कलिवुड
  • जनकपुरमा मुरलीधरको संगित सन्ध्या

    आशिश कुमार,
    जनकपुर, चैत्र २७
    नेपालको सिरहा–औरही घर भएका र २३ सालमै फिल्मी क्षेत्रमा कलिवड देखी बलीवड सम्म आफ्नोे प्रतिभा का कारण सफल भएका मैथिली सिनेमाका चर्चित गितकार एवं कलाकार मुरलीधरको वैशाख १२ गते जनकपुरमा संगित सन्ध्याको कार्यक्रम हुने भएको छ । पत्रकार सम्मेलनमा आयोजक समितिका संयोजक अवधेष कामत ले दिएको जानकारी अनुसार सो कार्यक्रममा मुरलीधरले नेपाली,मैथिली,हिन्दी,भोजपुरी लगायत ६ वटा भाषामा गित गाउने छन । करिब ७ लाख सम्मको खर्च हने कार्यक्रममा दर्शकको लागी एघार सयको दरले टिकट उपलब्ध हुने व्यवस्था गरिएको र कार्यक्रमको खर्च पछि बच्ने रकम बाट जनकपुरको विकासमा उक्त रकम खर्च गरिने संयोजक कामतले भनेका छन । मैथिली फिल्म सस्ता जिनगी महग सेनुर र सजना के आँगनमे सोलह श्रींगारको गित,संगीत,कथा,निर्देशन ,अभिनय र अरु भोजपुरी फिल्म को साथ साथै मुरलीधरले नेपाली फिल्म र टेलीफल्म लगाएत हिन्दी फिल्म मिस्टर इंडिया, मेम साहब, कंकालिनी, नक्सलाईड र एक दुजे के लिए तथा टेलीफिल्म महाभारत समेतमा अभिनय गरी सकेका छन ।



     
  • लैंगिक समानताका लागि सडक नाटक

    जनकपुर खबर,
    जनकपुर, ११  भदो,

    लैंगिक समानता तथा समाजिक सद्भावका लागि महोतरीको विभिन्न स्थानमा सडक नाटक प्रस्तुत गरीएको छ । वर्षो देखि सामाजिक र आर्थिक रुपले पछाडि पारिएका दलित, जनजाती,मुस्लिम तथा महिलाहरुलाई सचेतना र सूचना प्रवाहद्वारा सवलिकरण गर्ने उदेश्यले मंगलवार महोतरीको भ्रमरपुरा तथा पिपरा,मनरामा सडक नाटक देखाइएको हो । युएनडिपिको एलआरपी परियोजनाको सहयोगमा स्थानिय नाटक संस्था जनचेतना अभियान नेपाल मध्य तराईमा लैंगिक हिंसाका मुख्य कारकतत्वका रुपमा रहेको दहेज, वालविवाह, डाइन जोगिन (बोक्सी) र महिला विरुद्ध हुने शारीरिक र मानसिक हिंसा अन्त्य गर्न महिला पुरुष दुवैको समान बुझाई आवश्यक रहेको सो नाटकमा देखाइएको छ । स्थानीय भाषा र संस्कृतिकै आधारमा मञ्चन गरिने सडक नाटकले शिक्षित र अशिक्षित, वालवालिका वा बृद्धबृद्धा सबैलाई मनोरञ्जनातात्मक तवरले लैगिंक हिंसा अन्त्य गर्न सन्देशहरु दिइएको नेपालका सुनिल यादवले बताए । उनले सामाजिक दवाब तथा सचेतनाका लागि सडक नाटक प्रभावकारी भुमिका निर्वाह गरेको बताए । “समान धर्ति” नामक सो नाटकमा ज्योती, मिथुन, भोला, विकास, करण, नरेश, विद्यया र ममताले अभिनय गरेका छन् । सुनिल यादवद्वारा लिखित तथा निर्देशित सो नाटक स्थानियले खुवै रुचाएका थिए ।
     
  • रेखा थापाको एमाओवादी प्रवेश स् कसलाई फाइदा ?

