स्वास्थ्य र यौन
  • मस्तिष्कलाई फाइदा पुर्याउने दौड

    एजेन्सी , मुटु स्वस्थ राख्ने व्यायामले मस्तिष्कलाई फाइदा पुर्याएको छ । एउटा अमेरिकी अध्ययनले २० देखि ३० वर्षको उमेरमा नियमित दौडने लगायतका व्यायाम गरे । त्यसपछिका थुप्रै वर्षसम्म मानिसहरुको मस्तिष्कलाई स्वस्थ राख्न सहयोग पुर्याएको देखिन्छ । मुटुलाई तन्दरुस्त राख्ने व्यायामहरु जस्तै दौडने , साइकल चलाउने र पौडिने गर्दा २० वर्षसम्म पनि त्यसले सोच्ने शैली र स्मरण शक्तिलाई फाइदा पुर्याउने ठानिएको छ ।
    न्यरोलोजी नामक जर्नलमा प्रकाशित अनुसन्धानले मुटुको स्वास्थ्य राम्रो भए मस्तिष्कलाई पनि त्यसले फाइदा पुर्याउने प्रमाणलाई बल पुर्याएको वैज्ञानिकहरुले बताएका छन् । व्यायामका दौरान शरीरले कति राम्रो ढंगले अक्सिजन लिन सक्छ र मांसपेशीहरुमा सञ्चार गर्न सक्छ । त्यसले मुटुको तन्दुरुस्ती निर्धारण गर्छ । मिन्नेसोटा विश्वविद्यालयका अनुसन्धानकर्ताहरुले औसतमा २५ वर्ष उमेर भएका ३ हजार स्वस्थ मानिसहरुमा उक्त परीक्षण गरेका थिए । यो एउटा महत्वपूर्ण अध्ययन हो । जसले युवाहरुलाई के कुरा सम्झाएको छ भने दौडने, पौडी खेल्ने, साइकल चलाउने तथा मुटु स्वस्थ राख्ने अन्य उपायहरुले मस्तिष्कलाई फाइदा पुर्याउँदछ । डा.डेभिड ज्याकोब्स, अध्ययनका लेखक हुन् उनका अनुसार–उनीहरुले अध्ययनको पहिलो वर्ष दौडन मिल्ने एक खालको मेसिन ट्रडिमिलमा मानिसहरुलाई दौडाएर परीक्षण गरेका थिए । २० वर्षपछि त्यो प्रक्रिया फेरि दोहोर्याएर तुलना गरेका थिए । ती मानिसहरुलाई श्वाँस लिन अप्ठ्यारो हुनु अघि सम्म जति दौडन सकिन्छ त्यति दौडिन भनिएको थियो । अध्ययन सुरु भएको २५ वर्षपछि उनीहरुको स्मरण शक्ति र सोच्ने शैली मापन गर्न ज्ञान सम्बन्धी परीक्षणहरु पनि लिइएको थियो । धूम्रपान ,उच्च कोलेस्टोरेल तथा मधुमेह जस्ता पक्षलाई पनि समेट्दा समेत ट्रडिमिलमा लामो समय सम्म दौडने मानिसले स्मरण शक्ति र सोच्ने शैलीसम्बन्धी परीक्षणहरुमा राम्रो गरेको देखिएको छ ।डा. डेभिड ज्याकोब्सका अनुसार धेरै अध्ययनहरुले मुटु स्वस्थ भए त्यसले मस्तिष्कलाई फाइदा पुर्याउने देखाएका छन् । यो अति नै महत्वपूर्ण अध्ययन हो, जसले युवाहरुलाई के कुरा सम्झाएको छ भने दौडने, पौडी खेल्ने, साइकल चलाउने तथा मुटु स्वस्थ राख्ने अन्य उपायहरुले मस्तिष्कलाई फाइदा पर्ुयाउँदछ । डा. ज्याकोब्सले स्वास्थ्यको सामाजिक, भौतिक तथा मानसिक पक्षहरुलाई समेट्ने पूर्ण तन्दुरुस्तीको अवधारणा विकास भएको पनि बताए । अल्जाइमर्स समाजकी एक जना प्रवक्ताले ज्ञान तथा स्मरण शक्ति घट्ने खतरालाई नियमित व्यायामले कम गर्ने दरो प्रमाणहरु देखिएका छन् ।  
  • महिलाको नजरमा पुरुष सेक्स मेसिन

