अन्तर्वार्ता
  • सीमांकन बेइमान अमिनले खराब जमिनको कित्ताकाट गरे जस्तो

    थारु र मधेसी मिल्दा तीन नेतालाई पीडा भएको छ-----
    तराई मधेस लोकतान्त्रिक पार्टीका सह-अध्यक्ष हृदयेश त्रिपाठी तार्किक नेता मानिन्छन् । संविधानको मस्यौदा एवं प्रदेशको सीमांकनलाई लिएर मधेसवादी नेतामाथि लागिरहेका विभिन्न आरोपबारे अनलाइनखबरले त्रिपाठीसँग कुराकानी गरेको छ ।
    सीमांकन नगर्दा पनि विरोध गर्ने, गर्दा पनि विरोध गर्ने किन ? हिजो मधेसको अलग्गै प्रदेश चाहियो भन्ने, आज फेरि किन विरोध ? यी प्रश्नहरुको जवाफ त्रिपाठीले यसरी दिए :...
    पहिलो मस्यौदा आएपछि तपाईहरुले संघीयता नै नल्याउने षड्यन्त्र भयो भन्नुहुन्थ्यो । तर, चारदलले तपाईहरुलाई गलत सावित गरे, होइन ?
    कुन ठूलो कुरा भो ? सीमांकन गरेका थिएनन् र हामीले गरेनन् भन्यौं । सर्वोच्चले पनि भनेको हो । ३० दलमा हुँदा प्रचण्डले पनि भनेकै हो । ३० मा हुँदा एउटा सत्य हुने, ३० दल छाडेपछि अर्कै सत्य हुने हुन्छ र ? सत्य भनेको सत्य हुन्छ ।
    पहिले सीमांकन नभई हुँदैन भन्नुभो । अहिले भएपछि मान्दैनौं भन्नु भो नि ?
    अहिले गलत सीमांकन भएको छ, हामी गलत सीमांकन भन्दैछौं ।
    संघीयताको आवश्यकता किनपर्यो भने सबैको राज्य हुन सकेन । देश हाम्रो हो, राज्य हाम्रो हुन सकेन भन्ने धेरै समुदाय, जाति, धर्म र क्षेत्रका मानिसहरुले भने । त्यसले हामीले संघीयता अपनाउन खोजेका हौं ।
    एउटा प्रस्ताव उहाँहरुले त्याउनुभयो आकाशे कित्तासहितको संघीयता । प्रदेशहरु जुन आधारमा बन्छन् भनिएको थियो, त्यो आधारमा भएको छ त ? अब त्यहाँ केलाउनुपर्छ । पहिचानका पाँच र सामथ्र्यका चारका आधारमा प्रदेशहरु निर्माण गर्ने भन्ने सहमति भएको थियो । त्यसमा हाम्रो पनि विमति छैन ।तर, सीमांकन गर्दा एउटा बेइमान अमिनले खराब जमिनको कित्ताकाट गरे जस्तो हिसावले सीमांकन गरिएको छ । कुनै मापदण्ड छैन । म उदाहरण दिएर भन्छु, १८६० मा नयाँ मुलुकका रुपमा आएको कञ्चनपुर, कैलाली, बाँके र बर्दियाको सहकार्य बढी हो कि पछिल्ला दिनको सहकार्य बढी हो ? जुन भीम रावल र शेरबहादुरले भन्नुहुन्छ, त्यो सही हो कि कमैयाका लागि थारु चाहिएको हो ?
    पश्चिम पहाडका जमिनदार ठकुरी बाबुसाहेबहरुका लागि हली र कमैया चाहिएकाले छोड्न नखोज्नु भएको हो । तर, कहिल्यै पनि माथिका जिल्लाहरुसँग कञ्चनपुर, कैलाली, बाँके र बर्दियाको सहकार्य भएन ।
    त्यसमा त एमाओवादी र फोरम लोकतान्त्रिकको फरक मत छ र सच्याउनुपर्छ भन्ने आवाज पनि हस्ताक्षरकर्ता दलहरुबाटै आइसकेको छ नि ?
    म पार्टी पार्टीमा जान्न, जे छ त्यसमा भन्दैछु । रियलाइज गर्नुभएको छ भने कुनै उपकार पनि गरिरहनु भएको छैन । मापदण्ड के त त्यसो भए ? त्यस्तै तराई मधेसको भूगोल कुनै बिजित प्रदेश होइन । यसलाई म अण्डरलाइन गरेर भन्दैछु, कुनै शाह राजाहरु, राणाजीहरु वा नेपाली सेनाले विजय प्राप्त गरेको भूमि होइन । सम्झौताको भूमि हो र सम्झौता हुँदा त्यहाँ मानिसहरु थिए । बरु औलो उन्मूलन भएपछि बसाइँ सराइँ बढेको हो । त्यो भूगोल एउटा प्रदेशका रुपमा रहनुपर्छ, किनभने त्यो भौगोलिक रुपमा नै भेदभाव भएको क्षेत्र हो । झापाको जनसंख्या र मतदाता ०१५ सालको निर्वाचनमा कस्ता थिए ? ८९ प्रतिशत गनगाई, राजवंशी, ताजपुरिया थिए । त्यसलाई केही स्वीकार नगर्ने अनि महेन्द्रकालीन जिल्ला, अञ्चल र कथित विकास क्षेत्रको विभाजनलाई सीमानाका रुपमा लिइएको छ । त्यसकारण अहिलेको सीमांकन कुनै पनि बैज्ञानिक, आर्थिक वा पहिचान र सामर्थका आधारमा गरिएको छैन । केही नेताहरुले आफ्नो निर्वाचन क्षेत्र र प्रभाव क्षेत्रलाई सुरिक्षत गर्न गरिएको ऐतिहासिक गद्दारी हो ।हाम्रो अझै पनि भनाइ के हो भने कुनै मापदण्ड बेगर सीमांकन भएको छ । यसको एक मात्र उद्देश्य परम्परागत कालदेखि खस आर्यको शासनलाई सुरक्षित गर्न यो प्रदेशहरु बनाइएको हो ।
    तर, हस्ताक्षरकर्ताहरु संयुक्त पहिचानको प्रदेशहरु बनेको छ । र, मधेसमा त एकल पहिचानकै आधारमा प्रदेश बनेको छ भन्छन् नि ? त्यस्तोमा तपाईहरु पनि खुसी हुनुपर्ने होइन ?
    अज्ञानीहरुलाई मैले केही भन्दैन । ज्ञानीले अज्ञानीको नाटक गर्यो भने नाटक ठहरिन्छ । त्यो प्रदेशमा खाली मधेसी मात्र छन् ? पहाडे मुलका पनि छन् । उहाँहरुले जे भन्न खोज्नुभएको छ, त्यो गलत छ, त्यो भूभागमा सबै छन् ।अर्को, हरेक प्रदेशलाई भारतको सीमासँग जोड्ने नाटक गरिएको छ । प्रदेश नम्बर ४ लाई नवलरासीको सुस्ता, बरघाटसम्म ल्याएर के खोजिएको हो भने बाबुराम भट्टराई र रामचन्द्र पौडेलले आफ्नो हालिमुहाली हुने प्रदेशलाई भारतसँग जोड्न खोज्नु भएको मात्र हो । कुनै मापदण्ड छैन । आफ्नै देशका जनतामाथि विश्वास नगर्ने अनि भारतमाथि अगाध विश्वास छ । अनि राष्ट्रियताको कुरा हामीसँग गर्ने ? कम्मल ओढेर घिउ पिउने अनि हामीलाई राष्ट्रियताको कुरा सिकाउने ? यस्ता छद्म राष्ट्रवादीहरु महेन्द्रका अवतारहरु हुन् । र, नेपालले त्यही दुःख पाउनेछ, जुन महेन्द्रको कथित राष्ट्रवादले दुःख पाएको थियो ।
    मगरातलाई तीन टुक्रामा बाँडिएको छ । किनभने खस आर्यको बाहुल्यता रहोस् भनेर ।
    तर, बढी जनसंख्या भएका जाति, भाषा वा समुदायको बाहुल्यताका आधारमा त प्रदेश नम्बर २ एकल पहिचान नै हुन्छ होइन र ?
    ६ वटा प्रदेशमध्ये पाँचवटा प्रदेशमा खस आर्यहरुकै बाहुल्यताको प्रदेश बनाइएको छ । एउटाको बाहुल्यता भएको स्वीकार नगर्ने अनि अर्कोलाई खाली मधेसीहरुका लागि मात्र दिएको भनेर आडम्बरी र झुटको कुरा गर्ने ? यो तर्क काम लाग्दैैन । पहिले अध्ययन गर्नुस् ।
    जसले सीमांकन गरे, उनीहरुले अध्ययन नै गरेका छैनन् त ?
    अध्ययन किन गर्नु हुन्न भने नियत सफा छैन । नियत के हो भने खस आर्यको प्रभुत्वलाई केन्द्र र प्रदेशमा कायम गर्ने । यसको उदाहरण नै दिन्छु । मस्यौदामा खस आर्यको मात्र परिभाषा गरिएको छ । दलितको परिभाषा हुँदैन ? आदिवासी जनजाति, मधेसीको परिभाषा हुँदैन ? तर, खस आर्यको मात्र परिभाषा गर्नुको नियत के हो भने समानुपातिक सीट सुरक्षित गर्नु हो । र, प्रभुत्वलाई निरन्तरता दिन संवैधानिक आवरणले छोप्न खोजिएको हो ।
    पहिलो मस्यौदा आएपछि तपाईहरुले संघीयता नै नल्याउने षड्यन्त्र भयो भन्नुहुन्थ्यो । तर, चारदलले तपाईहरुलाई गलत सावित गरे, होइन ?
    कुन ठूलो कुरा भो ? सीमांकन गरेका थिएनन् र हामीले गरेनन् भन्यौं । सर्वोच्चले पनि भनेको हो । ३० दलमा हुँदा प्रचण्डले पनि भनेकै हो । ३० मा हुँदा एउटा सत्य हुने, ३० दल छाडेपछि अर्कै सत्य हुने हुन्छ र ? सत्य भनेको सत्य हुन्छ ।
