स्थानिय
  • सार्वजनिक अस्तित्व लोप गरिदै ।

    जनकपुरखबर,२४ चैत ।जनकपुर धाम को वडा न.७ अन्तर्गत राम जानकी सुडी कुट्टी अगाडी रहेको सार्वजनिक भनाइने पुरानो अस्तित्व बोकेको एक पोखरी स्थानीय निकाय को बिना मंजूरी ले रातारात भरिदै छ। जनकपुरधाम को प्राचिन काल का धरोहर हरु को सौन्दर्यकारण तथा संरक्षण हुनु पर्नु को सट्टा त्यस पवित्र पोखरी लाई राम जानकी सुडी कुट्टी का ट्रस्टी ले कथित मौल बनाउन को लागि जनकपुर नगरपालिका को इजाजतनै न लि रातारात माटो भरि रहेको हुदाँ यसको चौतर्फी विरोध हुन् थालेको छ । उक्त पोखरी निजी ट्रस्टी को स्वामित्व मा रहेता पनि ऐतिहासिक, पुरातात्विक, सांस्कृतिक तथा धार्मिक महत्वका सम्पदा र सार्वजनिक पोखरी, तलाउ, इनार, कुवा, धारा इत्यादि को संरक्षण गर्ने र सूचनासहतिको पाश्वचित्र तयार तथा अद्यावधिक गर्ने काम स्थानीय निकाय को जिम्मा मा रहेको तथा अहिले कै ट्रस्टी ले सो पोखरी को डील  संरक्षण  सम्बन्धि उपमहानगर पालिका लाई पत्राचार समेत गरेको वार्ड न. ७ का वडा अध्यक्ष् जानकी राम साह ले दावी गरेका छन । जनकपुरधाम का विभिन्न प्राचिन पोखरी हरु को सौन्दर्यकरण गरिने क्रम मा उपमहानगरपालिका ले सो पोखरी लाई पनि योजना मा राखी सिफारिस पठाई सकेको हुदाँ उक्त पोखरी मा माटो पुर्ने काम रोक्का गरिएको तथा यस्ता क्रियाकलाप ले समाज मा नकारत्मक असर हुने जनकपूर उपमहानगरपालिका का उपमेयर श्रीमती रिता झा ले  बताएकी  छिन ।
  • लोहारपट्टी नगरपालिका को बजेट जनता माँझ प्रस्तुत ।।

    धर्मराज, २४ , फागुन ,जनकपुरधाम।क्षेत्र न. २ को (महोतरी)लोहारपट्टी नगरपालिका का मेयर शैलेन्द्र कुमार यादव ले ०७४ र०७५ को लागि करिब ३६ करोड ५० लाख बराबर को बजेट प्रस्तुत गरेका छन।चालु तर्फ १७ करोड १७ लाख ५७ हजार ५ सय तथा पूँजी तर्फ १९ करोड १९ लाख ९५ हजार ९ सय ८५।११ रुपैया रहेको छ ।चालु खर्च मा नेपाल सरकार बाट अनुदान विषयगत बजेट मा शिक्षा र स्वास्थ लगायत पशु तर्फ को क्षेत्र मा ८ करोड ७५ लाख २४ हजार रहेको छ भने सामाजिक सुरक्षा कार्यक्रम मा ४ करोड ५३ लाख ९७ हजार छुट्टयाएको बजेट सार्वजनिक गर्दै मेयर यादव ले कार्यालय तर्फ चालु खर्च ३ करोड १६ लाख ९० हजार रहने घोषणा नगर सभा मा गरेका छन ।त्यस्तै कानुनि व्यवस्था अनुसार नगर सभा को अध्य्क्षता मेयर शैलेन्द्र कुमार यादव ले गरेका थिए भने प्रमुख अतिथि मा किरण यादव तथा अतिथि महेन्द्र कुमार मिश्र ,चन्देश्वर मण्डल लगायत पत्रकार ,व्यापारी ,शिक्षक, बुद्धिजीवी तथा लोहारपट्टी नगर पालिका का अन्य भद्र भलादमी हरु को उपस्तिथी रहेको थियो ।उक्त नगर सभा को उदघोषक लोहारपट्टी स्वास्थ्य चौकी का प्रमुख बिनोद कुमार यादव ले गरेका थिए भने सो सभा मा सस्कृतिक कार्यक्रम पनि गरिएको थियो ।। 