    एजेन्सी,
    जनकपुर, जेठ ११,
    सायद धेरै महिलाले यो सोँच्दछन् की पुरुषहरु सधैँ सेक्सका लागि तयार हुन्छन् । यो मान्यता २०÷२२ वर्षको तन्नेरीको हकमा त सही हुन सक्ला तर परिपक्व उमेरका अर्थात् पाको पुरुषको हकमा गलत सावित हुनसक्छ । उमेर बढेसँगै विभिन्न जिम्मेवारी पनि थपिन्छन् ।
    सोही कारण कोही पनि पुरुष जतिखेर पनि सेक्सका लागि तयार तथा इच्छुक हुन सक्दैन । उमेर बढेसँगै पुरुषमा पनि सामाजिक जिवनका परिवन्द बढ्छन् र करिअरको चिन्ता पनि हुन्छ । त्यसकारण यस उमेरमा पुरुषले सेक्सका बारेमा कम र करिअरका बारेमा बढि सोँच्दछ ।
    कामको बोझ, पैसा कमाउने चिन्ता, परिवारको इच्छा पूरा गर्ने जिम्मेवारी सबै थोपरिएको अवस्थामा आखिर पुरुषले कसरी हर समय सेक्सको बारेमा सोँच्न सक्छ ? तर महिलाहरुले पुरुषको यो परिवन्दप्रति वेवास्ता गर्छन् र पुरुषहरु भोगी हुने र अरु सबैलाई त्याग गर्दै सेक्समा लिप्त हुनसक्ने ठान्छन् । यौन विज्ञहरुका अनुसार पुरषहरुका लागि सेक्स भन्दा ठूलो कुरा इमोसनल लभ हुन्छ । सेक्स गर्दा भन्दा कसैले मिठो स्वरमा माया गरेर आइ लभ यु भन्छ भने त्यसमा पुरुष बढि सन्तुष्ट तथा खुसी हुन्छ ।
    धेरै पुरुषहरुको दुखेसो आफुलाई पार्टनरले इमोसनल सपोर्ट नगरेको भन्ने हुन्छ । महिलाले आफुलाई सेक्सका लागि मात्र उपयोग गर्छन् भन्ने मनोभावना पनि कतिपय पुरुषमा हुन्छ । वास्तवमा संवेगात्मकतामा महिला पुरुषभन्दा निकै पछाडि हुन्छन् । महिलाहरु पुरुषलाई सेक्स मेसिनको रुपमा हेर्छन् र सोही अनुरुप प्रयोग गर्न चाहन्छन् ।
  • अञ्चल अस्पतालमा इन्डोस्कोपी

    जनकपुर खबर,
    जनकपुर, वैशाख २९,
    जनकपुर अञ्चल अस्पतालमा इन्डोस्कोपी र क्रोमोस्कोपी सेवा आरम्भ भएको छ ।
    यस क्षेत्रमा सञ्चालित निजी अस्पतालहरूमा समेत इन्डोस्कोपी सेवा नरहेकाले पेटमा भएको अल्सरलगायतका रोग पत्ता लगाउन यस क्षेत्रका रोगीलाई राजधानी काठमाडौँ, धरान या भारतको दरभंगा पटना लगायतका ठाउँमा जानुपर्ने बाध्यता बन्दै आएको थियो । अञ्चल अस्पतालमा प्रथम पल्ट आरम्भ भएको इन्डोस्कोपी सेवाबाट पेटका रोग पत्ता लगाउन सजिलो हुने भएकोले रोगी सटिक औषधीबाट चाँडै निको हुने विश्वास डा महेश महासेठले गर्नुभएको छ । यस मेसिनको सञ्चालनबाट पेटमा रहेको क्यान्सर, अल्सरलगायतका रोग छुट्याउन सजिलो हुने अञ्चल अस्पतालका मेसु डा बलराम मिश्रले जानकारी गराउँदै अब अन्दाजको भरमा रोगीलाई औषधी दिने प्रचलन हट्ने बताउनुभयो ।
    अञ्चल अस्पतालद्वारा आयोजित पत्रकार सम्मेलनको अध्यक्षता गर्दै जनकपुर अञ्चल अस्पताल विकास समितिका अध्यक्ष कामेश्वर झाले इन्डोस्कोपी सेवा प्रदान वापत रु. ८००।– र आन्द्राबाट मासु झिकी जाँच गरेवापत रु.१०००।– शुल्क निर्धारण भएको बताउनु भएको छ । उहाँले खरिदार पदमा कार्यरत कर्मचारी विजय राउतले अन्य कर्मचारीलाई झुक्याइएको लगायतका कार्यहरू गरेकोले पाँच सदस्यीय छानबिन कमिटी गठन गरिएको समेत जनाउनुभयो ।
     