    एजेन्सी :
    जनकपुर, जेठ ४,
    नायिका रेखा थापा शनिबार एकीकृत नेकपा माओवादी पार्टीमा प्रवेश गर्दै गर्दा सिने नगरी एवं राजनीतिक क्षेत्र दुबैतिर एक किसिमको तरंग र प्रतिक्रिया उत्पन्न भएको छ । प्रचण्डले आफ्नो पार्टीलाई फाइदा पुग्ने हिसाब गरेरै नायिका थापालाई पार्टीमा भित्र¥याएका हुन् भने थापाले पनि आफूलाई फाइदा हुने हिसाब ननिकाली पक्कै यस्तो निर्णय गरेकी होइनन् । तर, प्रचण्ड र रेखा दुबैको खातामा फाइदा मात्रै छैन, घाटा पनि उस्तै देखिन्छ । आफ्नो सिने करिअर ओरालो लाग्दै गर्दा रेखाले सेफ ल्याण्डिङका लागि यस्तो उपाय अपनाएको विश्लेषण पनि एकथरिको छ । तर, यसअघि नै निर्माता युवराज लामा, निर्देशक तथा कलाकार नीर शाह एकीकृत माओवादीमा सेफ ल्याण्डिङ खोज्दै प्रवेश गरेको उदाहरण सबैमा जगजाहेर नै छ ।
    १२ बर्षदेखि सिने नगरीमा चर्चा र विवाद कमाउँदै आएकी रेखालाई प्रचण्डले पार्टी भित्राउनुका पछाडि आफ्नै कारण होलान् । प्रचण्डलाई लागेको छ कि रेखा थापा जनतामा प्रिय छिन् र उनकै कारणले पार्टीलाई आउँदो निर्वाचनमा फाइदा पक्कै हुनेछ । रेखालाई पार्टी प्रवेश गराउँदै गर्दा प्रचण्डले यो कुराको छनक पनि दिएका छन् । रेखाका केही अन्र्तवार्ता हेर्दा यी महिलाले केही गर्न सक्छिन् भन्ने लागेको प्रचण्डले बताएका छन् ।
    रेखा थापालाई पार्टी प्रवेश गराउँदा सिने नगरीलाई माया गर्ने जनताको सद्भाव र साथ आफूहरुलाई आउने विश्वास प्रचण्डको छ । प्रचण्डले रेखालाई पार्टीमा उनको हैसियत र क्षमताअनुसारको जिम्मेवारी दिने बताएका छन् । यसैले पनि रेखाले प्रचण्डसँग आफ्नो निकटता बढाएको खण्डमा उनले चुनावमा टिकट नपाउलिन् भन्न पनि सकिँदैन ।
    जनयुद्धकालमा कुनै खालको साथ नै नदिएकी एक नायिकालाई पार्टीमा राम्रो जिम्मेवारी दिएको खण्डमा प्रचण्डमाथि कार्यकर्ताबाट गुनासो आउन सक्छ । यसैले उनले रेखालाई स्वागत गर्दै गर्दा यो कुराबाट बच्नका लागि थापाको पृष्ठभूमि पनि केलाएका होलान् । प्रचण्डले भने,–‘रेखा थापा पञ्चायतकालमा तत्कालीन निरंकुश सरकारले हत्या गरेका कप्तान यज्ञबहादुरकी नातिनी समेत हुनुहुन्छ ।
    रेखा थापालाई माओवादी पार्टीमा प्रवेश गराउँदै गर्दा प्रचण्डले दिएको यो अभिव्यक्ति कार्यकर्ताको सामु उनलाई पार्टीमा ल्याउनुको अर्थ केलाउनु थियो । चलचित्र बिकास बोर्डमा चलचित्रकर्मीहरुकै विरोधका कारण अध्यक्ष हुन नपाएपछि नायिका थापाका लागि पार्टी प्रवेशल्ऽे केही राहत र आत्मसन्तुष्टि दिएको होला । तर, नेपालकै चर्चित नायिकाको ट्याग भिरेकी रेखालाई अब माओवादीको कार्यकर्ता भएको ट्याग लाग्नेछ । सिंगो जनताकै साथ पाएकी रेखालाई अब माओवादीले हाम्री नेतृ भनेर साथ दिनेछन् भने गैर माओवादी समर्थकहरुले उनलाई कम मन पराउन थाल्नेछन् ।
    अन्ततः प्रचण्ड र बाबुरामलाई दाइ र अंकलको संज्ञा दिएरै भएपनि रेखाले आफ्नो राजनीतिक करिअर सुर गरेकी छिन् । राजनीतिमा लागेर समाजसेवा गर्ने रेखाको चाहना पूरा होला या नहोला, त्यो हेर्न बाँकी छ । तर, एमाओवादीमा लागेपछि रेखाको चलचित्रको करिअर भने धरमराएको छ ।
     