  • दिदि बहिनि एक्कै साथ झुन्डिएर मृत्यु को बाटो रोजे ।।।

    धर्मराज, २४ , फागुन ,जनकपुरधाम।वडा न.१४ रजौल बस्ने नरेन्द्र चौधरीका १६ वर्षकी छोरी अन्जली चौधरी र अर्को छोरी वर्ष १४ की चाँदनी चौधरी दुवै ले एक साथ फरक फरक कोठा मा फाँसी लगाएर आत्महत्या गरेको र शव लाई पोस्टमार्टमका लागि जनकपुर अंचल अस्पतालमा राखिएको छ भने उनीहरू दुईजनाले एक साथ् आत्महत्या गर्नु पर्ने कारण को अनुसन्धान जारि रहेको जिल्ला प्रहरी कार्यालय धनुषा का प्रहरी नायब उपरिक्षक् प्रविन धिताल ले जानकारी दिएका छन । घरमा कोहि नभएको बेला झुन्डिएको अवस्था मा देख्दा परिवार का सदस्य हरु ले स्थानीय हरु सहयोग मा उनीहरू लाई उपचारको लागि तुरन्त जानकी हेल्थ केयर लगेगा थिए त्यहाँ डाक्टरहरु ले दुवै दिदि बहिनि को मृत्यु भै सकेको जानकारी दिएका थिए ।चौधरीका एक छोरा र तिन छोरी मध्ये माहिली र कान्छी छोरीले आत्महत्या गरेकी छिन त्यस्तै दुवै दिदि बहिनि ले एक साथ् आत्महत्या गर्नु पर्ने कुनै खास कारण आफु हरु को जानकारी मा नरहेको मृतिकाहरु का घर परिवारले जनाएका छन । 
  • प्रदेश संरचना ब्यबस्थापनमा करोडौ भ्रस्टाचार.... जिल्ला प्रशासन र भवन निर्माणको प्रत्यक्ष संलगनता

    जनकपुरखबर, २३ फागुन ,जनकपुरधाम। प्रदेशको अस्थ्यायी राजधानीमा आवश्यक संरचना लागि संघिय विभागले निकासा दिएका साढे ७ करोड मध्ये अधिकांश रकम भ्रस्टाचार भएको छ।प्रदेश सरकारका मन्त्रीहरु आवास मर्मत भएको छैन।सभामुख आवास नपाएर संसद सकिनासाथ गृह जिल्ला फर्किने गर्छन।एउटै भवनमा ४ वटा मन्त्रालय छन्।अन्य मन्त्रालयका लागि निर्धारण गरिएको भवन निर्माणको काम थालिएको छ।मावि तह सम्मका विद्यार्थीले अध्ययन गर्ने टेबुलहरुमा माईक राखिएको छ।झन्डै ६ दर्जन मईक्रोफोन र दुई थान सामान्य स्तरका मिक्स्चरको बिल २० लाख बनाइएको छ।१० लाख भन्दापनि कममा पाइने साउण्ड सिस्टमलाई २० लाख भन्दा बढीको बिल बनाइएको छ। संरचना निर्माणमा सकृय सहरी विकास तथा भवन डिभिजन कार्यालय जनकपुरका प्रमुख ई।गंगा प्रसाद यादवले साउण्ड सिस्टम मोहन झाले सप्लाई गरेको तर सामानको गुणस्तर जाचँ र बिल भुक्तानी नभएको बताए।उनले धनुषाका प्रमुख जिल्ला अधिकारी दिलिप कुमार चापागाईको निर्देशनमा झालाई काम दिएको जनाए । सिडिओ साहेबले भनेपछि उनलाई काम दिएको छु उनले भने,,, अन्य कामहरुको पनि बिल भुक्तानी बाकीं रहेको छ।जिल्ला प्रशासन कार्यालय धनुषामा केहि वर्षदेखि उनी निकै सकृय रहदै आएका छन्।स्टेशनरी पसलबाट उनले थ्रिफेज विधुत लाईनको केबल सप्लाई गरेको बिलहरु समेत भुक्तानी भएको बताईन्छ ।प्रदेश सभाका साँसद र कर्मचारीहरुका लागि मर्मत गरीएको शौचालयाको स्थिति दयनीय छ। मुख्यमन्त्री,प्रदेश प्रमुख,सभामुख कक्षहरुका झ्याल ढोकामा लगाइएका पर्दाहरु अत्यन्त कमसल खालको रहेको बताईन्छ।