  • अखाद्य पदार्थले पकाएको आँप बजारमा

    रासस,
    अखाद्य पदार्थ हालेर पकाएको आँप जनकपुर बजारमा व्यापक रूपमा बिक्री हुने गरेकाले यसको प्रयोगले उपभोक्ताहरूको स्वास्थ्यमा प्रतिकुल असर पर्न थालेको छ । 
    कार्वाइड(कार्वन) नामक रसायन प्रयोग गरी पकाइएका आँप खानाले पेटमा असर गर्नुका साथै स्वास्थ्यमा समेत नकारात्मक असर पर्ने चिकित्सकहरू बताउँछन् ।
    कार्वाइड नामक रसायन काँचो आँपमा राख्नाले २४ घण्टामै पाक्ने गरेकाले व्यापारीहरूले बढी आर्थिक लाभको कारण यस्तो आँप ल्याएर बजारमा बेच्ने गरेको पाइएको छ ।
    प्राकृतिक रूपमा आँप पाक्ने मौसम अहिले नभएकाले सो रसायन हाली पकाइएको आँप खाँदा पेट दुख्ने, वान्ता हुने जस्ता रोगहरू लाग्न गइ स्वास्थ्यामा प्रतिकुल असर पर्ने गरेको चिकित्सक डा. सुरेन्द्रकुमार कर्णले बताउनुभयो ।
    भारतको दिल्ली, कोलकाता, मद्रासलगायतका बजारबाट दैनिक जनकपुर बजारमा अहिले रु सात लाख ५० हजार मूल्य बराबरको १५ टन आँप आउने गरेको जनकपुर फलफुल व्यवसायी सङ्घले जनाएको छ ।
    भारतबाट वैशाख महिनाको पहिलो सातादेखिनै आँप जनकपुरको बजारमा आउन थालेको र एक हप्ता लगाएर आउने गरेकाले आँप पाक्ने गरेको हो ।
    बढी आर्थिक लाभ दिन व्यापारीहरूले रसायन हाली पकाएको आँपलाई रूखमै पाकेको आँप भनेर बिक्री गर्ने गरेको पाइएको छ ।
    स्वास्थ्यमा समेत प्रतिकूल असर पार्ने यस प्रकारको अखाद्य आँपको बिक्रीमा स्थानीय निकायले रोक लगाउनुपर्ने उपभोक्ताहरूको माग रहेको छ ।
    भारतबाट आउने यस्तो आँप अहिले बजारमा प्रतिकिलो एक सय रुपैयाँका दरले बिक्री हुने गरेको उपभोक्ताहरू बताउँछन् ।  
  • महिलालाई चाहिन्छ एकभन्दा बढी सेक्स पार्टनर: अध्ययन