  • नायिका रेखा थापा आजदेखि एमाओवादी कार्यकर्ता

    एजेन्सी :
    जनकपुर, जेठ  ४,
    चर्चित अभिनेत्री रेखा थापा एमाओवादीमा प्रवेश गरेकी छिन् । शनिबार एमाओवादीको केन्द्रीय कार्यालय कोटेश्वर पेरिसडाँडामा एमाले नेतृ उर्मिला अर्यालको पार्टी प्रवेशसँगै नायिका थापालगायत डेढ दर्जनले एमाओवादीमा प्रवेश गरेका हुन् ।
    अर्याल, थापालगायतका पार्टी प्रवेश गर्ने नेता कार्यकर्तालाई एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, उपाध्यक्ष डा.बाबुराम भट्टराई, अर्का उपाध्यक्ष नारायणकाजी श्रेष्ठले फूलमाला अविर लगाएर पार्टीमा प्रवेश गराएका हुन् ।
    एमाओवादीले तत्कालीन माधव नेपाल सरकारविरुद्ध गरेको सडक आन्दोलनका बेला प्रचण्डसँग नाचेकी थापालाई सोही घटनादेखि एमाओवादी निकट कलाकार मानिँदै आएको थियो । यसअघि डा.बाबुराम भट्टराई नेतृत्वको सरकारका बेला कलाकारले गरेको सरकारविरोधी आन्दोलनमा रेखाको सहभागिता थिएन । थापाले आफूलाई चलचित्र विकास बोर्डको अध्यक्ष बनाउन प्रचण्ड र बाबुरामसँग लविङ गर्दै आउपनि उनलाई बोर्डमा ल्याइएन ।
    चलचित्र क्षेत्रको विकासका लागि केही गर्ने र राजनीतिमा समेत अघि बढ्ने बताउँदै आएकी थापा एमाओवादीमा प्रवेश गरेपछि आगामी संविधानसभामा उम्मेद्वार बन्ने अनुमान गरिएको छ ।
    पेरिसडाँडामा आयोजित औपचारिक कार्यक्रममार्फत उनीहरुलाई पार्टीमा प्रवेश गराइएको हो ।
     
  • अन्तराष्ट्रिय फिल्म फेस्टिवलमा बेष्ट फिल्मको अवार्ड "कमला" लाई

    धर्वेन्द्र झा,
    जनकपुर, २४ माघ,
    "कमला" नामक मैथिली लघु फिल्म अन्तराष्ट्रिय फिल्म फेस्टिवलमा बेष्ट फिल्मको अवार्ड हात पार्न सफल भएको छ । भारत बिहारको दरभंगामा निराज सिद्धकीले आयोजना गरेको दरभंगा अन्तराष्ट्रिय फिल्म फेस्टिवलमा नेपालबाट सहभागिता जनाउदै फिल्म "कमला" ले बेस्ट फिल्मको उपाधि हात पार्न सफल भएको हो । फेस्टिवलमै "कमला" फिल्मका लेखक तथा निर्देशक अमितेश साहले बेस्ट निर्देशक तथा फिल्मकै अभिनेता परमेश झाले बेस्ट अभिनेता र फिल्ममा सहभागि कलाकारहरु वेस्ट एक्टरको एवार्डबाट सम्मानित हुनु भएको छ । २ फेवु्रअरी देखी ४ फेवु्रअरी सम्म चलेको सो फिल्म फेस्टिबलमा भारत, नेपाल ,बंगलादेश ,पाकिस्तान सहितका मुलुकहरुबाट दर्जनौ फिल्महरु फेस्टिवलमा प्रदर्शन गरिएको थियो । विभिन मुलकहरुबाट पठाईएको फिल्महरु मध्ये कमला , हेण्ड ओभर , जुन , सप्नो सत्यकाम , रोशनी द राईजिंग होप , आशा है बचपन हो आजाद सहितको लघु फिल्म बल एण्ड व्युटिफुल , ईन्द्र धनुष उदास है सहितको डकुमेन्ट्री ,रिर्टन अफ जगदीश चन्द्र फिचर फिल्म सहितका फिल्महरु फेस्टिवलमा प्रदर्शन गरिएको जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईएको छ । पत्रकार सम्मेलनमा बोल्दै "कमला"फिल्मका अभिनेता परमेश झा ले मैथिली फिल्मको बाजार निकै रहे तापनि यस तर्फ लगानी हुन नसकेको कारण आफुहरुले पूर्ण रुपमा यस पेशा तर्फ समर्पित नभएको गुनासो गर्नु भयो ।