मर्मत गरिएका पुराना सोफाहरू मन्त्री आवासमा राखिएका छन्।प्रदेश प्रमुख र मन्त्रीहरुको आवासमा लगाइएका फर्निसिंग सामान र वाथहरुमा प्रयोग गरिएका सामाग्रीहरु अहिलेनै फुट्न थालेका छन्। साढे ७ करोड रुपैया करिब करिब खर्च भईसकेको ई. यादवले भने,हामीले बिल संघिय बिभाग र समान सम्भन्धित मंत्रालय,प्रदेश सभा,मुख्यमन्त्रीको कार्यालय र प्रदेश प्रमुखको कार्यालयलाई बुझाउने छौ। उनले हालसम्म शाह फर्निशिंगको २२ लाख भुक्तानी भएको र अन्य रकम भुक्तानी हुन् बाकीं रहेका बताए। साढे ७ करोडको कारोबार हुदाँ बजारबाट समेत दरभाउ संकलन गरिएको छैन। रित पुर्याउन एउटै पसलबाट तीनवटा कोटेशन संलगन राखिएको छ ।प्रदेश सभामुख सरोज कुमार रायले समान बुझाउदा बिलाभपाई समेत बुझाउन निर्देशन दिएको बताए । उनले भने बिल भर्पाइलाई बजारको मूल्य र गुणस्तरसित जाचेर मात्र सामान बुझिने र भुक्तानी गरिनछ।प्रदेश अर्थमन्त्री विजय यादवले पनि भएका कामहरुको मुल्यांकन गराइने जनाए । उनले कमसल सामान लागिएकोले छानबिन गरि मात्र भुक्तानी दिने बताए ।ई.यादवको सरुवा भैसकेको छ।प्रदेश सचिवको कार्यालयबाट सरुवा भएको स्थानमा हाजिर हुन् जान तकेताको पत्र पनि पुगेको छ तर उनी काम छाडेका छैनन् । स्रोतहरुका अनुसार प्रदेश सचिव र धनुषाका प्रजिअ चापागाई बीच यादव लाई लिएर विवाद चर्किएको छ।प्रजिअ चापागाईले सम्पूर्ण रकम भुक्तानी नभए सम्म यादवलाई नै राख्ने प्रयासमा छन्। स्रोतहरुका अनुसार सामान्य खरिदमा समेत २० प्रतिशत थपगरी बिल बनाइएको छ । उक्त रकम सोझै कमिसनको रुपमा लिने गरिएपनि कमसल समान आपुर्ती गरेवापत मोल भन्दा दोब्बर बढी बिल बनाइएको छ।संरचना निर्माणको लागि संघिय विभागले जिल्ला प्रशासन कार्यालय मार्फत भवन निर्माणलाई रकम उपलब्ध गराएको थियो। तर रकम सकिदा पनि मन्त्रीहरु बस्ने ठाउँ पाएका छैनन्। आवास गृहहरु मर्मत सम्भार हुन् नसक्दा सचिव र मन्त्रीहरुलाई सास्ती भोग्नुपरेको छ।मन्त्रीहरु कोही आफन्तमा कोही होटेलमा र कोही छात्रावासमा बसेको छन् । मन्त्रालय र आवास दुवै लथालींग भयेपनिउ ई यादवले चासो लिन छोडेका छन्।उनि अहिले बे रितपूर्वकको बिल हरुको भुक्तानीका लागि संघिय विभाग सित चाजो पाजो मिलाउन सकृय छन्। मन्त्रालयका सचिव र मन्त्रीहरु पनि कमसल सामानहरु फिर्ता गर्न पर्ने बताउन थालेका छन्। प्रदेशमा नयाँ सरकार गठन हुनु अगाबै भएको करोडौ अनियमितताको भागिदार प्रदेश कार्य पालिका र व्यवस्थापिका नहुने भएका छन् । ई यादवले हत्तारमा काम गर्नु पर्ने बाध्यता भएकाले “फास्ट ट्रैयाक” बाट काम गरिएको प्रस्टीकरण दिरहेका छन् ।  साभार :जनकपुर टूडे
  • मकर संक्रान्ति भक्ति तथा उत्साह को साथ मनाइदैं....

