
  • अपनामे समटाएल समाजिक प्राणी

    उपेन्द्रभगत नागवंशी,
    सार्थक निरर्थक जे कोनो घटना समाजमे घटित होयत छल । ओकर निदान समाजिकेँस्तर पर होइत छल । आब ओ प्रथा लदिगेल अछि, तथापि अखनो किछु गाम समाजमे कोनो घटना घटित भेला पर समाजक भर–भलाआदमीसभ बैसक निकासक मार्ग निकालैत अछि । समाजिकस्तर पर हुअवाला एहन निर्णय एकपीक्षिय हुअ सकैए, आ होइतो छल एहन बहुत उदाहरण अछि । मुदा, सर्वपक्षिय हितक बात रहल तखन एकटाकेँ डेरएने धमकैने, दण्डित कएने आओर गोटे डेराइत अछि , सचेत होइत अछि, सुधरैत अछि तखन ओहन निर्णय करबस’ नइ चूकैत छल ।
    लोक (दोषी वा निदोर्षि) समाजिकस्तर पर भेल पञ्चैतीक निर्णय सहजे स्वीकार कलैत छल । मुदा अखनुका समयमे जेना–जेना लोक बुझनीक भेल जारहल अछि,। तेना–तेनाक पञ्चक निर्णयस’ चित्त नइ बुझला पर प्रहरी प्रशासन, अदालतक देहरीधरि पुंगिक न्यायक गुहार लगबैत अछि । ओकिल, प्रहरी प्रशासनीक निकायमे हजारों, लाखो रकम खर्च क’ क’ अन्ततः सन्तोषो करैए । तैँ अखनु समान्य साँई बहुमे हुअबाला झगड़ाक फैशला लेल सेहो लोक प्रहरी, प्रशासनीक निकायमे चल जाइए । लेनी–देनी,मनखप–बटैयाबला झण्झट फरिझाबस’ ल’क’ राढ़ि–बेटकौखी सन कहा कहौबल गड़ा गड़ौवल कएनिहारि, घरमे साउंस ठुन्कौलक, ननदि झगरा लगौलक, दियादनि परतर देलक, भौजाई गरियौलक, देउर रबस कएलक, ससुर हुलकल, घरबाला डेगौलक ई सभ आपसी पारिवारिक समस्यासभकेँ घर परिवारस’ हुअबाला निर्णय समाजक आगु जाइत अछि । त’ समाज गामक इज्जति नाङ्गट उघार नइ होए ताहि लाथे गाममे निर्णय कए मीलान करैत अछि । मुदा आब एहनो घटनासभ प्रहरी प्रशासनिक निकायमे पुंगैत अछि । जकर उदाहरण तराईक्षेत्रक कोनो प्रहरी कार्यालय, जिला प्रशासन सहितक सरोकारी निकायमे मानव हेंज देखक लेल जासकैए । लोक फिरसानीक अनुमान सेहो लगाओल जासकैए ।कानुनीराजमे कानुनक साशन व्यवस्थामे कानुनी उपचार करब आवश्यक होइत अछि । मुदा समाजिकस्तर पर हुअबला फैशला समाजमे क’ लिअमे बुद्धिमानी अछि, सामुदायिक मेल मीलाप मध्यस्ता केन्द्र जनकपुर नगरक अगुवा मिथिलेशलाल कर्ण कहैत छथि । हरमसबहक समाज जे पहिनहीस’ एहन नीति बनाक चलैत आएल अछि । समाजिकस्तर पर घटित घटनाक कारण आ ओकर निवारणक जे पद्धति समाज अपनोने छल ओ अखनो उपयुक्त रहल तर्क अछि । समाजिक हितलेल अपन कुशलता आ बुद्धिमताक परिचय हमरसबहक समाज पहिनेस’ दैत आएल अछि । मुदा अखनु ओइमे बदलाव आविगेल अछि,तकरकारण अछि लोभी प्रबृति आ एक दोसरकेँ लड़ाक धन उगाहिक माध्यम बनाएब आ अपनाकेँ सुरखुरु कहाएब, ओहन मानसिकता रहब । से कहब अछि नेपाल पत्रकार महासंघक पूर्व केन्द्रिय सदस्य एवं धनुषाक पूर्वअध्यक्ष अशोक रौनियारकेँ । वर्तमान समयमे समाजमे किछु तेहनतत्वक कारण सउंसे समाज प्रदुषित आ समाजिक प्राणि दुखित भरहल अछि । पञ्चकेँ परमेश्वर मानैत जाइत छल, पञ्चायतमे निर्णय तेहने होइत छल । ओ परमेश्वरो आब लोभ लालचस’ भरल आ निहित फैदा लेल निर्णय करैत अछि । जे सर्व स्वीकार्य नइ भेने प्रहरी प्रशासनमे समान्य बात एकटा मुद्दा बनिक जाइत अछि । लोक ओइमे ओझराएल रहैत अछि । ई खेला ओहिना नइ होइत अछि । ग्रामिणक्षेत्रमे प्रहरी प्रशासनस’ मीलल समाजक किछु तेहन लोक गाम घरमे खरो खड़खड़एला पर कान ठाढ़ कएने रहल । पीड़ित आ पीड़क दूनुकेँ उकसौलक , चढ़ौलक आ थाना–प्रहरीमे निवेदन धरवा देलक, फेर की महो महो ! एना कएलामे तेहन धूरन्धर लोक तिनतर्फा कमिशन खाइत अछि । विभिन्न बहाने दूनु झगरियास’ अलगे, प्रहरी प्रशासनस’ अलगे ! ई व्यथीति अखनुका समाजक अछि । अइ सम्बन्धमे पत्रकार अबधेश कामत अपन फरक धारना राखैत कहैत छथि–‘‘ हरेक क्षेत्रमे क्रपशने–क्रपशन अछि । मात्र ४० वर्ष पहिने समाजमे रहएबाला लोक एकदोसरके बारेमे गम्भिर अध्ययन अनुसंधान करैत, अनुभव संग्रह करैत छल । एक दोसरस’ ओकर चर्चा परिचर्चा करैत छल । आब एना करएबालाकेँ ठामे कहि दैत अछि तों हमर अदखोइ बदखोइ करएबाला के ? उन्टे खिदानत कदैत अछि । आब सोशल सान्सक बात रहिए नइ गेल अछि । आब सभतरि क्रप्शन साइन्सक बोलबाला अछि ।’’लोक एक–दोसरक घरमे बिनु टोकारि देनहँु खोज पुछारि करए लेल कि केहन समस्या अछि । ओइकेँ हल निकालब लेल कि कसैत छी ओ उपकैरक पुछ जाइत छल । आब ओहिना घर दिश तकला पर चिन्हा परिचय रहलो पर चट् द’ घरबैया कहि दैत अछि तों हमर घर देहरी दिश हुलकी किएक मारलाह ! एहनमे लोकस’ लोक डेराए लागल अछि । प्रायः सभकेँ सभ अपन अपनामे सीमित भगेल अछि । समाजमे रहितो समाजिक प्राणि अपनामे समटाक रहिगेल अछि ।

  • नेपली पत्रकारीता र महासंघको निर्वाचनः कसको लागि-किरण कर्ण

    किरण कर्ण 
    नेपाली पत्रकारीतामा एउटा विशेषता रहि आएको छ । जो पनि जुन सुकै बेला पनि पत्रकार बन्न सक्छ र जो सुकैलाई पनि पत्रकार बनाउन पनि सक्दो रहेछ ।
    तर पत्रकारीता कसको लागि गर्ने हो भन्ने कुरा अचेल त्यति महत्वको विषय भन्ने रहेनछ भन्ने कुरा स्पष्ट नै छ । हामी र हाम्रो नपाली समाज खाने र लाउने वर्गकै लागि गर्दै आएको जस्तो पनि देखिने गरेको छ । पत्रकारीतालाई स्वतन्त्र भन्दैमा वा जो सुकैलाई चिढाउने कार्य गर्दैमा स्वतन्त्रताको मुद्दा उठाउने वा विदेशी तथा दातृ निकायको अनुदानमा गैर नाफा मुलक धन्दा गरेको भन्दै वा नेपाली समाजलाई गैर सरकारी संस्था वा अन्तर्राष्र्टिय गैर सरकारी संस्थाको पोल्टामा हाल्दैमा नेपाली समाज प्रगती गर्ने जुन मानसिकता देखिएको छ , त्यो अत्यन्तै लालचियुक्त र दुर्नियत रहेको कुरा बाहेक केहि होइन । अझै हाम्रो जस्तो समाजमा जति पनि लोकतन्त्र वा कुनै तन्त्रको कुरा गरेता पनि दासतन्त्र भन्दा माथि उठ्न सकेको छैन । हाम्रो नेपाली समाज र पत्रकारीता जगत ।