    एजेन्सीः
    मायाप्रितीमा महिला वा पुरूष को बढी समर्पित हुन्छन् भन्ने तथ्यको पुष्टि एउटा कठिन कार्य हो । झट्ट सोच्दा महिला बढि इमान्दार ठानिन्छन् । तर, हालै गरिएको एक अध्ययनले आम मानिसको सोचलाई गलत प्रमाणित गरेको छ । आफ्नो पुरूष पार्टनरबाट लुकाई घरबाहिर अन्य पुरूषस“ग शारिरीक सम्बन्ध राख्न महिलाहरू बढी सिपालु हुन्छन् । साथै, महिलाहरूले पुरूषहरूभन्दा धेरै सेक्स पार्टनर पनि सजिलै भेटाउ“छन् । द युके एडल्ट्री सर्वे २०१२ का अनुसार, अवैवाहिक सम्बन्धमा पनि महिलाहरूकै बढि सहभागिता देखिन्छ । आफ्नो पति वा प्रेमीलाई धोका दिने निर्णय गरिसकेपछि महिलाहरू कुनै हदसम्म जान तयार हुन्छन् र एक धोकेबाज पुरूषभन्दा धेरै पार्टनरस“ग सम्बन्ध बनाउ“छन् । 
    चार हजार मानिसमा गरिएको सर्वेक्षणमा, २.३ प्रतिशत महिलाले गुप्त प्रेमी राख्ने गरेको तथ्य बाहिर आएकोे छ । तर, सहभागीमध्ये १.८ प्रतिशत पुरूष यस्तो कार्यमा संलग्न हुने गरेको तथ्याङ्क सार्वजनिक भएको छ । यस अर्थमा महिलाहरूले शारिरीक सम्बन्धका लागि धेरै पार्टनर राख्ने गरेको सर्वेक्षणले जनाएको छ ।
    विवाह गरेको पा“च वर्षमा नै महिलाले पतिलाई धोका दिन सोच्छन् भने पुरूषको मनमा यस्तो विचार विवाहको छैठौं वर्षमा आउछ । साथै, अन्य पुरूषस“ग शारिरीक सम्बन्ध राख्ने महिलामध्ये करिब ५७ प्रतिशत महिला त्यही गैरपुरूषस“ग मायामा पनि पर्छन् । पुरूषहरूले शारिरीक सम्बन्ध कायम गरेपनि मायाबाट टाढै बस्न मन पराउ“छन् । त्यसैले सहभागीमध्ये मात्र २७ प्रतिशत पुरूषले मात्र परस्त्रीलाई माया गर्ने गरेको स्विकारेका थिए ।
     
  • महिलाले पुरुषबाट चाहने सात कुरा

    एजेन्सी : 
    महिलालाई बुझ्न अत्यन्त गाह्रो छ, तर बुझ्ने पहलै गरिएन भने झन घातक सावित हुन सक्दछ । महिला के चाहन्छन भन्ने प्रश्न सटिक उत्तर संसारमै कोही सँग छैन, तर यसो भन्दैमा पुरुषहरुले आत्तीहाल्नु पर्ने स्थिति पनि छैन् । केही कुरा छन् जुन महिलालाई अत्यन्त मन पर्छ । यी कुरा पढ्नुस, सिक्नुहोस महिलालाई खुसी राख्न । यस्ता महिलाले पुरुषबाट चाहने सात कुरा तपाई पनि जानी राख्नुहोस् ।
    १. सुपर म्यानः महिलाहरु सिनेमाघरका पर्दामा देखने विभिन्न चरित्रहरुबाट दैनिक जीवनमा पनि प्रभावित हुन्छन् । उनीहरु वास्तविक जीवनमा त्यस्तै पुरुषसाथी चाह्न्छन् । त्यस्ता पुरुषसाथीसँग सुरक्षित महसुस गर्छन् । त्यसैले हर तरिकाले सुरक्षा दिन र असहज परिस्थितिमा साथ दिन योग्य पुरुष बन्न प्रयत्न गर्नुहोस् । 
    २.वास्नादार बस्नुसः अघि पर्दा ठुस्स गन्हाउने, पसिना गन्हाउने पुरुषबाट महिलाहरु टाढै बस्न चाह्न्छन् । त्यसैले, दिनऔं नुहाउनुस र डिओडोरेन्ट वा परफ्युम प्रयोग गर्नुस । परफ्युम प्रयोग गर्दा पनि सही गन्धको छनोट गर्नुहोस ।
    ३. सरप्राइजः लुगा, किताव, डायरी वा चकलेट नै भएपनि सरप्राइज गिफ्ट प्रति महिलाहरु हुरुक्कै हुन्छन्, बेलाबखत सरप्राइज दिन कहिलै नभुल्नु होला।
    ४.पारदर्शिताः इमान्दारिताको त जहाँ पनि महत्वपुर्ण हुन्छ । यदि तपाई लामोसमयको सम्वन्ध चाहनुहुन्छ भने झुट नबोल्नुस र कुनै कुरा नलुकाउनुस । झुट बोल्ने र बोली पुरा नगर्ने पुरुषलाई महिलाहरु घृणा गर्दछन्।् । 
    ५. राम्रो र स्फुर्त शरिरः तपाईले सिक्स प्याक वा एट प्याकनै बनाउन नसकेपनि दिनहुँ व्यायाम गर्नुस र बडीलाई शेपमा राख्नुस । भद्दा शरिर, ठुलो पेट महिलाहरु मन पराउँदैनन । 
    ६. राम्रो ड्रेसअपः लुगा मिलाएर लगाउनुस, फिटिङ् लुगालाई प्राथमिकतामा राख्नुस, अस्तव्यस्त तरिका हिँड्ने पुरुषप्रति महिलाहरु आकर्षित हुँदैनन् । 
    ७. हातको जादुः तपाईले राम्रो र महँगो रेष्टुरेन्टमा लगेर खुवाएको भन्दा आफ्नै हातले केही मिठो पकाएर खुवाउन सक्नु भयो भने त्यो जिन्दगी भर भुल्दैनन् महिलाहरु । त्यसैले पकाउन पनि सिक्नुस । 
     