    पहिले सीमांकन नभई हुँदैन भन्नुभो । अहिले भएपछि मान्दैनौं भन्नु भो नि ?
    अहिले गलत सीमांकन भएको छ, हामी गलत सीमांकन भन्दैछौं ।
    संघीयताको आवश्यकता किनपर्यो भने सबैको राज्य हुन सकेन । देश हाम्रो हो, राज्य हाम्रो हुन सकेन भन्ने धेरै समुदाय, जाति, धर्म र क्षेत्रका मानिसहरुले भने । त्यसले हामीले संघीयता अपनाउन खोजेका हौं ।एउटा प्रस्ताव उहाँहरुले त्याउनुभयो आकाशे कित्तासहितको संघीयता । प्रदेशहरु जुन आधारमा बन्छन् भनिएको थियो, त्यो आधारमा भएको छ त ? अब त्यहाँ केलाउनुपर्छ । पहिचानका पाँच र सामथ्र्यका चारका आधारमा प्रदेशहरु निर्माण गर्ने भन्ने सहमति भएको थियो । त्यसमा हाम्रो पनि विमति छैन ।तर, सीमांकन गर्दा एउटा बेइमान अमिनले खराब जमिनको कित्ताकाट गरे जस्तो हिसावले सीमांकन गरिएको छ । कुनै मापदण्ड छैन । म उदाहरण दिएर भन्छु, १८६० मा नयाँ मुलुकका रुपमा आएको कञ्चनपुर, कैलाली, बाँके र बर्दियाको सहकार्य बढी हो कि पछिल्ला दिनको सहकार्य बढी हो ? जुन भीम रावल र शेरबहादुरले भन्नुहुन्छ, त्यो सही हो कि कमैयाका लागि थारु चाहिएको हो ?पश्चिम पहाडका जमिनदार ठकुरी बाबुसाहेबहरुका लागि हली र कमैया चाहिएकाले छोड्न नखोज्नु भएको हो । तर, कहिल्यै पनि माथिका जिल्लाहरुसँग कञ्चनपुर, कैलाली, बाँके र बर्दियाको सहकार्य भएन ।
    त्यसमा त एमाओवादी र फोरम लोकतान्त्रिकको फरक मत छ र सच्याउनुपर्छ भन्ने आवाज पनि हस्ताक्षरकर्ता दलहरुबाटै आइसकेको छ नि ?
    म पार्टी पार्टीमा जान्न, जे छ त्यसमा भन्दैछु । रियलाइज गर्नुभएको छ भने कुनै उपकार पनि गरिरहनु भएको छैन । मापदण्ड के त त्यसो भए ? त्यस्तै तराई मधेसको भूगोल कुनै बिजित प्रदेश होइन । यसलाई म अण्डरलाइन गरेर भन्दैछु, कुनै शाह राजाहरु, राणाजीहरु वा नेपाली सेनाले विजय प्राप्त गरेको भूमि होइन । सम्झौताको भूमि हो र सम्झौता हुँदा त्यहाँ मानिसहरु थिए । बरु औलो उन्मूलन भएपछि बसाइँ सराइँ बढेको हो । त्यो भूगोल एउटा प्रदेशका रुपमा रहनुपर्छ, किनभने त्यो भौगोलिक रुपमा नै भेदभाव भएको क्षेत्र हो ।झापाको जनसंख्या र मतदाता ०१५ सालको निर्वाचनमा कस्ता थिए ? ८९ प्रतिशत गनगाई, राजवंशी, ताजपुरिया थिए । त्यसलाई केही स्वीकार नगर्ने अनि महेन्द्रकालीन जिल्ला, अञ्चल र कथित विकास क्षेत्रको विभाजनलाई सीमानाका रुपमा लिइएको छ ।त्यसकारण अहिलेको सीमांकन कुनै पनि बैज्ञानिक, आर्थिक वा पहिचान र सामर्थका आधारमा गरिएको छैन । केही नेताहरुले आफ्नो निर्वाचन क्षेत्र र प्रभाव क्षेत्रलाई सुरिक्षत गर्न गरिएको ऐतिहासिक गद्दारी हो ।हाम्रो अझै पनि भनाइ के हो भने कुनै मापदण्ड बेगर सीमांकन भएको छ । यसको एक मात्र उद्देश्य परम्परागत कालदेखि खस आर्यको शासनलाई सुरक्षित गर्न यो प्रदेशहरु बनाइएको हो ।
    तर, हस्ताक्षरकर्ताहरु संयुक्त पहिचानको प्रदेशहरु बनेको छ । र, मधेसमा त एकल पहिचानकै आधारमा प्रदेश बनेको छ भन्छन् नि ? त्यस्तोमा तपाईहरु पनि खुसी हुनुपर्ने होइन ?
    अज्ञानीहरुलाई मैले केही भन्दैन । ज्ञानीले अज्ञानीको नाटक गर्यो भने नाटक ठहरिन्छ । त्यो प्रदेशमा खाली मधेसी मात्र छन् ? पहाडे मुलका पनि छन् । उहाँहरुले जे भन्न खोज्नुभएको छ, त्यो गलत छ, त्यो भूभागमा सबै छन् ।अर्को, हरेक प्रदेशलाई भारतको सीमासँग जोड्ने नाटक गरिएको छ । प्रदेश नम्बर ४ लाई नवलरासीको सुस्ता, बरघाटसम्म ल्याएर के खोजिएको हो भने बाबुराम भट्टराई र रामचन्द्र पौडेलले आफ्नो हालिमुहाली हुने प्रदेशलाई भारतसँग जोड्न खोज्नु भएको मात्र हो । कुनै मापदण्ड छैन । आफ्नै देशका जनतामाथि विश्वास नगर्ने अनि भारतमाथि अगाध विश्वास छ । अनि राष्ट्रियताको कुरा हामीसँग गर्ने ?कम्मल ओढेर घिउ पिउने अनि हामीलाई राष्ट्रियताको कुरा सिकाउने ? यस्ता छद्म राष्ट्रवादीहरु महेन्द्रका अवतारहरु हुन् । र, नेपालले त्यही दुःख पाउनेछ, जुन महेन्द्रको कथित राष्ट्रवादले दुःख पाएको थियो ।
    मगरातलाई तीन टुक्रामा बाँडिएको छ । किनभने खस आर्यको बाहुल्यता रहोस् भनेर ।
    तर, बढी जनसंख्या भएका जाति, भाषा वा समुदायको बाहुल्यताका आधारमा त प्रदेश नम्बर २ एकल पहिचान नै हुन्छ होइन र ?
    ६ वटा प्रदेशमध्ये पाँचवटा प्रदेशमा खस आर्यहरुकै बाहुल्यताको प्रदेश बनाइएको छ । एउटाको बाहुल्यता भएको स्वीकार नगर्ने अनि अर्कोलाई खाली मधेसीहरुका लागि मात्र दिएको भनेर आडम्बरी र झुटको कुरा गर्ने ? यो तर्क काम लाग्दैैन । पहिले अध्ययन गर्नुस् ।
    जसले सीमांकन गरे, उनीहरुले अध्ययन नै गरेका छैनन् त ?
    अध्ययन किन गर्नु हुन्न भने नियत सफा छैन । नियत के हो भने खस आर्यको प्रभुत्वलाई केन्द्र र प्रदेशमा कायम गर्ने । यसको उदाहरण नै दिन्छु । मस्यौदामा खस आर्यको मात्र परिभाषा गरिएको छ । दलितको परिभाषा हुँदैन ? आदिवासी जनजाति, मधेसीको परिभाषा हुँदैन ? तर, खस आर्यको मात्र परिभाषा गर्नुको नियत के हो भने समानुपातिक सीट सुरक्षित गर्नु हो । र, प्रभुत्वलाई निरन्तरता दिन संवैधानिक आवरणले छोप्न खोजिएको हो ।यो समग्र मस्यौदा र प्रदेश विभाजनको एक मात्र उद्देश्य के हो भने एउटै समुदायको केही जाति विषेशको कब्जामा राज्यलाई राखिराख्नु । जो स्थायी सत्ता सेना, प्रहरी, अदालत, प्रशासनमा जसको बहुल्यता छ, उनीहरुकै सत्तालाई निरन्तरता दिन र सुरक्षित गर्न प्रयोगहरुको विभाजन भएको हो । हाम्रो लागि यो अस्तित्वको लडाइ हो ।यदि साम्प्रदायिकताको कुरा गर्ने हो भने कांग्रेस, एमाले, एमाओवादी राप्रपाले एकजना मधेसीलाई पहाडबाट जिताएर देखाएका छन् ? मधेसले कृष्णप्रसाद भट्टराई बारम्बार काठमाडौंमा पराजित भएपछि वीरगञ्जले जिताएर देखाएको थियो । स्वयं प्रचण्ड काठमाडौंमा पराजित हुँदा सिराहाले जिताएर देखाएको छ । माधवकुमार नेपाल यहाँँ सुकुम्बासी भए, रौतहटले जिताएको छ ।मधेसीहरु साम्प्रदायिकता होइन, समिश्रण हुन चाहिरहेका छन् । हामीलाई सेनामा लेऊ, प्रशासनमा लेऊ, हरेक राज्यको निकायमा लेऊ भनिरहेका छन् ।
    समिश्रण त राज्य पुनःसंरचना अर्थात प्रदेशहरु पनि पनि चाहिएको होला नि ? मधेस र पहाडका जिल्लाहरु मिलाएर प्रदेश बनाउँदा किन आपत्ति ?