    नेपाली समाजलाई आफ्नै मौलिकतापनमा कसरी ल्याने कसरी पत्रकारीता जगतलाई साच्चिकै स्वतन्त्रता अभिव्यक्तिको माध्यम बनाउने यो पो बहसको विषय हुनु पर्ने हो । जुन भई रहेको छैन । अहिले सम्म हुदै आएको कुरा एक मात्र हो । निर्वाचन र दातृ निकाय कहाँ पुगेर शरणम् गच्छामी र दाम पाम सच्छामी अनि कसरी हुन्छ ? हाम्रो समाज र नेपाली पत्रकारीताको कल्याण वा परिवर्तन । हामी अहिले लोकतन्त्रको अभ्यासमा छौँ । त्यो पनि कस्तो लोकतन्त्रको अभ्यासमा छौ भने कसलाई कसरी लोकतान्त्रिक दासत्व सहितको लोकतन्त्र बनाउने । हाम्रो पत्रकार महासंघ पनि यसैको एउटा कडी हो ।
    अहिले फेरी पाहोर झैँ यसपालीको पत्रकार महासंघको निर्वाचन हुदैँ छ । नेपाल पत्रकार महासंघ सबै पत्रकारहरुको साझा संगठन हो । जब की हामी अर्थात पत्रकारलाई राज्यको चौथो अंगको रुपमा बुझ्छौ र हो पनि । तर हामी जति वफादार अरु कोइ छैन भन्दा पनि राज्य होइन, समाजको होइन, कुनै राजनीतिक दलको पनि त्यति होइन जति कुनै नेतागणको वा जति दातृ निकायको छौँ जस्तो लाग्छ । अर्थात उक्त दातृ निकाय विदेशी होस् वा स्वदेशी । उसकै पछि पछि लाग्नुलाई नै लोकतन्त्र ठान्द रैछौ । किनभने नेपाल पत्रकार महासंघको अहिले सम्म एकाध बाहेक बनिसकेका अधिकांश अध्यक्षहरुले पत्रकारको कल्याण गरोस् वा नगरोस् सबभन्दा बढी कल्याण दातृ निकायकै गरेको देखिएको छ । विभिन्न एनजिओ, आइएनजिओको अभियान चलाएर । तसर्थ अब हुने महासंघको निर्वाचनको परिणामले फेरी त्यही चिजलाई दोहोर्याउदैन भन्न सकिदैन । किनभने जो साच्चिकै श्रमजीवि पत्रकारहरु छन्, उनीहरु ऋझै पनि कलम लिएर संघर्षमै छन् । आफ्नो पत्रकारीताको धर्म प्रति । तर नेपाल पत्रकार महासंघको निर्वाचनबाट बन्ने अध्यक्षहरुले विदेश गएर भ्रमण गर्लान्, अकुत आय आर्जन गर्ने टेक्नोलोजी प्रविधीहरु सिक्लान्, ठुल्ठुला बात मार्लान्, र म्याद गुज्रिए सरह नै उनले पनि वैदेशिक अनुदानबाट व्यक्तिगत महल खडा गर्दैनन् भन्ने भन्न सकिदैन । तसर्थ पत्रकारका अगुवाहरुले जुनन पत्रकारहरुको समस्या ज्युँ का त्युँ छन् । उक्त समस्याहरुलाई हल गर्नु नै आवश्यक छ । मात्रै श्रमजिवी पत्रकारको मुद्दालाई नाम मात्रको लागि उठाएर हुदैन । काम गर । अनि मात्र पत्रकारको कल्याण हुन्छ । होइन भने पत्रकार कुनै अर्थ छैन । यसको एउटा मात्र मतलब रहन्छ, त्यो हो बेरोजगारीहरुको लागि सान्दार तरिकाले केहीले मागि खाने भाँडो अवश्य बनाउने छन् र जसले गर्दा कथित चौथो अंग पत्रकारीता माथि निर्मम प्रहार चौतर्फी रुपमा हुने गर्छ । तर निरिह श्रमजिवी पत्रकार होस् वा कलमजिवी माथि कालो दाग लागि रहने छ । किनभने ति पत्रकारको न त कुनै आँड भरोसा रहन्छ न त कुनै चिजको ग्यारेण्टी नै । यो मात्र एउटा ग्लैमर्सको दुनिया रहन्छ । जो जतिबेला सम्म सक्छ, त्यो त्यतिबेला सम्म र्याम्पमा टिक्न चाहन्छ । बाध्यतावश अन्यत्रै टोल्याउदै पलायन हुन्छ र यो नै सत्य पनि हो । यता कसले ध्यान दिने ? यो जवाफ को निर छ ? यसको उत्तर र सोको जवाफदेहीता कसैले पनि लिन चाहि रहेको छैन । विगतमा थुप्रै मिडियाहरुमा पनि आन्दोलन भएकै हो सो को प्रतिफल हामी सबै सामु छर्लंगै छ । पत्रकारीता क्षेत्रमा मिडिया भर्सेज संचारकर्मी र शोषण भर्सेज श्रम अहिले पनि यथावतै छ । मिडियासंगै पत्रकारहरु पनि त्यतिकै तेब्बर गुणा र त्यो भन्दा बढी नै छ । तर पनि पत्रकारको समस्या जस्ताको त्यस्तै छ । श्रम अनुसारको दाम कही पनि छैन । कतिपय श्रमिक पत्रकारसंग अहिले पनि नियुक्ति पत्र छैन । नियुक्तिपत्रमा ताकिएको तलब भन्दा अति नै न्युन तलब दिने चलन नै परम्परागत रुपमा बढाइएको छ । अधिकांश पत्रकारले गरेको मिडियाको काम भन्दा अति न्युन तलब पाइएको छ । बजार, शहर वा समाजमा एउटा प्रश्न पत्रकारहरु माथि पनि लाग्न थालिसकेको छ । कसरी पत्रकारहरुले महल खडा गरे । कहाँबाट आयो आम्दानी वा ब्लयाकमैल पत्रकारको धब्बा लाग्न थालिसकेको छ । यसप्रति न त राज्य नै गम्भिर छ । न त पत्रकारीता जगत नै । सायद यही भएर पत्रकारहरु आफ्नो राज्यको निकाय भन्दा बढी विदेशी दातृ निकायकै पिछा लाग्नु उचित ठान्दो रैछ । त्यसैले अब पनि सम्बन्धित निकायले यस तर्फ ध्यान दिदैनन् भने पत्रकार महासंघ नेता र नेतृत्वको जमात बाहेक केही होइन । पत्रकारहरुको निर्वाचन पनि महाकुम्भ मेला बाहेक कुनै अर्थ रहदैन । यस क्षेत्रलाई साँच्चिकै स्वतन्त्रताको अभिव्यक्तिको माध्यम बनाउने हो भने नेपाल पत्रकार महासंघले पनि श्रमजिवी पत्रकारको वकालत र व्यहारिक रुपमै काम गरोस् । नेपाली पत्रकारीता र नपाल पत्रकार महासंघको निर्वाचन गैर पत्रकारको लागि नबनोस् । यो एउटा बौद्धिक जमातको संगठन हो । पत्रकारीता जगतमा लागेकाहरु राज्यकै लागि काम गर्दै आईरहेको छ । यसलाई राज्यले पनि अन्य संगठन झैँ छाता संगठन नबुझोस् र नबनाउ । बरु पत्रकारीता जगतमा आबद्ध भएकाहरु राज्यको सम्पति हो यसको रक्षाका निम्ती र जिवीकोपार्जनका निम्ती पनि र पत्रकारीता पेसा अब व्यसायी रुपमा अघि बढेकाले यस तर्फ राज्यले गम्भिर रुपमा ध्यान दिनु जरुरी छ । पत्रकारहरुले आफ्नो तर्फबाट राज्य र देशको सकारात्मक परिवर्तन प्रति प्रतिबद्ध रहेको छ । त्यसैले पनि पत्रकारीता जगत जनताको संगठन बनोस् भन्ने मेरो पनि अपेक्षा रहेको छ ।
     
  • मैथिलीको छठ पत्र मिथिलाबासीलाई

    अरुणा उप्रेती
    प्रिय मिथिलाबासीहरु!