    धर्मराज, १ माघ, जनकपुर ।मकर संक्रान्ति हिन्दुहरु को लागि प्रमुख पर्व हो। मकर संक्रान्ति पूरै नेपाल र भारत मा विभिन्न रूप मा मनाइने गरिन्छ। पौष मास मा सूर्य धनु राशि लाई छोडी मकर राशि मा प्रवेश गरेको तथा यहि दिन देखि नै सुर्य को उत्तरायण गति पनि प्रारम्भ हुन्छ, त्यसै ले यो पर्व लाई कहीं कहीं उत्तरायणी पनि भनिन्छ। नेपाल मा यो पर्व अलगअलग नाम व विभिन्न रीति रिवाज द्वारा भक्ति तथा उत्साह को साथ मनाइने गरिन्छ।नेपाल मा मकर संक्रान्ति लाई माघे संक्रान्ति,सूर्योत्तरायण तथा थारू समुदाय मा यसलाई माघी भनिन्छ,थारू समुदाय को लागि यो प्रमुख त्योहार हो। अरु बाकी समुदायहरुले पनि यस दिन विभिन्न तीर्थस्थल मा स्नान गरी जप, तप, श्राद्ध,तर्पण दान धर्मादि आदि धार्मिक क्रियाकलाप हरु गर्छन यो अवसर मा गरेको दान सौ गुना ले बढेर पुनःप्राप्त हुने तथा यस दिन शुद्ध घी एवं कम्बल को दान गर्ना ले मोक्ष प्राप्ति हुने धार्मिक मान्यता रहेको छ ।तराइ मा मकर संक्रान्ति को दिन उड़द, चामल, तिल, चिउड़ा, गौ, स्वर्ण, ऊनी वस्त्र, कम्बल आदि दान गरेर तिल, शर्करा कन्दमूल तथा विशेष गरी “मुरही चूरा को लाइ र खिचड़ी घी ” खाने गरिन्छ ।यस अवसर मा आज जनकपुरमा भारत र नेपाल को विभिन्न ठाउहरु बाट आएका हजारौ धार्मिक भक्तजन हरु ले गंगा सागर तथा धनुषपोखरी मा स्नान गरी जानकी मन्दिर तथा राम मन्दिर को दर्शन गरेका थिए । 
  • धनुषा मा क्षेत्र नम्बर ३ क मा मतगणना शुरु

     धर्मराज मण्डल,२१मंसिर,जनकपुर ।संबिधान को व्यवस्था अनुसार भएको दोश्रो चरण को प्रतिनिधि तथा प्रदेश सभा को चुनाव धनुषा को चारै वटा क्षेत्र गरी ५ सय ४८ निर्वाचन क्षेत्रमा शान्ति पुर्वक सम्पन्न भएको छ । ४ लाख४हजार६सय७६जना मतदाता रहेको धनुषा को ३२७ मतदानस्थल तथा ५४८ मतदान केन्द्र मा मतदाता हरु को उत्साह प्रस्ट देखिएको थियो । धनुषा को चुनावमा ७० प्रतिशत मतदान भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । ८३ जना प्रतिनिधि सभा र १२४ जना प्रदेश सभा को उम्मेदवारहरु को भविष्य को फैसला शुक्रबार १२ बजे देखि शुरु भएको छ । क्षेत्र नम्बर ४ को निधि भवन तथा क्षेत्र नम्बर १,२ र ४ को मतगणना शिक्षा कार्यालय तालिम केन्द्र मा हुदै छ ।
  • बलात्कारपछि हत्या... किरायेदार रामचन्द्र महतो गिरफ्तार ।।

    धर्मराज,३१ साउन , जनकपुर । जनकपुर उपमहानगरपालिका १ को मुसहरीटोल स्थित भाडामा बस्ने धनुषा बहेडा बेलाका ४० वर्षका रामचन्द्र महतो नुनियाले मंगलबार दिउँसो ४ बजे तिर घरमा कोहि नभएको बेला कृष्णदेव साहको तेरह बर्षिय छोरी बिबीका कुमारी साहलाई बलात्कार गरी हत्या गरेको बालिकाको परिवारको आरोप रहेको छ । घरमा बिबीका की आमा विमला देवी साह र ९ वर्षकी बहिनी पुष्पा र दुई वर्षका एक भाइ छन् । आरोपित रामचन्द्र गएको तीन वर्ष देखिश्रीमती पवितादेवी सँगै भाडामा बस्दै आएका छन् । मंगलबार घरमा आमा नभएको बेला बिबीका र उनकी १० वर्षीया कान्छी बहिनी पुष्पा घरमा बसेका थिए। सोही घरमा अर्को कोठा भाडा लिएर बस्दै आएका महतोले दिउँसो मृतककी कान्छी बहिनी पुष्पालाई घरबाट अली पर रहेको पसलबाट चकलेट किनेर ल्याउन लागि पसल पठाएका थिए । पुष्पा घरबाट निस्केर पसल गएपछि विविका एक्लै थिइन्। त्यही समय रामचन्द्रले बालिका विविकालाई एक्लै देखेको घरको मुलढोका बन्द गरेर बलात्कार गरी हत्या गरेको हुनसक्ने आशंका धनुषाका प्रहरी उपरीक्षक लालमणि आचार्यले जनाएका छन् ।