    राज्यको अंगमा खोजेको हो । अञ्चल, जिल्ला र प्रदेशमा होइन, राज्यमा समिश्रण खोजेको हो किनकि एकमुष्ट भएको बेलामात्र प्रतिनिधित्व हुन्छ ।अहिले पनि अर्को नाटक के हुँदैछ भने १ सय ६५ सदस्यीय प्रतिनिधिसभामा प्रत्येक जिल्लालाई एउटा सिट दिइनेछ । ७५ मध्ये ५५ अन्यत्र गयो, मधेसले २० वटा पायो । बाँकी ९० आधा आधा हुनेछ । जबकि अहिले मधेसको जनसंख्या देशको कुल जनसंख्याको ५१ प्रतिशत बढी छ । अन्तरिम संविधानको व्यवस्थाअनुसार बरु २ सय ४० मध्ये १ सय १६ वटा सीट मधेसले पाइसकेको छ ।
    तर, प्रचण्डले संसदमा बिहीबार तपाईहरुमाथि नै प्रश्न गर्नुभएको छ । पहिले ११ प्रदेश मान्नुभएन । अहिले ६ प्रदेशको विरोध पनि तपाईहरु नै गर्दै हुनुहुन्छ ?
    त्यसबेला लिखित केही भएको होइन । कुरो चल्ला चल्दै एमाओवादीका साथीहरुले स्वीकार नगरेपछि कुरा बिगि्रएको हो ।
    सहमति भाँडिएको तपाईहरुको कारण होइन ?
    होइन । उहाँहरुले दोष त हामीलाई लगाउनुहुन्छ । मधेसी भनेको त डम्पिङ साइज हो ।
    हिजै पनि संसदमा प्रचण्ड, सुशील कोइराला र केपी ओलीले मध्य पश्चिमको आन्दोलन स्वस्फुर्त र थारु मधेसीको आन्दोलन प्रयोजित भने । नियत । हामीले केही भन्यो भने देशभक्तिमाथि प्रश्न उठाउँछन् । त्यो बुंगाहरुले पनि अधिकार पाउँछन्, जो आफैं बुंगा छन् । इनफ इज इनफ । अब कति भयो ? यो अतिले धेरै क्षति नगरोस् । म राष्ट्रिय हिसाबले भन्दैछु, जुन ढंगले दुरी बढाइएको छ, एउटा समुदाय विशेषमाथि लक्षित गरेर प्रहार गरिँदैछ । यसले यो देशको राष्ट्रिय एकता भौगोलिक एकता भएको छ तर, मनोवैज्ञानिक र भावनात्मक एकतालाई टाढा गरेको छ । आपसमा फाटो लगाउन खोजिँदैछ । उहाँहरु भूलचुकले नेता हुनु भो । त्यसले गर्दा दुःख पाउने भो ।
    तर, हिजो त तपाईकै शब्दमा भूलचुकले नेता भएका प्रचण्डलाई नै नेता मानेर हिँड्नु भएको थियो ?
    चिन्न सकिएन । धोका भयो । जस्तो कांग्रेसले टाउकोको मूल्य तोकेकै हो, ओलीले अतंककारीहरुको झुण्डै भनेकै हो । अहिलेसँगै कस्तो मीठो सहकार्य भइरहेको छ । स्वार्थ हो । हिजोसम्म प्रचण्डजी कुर्लिएर भुक्नुहुन्थ्यो तर, आज आफ्नो लडाइँ आफैं लड्नपर्छ भन्ने प्रष्ट भएको छ ।
    आन्दोलनबाहेकको कुनै समाधान त होला नि ?
    इमान्दारी । सबैले हेर्ने दृष्टिकोण समान । भेदभाव अहिले भएकै हो । सबैलाई ज्ञान छ, त्यसका लागि एउटा स्वेत पत्र जारी गरे हुन्छ । मेरो भनाइ पनि मान्नुहुन्न, म अतिरन्जित होऔंला । तर, सेना, प्रशासनमा कसको कति छुट्याउँ न । त्यहाँबाटै प्रष्ट भइहाल्छ भेदभाव कति छ भनेर ।
    हामीलाई पनि लेउ भन्दा हाम्रो भाग खान आए भन्ने ब्यूरोक्रेट्सको मनोविज्ञान नेताहरुमा पनि सरेको छ । आलीले नै बाली खाएपछि कसले बताउने ? अब अहिलेको अवस्था दुर्भाग्यबस सुशील कोइराला एउटा पार्टीको सभापति र प्रधानमन्त्री दुबै हुनुहुन्छ । प्रचण्ड जी पराजित हुँदाहुँदा आत्मसमर्पणको अन्तिम विन्दुमा पुग्नु भएको छ । एनजीओ/आइएनजीओको सरदार केपी ओली एउटा पार्टीको अध्यक्ष बन्न पुग्नुभएको छ । जसमा विशेष गरेर तराई मधेसको जनताप्रति घृणा छ । मलाई लाग्छ, कुनै राजवंशीले उहाँको परिवारलाई दुःख दिएको हुनुपर्छ । यसरी तिरस्कृत हुँदै जाँदा उनले आफ्नो अन्तिम बाटो लिन थाल्यो भने मलाई लाग्छ, देशका लागि दुःखको दिन आउँछ ।
    मूर्त रुपमा भन्नुस् न, संघीयतामा के भयो भने मधेसको सहमति हुन्छ ?
    संघीयता मधेसले लडेर ल्याएको हो । संघीयताको सैद्धान्तिक ढाँचा मधेस आन्दोलनले लिएर आएको हो । यसलाई मधेस आन्दोलनले जोगाउँछ । अब अलिकति दुःख हामीले पनि पाउँछ, देशले पनि पाउँछ ।
    भनेको आन्दोलनबाटै सबै टुङ्गिन्छ ?
    एकदमै । अरु विकल्प छैन । पश्चिम तराई पुरै बलिरहेको छ र यो झन बढ्छ । किनभने यो अस्तित्वको लडाइ हो । अन्तिम लडाइ जस्तो ठानेका छन् त्यसका जनताले । तपाईलाई थाहा छ, कांग्रेस, एमाले, एमाओवादी र फोरम लोकतान्त्रिकका कार्यकर्ताले आफ्नै नेताको पुत्ला जलाइरहनुभएको छ ।
    तर, तपाईहरुले मधेसमा हुनुपर्छ भन्ने दाबी गर्दै आएको झापा, मोरङ र सुनसरीले त सीमांकनलाई स्वीकार गरिसक्यो
    जनताले स्वीकार गर्छ भने राखे भइगो । तर, पश्चिम तराईले त स्वीकार गरेन । जनताले चाहेनन् र त हामीले साथ दिइरहेका छौं । मैले सुने अनुसार सुनसरी र मोरङमा आन्दोलन उठिरहेको छ ।
    हिजो तपाईहरुले एक मधेस प्रदेश भनेर थारुहरुको अस्वित्व स्वीकार गर्नुभएन । उनीहरुले लडेर लिए । तर, प्रचण्डकै शब्दमा भन्ने हो भने अहिले तपाईहरुलाई माया लागेको हो ?
    थारु र मधेसी किन मिले भनेर तीनै नेतालाई मनैदेखि पीडा भएको छ । थारु मधेसी मिलेपछि के हतिगत हुन्छ भनेर थाहा छ साथीहरुलाई । मिलेर लड्छौं ।
    अर्को कुरा, प्रचण्डले यो शक्ति शन्तुलनको अधिकतम दस्ताबेज हो भनेका छन् । त्यही हो ?
    खस आर्यको एकता हो, शक्ति सन्तुलनको कुनै बाध्यता होइन । म पुरै होस हवासमा भन्दैछु, यो खस आर्यहरुको एकता हो । पहाडी बाहुनहरुको एकता हो । हिजोे ३० दलमा हुँदा शक्ति सन्तुलन अर्कै थियो ? त्यसबेला ज्ञान थिएन ?
    तर, उहाँले यो आठ वर्षमा हामी बीचमा जंगलमा अल्मलिएका थियौं । अहिले फेरि पुरानै ठाउँबाट यात्रा सुरु गरेँ भन्नुभएको छ नि ?
    ठीक छ । यदि उहाँले आफ्नो समग्र जीवन नै भूल गर्नुभएको रहेछ भने हाम्रो सहानूभूति छ । अरु केही गर्न सक्दैनौं ।
    भनेको तपाईहरु लडेरै एकल पहिचानका आधारमा प्रदेश बनाउन सक्नुहुन्छ ?
    एकल पहिचान हामीले भनको छैनौं । मिडियाले भनेको हो, उसलेे जवाफ देओस् ।
    हामी तराई मधेसको भूभाग अर्को प्रदेशमा मिसिनु हुन्न । किनभने तराई मधेससँगै एउटै भूगोल भएवापत एक किसिमको भेदभाव र दुव्र्यवहार गरिएको छ र त्यसको अन्त्यको बाटो भनेको त्यो भूगोल अर्कोमा मिसिनु हुन्न । हामीले एकल, दुकल भनेका छैनौं । तराई मधेसमा बस्ने पहाडी समुदायसँग हामीले नागरिकताबाहेक सबै भोगाइसँगै भोग्छौं ।
    तर, सप्तरीदेखि पर्सासम्मको प्रदेश नम्बर २ मा पहाड चाहियो भनेर आन्दोलन भइरहेको छ ।
    मैले त सुनिँन । कसले भन्यो । उनीहरुले यो मान्य हुँदैन भनेका छन् । झापा, मोरङ र सुनसरीलाई छाड्नु हुँदैन भनेका छन् । सीमांकनमा ठूलो षड्यन्त्र के भएको छ भने मधेसको कुनै पनि प्रदेशमा नारायणी, कोशी, कर्णाली र महाकाली चार ठूला नदीहरु छैनन् ।
    संविधानमा सहमतिका लागि तपाईहरुको बटमलाइन के ?
    उहाँहरुको नियत सफा हुनुपर्यो । तराई मधेसको भूभाग त्यहाँको प्रदेशमा रहनुपर्यो । बटमलाइन त्यही हो । संख्या बसेर छलफल गर्न सकिन्छ ... साभार (अनलाइनखबर ) २०७२ साउन ३० गते मा प्रकाशित 
  • एक्लै खुसी छु मनीषा कोइराला