    म मैथिली मेरा पिताको घरमा बारम्बार आउन चाहेकी हुँ। जानकी मन्दिरमा मेरो पूजाआजा गर्दा तिमीहरुले रामसहित मैथिली मेरो घरमा आउ भनेको सुनेपछि लौ अब मेरो बाल्यकाल बितेको, म पुतलीझैँ उफ्रेर खेलेको हरियालीले सम्पूर्ण प्रकृति ढाकेको, मिथिला र धनुषा सम्झेर, तिजको वरिपरि लागेकी थिएँ। वर्षात्पछि मेरो प्रिय जनकपुर त सफा, हरियो होला भन्ने विचारले मेरा संगीसाथीहरुलाई पनि लिएर धनुषा टेकेकी थिएँ। म र मेरा प्रिय रामका नाममा राखेका मन्दिर राममन्दिर, मेरा पिताकेा नाममा राखिएको जनक मन्दिर, दुलाहा र दुलहीले आशीर्वाद लिने दुलादुलही मन्दिर र हनुमानको संकटमोचन मन्दिरहरु सम्झेर प्रफुल्ल भएकी थिएँ।

    म सानो छँदा सखीहरुसँग मिलेर समय समयमा स्नान गर्न जाने गंगा सागर, धनुषा सागर र अगंराज सागर पनि सम्झें र त्यहाँ पनि जान्छु भनेर मनमा लिएँ तर जसोजसो जनकपुर नजिक आउन थाल्यो, एउटा नमिठो गन्ध ल्यायो। मेरो जनकपुर त हिलोको पुर भएछ। जता हिँड्न खोज्यो उतै खुट्टा गाडिए। मेरा सखीहरुले मलाई खिसी गरेर भने– 'यही हो, तिम्रो प्रिय ठाउँ। तिम्रो वचपनको बगैँचा र तिमीले भनेको हरियालीले भरिपूर्ण भएको ठाउँ?' उनीहरुको कुराले म अलमलमा परें, के भएर बिग्रेछ मेरो पिताको जनकपुर, कता गएछ विभिन्न तालको सुन्दर रूप? ताल त दुर्गन्धित भएका रहेछन्। छठ पर्वमा मैले यी तालमा उभिएर कति चोटी बिहानको सूर्यको पूजा गरेकी थिएँ। रातभरि यही ताल नजिक बसेर अनेक भजन गाएकी थिएँ। साउनको महिनामा मेहेंन्दी लगाएर छमछम ताल वरिपरि नाचेकी थिएँ।
    तर अहिले त सबैजनाले मिलेर लुगा धोएको पानी पनि त्यही तालमा फाल्ने गरेको देखें, भान्छाका फोहोर र भाँडा ल्याएर तालको पानीमा धोएको, नित्यकृया गरेर शौच गरेर पानीलाई दुर्गन्धित बनाएको देखें। त्यो देखेर मेरो आँखाबाट तपक्क दुई थोपा आँसु खसेर गंगा सागरमा मिल्यो। त्यो आँसु होइन, मेरो मुटु टुक्रा टुक्रा भएर निस्केको रगत थियो। कसलाई देखाउन सक्थें र त्यो वेदना? विभिन्न मन्दिरको जीर्ण अवस्था भित्रपट्टिको फोहोर थुप्रिएको देखेर म दुःखी भएकी छु। मेरो बचपनमा हामी सबै मिलेर मन्दिर सफा गर्थ्याैं। जनक स्वयम् गएर बिहान मन्दिरको निरीक्षण गर्नुहुन्थ्यो। महारानीहरु प्रत्येक हरितालिका तीजको बेलामा रामनवमी, कृष्णाष्टमी र दीपावलीमा सबै जनालाई लिएर गई मन्दिर, पाटी पौवा कुचो लिएर सफा गर्थे। तिहारको बेलामा रमाइलो गरेर पिङ खेल्नका लागि ठूलाठूला रुखमा पिङ राख्थ्यौं र मीठा मीठा गीत गाउँदै खेल्ने ठाउँहरुमा हामी पुतलीको विवाह पनि गर्थ्याैं तर अहिले त ती रुखवरिपरि क्षेत्र दुर्गन्धित पो भएको रहेछ। मेरो मनले हरेश खायो। मेरा सखीहरुको अगाडि म लाजले पानी पानी भएँ। कसले मेरो सुन्दर स्वर्ग जस्तो जनकपुर त नर्क जस्तो पो बनाएछन्।
    मन्दिरहरुमा गएपछि त्यहाँको सुगन्धित वायुले झन् प्रसन्न पार्नुपर्ने हो, आद्यात्मिकता जगाउनुपर्ने हो तर त्यसको सट्टामा मन्दिर नजिकका नालाहरुको दुर्गन्धले मेरो मनमा भएका श्रद्धाका भाव हराएर गयो। मेरो मन नै खिसि्रक्क भयो। अयोध्यादेखि लिएर भारतका कतिपय ठाउँबाट, नेपालका विभिन्न ठाउँबाट आएर तीर्थ गर्ने यो धार्मिक स्थललाई धार्मिक नगरमा विकसित गर्ने कुरा पो बुझेकी थिएँ त मैले, कहाँ गए ती ठूला ठूला योजना? कतै रामको बेलामा दुःख दिने राक्षसहरु यो सुन्दर जनकपुरलाई नर्क बनाउन त लागेका होइनन्? कतै राक्षसहरुले आफ्नो मायावी जालले सबैको मनमा यसलाई फोहोर पारिदिनुपर्छ भन्ने भावना त भरिदिएका होइनन्? यहाँका भक्तजनका मनमा धार्मिक आस्था हटेर पाप नगरी बनाउन त थालेका होइनन्?
    किनभने हाम्रो पालामा पिता जनकले यस ठाउँमा बढी से बढी विद्वान्, व्यापारी आउन्, जनताको जीवनमा सुख छाओस् र कोही भोका नांगा नरहून् र आनन्दले बसून् भनेर सकेसम्म मेहनत गर्नुहुन्थ्यो। विद्वान्हरुलाई हेर्न र सुन्न हजारौं मानिस आउँथे। उनीहरुका लागि ठूलाठूला हरियो सफा चौरमा व्यवस्था गरिएको हुन्थ्यो। त्यहाँ कसैले रुखको पातको फोहोर पनि पाउँदैनथ्यो। पोखरीका पानी कलकली पिउने गर्थे दर्शक र भक्त। पोखरीहरुले मेरो जनकपुरको सौन्दर्य कसरी छर्लङ्ग बलेको थियो। जनकपुर त मिथिलाको राजधानी थियो। कति गर्व गर्थे मिथिलाबासी आफ्नो सुन्दर नगरमा। तर मैले यसपालि मिथिलाको जनकपुरमा आउँदा रोग, गरिबी, पीडा, फोहोर, अवस्थाबाहेक केही देखिनँ।
    प्रकृति र रुख पूजा गर्नेहरुले न प्रकृति, न पानी न रुखको रक्षा गरेको देखें। खाली बाहिरी देखावटीका लागि हातमा मेहेन्दी र हरिया चुरा लगाएर अनेक गहनाले शृङ्गारिएका कतिपय महिलाले वरिपरि फोहोर गरेका देखें। पुरुषले पिच्च पिच्च पान थुक्दै मेरो मन्दिर वरिपरि फोहोर गरेको देखें। तथाकथित भक्तजनले मन्दिरलाई शौचालयमा परिणत गरेको देखें। यस्ता फोहोर, दुर्गन्धित, वाक्क लाग्दा मन्दिरमा आएर कसको मन भजनमा रमाउला? कसको मनमा राम मन्दिरहरुमा जान आफ्ना परिवारलाई उत्प्रेरणा देला? कठै मेरो मिथिला र मेरो जनकपुर त चिन्नै नसकिने गरी कुरूप भएछ। धुलो, हिलो, छाडा गाई र साँढेले मेरो बचपनको सुन्दर जनकपुरलाई कसरी कुरूप पारेको रहेछ भन्ने कुरा मलाई थाहा भएको भए म किन यहाँ आउथें र?