दिदी जोडजोडले कराएको सुनेकी बहिनी पुष्पाका अनुसार आफू पसलबाट फर्के लगत्तै घरको मुल ढोका ढकढकाएँ खोल्न भनि चिच्याएँ तर ढोका खोलेन । त्यसपछि पुष्पा छिमेकी गुहार गर्दै कराइन्। छिमेकी सबैले बिबीका लाई घरमा खोजे तर उ कतै थिइनन् । पछि खोज्दै जाँदा वलात्कार गरेर मारेको अवस्थामा रामचन्द्रको बाकसमा सिरकले बेरेको बिबीका को शव भेटिएको थियो । घटना लगत्तै रामचन्द्र महतो नुनिया लाई प्रहरीले पक्राउ गरेको छ । बलात्कार पश्चात घाँटी थिचेर हत्या गरेको बालिकाको शवलाई प्रहरीले शव परिक्षणको लागि जनकपुर अञ्चल अस्पतालमा लगेको जिल्ला प्रहरी कार्यालय धनुषाले बताएका छन् ।
  • झा तथा शर्मा माओबादिमा फेरी फर्किए

    धर्मराज, २७साउन , जनकपुर ।नयाँ शक्ति का  २प्रभावशाली नेता रामचन्द्र झा तथा  नेता रामकुमार शर्मा फेरी  आफ्नो पुरानो पार्टी ने क पा माओबादिमा फर्किनु भएको छ । झा र शर्माले शुक्रबार माओवादी अध्यक्ष प्रचण्डलई भेटेर माओवादी केन्द्रमै क्रियाशील रहने प्रतिवद्धता व्यक्त गर्दै मधेशमा माओवादीलाई शक्तिशाली बनाउन आफूहरु एकतावद्ध भएर अघि बढ्ने बताएका छन । 
  • जनकपुर उपमहानगरपालिका को सम्पुर्ण कामकाज बन्द

    धर्मराज, २१ साउन , जनकपुर ।क्षेत्र नं. २ को स्थानिय चुनाव नजदिक आई रहेको समयमा एकिकृत विकास आयोजनाको स्थलगत अनुगमनको लागि शहरी विकास तथा भवन निर्माण मन्त्री प्रभु साह १७ गते मंगलवार को दिन जनकपुर नगरक्षेत्र को ४ स्थित विद्यापति चोक पुगेको क्रममा मन्त्री साहले विभिन्न सम्बन्धित कार्यालयका प्रमुखहरुलाई बोलाएर निर्देशन दिईरहेको बेला स्थानिय वडा नं. ४ बस्ने सतिश झा नाम गरेको व्यक्तीले मन्त्री प्रभु साह तथा एस.पि. लालमणि आर्चाय को सामुन्ने जनकपुर उपमहानगरपालिकाका कार्यकारी अधिकृत अर्जुन प्रसाद सुवेदी लाई र्दुव्यवहार तथा हातपात गरेका थिए । उक्त घटना लाई भर्त्सना गर्दै नेपाल नगरपालिका कर्मचारी एसोसिएसन इकाई समिति जनकपुर उपमहानगरपालिका ले दोषी लाई २४ घण्टा भित्र कार्यवाही गर्न निर्णय गर्दै १७ गते नै जिल्ला प्रशाशन तथा जिल्ला प्रहरीमा ज्ञापनपत्र बुझाई सकेको अवस्थामा प्रशाशन बाट कुनै पनि प्रतिकृया नआएको भन्दै धनुषा तथा महोत्तरी का नगरपलिका र गाउँपालिका का सम्पुर्ण कार्यकारी अधिकृतहरुले एक पटक फेरी प्रमुख जिल्ला अधिकारी दिलिप कुमार चापागाई समक्ष असंतुष्टी व्यक्त गर्दै सतिश झा उपर कारवाही को लागी १८ गते पुनः ३ दिन को समय दिएका थिए । तर पनि २० गते सम्म घटना गर्ने दोषी पक्राउ नपरेको विरोधमा नेपाल नगरपालिका कर्मचारी एसोसिएसन इकाई समिति जनकपुर उपमहानगरपालिका का अध्यक्ष कृष्ण कुमार झा ले २२ गते आईतवार देखि कार्यालय तथा वडा कार्यालय बाट गरिने आपातकालिन सेवा बाहेक सम्पुर्ण कामकाज ठप्प पर्ने घोषणा गरेका छन । आब पनि प्रशाशन ले दोषी उपर कारवाही नगरे धनुषा महोत्तरी लगायत क्षेत्र नं.२ को सम्पुर्ण नगरपालिका को कामकाज प्रभावित गर्ने र सो पछि बाध्यतापर्वक नेपालकै सब नगरपालिकाहरु सशक्त आन्दोलन मा जाने कर्मचारी युनियन अध्यक्ष झा ले जनाएका छन ।  