  • सावधान ! धुम्रपानले बनाउन सक्छ नपुंसक

    एजेन्सी : चुरोट खाँदा कुनै कुनै महिलाको अगाडि तपाईं बढी आकर्षक त देखिन सक्नुहुन्छ, तर यो बानीले भने तपाईको स्वास्थ्यमा खतरनाक असर पारिरहेको हुन्छ । यतिसम्म कि, धुम्रपानले नपुंसक समेत बनाउन सक्छ ।
    चीनको राजधानी बेइजिङ्मा विश्व स्वास्थ्य संगठन, तमाखु, स्वास्थ्य सहयोग केन्द्रका निर्देशक वांग चेनका अनुसार धुम्रपान यौन सम्बन्धी समस्याको कारण बन्न सक्छ । तर, यो सम्बन्धको बारेमा अमेरिका र युरोपको दाँजोमा चीनमा बढी चर्चा नभएको हो ।
    वांगले तमाखु नियन्त्रण कार्यशालामा भने, ‘हामीलाई यसबारे बढी कुरा गर्नुपर्छ र ठोस वैज्ञानिक तथ्यांकसँग दाबीको समर्थन गर्नुपर्छ ।’ गत वर्ष १५ देखि ६० वर्षका १२ हजार ७ सय ४३ चीनका पुरुषमाथि गरिएको सर्वेक्षणमा पाइयो कि १७.१ प्रतिशत पुरुष नपुंसक थिए । वांगका अनुसार धूमपानले मोटोपना, मुधुमेह लगायत अन्य थुप्रै रोगको खतरा हुन्छ ।
    सन् २००७ मा एउटा अन्य अध्ययनमा भनिए अनुसार धूमपान गर्नेहरको नपुंसक हुने सम्भावना धूमपान नगर्नेहरुको दाँजोमा १.४१ गुणा बढी हुन्छ ।
     
  • महिलाले अग्ला पुरुष मन पराउनुको कारण

    एजेन्सी :
    अग्लो हुनु आफैमा एक सुन्दर र आकर्षक लक्षण हो । अग्ला मानिस अरूभन्दा आकर्षक देखिन्छन् भन्नुमा कुने दुईमत छैन् । अग्लो कद र गठिलो शरीर भएको पुरुषले जुनसुकै महिलाको ध्यान आफुतिर तान्छ । र, अहिले आएर यो तथ्य वैज्ञानिकहरूले पनि विभिन्न अध्ययनबाट प्रमाणित गरिसकेका छन् ।
    एक अध्ययनले महिलाहरुले अग्लो कदका पुरुष मन पराउने तथ्य फेला पारेको छ । अमेरिकाको उटाह विश्वविद्यालयका शोधकर्ताहरुले गरेको अध्ययनले यस्तो देखाएको हो । साथै शोधकर्ताहरुले यहीँ यौनिक रोजाइका कारण मानिस बाँदरजस्तो चारखुट्टे जनावरबाट दुइखुट्टाले हिड्ने प्राणीमा विकशित भएको समेत निष्कर्ष निकालेका छन् ।
    शोध टोलीका प्राध्यापक डेभिड क्यारिअरले महिलाले अग्लो पुरुष रोज्ने तथ्य मानिसको क्रमविकाश सँग पनि जोडिएको दाबी गर्दै महिलाले अग्लो पुरुषलाई मन पराउनुका विभिन्न मनोवैज्ञानिक तथा सामाजिक कारण रहेको उल्लेख गरेका छन् । उनका अनुसार अग्लो कदका पुरुष आकर्षक त हुन्छन् नै पुरुषको उचाइँ स्वास्थ्य, सामाजिक डोमिनेन्स तथा ज्ञान र अन्य बौद्धिक क्षमता सँग पनि जोडिएको हुन्छ ।
    अग्ला पुरुषको वंशाणु अर्थात् जिन उत्कृष्ट हुने र त्यस्ता पुरुषसँगको बिहे गरेर जन्मिने बच्चा पनि राम्रो हुने आकांक्षाले समेत महिलाहरु अग्ला पुरुषप्रति आकंषित बन्ने गरेका हुन् । तर रोचक कुरा त के भने
    उचाइको रोजाइमा महिला भन्दा पुरुष ठ्याक्कै उल्टो छन् । महिलाले अग्ला पुरुष मन पराउँछन् भने पुरुषले मध्यम कदका र अझ भनौँ होँचा महिला मन पराउँछन् ।