    करोडौंका सामान राखेर बनाइएका मन्दिरको भव्यता फोहोरले नष्ट भएको देखेपछि मेरो मन यस नगरीमा बसिरहन मानेन। जानकी मन्दिरमा गएर आफ्ना बचपनका दिनहरुको याद गर्ने इच्छा पनि हरायो। मिथिला र जनकपुरबासी तिमीहरुले धर्मको मूल महत्त्वलाई नै बुझेका रहेनछौं। धर्मले मानव जीवनलाई आनन्दित पार्नुपर्छ। धर्मले प्रकृतिको संरक्षण गर्नुपर्छ। तालहरु सफा राखिरहनुपर्छ ताकि त्यसका पानीले सबैलाई निरोगी राखोस्। तर तिमीहरु त केवल अक्षता चढाएर र टीका लगाएर धर्म भयो भन्ठान्दा रहेछौ। अरुलाई देखाउन पूजा गर्दा रहेछौ। त्यसैले म मेरा सखीहरुलाई फिर्ता लिएर जाँदैछु। मेरो मूर्तिमा पूजा गरेर अब तिमीहरुले कुनै आशीर्वाद कसरी पाउला र? दुःखी मनले दुई थोपा आँसु मिथिलाको माटोमा चढाएर म जाँदैछु सदाका लागि। मेरो मूर्तिमा पूजा गरेर अब तिमीहरुले कुनै आशीर्वाद कसरी पाउला र?
    मैथिली
    स्रोत : नागरिक दैनिक
    आइतबार ३ कार्तिक, २०७०

  • लोकतान्त्रिक गणतन्त्रको कमजोर रणनीति

    विजय मस्त
    झन्डै अढाई सय वर्षदेखि नेपालमा संस्थागत रहेको शाहवंशीय राजसत्ताको अन्त्य भईसकेको छ । यसबाट राजाको साथसाथै राजसंस्था र तिनका सम्पूर्ण सदस्यहरुको राज्यमाथी परम्परागत रुपमा रहिआएको सम्पूर्ण अधिकार समाप्त भई नेपाली जनताको अधिकार स्थापित भयो । राजतन्त्रको पतनसँगै वास्तविक अर्थमा जनताको लागि जनताको प्रतिनिधी मार्फत जनताको अधिकार स्थापना हुने लोकतन्त्रको परिभाषालाई सार्थक बनायो । गणतन्त्र स्थापनाको दिन मात्र नेपालीहरुले पहिलो पटक लोकतन्त्रको परिभाषा व्यवहारमा महसुस गरेका थिए । यस प्रकार लोकतन्त्र र गणतन्त्रले मुलुकको सर्वाधिकार नागरिकमा सुम्पेको छ ।
    यसले मुलुकको राष्ट्र प्रमुख जनताको छोराछोरी हुने तथा निम्न तह देखि उच्च पद र जिम्मेवारीमा लोकतान्त्रिक विधिबाट योग्य व्यक्ति चुनिने जनअधिकार सुनिश्चित गरेको छ । तर, जुन उत्साहका साथ संघिय लोकतान्त्रिक गणतन्त्र नेपालको घोषणा र घोषणा पूर्व नेपालीको सक्रिय सहभागिता रहेको थियो, त्यस प्रकारको उत्साह गणतान्त्रिक नेपालको पाँच वर्षे कार्यकालमा देखिएन । माओवादी नेतृत्वको दशवर्षे सशस्त्र जनयुद्ध, २०६२÷०६३को दोस्रो जनआन्दोलन तथा अन्य विभिन्न आन्दोलन र विद्रोहको जडमा स्थापित गणतन्त्रलाई नेपालमा राजतन्त्र हटाउने कार्य धेरै सहज रह्यो भनि व्याख्या गर्नु अनुचित होला । किनभने संविधानसभाको हलभित्र गणतन्त्रको समर्थन मतमा रहेका ६०१ सभासद मध्ये ९९ प्रतिशतको मत कुनै मात्र सिमित नागरिकको नभई सम्पूर्ण नेपाली जनताका प्रतिनिधी थिए । हो, जनआन्दोलन तथा जनयुद्धका समयमा सम्पूर्ण नेपालीको सहभागिता नरहेको कुरा स्वीकार गर्न सकिन्छ जसका कारण सबै नेपालीको सहभागिता नरहेको भन्दै तत्कालीन राजा तथा तिनका शाही सरकारको कदमलाई पनि अवैधानिक भन्न सकिदैन् ।
    गणतन्त्र तथा लोकतन्त्रको विरोधीको रुपमा चट्टान भई उभिएका क्रुर शाषकको संंज्ञा सहजै प्राप्त गरेका राजा ज्ञानेन्द्रका बारेमा एउटा यथार्थ सबैले बुझनुपर्ने हुन्छ । मानवीय गुणको सहज प्रभावको उदाहरण मात्र थिए तत्कालीन शाषक ज्ञानेन्द्र, किनभने बाल्यकालदेखि उनका आमाबुवा तथा गुरुहरुले के उपदेश दिएका छन् भने यो नेपाल भन्ने मुलुक तिम्रा बाजेपूर्खाले अज्र्याको मुलुक हो । नेपालको सबै नागरिक तिम्रा सन्तान जस्तै हुन्, तिनमाथि शाषन व्यवस्था सञ्चालन गर्नु तिम्रो परम्परागत हक तथा जिम्मेवारी हो भनि उपदेश पाएका बालक जब राजा ज्ञानेन्द्र भए, तब तिनले आफुले बुझेका कुरा मात्र व्यवहारमा लागु गरेका थिए । तर, जेठ १५का दिन सम्पूर्ण नेपालीको अभिमत थियो र तत्कालिन शाषकले नागरिकको जनादेश स्वीकार्य गर्नुको विकल्प थिएन् ।
    यहाँ एक प्रकारले राजालाई सम्मान गर्नु पर्ने आवश्यकता औल्याउनु पर्ने कहाँ छ भने उनले नेपाली नागरिकको अभिमतलाई सम्मान गर्दै राजाबाट सहज रुपमा सामान्य नागरिकका रुपमा आफ्नो परिचय बदलेका छन् । वास्तवमा लोकतन्त्र भनेको मतदाताको अभिमतलाई सम्मान गर्नु हो जुन ज्ञानेन्द्रले सबै नेपालीलाई उदाहरण बनेर देखाएका छन् । नेपालीले राजा ज्ञानेन्द्रलाई पराजित मात्र गरेका होइनन् अथवा शाहवंशीय शाषन व्यवस्थालाई अन्त्य मात्र गरेका होइनन् बरु एउटा वंशीय परम्परा, राजतन्त्रात्मक प्रवृती तथा एकात्मक शाषन व्यवस्थामाथि विजय प्राप्त गरेको छ ।
    नेपालमा गणतन्त्रात्मक व्यवस्था रहेको छ भने कुराको उदाहरण एकमात्र अभिभावकीय जिम्मेवारीमा रहेका राष्ट्रपति डा.रामवरण यादव र राष्ट्रपतिको कार्यालय रहेको छ । तर, विडम्बना नेपाल गणतन्त्र मुलुक हो भनी उदाहरण रहेको राष्ट्रपति आजको दिनमा अलोकतान्त्रिक भइसकेका छन् । दुई वर्षको कार्याअवधिको लागि सपथ लिएका राष्ट्रप्रति यादव आज पाँच वर्ष बितिसक्दा पनि उक्त पदको लागि नयाँ निर्वाचनको कुरा उठाउन सकेका छैनन् । आफ्नो पाँचवर्षको कार्याविधीमा जम्मा पुष्पकमल दाहाल, माधव कुमार नेपाल, झलनाथ खनाल, बाबुराम भट्टराई र खिलराज रेग्मी गरी पाँचजनाले मन्त्रीपरिषदको बागडोर सुम्पि सकेका छन । एक जना व्यक्ति असफल हुनुमा उसको व्यक्तिगत स्वभावमा दोष रहेको भन्न सकिन्छ । तर, लोकतान्त्रिक गणतन्त्र नेपालको पाँच जना प्रधानमन्त्री एक एक वर्षमात्र आफ्नो पदभार सम्भाल्न सक्नु तथा उनीहरु सबै आफुले लिएका लोकतान्त्रिक गणतन्त्र संस्थागतको अभिभारा पुरा गर्न सकेका छैनन् । यसमा जरुर हामी नेपालीले नेपाललाई नयाँ संविधान निर्माणका लागि चालेको प्रक्रिया नभर्ई गलत रहेको बुझ्नु पर्दछ । अथवा नेपालीको आवश्यकतालाई बुझेर नेपालमा गणतन्त्र आएको होइन् यो त राजनीतिक दलको सत्ता सञ्चालनको अधिकार राजाले हड्पे पछि भएको दुर्घटनाको प्रतिफल हो ।