    अभिनेत्री मनीषा कोइराला भूकम्पपछि नेपालमा छिन्। क्यान्सरमुक्त भएपछि उनी अहिले शान्ति र आत्मिक सुखको मार्गमा लागेकी छन्। साथै, केही फिल्मका अफरमा पनि विचार गरिरहेकी छन्।
    ....
    तपाईं भूकम्पपछि ग्रामीण भेगमा पुग्नुभयो। त्यहाँको अवस्था कस्तो पाउनुभयो?
    मानिसहरूको गरिबी देख्दा निकै पीडा भयो। गरिबीमाथि भूकम्पले झन् चोट दिएको छ। मलाई के लाग्यो भने, हामी प्राकृतिक स्रोतको सदुपयोग गरेर ग्रामीण भेगको जीवनस्तर उकास्न असफल भएका रहेछौं। तर राम्रो कुरा, उहाँहरू दु:खमा पनि हाँस्नुहुँदो रहेछ। कोही मान्छे धेरै पीडामा परेपछि भित्रबाटै धेरै कठोर हुन्छ तर त्यो छैन उहाँहरूमा। यस्तो आत्मबलको जति प्रशंसा गरे पनि अपुग हुन्छ।
    सरकारले के गर्नुपर्छ जस्तो लाग्छ?
    दाता सम्मेलनमा म पनि सहभागी भएँ। त्यति धेरै विदेशी सहयोग आएको छ। अब सरकारले अत्यन्त इमानदार भएर काम गर्नुपर्छ। ‘एक्सन’ को बेला हो यो। विवादकै कारण पुनर्निर्माण भएन वा ढिलो भयो भने पीडित झन् मर्माहत हुन्छन्। पुनस्र्थापना र पुनर्निर्माणलाई राजनीतिकरण गर्नु हुन्न, गरियो भने त्यो अपराध हुन्छ।
    अहिले तपाईं बलिउडलाई कतिको मिस गर्नुहुन्छ?
    अहिले एकान्तमै रमाइरहेको छु। पहिलेभन्दा मन निकै शान्त र स्थिर छ।
    क्यान्सरपछि बलिउडका फिल्ममेकरले कस्तो रेस्पोन्स गरे?
    महेश भट्ट, मुकेश भट्टले पनि फिल्मको प्रस्ताव गर्नुभयो। मलाई काम गराउन खोज्ने फिल्ममेकर धेरै हुनुहुन्छ। तर मैले आफू पूर्ण सन्तुष्ट भएको कथा र पात्रमा मात्र खेल्ने निर्णय गरेकी छु। पहिलेजस्तो पाएजति सबै होइन। किनभने अहिले मेरो समय निकै मूल्यवान छ। फिल्म खेल्दाभन्दा समस्यामा परेकालाई सहयोग गर्दा आत्मिक सुख मिल्छ। त्यही सुख खोज्ने प्रयासमा छु।
    अब फिल्मलाई प्राथमिकता दिनुहुन्छ कि सामाजिक सेवालाई?
    अहिले मलाई लाग्दैछ कि फिल्मका लागि समय घर्किएको छैन। पहिले धेरै गरियो, पछि पनि गर्न सकिन्छ। फिल्म भनेको आउँछ, जान्छ। तर क्यान्सर तथा अन्य घातक रोग लागेका बिरामीको मनोबल बढाउनु अत्यावश्यक छ। त्यसैले अब जिउने कला र स्वास्थ्यसम्बन्धी जनजेतना जगाउने कार्यक्रममा बढी सक्रिय हुनेछु। तर फिल्मलाई पूरै बेवास्ता गर्ने भन्नेचाहिं होइन।
    अहिले कुन फिल्ममा आबद्ध हुनुहुन्छ?
    भूकम्प आउँदा मुम्बईमा ‘गेम’ भन्ने तामिल–कन्नड फिल्मको सुटिङमा व्यस्त थिएँ। त्यसको पाँच दिनको सुटिङ बाँकी छ, जुलाईमा हुन्छ। अरू दुईवटा स्क्रिप्ट पढिरहेको छु अक्टोबर–नोभेम्बरका लागि।
    भनेपछि तपाईंलाई फेरि बलिउडको मूलधारका फिल्ममा देख्न पाइने सम्भावना कम छ?
    हेरौं। के हुन्छ? राम्रो अफर आयो भने गर्न सक्छु। मुम्बईमा भएपछि त हुनैपर्ने हो। म करिब–करिब विश्वस्त छु तर कथा र पात्रले मेरो मन जित्नुपर्छ।
    तपाईंको समयभन्दा अहिलेका फिल्ममा नारी पात्र कत्तिको सशक्त हुँदै गएको पाउनुहुन्छ?
    मैले आफ्नो समयमा नारी पात्र सशक्त भएको धेरै फिल्म खेलें। अहिले महिलाले अझ ठूलो ‘स्पेस’ पाउन थालेका छन्। विद्या बालन र कंगना रनावतका फिल्ममा महिला चरित्र ‘सो–अप’ मात्र हुँदैन, सशक्त हुन्छ। फिल्मको मूलकथा नै उनीहरूले बोकेका हुन्छन्। दीपिका पादुकोण यो समयकी अर्की शक्तिशाली अभिनेत्री हुन्।
    उनीहरूसँग कत्तिको भेट हुन्छ?
    पार्टीमा कहिलेकाहीं हुन्छ। मेरो कामको ‘एप्रिसियट’ गर्छन्। त्यसो त उनीहरू मात्र होइन्, बलिउडमै राम्रो काम र कलाकारलाई सदैव सम्मान गर्ने संस्कार छ।
    व्यावसायिक जीवनको सबैभन्दा खुसीको पल?
    ‘सौदागर’ हेरेपछि दीलिपकुमारजी र ‘बम्बे’ हेरेपछि सुनील दत्तले फोनै गरेर मेरो अभिनयको तारिफ गर्नुभयो। उहाँहरू दुवै मैले अति सम्मान गर्ने व्यक्तित्व हुनुहुन्छ। फिल्मले व्यावसायिक सफलता पाउँदा पनि खुसी त भइन्छ तर आफूलाई मन परेको मान्छेबाट प्रशंसा सुन्दा अझ सन्तुष्टि मिल्दो रहेछ।
    दु:खद पल नि?
    त्योचाहिँ अहिले नभनौं होला।
    तपार्इंले निर्वाह गरेका विभिन्न पात्रमध्ये तपाईंको वास्तविक जीवनसँग कुन नजिक छ?
    कुनै पनि छैन। पात्रभन्दा भिन्न छु म।
    भनेपछि तपाईंको जीवन फिल्म वा पात्रभन्दा ‘ड्रामाटिक’ छ?
    त्यस्तै लाग्छ।
    तपाईंले मीनाकुमारीको बायोपिक फिल्म खेल्ने खबर सार्वजनिक भएको थियो। कहाँ पुग्यो?
    पहिले कुरा भएको हो। अहिले सेलाएको छ। त्यसैले यसै हो भन्न सक्दिनँ।
    फिल्म निर्माण गर्ने योजना छ?
    ठ्याक्कै कुन समय हुन्छ थाहा छैन, फिल्म त बनाउँछु। निर्माण त छँदैछ। आशा गरौं, निर्देशन पनि। त्यो हिन्दी फिल्म हुनेछ।
    फिल्म बनाउन बलिउडमा सबैभन्दा धेरै कसले प्रोत्साहित गरेको छ?
    सञ्जयलीला भन्सालीले।
    मन पर्ने निर्देशक?
    मणिरत्नम। उहाँसँग ‘बम्बे’ र ‘दिल से’ मा काम गर्दा निकै सजिलो भयो र धेरै कुरा सिकियो पनि।
    मन पर्ने अभिनेता?
    फिल्म खेल्दा कुन हिरो छ भन्ने खास मतलब राख्दैनथें। मलाई निर्देशक र आफ्नो काम मात्र ध्यान हुन्थ्यो। त्यसैले यही हिरो मन पर्छ भन्ने छैन। सँगै अभिनय गरेका हिसाबले चाहिँ कमल हसन, सलमान खान, आमीर खान, शाहरूख खानसँग काम गर्न रमाइलो भयो।
    आत्मकथा नि?
    क्यान्सर फ्री भएपछि किताब लेख्ने योजना बनाएको थिएँ। तर अहिले लेख्दा अलि छिटो हुन्छ जस्तो लाग्यो। अलि पछि अझ परिपक्व भएपछि लेख्छु।
    एक्लोपनले तपाईंलाई दिक्क लगाउँछ कि लगाउँदैन?
    हेर्नुस्, अहिले म एक्लै भए पनि राम्रो स्पेसमा छु। शान्ति छ। सुख–दु:ख हुन्छ। चोट पनि पर्छ। कहिले रुन्छु, कहिले हाँस्छु। तर यसबाट म विचलित हुन्न। जीवनका हरेक पक्षलाई स्विकार्न सक्छु। एक्लोपनले कमजोर बनाउँदैन। फेरि मुम्बईमा दीप्ति, गुल्सन र म पनि एक्लै–एक्लै बस्छौं तर नजिक छौ। नजिकका अरू साथी पनि छन्। त्यसैले एक्लोपनको आभास पनि हुँदैन।
    मुम्बईको दिनचर्या कस्तो हुन्छ?
    मुम्बईमा बहुत सन्तुलित दिनचर्या छ। मध्यान्हअगाडि साइक्लिङ, जिम, मेडिटेसन गर्छु। दिनको समयमा मिटिङ र व्यावसायिक काम हुन्छ। साँझमा गुरुसँग योग र ध्यान गर्छु। घरमै एक–दुईजना साथी बोलाएर आर्ट सिनेमा हेर्छु। बगैंचामा शीतल हावा खाँदै आर्ट फिल्म हेर्दा धेरै आनन्द आउँछ। आठ बजेतिर त सुतिहाल्छु। कम्तीमा आठ घन्टा सुत्छु नै।
    मुम्बईमा खुसी लाग्छ कि काठमाडौंमा?
    यहाँ मेरो परिवार छ। समाज छ। यहाँको आनन्द नै अर्को छ। त्यसो भन्दैमा मुम्बईमा नरमाउने भन्नेचाहिं होइन। त्यहाँ पनि मेरो घर छ, साथी छन्, बीस वर्ष बसेको ठाउँ। उत्तिकै रमाइलो छ। त्यसैले मेरो लागि काठमाडौं र मुम्बईको तुलनै हुँदैन।
    तपाईंको जीवनबाट अरूले के सिकिदिए हुन्थ्यो भन्ने लाग्छ?
    खासमा मलाई सुझाव दिन मन लाग्दैन। दिन सजिलो हुन्छ, गर्न गाह्रो। त्यसैले म आफ्नो जीवन कथा भन्न सक्छु। मेरो कथा सुनेर केही सिक्नुहुन्छ भने धन्य छु। सिक्नुहुन्न भने पनि गुनासो छैन। सुझाव दिनभन्दा अरूलाई प्रोत्साहन गर्न मन लाग्छ।
    स्रोतः ई.कान्तिपुर 
  • सेक्स कन्टेन्ट नियन्त्रण आवश्यकः भूवन केसी