     
  • तपाईको रोजाई चुम्बन कि सेक्स ???

    एजेन्सी: तपाईलाई आफ्नो सम्बन्ध लाई राम्रो बनाउन चुम्बन र सेक्स मध्ये कुनले बढी राम्रो भुमिका खेलेको जस्तो लाग्छ? अमेरिकाको एउटा युनिभर्सिटीमा गरिएको एक सर्वेक्षणमा पुरुषहरुले सेक्स गर्दा र महिलाहरुले किस गरेको बेला आफ्नो सम्बन्ध अझै राम्रो भएको ठान्ने गर्दछन।
    १,०४१ जना युनिभर्सिटीका बिद्यार्थीहरु माझ गरिएको सर्वेक्षणमा केटाहरुले केटीहरुले भन्दा बढी किस नै नगरीकन सेक्स सम्बन्ध राख्ने गरेको पाईएको थियो। यस्तै अनुषन्धानको क्रममा किस गर्दा सम्बन्धामा अझै रोमानटिक थपिने अनुभव गरेको पनी पाईएको थियो।
    "चुम्बन गर्दा दुवैको तर्फ बाट केही रासायनिक तत्वहरु पनी आदान प्रदान हुने हुनाले यस्तो भएको हुन सक्दछ" रिपोर्टमा उल्लेख गरिएको छ।
    "महिलाहरुको तुलनामा पुरुषहरुले बढी खुला मुख र जिब्रोमा चुम्बन गर्न मन पराउछन र यस्तो तरिकाले चुम्बन गर्दा एक अर्कामा रासयनिक पदार्थहरु आदान प्रदान धेरै हुने गर्दछ" अनुषन्धानकर्ता मध्ये एकको भनाई छ।
    धेरैले आफ्नो सम्बन्धको एउटा भागको रुपमा चुम्बनलाई लिने गरेको अनुषन्धानको क्रममा पाईएको थियो। "एउटा खराब चुम्बनले तपाईको सम्बन्ध लाई बिगार्न सक्दछ" रिपोर्टमा उल्लेख गरिएको छ। तर महिलाहरुले भने सेक्स गरी सके मात्र चुम्बनको बारेमा सोच्ने गरेको बताएका थिए।
     