    नेपालीलाई यो देश मेरो हो भनि बोध कहिल्यै गर्न सकेनन । मनुवादी अन्धपरम्परामा आधारित हिन्दु अधिराज्य वर्णाश्रम व्यवस्था भएका कारण आम नागरिक सत्ता सञ्चालनबाट धेरै टाढा थिए । राज्यमा केही सिमित वर्ग र जातिको मात्र पहुँच थियो । राजसंस्थाको भाषा, संस्कृति, भेषभुषा र परम्परा विविधताले भरिएको नेपाली समाजमा एकात्मक शाषन प्रणाली लादिएको थियो । त्यसैले, जो समावेशी चाहन्छन्, त्यो गणतन्त्रवादी भए । एकात्मक र भेदभावपूर्ण नेपाली समाज जब एक्काइसम शताब्दीको विकसित अरु छिमेकी मुलुकहरुसँग आफुलाई तुलना गर्न थाले, आफ्नो स्वतन्त्रता तथा हकअधिकार प्रति चिन्तन गर्न थाले तब संघिय लोकतान्त्रिक गणतन्त्रात्मक संवैधानिक व्यवस्था मात्र सम्पूर्ण नेपालीलाई समानताका साथ बाँच्ने पाउने बाटो बन्यो ।
    अहिले नेपालमा गणतन्त्रको मुदा सँगसँगै एकाएक जनताबीच आएका लोकतन्त्र, संघियता, समानुपातिक समावेशी प्रतिनिधीत्व जस्ता सवालहरुले एकअर्कालाई ओझेलमा पारेको छन । राजाको एकलौटी छत्रछायामा बस्ने बानी परेका कारणले धेरै पुराना नेतृत्वहरु जनताको मुदामा समर्थन जनाए पनि तिनीहरु संघियताका पक्षधर हुन सकेका छैनन । यसकै प्रतिफल हो आज मुलुकका जिम्मेबार राजनीतिक संगठनहरुले गणतन्त्रात्मक व्यवस्थाको शाषन प्रणाली कस्तो हुने, संघियताको मोडल के हुने, सबै जातधर्मको समावेशी सहभागिता कसरी हुने तथा लोकतन्त्रलाई कसरी जिवन्त र संस्थागत गर्ने भन्ने गम्भीर विषयहरुमा निर्णयमा पुग्न सकेका छैनन् । त्यसैले लोकतन्त्र, प्रजातन्त्र, गणतन्त्र तथा अन्य विभिन्न अविस्मरणीय उपलब्धीहरुलाई दिवसको रुपमा सार्वजनिक छुट्टी मनाउनु भन्दा पनि यसको कार्यान्वयन प्रक्रियामा ध्यान पु¥याउनु आजको आवश्यकता हो
  • बम काण्डका दोषी को ? संजय कि जिवनाथ ? वा अरु !

    विनयकुमार,
    हिंसाको कुनै निश्चित समय र अवधि हुँदैन् । तर हिंसाको परिदृष्य बडो भयानक हुन्छ । सबै हिंसामा सडकले मृतलाश खोज्दैन्, कुनै व्यक्तिले ठुलो लाभ र लोभको लागि निर्दोष मानिसहरुसँग सम्झौता गर्ने मात्र हो । कुनैपनि ठुलो परिवर्तन, बिना हिंसाले सम्भव नभएको इतिहासमा स्पष्ट छ । तर सबै हिंसाले ठुलो परिवर्तन ल्याउँछ भन्नु सरासर गलत हो । देश र समाजलाई आवश्यक परेको बेलामा आफैँ हिंसा माग्छ, झुठो लोकप्रिय र चर्चाको लागि कुनै एक व्यक्तिले निम्त्याइने हिंसाले सबैको अहित गर्छ ।
    म आज गत वैशाख १८ गते जनकपुरमा भएको बम प्रकरणमा केन्द्रित हुँदैछु । यो त्यतिबेलाको कुरा हो, जब देशमा राई–लिम्बुले लिम्बुवान÷खम्बुवान राज्यको, थारुले थरुहट राज्यको, नेवारले नेवा राज्यको र मैथिलले मिथिला राज्यको लागि संघर्ष गरिरहेका थिए । देशैभरि विभिन्न राजनीतिक पार्टीहरुले आमहडतालको घोषणा गरेका थिए । सडकका पेटीमा सवारी–साधनको ठुलो लाम थियो । साना–तिना बम विष्फोट जस्ता घट्ना घटिहाल्नु सामान्य जस्तै बन्न लागेको कुरा मानसपटलमा ताजा होला । सर्वसाधारणहरुको जिवन दिनानुदिन कष्टकर बन्दै थियो । आ–आफ्ना हकअधिकार संविधानमा सुनिश्चित गर्न संविधानसभाबाट संविधान बन्ने समय नजिकिदै थियो । यो बितेका समयको एक सानो झलक (कास्टिङ) मात्र हो । म फेरी मुल कुरामै फर्किन चाहन्छु । वि.स. २०६९ साल बैशाख १८ सोमबारको कुरा हो । त्यसदिन मिथिला राज्य संघर्ष समितिले मिथिला राज्यको माग गर्दै रामानन्द चौकमा एसियाकै सबभन्दा ठुलो प्रवेशद्वार मुनि धर्ना दिदैँ थियो । बिहान १० बजेको समयमा धर्ना कार्यक्रममा एक्कासी बम विष्फोट भयो, जसमा चारजनाको घटनास्थलमै मृत्यु भयो भने एकजनाको उपचारको क्रममा काठमाडौँमा । ३२ जना घाइते भएको कुरा सबै–सबैमा स्मरणीय होला । आज मिथिलाकी कलाकार रञ्जुकी आत्मा कहाँ भटकिदैँ होला ? के विमलशरण, झगडु, सुरेश र दिपेन्द्रको आत्माले शान्ति पाएको होला ? भन्ने प्रश्न मेरो मनमा फेरी–फेरी खेलिन थालेको छ ।
    केहि दिनअघि तराई टेलिभिजनमा जनकपुरको बम प्रकरण विषयमा समाचार सम्प्रेषण भएको कुराले राम्रै चर्चा बटुल्दै छ । मुलतः यस घटनाका मुख्य योजनाकार मानिने मुकेश चौधरी उर्फ अर्जुन सिंह फोनमा को सँग कुरा गर्दैछ ? भन्ने चासोको विषय बनेको छ । बनौटे अडियो टेप हो कि वास्तविक भनेर हरेक चियापसल र घरघरमा मन्थन हुँदैछ । टिटिभीबाट प्रसारित समाचारमा देखाइएको अडियो टेपले व्यापक चर्चा बटुल्नुको मुल कारण के हो भने त्यसमा पुर्वराज्यमन्त्री संजयकुमार साहको बोलीसँग मेलखाँदो आवाज छ । अडियो टेपमा सुरुमा हिन्दी, पछि मैथिली भाषाको प्रयोग गरिएको छ । अडियो टेपमा भएको कुराकानीको केहि अंश ः– प्रश्न–(अलिकति जोडले) मन्त्री जी बोल रहे है ? उत्तर– (विस्तारै) हँ यौ कहु न । प्रश्न–ऊ उइठे नहि रहल है आ ओहिठाम सय डेढसय लोग है ? उत्तर– भिडमे नहि करु... । प्रश्न–तब त रोकय परतै... । उत्तर– ओकरा केहनो कऽ साईड कराउ न । अच्छा...! विचारणीय कुरा के छ भने यहाँका कम्युटर अपरेटरहरुले अडियो टेप बनावटी र मिक्सिङ्ग भएको प्रमाणित गरिरहेका छन् । तर यहि टेपलाई आधार मानि मिथिला राज्य संघर्ष समितिले पुर्वमन्त्री साहको संलग्नता रहेको आरोप लगाएर पुनः जनकपुर तताउन लागिपरेका छन् । यता पुर्वमन्त्री साहले बदलिदो परिस्थितिमा प्रविधिको विकासले ल्याएको संकट भन्दै हरेक आरोपलाई कपोलकल्पित र निराधार रहेको बताएका छन् । माघ ४ मा मन्त्री साहकै पार्टी मधेश क्रान्ति फोरमले पत्रकार सम्मेलन गर्दै जिल्ला प्रहरी कार्यालय धनुषाले प्रमाणित गरेको कल विवरण बाँडेको छ । ‘जनकपुर बम प्रकरण’का जिम्मा लिएका मुख्य नाईके मुकेशले घटना हुनु पुर्व र पश्चात को–को सँग कुरा गरेको कल विवरणमा उल्लेख छ । नाईके मुकेशले ९८५४०२००१३ नम्बरको मोवाइलमा पटक–पटक कुरा गरेको र सो नम्बर रामानन्द युवा क्लवका पूर्वअध्यक्ष जीवनाथ चौधरीको नाउँमा रजिष्ट्रड रहेको ईन्सपेक्टर गोविन्द पुरी दाबी गर्छन् । पुर्वमन्त्री साह र कल्बका पुर्व अध्यक्ष चौधरीको यो ‘फिल्मी शैलीको खेल’ सबै–सबैमा जिज्ञासाको विषय बनेको छ ।