  • धनगढी उपमहानगरपालिकाः कांग्रेस-एमालेलाई स्वतन्त्र र माओवादीको चुनौती

    दीपक उपाध्याय । ४ असार, कैलाली । प्रदेश नम्बर ७ को एक मात्र उपमहानगरपालिका धनगढीको चुनावी परिणामले कांग्रेसलाई यसकारणले ‘सरप्राइज’ दिन सक्छ, किनभने प्रधानमन्त्री शेरबहादुर देउवाको प्रतिष्ठा गाँसिएको धनगढीमा कांग्रेस विभाजित मानसिकतामा चुनावी प्रतिस्पर्धा गर्दैछ ।धनगढी नगरपालिका हुँदा यहाँ ०४९ मा कांग्रेस र ०५४ मा एमालेले जितेको थियो । ०६४ सालको संविधानसभा निर्वाचनमा कैलालीका सबै क्षेत्र जितेको माओवादी दोस्रो संविधानसभामा आउँदा एक सीटमा सीमित हुन पुग्यो ।दोस्रो संविधानसभाको चुनावमा नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले डडेल्धुरासँगै कैलालीको क्षेत्र नम्बर ६ मा समेत जित हासिल गरेका थिए । पछि उक्त स्थानमा देउवाले पुष्करनाथ ओझालाई टिकट दिएका थिए ।पहिलोपटक ०७० सालको चैत्रमा शुरु भएको अखण्ड/थरुहट आन्दोलनले थारु पहाडीबीचमा केही फाटो -दुरी) ल्याउने काम भयो, जसको प्रत्यक्ष असर स्थानीय तहको निर्वाचनमा देखिने प्रष्ट छ ।ठूला दल कांग्रेस र एमालेले प्रमुख पदमा थारु उम्मेदवार दिन नसक्नुले थारु मत अन्यत्र बाँडिन सक्ने आँकलन छ । माओवादी केन्द्रबाट उम्मेदवारी दिएका रामसमझ राना बलियो उम्मेदवारका रुपमा अगाडि बढिरहेका छन् ।अखण्ड आन्दोलनमा सुदूरपश्चिम कुनै पनि हालतमा अखण्ड हुनु पर्छ भनेर गरिएका चर्का भाषणबाजी अहिले तिनै दललाई भारी भएको छ । उता टीकापुर काण्डले समेत अखण्ड पक्षधरहरुलाई प्रभाव पार्ने देखिन्छ ।ठूला पार्टीका केन्द्रीय राजनीतिको असर यहाँसमेत देखिएको छ । गुट उपगुटको नाराले पार्टीभित्र एक प्रकारको द्वन्द्व नै निम्त्याएको छ । राम्रालाई भन्दा हाम्रालाई टिकट दिएपछि नेपाली कांग्रेस कैलाली विभाजित अवस्थामा छ ।क्षेत्र नम्बर ६ का क्षेत्रीय सचिव बुद्धी खड्काले वडा अध्यक्षको टिकट नपाएपछि बागी उम्मेदवारी दिएका छन् । उनले क्षेत्रीय कमिटीले आफूलाई वडाअध्यक्षमा सिफारिस गरे पनि टिकट नपाएपछि मतदाताको आग्रहमा बागी उम्मेदवारी दिएको बताए ।त्यस्तै नेपाली कांग्रेसकै वडा नम्बर १ बाट रामचन्त्द्र पौडेल पक्षधर कृष्णबहादुर कुँवरले वडा अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएका छन् । त्यस्तै वडा नम्बर १० वाट शिवु राना, ११ बाट तीर्थ पन्त र १६ वाट निर्मल ओझाले बागी उम्मेदवारी दर्ता गराएका छन् ।लामो विवादका वीच नेपाली कांग्रेसले ढिलो गरी उम्मेदवार टुंग्याएका कारण आकांक्षीहरु रुष्ट भएका छन् । यसलाई मिलाउन सकेन भने कांग्रेस हार्ने सम्भावना रहेको स्थानीय बताउँछन् । नेकपा एमालेभित्र समेत असन्तुष्टि देखिएको छ । भित्रभित्रै असन्तुष्ट पक्षहरुले स्वतन्त्र उम्मेदवार गोपाल हमाललाई मत दिने बताइरहेका छन् ।व्यक्तिगत रुपमा उद्यमी गोपाल हमालको उम्मेदवारीलाई लिएर अहिले चर्चा चलिरहेको छ । विकासवादी नेताका रुपमा परिचित हमालले सुदूरपश्चिमलाई सुदूरपश्चिमका नामले स्थापित गर्न सफल भएका छन् । उनी उद्योग वाणिज्य संघ कैलालीको अध्यक्ष रहेका बेला थालेको यो अभियानले अहिले सबैको मुखमा उनै उद्यमी हमालको नाम सुनिन थालेको छ । यो संगै उनै हमालको पालामा धनगढीमा रहेको एयरपोर्टको स्तोनन्ती भएको स्थानीय बताउँछन् । अहिले सो एयरपोर्टबाट दैनिक ३ उडानहरु भैरहेका   छन् । कांग्रेसका मेयरका उम्मेदवार नृप वड धनगढी नगर सभापति रहिसकेका व्यक्ति हुन् । जनतासँग प्रत्यक्ष सम्पर्कमा रहने नेताका रुपमा समेत उनी परिचित छन् । तर, पछिल्लो समय स्थानीय तहको राजनीतिक संयन्त्रमा रहेका बेला उनले गरेका कामबाट भने आम नगरबासी खुसी छैनन् ।