  • धेरै इन्टरनेट चलाउनु पनि खतरनाक

    एजेन्सी: इन्टरनेटको अति प्रयोग गर्ने बानी बस्नु भनेको तपाइँ लागु औषधको कुलतमा फस्नु जस्तै हो । हालै गरिएको एक अनुसन्धानले इन्टरनेटको कुलत बसेका मानिसहरुको मस्तिष्कमा लागुऔषध प्रयोगकर्ता तथा धूमपान र मध्यपानका अम्मलीको जस्तै असर पर्ने निष्कर्ष निकालेको छ ।
    चिनिँया अनुसन्धानकर्ताहरुले इन्टरनेटको अत्यधिक प्रयोग गर्ने लत बसेका युवाहरुको मस्तिष्कको परिक्षण गरी यस्तो तथ्य पत्ता लगाएका हुन् । चाइनिज एकेडेमी अफ साइन्सका अनुसन्धानकर्ता हाओ लेइको नेतृत्वमा रहेको अनुसन्धान टोलीले १४ देखि २१ वर्ष उमेर समूहका ३५ जना केटाकेटीहरुको मस्तिष्कको स्क्यान गरेर इन्टरनेटको प्रयोगले गर्ने असरको अध्ययन गरेको थियो । त्यसमध्ये १७ जना इन्टरनेटको लत बसेका केटाकेटी थिए । 
    चिकित्साको भाषामा अनियन्त्रित रुपमा इन्टरनेट प्रयोग गर्ने बानीलाई इन्टरनेटको कुलत अर्थात इन्टरनेट एडिक्सन डिसअर्डर -आइ ए डी)भन्ने गरिएको छ । लागुऔषधको प्रयोग गर्नेहरुको जस्तै इन्टरनेट प्रयोगको लत बसेकाहरुको मस्तिष्कको स्नायु रेशा हुने सेतो भागमा परिवर्तन आउने र
    त्यस्तो परिवर्तन पछि उक्त व्यक्तिले चाहँदा पनि इन्टरनेटको प्रयोग घटाउन नसक्ने वैज्ञानिकहरुको ठहर छ, जसरी ड्रग्स लिने मान्छेले लत छाड्न सक्दैन ।
    इन्टरनेटको कुलतमा फसेकाहरुको मस्तिष्कको सेता भाग (ह्वाइट म्याटर)मा हुने स्नायु रेशाहरुको अन्य भागसँगको सम्पर्क छुट्नजान्छ जसका कारण उक्त व्यक्तिले निर्णय गर्ने, संयमता अपनाउने तथा आत्मनियन्त्रण गर्ने लगायतका काम गर्न सक्दैन । यता बेलायतको किंग्स कलेजका मनोवैज्ञानिक गन्टर सुम्यानले इन्टरनेटको जस्तै भिडियो गेमको अत्यधिक प्रयोग गर्ने मानिसमा पनि यस्तो कुलत बस्ने बताएका छन् । 
    वैज्ञानिकहरुले इन्टरनेटको कुलतको विषयमा भएको पछिल्लो अनुसन्धान चिकित्सा मनोविज्ञान क्षेत्रमा कोशेढुंगा सावित हुने बताएका छन् ।
रुचाईएका सामाग्री
ss
बेल निमन्त्रणा र शोभा यात्रा
महेशकुमार दास  महोतरी ४ कार्तिक वडा दशैंको अवसरमा महोत्तरीको विभिन्न शक्तिपीठहरुमा बेल निमन्त्रणका लागि आज शोभा यात्रा निकालेका छन् । जिल्लाको मटिहानी, जलेश्वर, पिपरा, गौशाला, रामगोपालपुर, सम्सी लगायतका ..
ss
महिलाको नजरमा पुरुष सेक्स मेसिन
एजेन्सी, जनकपुर, जेठ ११, सायद धेरै महिलाले यो सोँच्दछन् की पुरुषहरु सधैँ सेक्सका लागि तयार हुन्छन् । यो मान्यता २०÷२२ वर्षको तन्नेरीको हकमा त सही हुन सक्ला तर परिपक्व उमेरका अर्थात् पाको पुरुषको हकमा गलत सावित ..
ss
जनकपुर उपमहानगरपालिका प्रति नकारात्मक असर
धर्मराज, १८ चैत, जनकपुर ।  जनकपुर उपमहानगरपालिका ले नगरको फोहर उठाउन बन्द गरेको छ । उपमहानगरपालिका ले नगरको फोहर उठाउन बन्द गरेकोले अहिले जताजतै विभिन्न चौकमा फोहरको डुगंर जम्मा भएको छ।यस्ले गर्दा स्थानिय ..
ss
मधेशमा निर्वाचनको समस्या , प्रमुख निर्वाचन आयुक्त....
धर्मराज,४ चैत्र, जनकपुर । निवौचन कार्यालय धनषाले जिल्ला प्रशाशन कार्यालय मा स्थानिय निर्वाचन बारे डाकिएको बैठक मधेशी मोर्चाले बहिष्कार गरेको छ ।स्थानिय निर्वाचन बारे र प्रतिनिधिहरु तोक्ने समबन्धमा ..