    ९ महिना पश्चात् चर्चामा आएको ‘जनकपुर बम प्रकरण’लाई लिएर मिथिला राज्य संघर्ष समितिले अध्यक्ष परमेश्वर कापडको नेतृत्वमा आन्दोलनलाई बढावा दिदैछन् । यस आन्दोलनले फेरी–फेरी हिंसा निम्त्याउँदैन भन्ने ग्यारेन्टी कसले गर्छ ? प्रोजेक्टरद्वारा अडियो टेप देखाइनु र सिडी वितरण गरिनुले हिंसा बढ्दैन भन्नु मुढतापुर्ण सोच मात्र हो । किनभने विगतमा नेपालगञ्जमा भएको द्वन्द्वको सिडीले नै मधेशमा आगो दन्कियो भन्ने कुरा सबैको मनमस्तिष्कमा अझै ताजा होला । तर मिथिला राज्य संघर्ष समितिका अध्यक्ष कापडि भन्छन्,–‘हाम्रो लडाई सरकारसँग छ, न त संजय साहसँग न त कुनै व्यक्ति विशेषसँग । यो आन्दोलनले हिंसा उब्जिदैन भन्ने मेरो मनमा लागेको छ ।’ तर प्रमुख जिल्ला अधिकारी हरिकृष्ण उपाध्याय भन्छन्,–‘घट्नाको छानविन सिबिआई, प्रहरी÷प्रशासनले गर्ने हो, हामीले अडियो टेप र सिडी वितरण गर्न भनेका छैनौँ, यो गलत क्रियाकलाप हो ।’
    मैले अघि नै स्पष्ट पारिदिएको छु कि ‘हिंसाको कुनै निश्चित समयावधि हुँदैन ।’ रेडियो मधेशमा घनश्याम दाईले लिएको एक अन्र्तवार्तालाई सम्झिन्छु–‘संघर्ष समितिका अध्यक्ष कापडिलाई मधेश जागरण मञ्चका उमेशचन्द्र झाले, दोषी को हो ? त्यो तपाईलाई राम्रोसँग थाहा छ भन्दा कापडि अक्क न बक्क भएका थिए । झाले चुनौतीको शैलीमा–कसैले मेरो सुरक्षाको जिम्मेवारी लेयोस्, एक साताभित्र अपराधी पत्ता लगाईदिन्छु भन्दा कापडि रातो–पिरो भएका थिए ।
    बम काण्डको दोषी को ? पुर्वमन्त्री संजय कि जिवनाथ वा अरु ? आखिर यस घट्नाको भिलेन को ? त्यो कसैले खुलेर भन्न नचाहनुको पिछाडी ‘मृत्युको घण्टी’ बज्न सक्छ भन्ने एउटा ‘भय’ हो । अध्यक्ष कापडि त्रिभुवन विश्वविद्यालय मैथिली विभागका केन्द्रिय अध्यक्ष, नेपाली मैथिली साहित्य परिषदका अध्यक्ष र जनकपुर बाट प्रकाशित हुने ‘धुवाधज्जा’ पत्रिकाका सम्पादक समेत छन् । यसरी प्रध्यापक जस्तो गरिमामय पदमा बस्ने कापडि राजनीतिक वृतमा जानुलाई कतिपय विश्लेषकले अनैतिक क्रियाकलाप भनेका छन् । मृत्युको भय सबै मानिसमा हुन्छन्, थोरै मानिस देश र समाजको लागि बाँच्ने गर्छन् । स्मरणीय रहोस्–सर्वसाधारण जनतालाई नेपालमा सजिलै सित भेडा बनाउन सकिन्छ भन्नेकुरा नयाँ होइन । नेता र वुद्धिजिवीहरुले जनतालाई मुखमा भेडा नभन्नु बेग्लै प्रसङ्ग बन्न सक्ला ।
    जनताको पसिनालाई तराजुमा तौलेर खानेहरु दलगत भएपछि, सबै ठुला नाम बदनाम हुँदैछ । नामहरुमा पनि असमान हुँदैछ । सबै नाम स–सम्मान हुन्छ, कसैको ठुलो र सानो हुँदैन । जबकी चेतना र कर्मले नामको अर्थबोध गर्ने हो ।
    अहिंसाका पुजारी महात्मा गान्धीको हिन्दीमा एउटा महावाक्य छ–‘पाप से घृणा करो, पापीयो से नहि ।’ हाम्रो समाजमा जानेर पनि कुनै मानिस नराम्रो बन्न चाहदैन, सबै राम्रो बन्न चाहन्छन् । बदमासलाई सुध्रिने मौका दिनुपर्छ, हामीले सुधार्न मार्गप्रशस्त गर्नुमा नै वुद्धिमता हुनेछ । पापीसँग पनि प्रेम गर्नुपर्छ, भनाईको मुल आशय हो । मेरो प्रश्न के छ भने यदि नसुध्रिएर फेरी–फेरी कु–कार्य गर्न लाग्दैछन भने समाजले पापीलाई मार्न के को हर्ज ? वर्तमान समयमा समाज र देशका लागि हिंसालाई पनि स्विकार गर्ने अहिंसावादीको खाँचो छ । अब आउने पिँढी र सन्ततीको लागि हिंसालाई स्विकार गर्ने समाजको जरुरी छ । अनि मात्र समाप्त हुनेछ ‘गुन्डाराज’ ।
    अन्त्यमा, वर्तमान परिस्थितिमा समाजमा समाजिक क्रान्ति हुनु जरुरी छ । मिथिला राज्यको लागि संघर्ष गर्ने समयको हामीलाई अहिले खाँचो देखिदैन । जहाँ समाजको लागि क्रान्ति हुन्छ, त्याहाँ विकासको सम्भावना र आधारको पहिचान हुन्छ भन्ने बिसर्नु हुँदैन । हरेक समाजिक क्रान्तिले समाजमा रहेका विकृतिको जड उखाल्न मद्दत गर्छ । तर यसप्रति यहाँ बडे–बडेले पनि बेवास्ता गर्नु दुःखद कुरा हो । गहिरो तवरले बुझ्नुपर्ने कुरा के हो भने ‘समाजबाट लिनु ठुलो होईन, दिनु ठुलो हो भनी सबैले बुझ्न सक्नुपर्दछ ।’
     
  • शहिद पत्रकार उमा कर्मले अमर भईन

    * विनय कुमार