    पछिल्लो चलचित्र ‘साथी म तिम्रो’ को प्रचार प्रसार र प्रदर्शनकाका लागि निर्माता तथा नायक भुवन केसी अहिले अष्ट्रेलियामा छन् । उनी यहाँका नेपाली समुदाय र अन्य ब्यक्तिहरुसँगको भेटघाटमा ब्यस्त छन् । मेरो चिनो नामक सँस्थाको आयोजनामा उनको चलचित्र सिड्नी, मेलबर्न लगायतका शहरहरुमा शनिबारदेखि प्रदर्शन हुँदैछ । उनीसंग अष्ट्रेलियास्थित ईकान्तिपुर सहकर्मी नारायण खड्काले गरेको कुराकानी:
    प्रश्नः पहिलोपटक आफ्नो चलचित्र लिएर अष्ट्रेलिया आउनुभएको छ । यहाँको बजार कस्तो पाउनुभयो?

    यहाँ मैले नेपाली चलचित्रलाई अत्यधिक माया गर्ने नेपालीहरु पाएँ । यहाँ पहिले पनि केही चलचित्रले सफलता पाइसकेका छन्। यहाँको अवस्था हेर्दा पक्कै पनि अब नेपाली चलचित्रहरु बिस्तारै बिदेशी बजारमा पनि जाने सम्भावना देखिएको छ । यहाँको बजार साह्रै उत्साहजन पाएँ । झन त्यसमा पनि मेरो चलचित्र पुर्ण पारिवारिक भएकाले यसप्रति अत्यन्तै उत्साह पाएको छु ।

    प्रश्नः के अहिलेको नेपाली सिनेमाको गुणस्तर हेर्दा अन्तराष्ट्रिय बजार पाउन सफल हुन्छन त?

    पुर्णरुपले बिदेशी बजार पाउन त अझै ८–१० बर्ष लाग्ने देखिन्छ । तरपनि जे शुरुवात भएको छ त्यो राम्रो छ । बिदेशी बजार पाउनका लागि सेक्समा केन्द्रित रहनुको साटो नेपाली परिवेश, सँस्कृती र पारिवारिक अवस्थामा रहेर चलचित्र बनाउन आवश्यक छ । त्यसका साथै बिदेशी चलचित्रबाट अझै पनि कपी गर्न थाल्यौं भने झन समस्या आउन सक्छ । हामीले क्षणिक मुनाफा कमाउने चलचित्र बनाउन छोडेर वास्तविक नेपाली चलचित्र बनायौं भने बिदेशमा पनि नेपाली चलचित्रको भविश्य उज्जवल देखेको छु ।

    प्रश्नः अष्ट्रेलियाको दर्शकहरुको नेपाली चलचित्रप्रतिको उत्साह र चासो कत्तिको पाउनुभयो ?

    यहाँ कलाकार र नेपाली चलचित्रलाई धेरै माया गरिन्दोरहेछ । नेपाली सिनेमा हेर्न भनेपछि धेरै अघिदेखि नै टिकट लिने चलन रहेछ, त्यो अत्यन्तै राम्रो हो । त्यसका साथै यहाँपनि स्तरीय र नेपाली परिवेश सुहाउँदो चलचित्रप्रति धेरैको चासो रहेछ । मैले भेटेका धेरै जनाहरुले नराम्रो सिनेमाले सिनेमा बजार मात्र नभएर अन्य क्षेत्रमा पनि असर पर्ने गुनासो गरेको सुने ।

    प्रश्नः नेपाली चलचित्रले बिदेशी बजारमा स्थान पाउन अलि ढिलो भएको अनुभव हुँदैन् ?

    त्यो अवश्य हो । त्यसो भन्दैमा जस्तोसुकै चलचित्रले बजार पनि त पाउनुपर्यो नी? पहिले हामीले बिदेशी बजार पाउने चलचित्र बनाउनुपरयो अनि जानुपरयो। मेरो कुरा गर्नुहुन्छ भने मैले करोडपति चलचित्र आजभन्दा ७–८ बर्षअघि नै अमेरिका, लण्डन, हङ्गकङ्ग लगायतका देशहरुमा लगेर चलाईसकेको हो । म मात्र के भन्छु भने बिदेशी बजारको सम्भावना छ तर त्यसमा हत्तारो गर्नुभन्दा पनि बिदेशी बजार सुहाउँदो चलचित्र निर्माण गरेर जानसक्नुपरयो । जसले नेपाली कला र सँस्कृतीको जर्गेना र पहिचान दिओस ।

    प्रश्नः प्रसँग बदलौ, अहिले त सेक्स र मसालेदार चलचित्र बन्ने क्रम बढेको छ, यसले नेपाली सिनेमा क्षेत्रलाई के फाईदा गर्ला?

    हेर्नुस बनाउने मान्छेलाई नबनाओ भनेर भन्ने कुरा आएन । उनीहरु आफैले सोच्ने कुरा हो । तर यस्ता चलचित्र हाम्रो परिवेशमा बन्न थाल्यो भने नेपाली सिनेमा क्षेत्र मात्र हैन कसैलाई पनि फाईदा गर्दैन् । नेपाल सरकार बिशेष गरेर चलचित्र बिकास बोर्डले नियन्त्रण गर्न जरुरी छ । कस्तो चलचित्र निर्माणमा अनुमति दिने, नदिने उसले छुट्टयाउन सक्नुपर्छ । यदी यस्तै चलचित्र हाम्रो परिवेशमा बन्दै जान थाले भने छाडा प्रवृतिको बिकास र प्रतिष्पर्धा हुन्छ । जसले समाजलाई पनि असर पुरयाउँछ ।

    प्रश्नः तपाईको पनि अब बिस्तारै सेक्स कन्टेन्ट चलचित्र बनाउने वा अभिनय गर्ने योजना छ कि ?

    हेर्नुस भुवन केसीले अहिलेसम्म जति चलचित्र बनाएको छ, त्यो सबै परिवार मिलेर हेर्नसक्ने बनाएको छ । म त्यस्ता चलचित्र बनाउनु त पर जाओस सोच्दा पनि सोच्दिन् । मैले अभिनय र निर्माण गर्ने भनेको शुद्ध पारिवारिक चलचित्र हो । अन्यले के गरिरहेका छन् त्यो मलाई थाहा छैन् तर मैले त्यस्ता चलचित्र अभिनय गर्ने कुनै सोच छैन र गर्दिन पनि ।

    प्रश्नः अहिले आइरहेका नयाँ कलाकारहरु कत्तिको सक्षम र अध्ययन गरेर आएका पाउनुभएको छ ?

    अहिले आएका केही नयाँ कलाकारहरु उर्जाशिल र सक्षम भएर अघि आएका छन् भने केहीले धेरै सुधार गर्न आवश्यक छ । म केही गर्छु भनेर आएका कलाकारहरुले सफलता पाउनु भएको छ । जोश जाँगर र उत्साह हुनुपरयो । रुप र पैसा मात्र यो क्षेत्रमा सबैकुरा हैन् । कला पनि हुनुपरयो । यद्यपी जति नयाँ आउनुभएको छ उहाँहरु आफ्नो आफ्नो क्षेत्रमा ठिकै हुनुहुन्छ जस्तो लाग्छ ।

    प्रश्नः भुवन केसी सँधै स्क्याण्डलमा आइरहन्छ नी ?

    कुनैपनि मानिस बत्तिस लक्षणले युक्त हुँदैन् । केही न केही कमजोरी भइहाल्छ । कहिले चाहेर र कहिले नचाहेर नाम जोडिरहेको हुन्छ । फेरि अर्काे कुरा सफल भएपछि जुनसुकै माध्यमबाट भएपनि नाम चल्छ । अनि स्क्याण्डलमा म मात्रै जोडिने हैन्, तपाईले देख्नुभएको छ अन्य कलाकारहरु पनि त आइरहन्छन नी ।

    प्रश्नः अन्त्यमा अष्ट्रेलियामा तपाईले एउटा कलाकारको रुपमा के पाउनुभयो ?

    म यहाँ मेरो चलचित्र देखाउन मात्र नभएर यहाँका नेपालीहरुलाई भेट्न पनि आएको हो । मेरो चलचित्र भोलीदेखि चल्दैछ । जति माया पाएको छु, त्यसले मलाई अत्यन्तै उत्साहित बनाएको छ । र सबै अष्ट्रेलियामा रहनुभएका नेपालीलाई के प्रतिबद्धता ब्यक्त गर्न चाहन्छु भने भुवन केसीले बनाएको र बनाउने जुनसुकै चलचित्र तपाईले परिवारसँग बसेर हेर्न सक्नुहुन्छ । साथी म तिम्रो पनि त्यही समाजको एउटा कथा भएकाले तपाईलाई यसले सन्तुष्ट बनाउनेछ ।
  • प्रचण्ड रूपान्तरित भए एकता सम्भव

    दुर्गम जिल्ला रोल्पामा जन्मिएका नवगठित नेकपा-माओवादीका स्थायी समिति सदस्य नेत्रविक्रम चन्द नयाँ पार्टी गठनका योजनाकारमध्येका एक हुन् । तत्कालीन एकताकेन्द्रको भ्रातृसंगठन अनेरास्ववियु छैटौंबाट राजनीतिक थालेका उनी २०५५ सालमा माओवादीको केन्द्रीय सदस्य र ०६३ मा स्थायी समिति सदस्य भएका थिए । पार्टीभित्र आफ्नो धारणा खरो रूपमा राख्ने चन्दले आफ्नो आकांक्षा देशकै नेतृत्व गर्ने भएको लुकाएनन् । सशस्त्र द्वन्द्वका बेला खासगरी मध्य र सुदूरपश्चिमलाई कार्यथलो बनाएका उनले पार्टी विभाजनबारे धेरै विषयको खुलासा गरेका छन् । प्रस्तुत छ, चन्दसँग कान्तिपुरका सरोजराज अधिकारी र गंगा बीसीले शनिबार गरेको कुराकानीः
    नयाँ पार्टी गठनको सूत्राधार तपाईं हो भनिन्छ नि ?