ss
जनकपुर उपमहानगरपालिका को आवश्यक टेलिफोन र फैक्स बन्द
धर्मराज,  १७ चैत, जनकपुर । जनकपुर उपमहानगरपालिका को अति आवश्यक टेलिफोन र फैक्स बन्द अवस्थामा रहेको छ । आग लागी बखत को बेला खबर गरिने उपमहानगरपालिका को सब भन्दा महत्वपुर्ण नम्बर ०४१५२००११ को टेलीफोन सेट खराब ..
ss
१५ रानी, ३० बच्चा र १०० नौकर सहित भारत आए स्वाजीलैंड का राजा
जनकपुरखबर, कात्तिक १३ ,०७२।  नयाँ दिल्ली , भारत अफ्रीका शिखर सम्मेलन मा ५४ देशका प्रतिनिधिहरु भाग लिरहेका छन । यस्मा स्वाजीलैंड नाम गरेको गरीब देश को अमीर राजा मस्वाती तृतीय आफ्ना १५ रानी, ३० बच्चा र १०० नौकर सहित ..
अन्तर्वार्ता
ss सीमांकन बेइमान अमिनले खराब जमिनको कित्ताकाट गरे जस्तो
थारु र मधेसी मिल्दा तीन नेतालाई पीडा भएको छ----- तराई मधेस लोकतान्त्रिक पार्टीका सह-अध्यक्ष हृदयेश त्रिपाठी तार्किक नेता मानिन्छन् । संविधानको मस्यौदा एवं प्रदेशको सीमांकनलाई लिएर मधेसवादी नेतामाथि लागिरहेका ..
विचार
ss तरार्इमा चुनाव कि आन्दोलन ?
भरत लामिछाने......दोस्रो चरणको स्थानीय चुनावको मुखमा यतिबेला तराई(मधेसमा अन्यौलको वातावरण छ । एकातिर सरकारले तराईका जायज मागहरु पूरा गर्नुपर्ने दायित्व छ । अर्कातिर, सरकारको नियन्त्रण बाहिरको माग पूरा गराउन ..
ss रामेछापका बाहुन कसरी पुगे जनकपुर
विमल पोखरेल----- नेपालमा संघीय प्रदेशहरुको सीमांकन सम्वन्धी दलहरुको सहमति सार्वजनिक भएसँगै जनताहरु आ(आफ्ना प्रदेशका विशेषता, साँस्कृतिक पहिचान, आर्थिक सामथ्र्य र सम्भाब्य राजधानीको अवस्थितिलाई आधार बनाएर ..
रोचक विश्व
ss १५ रानी, ३० बच्चा र १०० नौकर सहित भारत आए स्वाजीलैंड का राजा
जनकपुरखबर, कात्तिक १३ ,०७२।  नयाँ दिल्ली , भारत अफ्रीका शिखर सम्मेलन मा ५४ देशका प्रतिनिधिहरु भाग लिरहेका छन । यस्मा स्वाजीलैंड नाम गरेको गरीब देश को अमीर राजा मस्वाती तृतीय आफ्ना १५ रानी, ३० बच्चा र १०० नौकर सहित इंडिया आएका छन ।खास कुरा के छन भने उनी १५ रानी, ३० बच्चा र १०० भन्दा अधिक नौकरहरुको साथ नयाँ दिल्ली को एक मंहगो होटलमा बसेका छन ।उनी माथी आफ्ना प्रतिनिधिमंडल का सरकारी सदस्यहरु लाई ..
ss जापान मा लिङ्ग मेला ।।
(एजेन्सी) जापानको कावासाकी शहरमा प्रत्येक वर्ष अप्रील ५ मा मनाईने लिङ्ग मेलाको आयोजना यस वर्ष पनि गरिएको छ । विश्वकै सबैभन्दा ठूलो लिङ्ग मेलाका रुपमा चर्चित सो मेलामा सबै सामानहरु पुरुष लिङ्ग जस्तै देखिने वस्तुहरु बोकेर पुरुष तथा महिलाहरु समेत सडकमा घुम्ने गर्छन् । मेलामा सहभागी महिलाहरुहरुले पुरुष लिङ्गको आकारमा बनाइएका ललिपपहरु चुस्दै खुल्लारुपले सडकमा हिंडछन । एक किवदन्ती ..
ss छालामा हुक खोपेर पार गर्र्दै १,७४७ फीट चौडाइको नदी
एजेन्सी , ट्यारोलिन ट्रेवर्स सामान्यतया पर्वतारोहण अथवा नदिहरुलाई पार गर्ने समयमा गरिन्छ । समस्या परेको बेलामा यसको उपयोग अझ बढि गरिन्छ । मात्र एउटा डोरीको सहायताले मानिसहरु गुरुत्वाकर्षणको प्रयोग गरेर एउटा अन्त्य देखि अर्को अन्त्य सम्म पुग्ने गर्दछन् । १९ औँ शताब्दिको अन्त्यमा आल्प्स श्रृंखलाको ट्यारोलिनमा यसको प्रयोग गरिएको थियो ।यसैलाई निरन्तरता दिदैँ २३ वर्षकी मारिया ..
अपिल