नेकपा एमालेका मेयरका उम्मेदवार दुर्गा जोशी पेशाले शिक्षक हुन् । उनी जिल्ला अध्यक्ष दीर्घ सोडारी र पार्टी उपाध्यक्ष भीम रावलका निकटका हुन् । आम जनतामा राम्रोसँग भिजी नसकेका उनलाई मतदाता रिझाउन भने हम्मेहम्मे पर्ने देखिन्छ ।माओवादी केन्द्रका मेयरका उम्मेदवार रामसमझ राना पहिलो संविधान सभाको चुनावका बेला समानुपातिक उम्मेदवार थिए ।सरल स्वभावका राना मतदाता माझ लोकपि्रय छन् । अखण्ड/थरुहटको नारा लागेमा रानाले जित्ने सम्भावना छ । किनभने धनगढी उपमहानगरपालिकामा ४४ प्रतिशत थारु समुदायको बसोबास छ ।(साभारःअनलाईन खबर)
रुचाईएका सामाग्री
ss
बेल निमन्त्रणा र शोभा यात्रा
महेशकुमार दास  महोतरी ४ कार्तिक वडा दशैंको अवसरमा महोत्तरीको विभिन्न शक्तिपीठहरुमा बेल निमन्त्रणका लागि आज शोभा यात्रा निकालेका छन् । जिल्लाको मटिहानी, जलेश्वर, पिपरा, गौशाला, रामगोपालपुर, सम्सी लगायतका ..
ss
जनकपुर उपमहानगरपालिका को आवश्यक टेलिफोन र फैक्स बन्द
धर्मराज,  १७ चैत, जनकपुर । जनकपुर उपमहानगरपालिका को अति आवश्यक टेलिफोन र फैक्स बन्द अवस्थामा रहेको छ । आग लागी बखत को बेला खबर गरिने उपमहानगरपालिका को सब भन्दा महत्वपुर्ण नम्बर ०४१५२००११ को टेलीफोन सेट खराब ..
ss
जनकपुर उपमहानगरपालिका प्रति नकारात्मक असर
धर्मराज, १८ चैत, जनकपुर ।  जनकपुर उपमहानगरपालिका ले नगरको फोहर उठाउन बन्द गरेको छ । उपमहानगरपालिका ले नगरको फोहर उठाउन बन्द गरेकोले अहिले जताजतै विभिन्न चौकमा फोहरको डुगंर जम्मा भएको छ।यस्ले गर्दा स्थानिय ..
ss
महिलाको नजरमा पुरुष सेक्स मेसिन
एजेन्सी, जनकपुर, जेठ ११, सायद धेरै महिलाले यो सोँच्दछन् की पुरुषहरु सधैँ सेक्सका लागि तयार हुन्छन् । यो मान्यता २०÷२२ वर्षको तन्नेरीको हकमा त सही हुन सक्ला तर परिपक्व उमेरका अर्थात् पाको पुरुषको हकमा गलत सावित ..
ss
मधेशमा निर्वाचनको समस्या , प्रमुख निर्वाचन आयुक्त....
धर्मराज,४ चैत्र, जनकपुर । निवौचन कार्यालय धनषाले जिल्ला प्रशाशन कार्यालय मा स्थानिय निर्वाचन बारे डाकिएको बैठक मधेशी मोर्चाले बहिष्कार गरेको छ ।स्थानिय निर्वाचन बारे र प्रतिनिधिहरु तोक्ने समबन्धमा ..
ss
१५ रानी, ३० बच्चा र १०० नौकर सहित भारत आए स्वाजीलैंड का राजा
जनकपुरखबर, कात्तिक १३ ,०७२।  नयाँ दिल्ली , भारत अफ्रीका शिखर सम्मेलन मा ५४ देशका प्रतिनिधिहरु भाग लिरहेका छन । यस्मा स्वाजीलैंड नाम गरेको गरीब देश को अमीर राजा मस्वाती तृतीय आफ्ना १५ रानी, ३० बच्चा र १०० नौकर सहित ..
अन्तर्वार्ता
ss सीमांकन बेइमान अमिनले खराब जमिनको कित्ताकाट गरे जस्तो
थारु र मधेसी मिल्दा तीन नेतालाई पीडा भएको छ----- तराई मधेस लोकतान्त्रिक पार्टीका सह-अध्यक्ष हृदयेश त्रिपाठी तार्किक नेता मानिन्छन् । संविधानको मस्यौदा एवं प्रदेशको सीमांकनलाई लिएर मधेसवादी नेतामाथि लागिरहेका ..
विचार
ss तरार्इमा चुनाव कि आन्दोलन ?