    यो विश्लेषण अलि मनोगत छ । नयाँ धु्रवीकरणको प्रमुख पात्र म होइन । मैले दृढतापूर्वक सहयोग गरेको चाहिँ सही हो । नयाँ पार्टी नेतृत्व किरणले गरिरहेको हुनाले बढी सम्बन्ध उहाँसँग छ ।

    पार्टी फुटाउनुको औचित्य कसरी पुष्टि हुन्छ ?

    पार्टी भनेको जनता, वर्ग, राज्यसँग सम्बन्धित हुन्छ । हामीले नयाँ पार्टी गठन गर्न किन औचित्यपूर्ण ठान्यौं भने माओवादी पार्टीको विचार, दृष्टिकोण, मान्यता र लक्ष्य प्रचण्ड र बाबुराम कमरेडहरूले छोडिदिनुभयो । उहाँहरूको औचित्य समाप्त भएको ठान्यौं । हाम्रो विचार, लक्ष्य समाजसँग जोडिएकाले पुनर्गठित पार्टीको औचित्य छ ।

    कम्युनिस्ट पार्टीमा त जसको विचार उसको नेतृत्व हुने हो, विचार छाड्नेलाई नेतृत्वबाट हटाउन सकिँदैनथ्यो ?

    हामीलाई त नेतृत्वबाट हटायौं भन्ने लागेको छ । प्रचण्ड र बाबुरामजीले जुन तहमा साथीहरूलाई भ्रमित पार्नुभएको छ, त्यो संख्या अलि ठूलो छ । त्यसैले रूपमा विभाजन र नवगठनजस्तो देखिन पुग्यो । माओवादीको इतिहास, विचार समीक्षा गर्ने हो भने जुन उद्देश्यका लागि शान्ति प्रक्रियामा आएको हो, त्यसलाई मसिनो गरी हेर्ने हो भने यो विभाजन होइन, पुनर्गठन नै हो ।

    संस्थापनले कहिलेदेखि बाटो बिराएको ठान्नुहुन्छ ?

    मुख्यगरी राजतन्त्रको अत्यपछि विचलन आउन सुरु भएको हो । बहस सुरु भएको ०६४ मा भएको बालाजु बैठकबाट हो । नेतृत्व आफ्नो मान्यताबाट विचलित हँुदै छ कि भन्ने प्रश्न उठेको त्यतिबेला हो । किनकि त्यस बेलाबाटै विचारसँग मेल नखाने जीवनपद्धति देखिन थालेको थियो । विचारमा सर्वहारा र व्यवहारमा करोडपति हुने अवस्थाका कारण विचारबाट ढाटिएको हो । कार्यशैलीमा फितलोपन, भद्रगोल, गलत हाउभाउ त्यस बेलादेखि नै सुरु भएको हो । मुख्य विचलन देखिएको राजतन्त्रको अन्त्य र खरिपाटी बैठकबाट हो ।

    पार्टी फुट आर्थिक विषयसँग पनि जोडिएको छ ?

    मैले जस्तो जीवन बिताउँछु, विचार त्यहीअनुसार हुनुपर्छ भन्न खोजेको हो । दर्शनले त्यही भन्छ । विचार एकातिर, व्यवहार अर्कोतिर हुनु भएन नि ।

    तपाईंहरूको कार्यदिशा अलि अस्पष्ट देखिएको छ, अब 'जनविद्रोह’ गर्ने हो कि 'जनयुद्ध’ ?

    हामी शुद्ध संसदीय व्यवस्था मान्नेवाला छैनौं । हामी राज्यमा हिस्सा लिएर काम गर्न तयार छौं । तर सत्ताका संरचनाहरू विशुद्ध रूपमा संसदीय प्रणालीअन्तर्गत रहने कुरा स्वीकार गर्न तयार छैनौं । साथै राज्यका संरचना यथास्थितिमा राख्न हामी तयार छैनौं । कानुन, प्रशासन, अर्थतन्त्र, राष्ट्रिय स्वाधीनता पुरानै ठाउँमा राख्ने पक्षमा छैनौं । तेस्रो कुरा, हाम्रा मान्यता स्थापित गर्न जनतामा जाने कुरामा हामी सुस्पष्ट छौं । अर्को नयाँ प्रणालीमा जाने हो, जनतालाई संगठित गरेर आन्दोलनमा ल्याउने भनिसकेका छौं ।

    फेरि जनयुद्धको थालनी हुन सक्छ ?

    त्यतापट्टि अहिले नजाऔं । यो विषयले मान्छेलाई अनावश्यक तनाव मात्र दिन्छ । चुनाव लड्ने कि आन्दोलन गर्ने ? जनविद्रोह गर्ने कि जनयुद्ध गर्ने ? भन्ने अस्थायी कुरा हुन् । मुख्य कुरा नेपालमा असफल भएको संसदीय व्यवस्था हितकर छैन, यसलाई नयाँ आधारमा रूपान्तरण गर्नुपर्छ भन्ने हो । यो कुरा हाम्रो मात्रै होइन । किनकि संसदीय व्यवस्थाले जनताका अधिकार सुनिश्चित गर्न सकेन भन्ने स्पष्ट पारिसकेको छ । संघर्षको स्वरूपका कुरा अस्थायी हुन्, मूल कुरा उद्देश्य हो । अस्थायी कुरालाई स्थायी मान्यता बनाएर हामीमाथि आरोपित गरिएको छ । यो सत्य होइन । स्पष्ट कुरा जनताका अधिकार कसरी सुनिश्चित गर्ने भन्ने हो । संविधानसभामा हामीले भनेको त्यही हो । किसान, मजदुरको समस्या समाधान गरौं भन्यौं, जनमुक्ति सेनालाई सम्मानजनक ढंगले समायोजन गरौं भनेका छौं । यी कुरा पूरा भए भने अरू संघर्ष सोच्नै पर्दैन । हाम्रो संघर्ष जनताका आधारभूत अधिकार सुनिश्चित गर्नका लागि हो ।

    पार्टी विभाजनपछि खासै तरंग देखिएन नि ?

    मैले यसलाई सकारात्मक रूपमा लिएको छु । कार्यकर्तालाई अप्ठ्यारो महसुस भएको छैन किनकि हाम्रो अन्तरसंघर्ष उत्कर्षमै पुगिसकेको थियो ।

    १० वर्ष सँगै युद्ध गरेका नेतासँग अलग्गिँदा अप्ठ्यारो लागेन ?

    स्पष्ट भन्दा हामीलाई मीठो लागेन । सबभन्दा राम्रो भयो भनेर म भन्दिनँ । पार्टीलाई एकताबद्ध बनाएर अग्रसर भएको भए सबभन्दा राम्रो हुन्थ्यो । त्यसो हुन सकेन । सबै मूल्य, मान्यता, आदर्श भत्किने अवस्थामा चाहिँ हामीले राम्रो गर्‍यौं भन्ने लागेको छ । कम्तीमा एउटा आदर्श, विचार, मूल्यमान्यताको रक्षा गर्न हामी सफल भयौं ।

    तपाईंहरूले पदका लागि पनि पार्टी फुटाएको, खासगरी तपाईंले महासचिव हुने आकांक्षा राखेको भन्ने छ नि ?

    साथीहरूले मसँग त केही भन्नुभएको छैन । तपाईं निःस्वार्थी मान्छे सँगै पार्टीमा बसौं भन्नुभएको छ । बाहिर पदका लागि लडेको भन्ने कुरा पनि आउँछ । सबै कुराको खण्डन भइसकेको छ । मेरा अगाडि चुनौती छ । के सुविधाका लागि यत्रो जोखिम मोल्नुपर्छ र ? उहाँहरू (संस्थापन) ले जे सुविधा उपभोग गर्नुभएको छ, त्यो सुविधा दुई, तीन वर्षअघि हाम्रा लागि पनि उपलब्ध थियो । जो कमरेडहरूले हामीले नपाएर गएको भन्नुभएको छ, उहाँहरूले पनि बुझ्नुभएको छ कि त्यो सुविधा हामीले त्यसबेलै पाउन सक्थ्यौं । हामीले सचेत रूपमा त्यस्ता सुविधा छोड्दै आएका हौं नि । सुरुदेखि नै विचार संघर्ष चलेको हो । हामी मिल्दामिल्दैका साथीबीच बहस सुरु भयो । विचार, दृष्टिकोणमा अन्तर भएपछि मिल्ने साथीबीच पनि अन्तरसंघर्ष सुरु हुन्छ । त्यसलाई पदका लागि भन्न मिल्छ ?

    तपाईंको महात्त्वाकांक्षा पार्टी कब्जा गर्ने हो भनिन्छ, नि ?