    पत्रकार समाजको वकिल होइन प्रवक्ता हो । दमित–शाषितहरुको आवाज हो । एक पत्रकारले पर्दा पिछाडी बसेर भित्र रहेका नाइके र भिलेनलाई पर्दा अगाडि ल्याउने काम गर्दछ । यसमै आफ्नो जिवन व्यतित गर्नेहरु सच्चा पत्रकार हो भनि हामीसबैले बुझ्नु जरुरी छ । पत्रकारिता पेशामा आएका चुनौतिलाई सहजतापुर्वक स्विकार गर्नु नै पत्रकारको धर्म हो भन्नु महत्वपुर्ण ठट्टा होइन् । तर हाम्रो बर्तमान समाजमा गरिने पत्रकारिता दिनानुदिन असुरक्षित हुँदै जानु बडो दुःखजिलो कुरा हो । सर्वप्रथम म सहिद पत्रकार उमा सिँह, सञ्चार उद्यमी अरुण सिँघानिया, जमिम शाह, पत्रकार विरेन्द्र साह, यादवराज पौडेल, डोकेन्द्र थापा लगायत सबै–सबैमा श्रद्धाञ्जली अर्पण गर्दछु । कल्पित आत्माहरुले शान्ति पाऊन । जटिल बाटो र चुनौतिलाई सामना गर्नेहरु यस जगतमा थोरै जन्मिने गर्दछ । त्यसै मध्यका यि नामहरु हुन् । मुलतः म मिथिला भुमि९जनकपुर०मा पत्रकारिता क्षेत्रमा पाइला टेक्नु आगावै एक नाम अमर भइसकेका थिए । बाँकी थियो त केवल तस्विर, बोलि र केहि मिठा शब्दहरु । उनि थिइन एक कर्मठ महिला पत्रकार उमा सिँह । म उमालाई चिन्दिन, उनको पेशाप्रतिको निष्ठाभावलाई मात्र जानेको छु । उनी रेडियो टुडे ९१ मेगाहर्जबाट प्रसारीत ‘गरमा गरम चाह’ र ‘काल धव्नी’ भन्ने कार्यक्रमबाट लोकप्रिय समेत थिइन् । सिरहा मिर्चैया गम्हरिया गाबिस–४ प्रिपाका उमा कलम र बोलिले समाज रुपान्तरण गर्ने अटुट साहस गरेकी थिइन् । तर दुश्मनको आँखामा उनी कसरी–कतिबेला तगारो बनीन त्यो अन्यौलता अझै दुर हुनसकेको छैन । उनी लेख्ने हात मात्र काटिएन बोलि बोल्ने गला, हिँड्ने खुट्टा पनि काटि दिइन् । शहिद उमाका विषयमा बोल्ने र लेख्ने धेरै तितामिठा शब्दहरु म सँग छैन । मेरा एक सहकर्मी मनिका खतिवडाले उनलाई सम्झिदै भनिन्– ‘उमा दिदी सबैसँग नरम तवरले प्रस्तुत हुनुहुन्थ्यो, बोल्ने शैलि उनको बडो रोचक थियो तर हत्याराले यस दुनियाबाट निमर्मता पुर्वक हत्या गरिदिए ।’ हामीमाझ अहिलेसम्म केहि यस्ता घुम्रिएको कुराहरु छन् जो स्वयँ पत्रकारहरुले समेत बोल्न हिचकिचाइ रहेका छन् । सत्य–असत्य र बास्तविकता के हो रु भन्ने आवाजहरु जति उठेतापनि नेपाल सरकारले कुनै चासो नलिनु बडो दुःखद कुरा हो ।
    अब, म यहाँ पत्रकारिता क्षेत्रमा देखिएका केहि विकृति विसङ्गतिको कुरा गर्दा बडो सान्र्दभिक हुनेछ । पत्रकारिता क्षेत्रमा तोकिएको मापदण्ड अनुसार यस क्षेत्रमा हदसम्म केहि मात्र सदुपयोग हुनसकेका छन् भन्दा पनि दुरुपयोग बेसी भएको देखिन्छ । त्यो हो गैर पत्रकारहरुको पत्रकारिता क्षेत्रमा बिगबिगी । यहाँ शिक्षक, व्यापारी, पसले पत्रकार भएका छन् । दिन रात मिहिनेत गर्ने श्रमजिवी पत्रकारहरु मात्र श्रम शोषणमा पर्ने गरेको देखिनमा नआएको होइन् । तर ठु–ठुला गफ हाँक्ने देखि लिएर लाखौँ लाख रकम हिनामिना गर्ने खेल खेल्न पनि उनीहरु नै सक्षम हुन्छन् । तापनि यस्ता कुराहरुलाई उपल्लो तहमै मिलान हुने गरेको कुरा स्पष्ट छ । यहाँ बडो रोचक प्रसङ्ग के हो भने आफु पत्रकारभएपछि श्रीमति र छोरीलाई पनि पत्रकार महासँघको सदस्यता दिन लगाउने गर्छन । कतिपय पत्रकारहरुले स्थानिय निकायसँग समाचार प्रसारण÷प्रकाशण गर्ने नगर्ने बारे सम्झौता समेत गर्न भ्याउँछन् । ध्यान पु¥याउनुपर्ने कुरा के हो भने ‘पत्रकारले व्यक्तिगत फाइदाको लागि जब जब समाजसँग सम्झौता गर्छन तब समाजमा अपराधीहरु टाउको ठाडो पार्ने मौका पाउँछ ।’ समग्र देशकै परिवेशमा रहेर कुरा गर्दा यहाँ कतिपय महिला पत्रकारहरुमाथि हुने दुव्र्यवहार गौण हुन्छन् । तर यस्ता समस्याहरुको समाधान खोज्ने प्रयास बर्तमान समयसम्म हुननसक्नु कदापी न्यायोचित हुँदैन । स्मरणीय रहोस्–नेपाल पत्रकार महासँघका केन्द्रिय कोषाध्यक्ष शितल साहकै रेडियो जनकपुरमा पत्रकारहरुमाथि दुव्र्यवहार भएको थियो । तर त्यस्ता कुराहरु हावा जस्तै आए र गए । पत्रकारिता क्षेत्रमा यस्ता घटना घटेपनि कसैले बदलिने र बदल्ने कोशिस समेत गरेनन् । चिनका एक दार्शनिक देङ सियाओ पिङको भनाई छ–“बिरालो कालो हो कि सेतो त्यसको मतलब हुँदैन, मुख्य कुरा त्यो बिरालोले मुसा मार्छ कि मार्दैन भन्नु मात्र हो ।”
    गत तिनसाल पहिले एक प्रोफेसर नेपाली पत्रकारिता विषयमा पित–पत्रकारिता, असल पत्रकारहरुमा हुनुपर्ने गुणहरु पढाउँदै हुनुहुन्थयो । त्यतिबेला मैले सरसँग गरेको एउटा सवाल सम्झिन्छु–‘धनुषामा असल पत्रकारको नाम लिनुपर्दा कसको लिने रु’ को हो असल पत्रकार रु यो प्रश्न सुनेर पढाउँदै गरेको सरले शिर्षक तुरुन्तै बदलिदिएको ताजा छ । यसको जवाफ दिन किन चाहनुभएन रु भन्ने खुलदुलि आज पनि मेरो मनमा लागेको छ । बर्तमान परिस्थितिमा द्वन्द्वकालताका समयमा हत्या भएको पत्रकार डोकेन्द्र थापाको घटनाले राम्रै चर्चा पाइरहेको छ । यता बर्तमान सरकारले भने केहि दलगत मानवअधिकारीबादीको उक्साहटमा यो मुद्यालाई बढावा दिएको बताइदैछ । नेपाल पत्रकार महासँघ, प्रेस युनियन र प्रेस चौतारी लगायतका सँघसँस्थाहरुले बाबुरामले दिएको अभिव्यक्तिप्रति देशैभर विरोध समेत गरिरहेका छन् । के सरकारले अपराधीलाई दण्ड दिन्छन कि प्रश्रय । यस घटनाले के निकास दिन सक्छ त्यो भने हेर्न बाँकी नै छ ।
    अन्त्यमा, पत्रकारिता क्षेत्रमा रहेको बर्तमान समस्याको समाधान गर्न अबेर गर्नु बुद्धिमता हुँदैन । प्रत्येक पत्रकारको हत्या घटना बारे छानबिन गरि सत्यतथ्य बाहिर निकाल्नुपर्दछ । अनि मात्र यो देशमा स्वच्छ पत्रकारिता गर्ने पत्रकारहरुको पहिचान हुन्छ । यस्तै भइरहे ‘चोर–साधु एकै थालमा’ जस्तै हुन्छ । बडो गहिरो तवरले बुझ्नु पर्ने कुरा के हो भने ‘यहाँ सबैको आत्मा अमर हुँदैन, शहिद पत्रकार उमा सिँह कर्मले अमर भइन’ भनि बुझ्नुपर्दछ । विराङ्गणा उमाप्रति हार्दिक श्रद्धाञ्जली सहित।। (लेखक क्रान्तिकारी पत्रकार संघ धनुषाका उपाध्यक्ष हुन) 
रुचाईएका सामाग्री
ss
बेल निमन्त्रणा र शोभा यात्रा
महेशकुमार दास  महोतरी ४ कार्तिक वडा दशैंको अवसरमा महोत्तरीको विभिन्न शक्तिपीठहरुमा बेल निमन्त्रणका लागि आज शोभा यात्रा निकालेका छन् । जिल्लाको मटिहानी, जलेश्वर, पिपरा, गौशाला, रामगोपालपुर, सम्सी लगायतका ..