भरत लामिछाने......दोस्रो चरणको स्थानीय चुनावको मुखमा यतिबेला तराई(मधेसमा अन्यौलको वातावरण छ । एकातिर सरकारले तराईका जायज मागहरु पूरा गर्नुपर्ने दायित्व छ । अर्कातिर, सरकारको नियन्त्रण बाहिरको माग पूरा गराउन ..
ss रामेछापका बाहुन कसरी पुगे जनकपुर
विमल पोखरेल----- नेपालमा संघीय प्रदेशहरुको सीमांकन सम्वन्धी दलहरुको सहमति सार्वजनिक भएसँगै जनताहरु आ(आफ्ना प्रदेशका विशेषता, साँस्कृतिक पहिचान, आर्थिक सामथ्र्य र सम्भाब्य राजधानीको अवस्थितिलाई आधार बनाएर ..
रोचक विश्व
ss १५ रानी, ३० बच्चा र १०० नौकर सहित भारत आए स्वाजीलैंड का राजा
जनकपुरखबर, कात्तिक १३ ,०७२।  नयाँ दिल्ली , भारत अफ्रीका शिखर सम्मेलन मा ५४ देशका प्रतिनिधिहरु भाग लिरहेका छन । यस्मा स्वाजीलैंड नाम गरेको गरीब देश को अमीर राजा मस्वाती तृतीय आफ्ना १५ रानी, ३० बच्चा र १०० नौकर सहित इंडिया आएका छन ।खास कुरा के छन भने उनी १५ रानी, ३० बच्चा र १०० भन्दा अधिक नौकरहरुको साथ नयाँ दिल्ली को एक मंहगो होटलमा बसेका छन ।उनी माथी आफ्ना प्रतिनिधिमंडल का सरकारी सदस्यहरु लाई ..
ss जापान मा लिङ्ग मेला ।।
(एजेन्सी) जापानको कावासाकी शहरमा प्रत्येक वर्ष अप्रील ५ मा मनाईने लिङ्ग मेलाको आयोजना यस वर्ष पनि गरिएको छ । विश्वकै सबैभन्दा ठूलो लिङ्ग मेलाका रुपमा चर्चित सो मेलामा सबै सामानहरु पुरुष लिङ्ग जस्तै देखिने वस्तुहरु बोकेर पुरुष तथा महिलाहरु समेत सडकमा घुम्ने गर्छन् । मेलामा सहभागी महिलाहरुहरुले पुरुष लिङ्गको आकारमा बनाइएका ललिपपहरु चुस्दै खुल्लारुपले सडकमा हिंडछन । एक किवदन्ती ..
ss छालामा हुक खोपेर पार गर्र्दै १,७४७ फीट चौडाइको नदी
एजेन्सी , ट्यारोलिन ट्रेवर्स सामान्यतया पर्वतारोहण अथवा नदिहरुलाई पार गर्ने समयमा गरिन्छ । समस्या परेको बेलामा यसको उपयोग अझ बढि गरिन्छ । मात्र एउटा डोरीको सहायताले मानिसहरु गुरुत्वाकर्षणको प्रयोग गरेर एउटा अन्त्य देखि अर्को अन्त्य सम्म पुग्ने गर्दछन् । १९ औँ शताब्दिको अन्त्यमा आल्प्स श्रृंखलाको ट्यारोलिनमा यसको प्रयोग गरिएको थियो ।यसैलाई निरन्तरता दिदैँ २३ वर्षकी मारिया ..
अपिल
परमादरणीय न्यायप्रेमी तथा परिवर्तनक संवाहक जनता लोकनि ! धनुषा जील्लाक क्षेत्र नं.३अन्तर्गत प्रतिनिधि सभा सदस्य मेअपनअमुल्य मत प्रदान क हमरा विजयी बनौनिहार राजर्षी जनकक कर्मभूमि,जगदम्बा जानकी क प्रादुभाव स्निग्ध स्थली जनकपुर सहित ग्रामिण क्षेत्रक सम्पूर्ण मतदाता , बुद्धिजीवी , शिक्षक ,कलाकार ,उधोगी ,व्यवसायी ,किशान, मजदूर ,विधार्थी, युवा ,महिला,दलित,मुस्लिम आ एही निर्वाचन मे प्रत्यक्ष(अप्रत्य्क्ष सहयोग कएनिहार सम्म्स्त सहयोगी हृदय आ हाथ सभप्रति परम हर्षोल्लासक सँग हार्दिक आभार सहित धन्यवाद क रहल छी ।राजेन्द्र महतो प्रतिनिधि सभा सदस्य ,धनुषा क्षेत्र नं.३अध्य्क्ष मण्डल (सदस्य )राष्ट्रीय जनता पार्टी नेपाल