    म यसमा दुःख मात्र व्यक्त गर्न सक्छु । यो आरोप साँच्चै लागेर भन्छन् कि प्रचारका लागि ? उनीहरूले जान्ने कुरा हो । देशलाई बदल्नुपर्छ भन्ने मेरो आकांक्षा छ । नत्र म यो संघर्ष गर्दिनथेँ । देश र जनतालाई बदल्न सकिन्छ भन्ने दृढ अठोट ममा पक्कै छ । संघर्षको अनेक रूप हुन सक्छन्, जनयुद्ध गरौंला कि कालो झन्डा देखाउँला या नेपाल बन्द गरौंला, यो अस्थायी कुरा हो । राज्यको रबैयामा भर पर्ने कुरा हो । जित्न सकिन्छ भन्ने मलाई विश्वास छ । यति कुरा गर्दा आकांक्षा राख्छ भन्छन् भने ठीक छ । कुनै आकांक्षा नभएको मान्छे बाँच्नुको अर्थ छैन ।

    तपाईं महासचिव कहिले बन्ने ?

    अहिले यो कुरै नगरौं । महासचिवको कुरा मैले गरेको छैन । केही साथीहरूले महासचिव लग्छ कि भन्ने लागेर हल्ला गरेजस्तो गर्नुहुन्छ । उहाँहरूलाई आफ्नो कुरा गर्नुस्, अरूको नगर्नुस् भनेको छु । आवश्यक पर्‍यो भने म जिम्मेवारी लिन्छु भनेकै छु । तयार नभए यत्रो जोखिम किन लिने ? किन जनतालाई उफार्ने ? अहिले एउटा उद्देश्यमा लाग्ने, पछि अर्कै थोक प्राप्त गरी त्यसलाई छोड्ने कुरा हुँदैन । म माओवादीको मूल उद्देश्य कहिल्यै छाड्दिनँ । मेरोबारे अरूले तनाव लिने कामै छैन ।

    पदाधिकारी चयन कहिले गर्नुहुन्छ ?

    एउटा प्रक्रियामा पार्टीले गरिहाल्छ ।

    शिविरमा रहेका लडाकुमा तपाईंहरूको पनि हिस्सा छ ?

    जनमुक्ति सेना नै हाम्रो हो, केको हिस्साको कुरा गर्नुहुन्छ ? जनमुक्ति सेना त माओवादीले बनाएको हो नि । प्रचण्ड र बाबुरामजीले विसर्जन गर्नुभयो, हामी संरक्षण गर्छौं ।

    तपाईंको बुझाइमा अध्यक्ष पुष्पकमल दाहाल र उपाध्यक्ष बाबुराम भट्टराईमा केही फरक छ ?

    राजनीतिक हिसाबले हेर्दा दुवैजना एकै ठाउँमा हुनुहुन्छ । स्वभाव, कार्यशैली फरक हुन सक्छ ।

    दाहालले भट्टराईलाई छाडेको भए कुरा मिल्थ्यो ?

    त्यो होइन । राजनीतिक विषयमै अन्तर परिसकेको थियो । तीन वर्षसम्म हामीले अध्यक्षसँग सहकार्य गर्‍यौं । हामीले नेतृत्वको प्रश्न कहिल्यै उठाएनौं । हामीले अध्यक्षको रूपान्तरण खोजेको हो, बाबुरामजीको होइन । अध्यक्ष रूपान्तरण भएको भए एकता सम्भव थियो । पार्टीले क्रान्तिकारी विचारलाई आधिकारिक रूपमा जहिले पनि पारित गरेको छ । खरिपाटी, पालुङटारले पनि क्रान्तिकारी विचार पारित गरेको छ । यहाँ भयो के भने आधिकारिक रूपमा पार्टीले जहिले पनि क्रान्तिकारी विचार पारित गर्ने, अध्यक्षले समर्थन गर्ने तर कार्यान्वयन नगर्ने भयो । पारित भएको विचारलाई अध्यक्ष र दुईचारजना मिलेर उल्ट्याउने काम भयो । त्यसकारण अध्यक्ष रूपान्तरण हुनुभएन भनेको हो ।

    अध्यक्षले किन कार्यान्वयन गर्नुभएन होला त ?

    अध्यक्ष बाठो नै हुनुहुन्छ । उहाँले जे विचार ल्याउन खोज्नुभएको थियो, त्यसमा कमजोर हुन्छु भन्ने लागेपछि क्रान्तिकारी कार्यदिशामा आउने तर पछि आधिकारिक विचारलाई छायामा राखेर संगठनबाट आफ्नो विचार हावी गराउने बाटोमा जानुभयो ।

    तपाईंहरूको पार्टी यतिखेर कुन अवस्थामा छ, जनयुद्ध थालनीअघिको ०५२ साल वा चुनबाङ बैठकअघिको ०६२ सालमा ?

    माओवादी ०६९ सालमा छ । राजनीतिक कार्यदिशाका हिसाबले माओवादीको विचार कार्यक्रमको निरन्तरतामा छ । चुनबाङ बैठकले अघि सारेको मूल कार्यनीति सही हो भनेर हामीले दस्तावेजमै लेखेका छौं ।

    राष्ट्रिय सहमतिको सरकार बने सहभागी हुनुहुन्छ ?

    सरकारको कुराचाहिँ परिस्थितिजन्य हुन्छ । छलफल ठीक प्रकारले भयो भने हुन सक्छ । हामीले गोलमेच सम्मेलनपछि अन्तरिम सरकार भनेका छौं । त्यो परिस्थिति भयो भने सहभागी हुन सकिन्छ । सबै कुराको समीक्षा गरी कुरा मिल्यो भने जान्छौं । तर अहिले ठोस केही निर्णय गरेका छैनौं ।

    संविधानसभा पुनस्र्थापनाको कुरा पनि आएको छ नि ?

    हामीले आफ्नो कुरा पहिले पनि भनेका छौं । पहिले गोलमेच सम्मेलन गरांै, नयाँ प्रक्रियाको थालनी गरौं । त्यसले के निकास दिन्छ, त्यसमा जाऔं । स्वतः संविधानसभा निर्वाचन पनि जनअनुमोदित छैन । स्वतः पुनस्र्थापना पनि जनअनुमोदित छैन ।

    तपाईंहरूले परिकल्पना गरेको गोलमेच सम्मेलनमा पूर्वराजावादी पनि सहभागी हुन पाउँछन् ?

    यस्तो अप्ठ्यारो प्रश्न नगर्नुस् न । हामीले उचित प्रतिनिधित्व बनाएर छलफल गर्न सकिन्छ भनेका छौं ।

    यतिखेर तपाईंहरूको प्राथमिकतामा त राष्ट्रिय स्वाधीनताको मुद्दा होला नि होइन ?

    हरेक नागरिकलाई छोएको विषय भने राष्ट्रिय स्वाधीनता नै हो । अहिलेजस्तो कमजोर राष्ट्रिय स्वाधीनता कहिल्यै भएको थिएन । कुनै पनि निर्णय नेपालको टेबुलमा गर्न नसक्ने, कुनै पनि नेताले आफ्नो कुरा भन्न नसक्ने, जनताले चाहेको कुरा पाउन नसक्ने अवस्था अहिले छ । यसबाट सबै नागरिक आजित भएको अनुभव भएको छ । सम्पूर्ण गणतन्त्रवादी, देशभक्त, वामपन्थी शक्तिहरूले यसबारे सोच्नुपर्छ । जनअधिकारको सुनिश्चितता र राष्ट्रिय स्वाधीनता प्राथमिकताका विषय हुन् ।

    राष्ट्रिय स्वाधीनताका नाममा नेपाल-भारत सीमा क्षेत्रमा गएर भाषण गर्नुभएकै हो । युद्धकालमा सुरुङ युद्ध पनि थाल्नुभएकै हो । फेरि त्यस्तै गर्ने ?

    अध्यक्ष(दाहाल) को नेतृत्वमा हामीले त्यसबेला यी सब कार्यक्रम गरेका हौं । सुरुङ खन्ने कि सभा गर्ने वा सीमामा बार लगाउने मुख्य कुरा होइन । मुख्य कुरा के हो भने हाम्रो राष्ट्रियता कमजोर भएको छ, हामी नेपालीको शिर निहुरिएको छ ।

    राष्ट्रिय स्वाधीनतामा कताबाट खतरा छ ?

    यो भनिरहनुपर्ने कुरा हो र ? हामी जम्मा दुई देशको बीचमा छौं । तर कुनै पनि देशलाई चर्को आरोप नलगाऔं । हामी नेपाली हौं, हामी स्वाधीनता चाहन्छौं, राज्यको रूपान्तरण चाहन्छौं । यसमा कसैले बाधा नपारिदिए हुन्थ्यो भन्ने हो ।

    माओवादी नेतृत्वकालमै राष्ट्रिय स्वाधीनता झन् कमजोर भएको भनिन्छ त ?

    एकीकृत माओवादीको नेतृत्वको सरकारले राष्ट्रियता कमजोर गराएको भन्नेमा सत्यता छ ।

    महासचिव रामबहादुर थापाजस्ता जिम्मेवार नेताले नै अध्यक्ष दाहाललाई भारतीय गुप्तचर संस्था 'र’ को एजेन्टसम्म भन्नुभयो, कुरा त्यस्तै हो ?

    कुनै नेता एजेन्सीको एजेन्ट हुनु हुँदैन । मैले त्यसबेलै पनि त्यसरी आरोप नलगाऔं भनेको हो । बाबुरामजी 'र' को एजेन्ट होइन, त्यो भन्नु पनि हुँदैन । तर विश्लेषण मिल्छन्, कोही भारतसँग मिलेर जानुपर्छ भन्ने छन् । त्यो राजनीतिक दृष्टिकोणका आधारमा को के हो भन्न सकिन्छ । तर कसैलाई एजेन्ट नै भन्नु अनैतिक कुरा हो ।

    हालै चीन गएर र्फकनुभयो, चीनसँग कस्तो सम्बन्ध राख्न चाहनुहुन्छ ?

    हामी सबै छिमेकी राष्ट्रसँग मित्रतापूर्ण सम्बन्ध चाहन्छौं । यहाँ अहिले दिल्ली र बेइजिङको कुरा होइन । भारतले घाँटी नै थिच्न थालेको अवस्थामा नथिच है मात्र भनेको हो । भारतको भूमिका हामीलाई अहसज लागेको छ ।

    समयका हिसाबले त पार्टी फुटबारे पूर्वजानकारी दिन तपाईं चीन गएजस्तो भएन र ?