ss
महिलाको नजरमा पुरुष सेक्स मेसिन
एजेन्सी, जनकपुर, जेठ ११, सायद धेरै महिलाले यो सोँच्दछन् की पुरुषहरु सधैँ सेक्सका लागि तयार हुन्छन् । यो मान्यता २०÷२२ वर्षको तन्नेरीको हकमा त सही हुन सक्ला तर परिपक्व उमेरका अर्थात् पाको पुरुषको हकमा गलत सावित ..
ss
जनकपुर उपमहानगरपालिका प्रति नकारात्मक असर
धर्मराज, १८ चैत, जनकपुर ।  जनकपुर उपमहानगरपालिका ले नगरको फोहर उठाउन बन्द गरेको छ । उपमहानगरपालिका ले नगरको फोहर उठाउन बन्द गरेकोले अहिले जताजतै विभिन्न चौकमा फोहरको डुगंर जम्मा भएको छ।यस्ले गर्दा स्थानिय ..
ss
मधेशमा निर्वाचनको समस्या , प्रमुख निर्वाचन आयुक्त....
धर्मराज,४ चैत्र, जनकपुर । निवौचन कार्यालय धनषाले जिल्ला प्रशाशन कार्यालय मा स्थानिय निर्वाचन बारे डाकिएको बैठक मधेशी मोर्चाले बहिष्कार गरेको छ ।स्थानिय निर्वाचन बारे र प्रतिनिधिहरु तोक्ने समबन्धमा ..
ss
जनकपुर उपमहानगरपालिका को आवश्यक टेलिफोन र फैक्स बन्द
धर्मराज,  १७ चैत, जनकपुर । जनकपुर उपमहानगरपालिका को अति आवश्यक टेलिफोन र फैक्स बन्द अवस्थामा रहेको छ । आग लागी बखत को बेला खबर गरिने उपमहानगरपालिका को सब भन्दा महत्वपुर्ण नम्बर ०४१५२००११ को टेलीफोन सेट खराब ..
ss
१५ रानी, ३० बच्चा र १०० नौकर सहित भारत आए स्वाजीलैंड का राजा
जनकपुरखबर, कात्तिक १३ ,०७२।  नयाँ दिल्ली , भारत अफ्रीका शिखर सम्मेलन मा ५४ देशका प्रतिनिधिहरु भाग लिरहेका छन । यस्मा स्वाजीलैंड नाम गरेको गरीब देश को अमीर राजा मस्वाती तृतीय आफ्ना १५ रानी, ३० बच्चा र १०० नौकर सहित ..
अन्तर्वार्ता
ss सीमांकन बेइमान अमिनले खराब जमिनको कित्ताकाट गरे जस्तो
थारु र मधेसी मिल्दा तीन नेतालाई पीडा भएको छ----- तराई मधेस लोकतान्त्रिक पार्टीका सह-अध्यक्ष हृदयेश त्रिपाठी तार्किक नेता मानिन्छन् । संविधानको मस्यौदा एवं प्रदेशको सीमांकनलाई लिएर मधेसवादी नेतामाथि लागिरहेका ..
विचार
ss तरार्इमा चुनाव कि आन्दोलन ?
भरत लामिछाने......दोस्रो चरणको स्थानीय चुनावको मुखमा यतिबेला तराई(मधेसमा अन्यौलको वातावरण छ । एकातिर सरकारले तराईका जायज मागहरु पूरा गर्नुपर्ने दायित्व छ । अर्कातिर, सरकारको नियन्त्रण बाहिरको माग पूरा गराउन ..
ss रामेछापका बाहुन कसरी पुगे जनकपुर
विमल पोखरेल----- नेपालमा संघीय प्रदेशहरुको सीमांकन सम्वन्धी दलहरुको सहमति सार्वजनिक भएसँगै जनताहरु आ(आफ्ना प्रदेशका विशेषता, साँस्कृतिक पहिचान, आर्थिक सामथ्र्य र सम्भाब्य राजधानीको अवस्थितिलाई आधार बनाएर ..
रोचक विश्व
ss १५ रानी, ३० बच्चा र १०० नौकर सहित भारत आए स्वाजीलैंड का राजा
जनकपुरखबर, कात्तिक १३ ,०७२।  नयाँ दिल्ली , भारत अफ्रीका शिखर सम्मेलन मा ५४ देशका प्रतिनिधिहरु भाग लिरहेका छन । यस्मा स्वाजीलैंड नाम गरेको गरीब देश को अमीर राजा मस्वाती तृतीय आफ्ना १५ रानी, ३० बच्चा र १०० नौकर सहित इंडिया आएका छन ।खास कुरा के छन भने उनी १५ रानी, ३० बच्चा र १०० भन्दा अधिक नौकरहरुको साथ नयाँ दिल्ली को एक मंहगो होटलमा बसेका छन ।उनी माथी आफ्ना प्रतिनिधिमंडल का सरकारी सदस्यहरु लाई ..
ss जापान मा लिङ्ग मेला ।।
(एजेन्सी) जापानको कावासाकी शहरमा प्रत्येक वर्ष अप्रील ५ मा मनाईने लिङ्ग मेलाको आयोजना यस वर्ष पनि गरिएको छ । विश्वकै सबैभन्दा ठूलो लिङ्ग मेलाका रुपमा चर्चित सो मेलामा सबै सामानहरु पुरुष लिङ्ग जस्तै देखिने वस्तुहरु बोकेर पुरुष तथा महिलाहरु समेत सडकमा घुम्ने गर्छन् । मेलामा सहभागी महिलाहरुहरुले पुरुष लिङ्गको आकारमा बनाइएका ललिपपहरु चुस्दै खुल्लारुपले सडकमा हिंडछन । एक किवदन्ती ..
ss छालामा हुक खोपेर पार गर्र्दै १,७४७ फीट चौडाइको नदी
एजेन्सी , ट्यारोलिन ट्रेवर्स सामान्यतया पर्वतारोहण अथवा नदिहरुलाई पार गर्ने समयमा गरिन्छ । समस्या परेको बेलामा यसको उपयोग अझ बढि गरिन्छ । मात्र एउटा डोरीको सहायताले मानिसहरु गुरुत्वाकर्षणको प्रयोग गरेर एउटा अन्त्य देखि अर्को अन्त्य सम्म पुग्ने गर्दछन् । १९ औँ शताब्दिको अन्त्यमा आल्प्स श्रृंखलाको ट्यारोलिनमा यसको प्रयोग गरिएको थियो ।यसैलाई निरन्तरता दिदैँ २३ वर्षकी मारिया ..
अपिल