    समय त्यस्तै मिल्यो । कुरा त्यो थिएन । तर पार्टीभित्रको अन्तरसंघर्ष, देशको जटिलताबारे कुरा भएकै हो ।

    तपाइहरू संस्थापनसँग सल्लाहमै फुटेको भन्ने चर्चा पनि सुनिन्छ नि ?

    त्यस्तो चर्चा मैले पनि सुनेको छु, तर यो गलत कुरा हो ।

    संस्थापनसँग अझै एकताको सम्भावना छ ?

    रूपान्तरण पहिलो कुरा हो, एकता दोस्रो । एकता हुन सक्छ । मान्छे नमर्दासम्म राम्रो गर्ने ढोका खुला राख्नुपर्छ ।

    दाहाल रूपान्तरण भएर आए एकता सम्भव छ भन्नुभएको ?

    हो । उहाँ साँच्चिकै रूपान्तरित हुनुभयो भन्ने स्पष्ट आधार देखिए एकता हुन सक्छ । राजनीतिमा असम्भव भन्ने कुरा केही पनि हुँदैन ।

    आफैंले 'गद्दार’ घोषणा गरेकासँग फेरि कसरी मिल्नुहुन्छ ?

    हामीले गद्दार भनेका छैनौं । विचार, उद्देश्यमा गद्दारी भयो भनेका हौं । खत्तमै भइसकेको भनेका छैनौं । गल्ती भएको छ र सच्चिनुपर्छ भनेको हो ।

    अध्यक्ष दाहालले पहिचानसहितको संघीयतामा नछाडेकै कारण संविधान बनेन, त्यसकारण पनि आफू पार्टी निर्णयमा अडिग रहेको पुष्टि भएको र एकताको वातावरण बनेको बताउनुभएको थियो नि ?

    यो हास्यास्पद कुरा हो । उहाँहरू भाग्नुभएको हो । संविधानसभामा लागेको भए पहिचानसहितको संघीयता दुई तिहाईले अनुमोदन हुन्थ्यो ।

    ठीक त्यसैबेला सरकार फेर्ने नाममा तपाईंहरूले पहिचानसहितको संघीयता नरुचाउने एमालेका केपी ओली, कांग्रेसका रामचन्द्र पौडेलसँग समेत वार्ता गर्नुभयो, पहिचानका पक्षमा भएको कसरी पत्याउने ?

    केपी ओली, रामचन्द्र पौडेलसँग संविधानका विषयमा होइन, सरकार, शान्ति प्रक्रियाबारेमा छलफल भएको हो । वार्ताबाटै सबै समस्या हल गर्न हामीले गरेको प्रयासलाई त सकारात्मक रूपमा लिनुपर्छ । उहाँहरू (दाहाल-बाबुराम) चाहिँ चार वर्षसम्म उनीहरूसँग घुँडा धसेर बस्न हुने, हामीले चाहिँ छलफल पनि गर्न नहुने ?
रुचाईएका सामाग्री
ss
बेल निमन्त्रणा र शोभा यात्रा
महेशकुमार दास  महोतरी ४ कार्तिक वडा दशैंको अवसरमा महोत्तरीको विभिन्न शक्तिपीठहरुमा बेल निमन्त्रणका लागि आज शोभा यात्रा निकालेका छन् । जिल्लाको मटिहानी, जलेश्वर, पिपरा, गौशाला, रामगोपालपुर, सम्सी लगायतका ..
ss
महिलाको नजरमा पुरुष सेक्स मेसिन
एजेन्सी, जनकपुर, जेठ ११, सायद धेरै महिलाले यो सोँच्दछन् की पुरुषहरु सधैँ सेक्सका लागि तयार हुन्छन् । यो मान्यता २०÷२२ वर्षको तन्नेरीको हकमा त सही हुन सक्ला तर परिपक्व उमेरका अर्थात् पाको पुरुषको हकमा गलत सावित ..
ss
जनकपुर उपमहानगरपालिका प्रति नकारात्मक असर
धर्मराज, १८ चैत, जनकपुर ।  जनकपुर उपमहानगरपालिका ले नगरको फोहर उठाउन बन्द गरेको छ । उपमहानगरपालिका ले नगरको फोहर उठाउन बन्द गरेकोले अहिले जताजतै विभिन्न चौकमा फोहरको डुगंर जम्मा भएको छ।यस्ले गर्दा स्थानिय ..
ss
मधेशमा निर्वाचनको समस्या , प्रमुख निर्वाचन आयुक्त....
धर्मराज,४ चैत्र, जनकपुर । निवौचन कार्यालय धनषाले जिल्ला प्रशाशन कार्यालय मा स्थानिय निर्वाचन बारे डाकिएको बैठक मधेशी मोर्चाले बहिष्कार गरेको छ ।स्थानिय निर्वाचन बारे र प्रतिनिधिहरु तोक्ने समबन्धमा ..
ss
जनकपुर उपमहानगरपालिका को आवश्यक टेलिफोन र फैक्स बन्द
धर्मराज,  १७ चैत, जनकपुर । जनकपुर उपमहानगरपालिका को अति आवश्यक टेलिफोन र फैक्स बन्द अवस्थामा रहेको छ । आग लागी बखत को बेला खबर गरिने उपमहानगरपालिका को सब भन्दा महत्वपुर्ण नम्बर ०४१५२००११ को टेलीफोन सेट खराब ..
ss
१५ रानी, ३० बच्चा र १०० नौकर सहित भारत आए स्वाजीलैंड का राजा
जनकपुरखबर, कात्तिक १३ ,०७२।  नयाँ दिल्ली , भारत अफ्रीका शिखर सम्मेलन मा ५४ देशका प्रतिनिधिहरु भाग लिरहेका छन । यस्मा स्वाजीलैंड नाम गरेको गरीब देश को अमीर राजा मस्वाती तृतीय आफ्ना १५ रानी, ३० बच्चा र १०० नौकर सहित ..
अन्तर्वार्ता
ss सीमांकन बेइमान अमिनले खराब जमिनको कित्ताकाट गरे जस्तो
थारु र मधेसी मिल्दा तीन नेतालाई पीडा भएको छ----- तराई मधेस लोकतान्त्रिक पार्टीका सह-अध्यक्ष हृदयेश त्रिपाठी तार्किक नेता मानिन्छन् । संविधानको मस्यौदा एवं प्रदेशको सीमांकनलाई लिएर मधेसवादी नेतामाथि लागिरहेका ..
विचार
ss तरार्इमा चुनाव कि आन्दोलन ?
भरत लामिछाने......दोस्रो चरणको स्थानीय चुनावको मुखमा यतिबेला तराई(मधेसमा अन्यौलको वातावरण छ । एकातिर सरकारले तराईका जायज मागहरु पूरा गर्नुपर्ने दायित्व छ । अर्कातिर, सरकारको नियन्त्रण बाहिरको माग पूरा गराउन ..
ss रामेछापका बाहुन कसरी पुगे जनकपुर
विमल पोखरेल----- नेपालमा संघीय प्रदेशहरुको सीमांकन सम्वन्धी दलहरुको सहमति सार्वजनिक भएसँगै जनताहरु आ(आफ्ना प्रदेशका विशेषता, साँस्कृतिक पहिचान, आर्थिक सामथ्र्य र सम्भाब्य राजधानीको अवस्थितिलाई आधार बनाएर ..
रोचक विश्व
ss १५ रानी, ३० बच्चा र १०० नौकर सहित भारत आए स्वाजीलैंड का राजा
जनकपुरखबर, कात्तिक १३ ,०७२।  नयाँ दिल्ली , भारत अफ्रीका शिखर सम्मेलन मा ५४ देशका प्रतिनिधिहरु भाग लिरहेका छन । यस्मा स्वाजीलैंड नाम गरेको गरीब देश को अमीर राजा मस्वाती तृतीय आफ्ना १५ रानी, ३० बच्चा र १०० नौकर सहित इंडिया आएका छन ।खास कुरा के छन भने उनी १५ रानी, ३० बच्चा र १०० भन्दा अधिक नौकरहरुको साथ नयाँ दिल्ली को एक मंहगो होटलमा बसेका छन ।उनी माथी आफ्ना प्रतिनिधिमंडल का सरकारी सदस्यहरु लाई ..
ss जापान मा लिङ्ग मेला ।।
(एजेन्सी) जापानको कावासाकी शहरमा प्रत्येक वर्ष अप्रील ५ मा मनाईने लिङ्ग मेलाको आयोजना यस वर्ष पनि गरिएको छ । विश्वकै सबैभन्दा ठूलो लिङ्ग मेलाका रुपमा चर्चित सो मेलामा सबै सामानहरु पुरुष लिङ्ग जस्तै देखिने वस्तुहरु बोकेर पुरुष तथा महिलाहरु समेत सडकमा घुम्ने गर्छन् । मेलामा सहभागी महिलाहरुहरुले पुरुष लिङ्गको आकारमा बनाइएका ललिपपहरु चुस्दै खुल्लारुपले सडकमा हिंडछन । एक किवदन्ती ..
ss छालामा हुक खोपेर पार गर्र्दै १,७४७ फीट चौडाइको नदी
एजेन्सी , ट्यारोलिन ट्रेवर्स सामान्यतया पर्वतारोहण अथवा नदिहरुलाई पार गर्ने समयमा गरिन्छ । समस्या परेको बेलामा यसको उपयोग अझ बढि गरिन्छ । मात्र एउटा डोरीको सहायताले मानिसहरु गुरुत्वाकर्षणको प्रयोग गरेर एउटा अन्त्य देखि अर्को अन्त्य सम्म पुग्ने गर्दछन् । १९ औँ शताब्दिको अन्त्यमा आल्प्स श्रृंखलाको ट्यारोलिनमा यसको प्रयोग गरिएको थियो ।यसैलाई निरन्तरता दिदैँ २३ वर्षकी मारिया ..
अपिल