     
  • मिनाप द्वारा नयाँ दिल्ली मा नाटक प्रर्दशन

    जनकपुर खबर,
    जनकपुर, पुस १०,
    नाट्यकार महेन्द्र मंलगीया को कथा र रमेश रंजन को निर्देशनमा “ओकरा अंगनाक बाह्रमासा” को प्रदर्शन मैथिली लोकरंग को आयोजनामा नयाँ दिल्ली को मण्डी हाउस श्रीराम सेन्टरमा मा हुन लागेको हो । पुश ११ गते देखि १५ गते सम्म हुने उक्त नाट्क मा जनकपुर धाम को मिथिला नाट्य कला परषिद (मिनाप) का रंगकर्र्मीहरु राम नारायण ठाकुर , प्रिंयका झा ,अनिल चन्द्र झा ,रविन्द्र झा , मदन ठाकुर, विष्णु कान्त मिश्र, परमेश झा, तथा बाल कलाकार आलोक कुमार मिश्र हरु रहेका छन । सो नयाँ दिल्लीमा मैथिलि लोकरंग द्वारा हुन लागेको अन्तराष्ट्रीय मैथिल नाट्य महोत्सव कार्यक्रमको उद्घाटन शुक्रबार नेपाल का राष्ट्रपति श्री राम बरण यादव ज्यू बाट गरीने संगीतकार सुनील कुमार मल्लिक ले बताएका छन । उक्त महोत्सवमा जनकपुरकी नाट्यकर्मी अनितारानी मण्डल ‘मैलो रंग’ले स्थापना गरेको अन्तरराष्ट्रिय ‘प्रमिला झा नाट्यवृत्ति पुरस्कार’बाट सम्मानित हुने भएकी छन् । मण्डल यो पुरस्कार पाउने तेस्री नेपाली नाट्यकर्मी हुनेछिन् । यसअघि बम काण्डमा मारिएकी चर्चित मिथिला नाट्कर्मी रञ्जू झा र अर्की नाट्यकर्मी प्रियंका झाले यो पुरस्कार पाइसकेका छन् ।
     
  • Saturdays afternoon at Wireless for Rochelle, Marvin, Frankie & Wayne

    They didn’t look like a drop of rain or splash of mud had been within yards of them.

    The couple were joined in the Barclaycard Unwind area by Rochelle’s Saturdays bandmate Frankie Sandford and her boyfriend Wayne Bridge.

    After hanging out with the JLS lads poor Wayne will be pleased he didn’t have too far to get home now he’s joined Brighton on loan.
रुचाईएका सामाग्री
ss
बेल निमन्त्रणा र शोभा यात्रा
महेशकुमार दास  महोतरी ४ कार्तिक वडा दशैंको अवसरमा महोत्तरीको विभिन्न शक्तिपीठहरुमा बेल निमन्त्रणका लागि आज शोभा यात्रा निकालेका छन् । जिल्लाको मटिहानी, जलेश्वर, पिपरा, गौशाला, रामगोपालपुर, सम्सी लगायतका ..
ss
महिलाको नजरमा पुरुष सेक्स मेसिन
एजेन्सी, जनकपुर, जेठ ११, सायद धेरै महिलाले यो सोँच्दछन् की पुरुषहरु सधैँ सेक्सका लागि तयार हुन्छन् । यो मान्यता २०÷२२ वर्षको तन्नेरीको हकमा त सही हुन सक्ला तर परिपक्व उमेरका अर्थात् पाको पुरुषको हकमा गलत सावित ..
ss
जनकपुर उपमहानगरपालिका प्रति नकारात्मक असर
धर्मराज, १८ चैत, जनकपुर ।  जनकपुर उपमहानगरपालिका ले नगरको फोहर उठाउन बन्द गरेको छ । उपमहानगरपालिका ले नगरको फोहर उठाउन बन्द गरेकोले अहिले जताजतै विभिन्न चौकमा फोहरको डुगंर जम्मा भएको छ।यस्ले गर्दा स्थानिय ..
ss
मधेशमा निर्वाचनको समस्या , प्रमुख निर्वाचन आयुक्त....
धर्मराज,४ चैत्र, जनकपुर । निवौचन कार्यालय धनषाले जिल्ला प्रशाशन कार्यालय मा स्थानिय निर्वाचन बारे डाकिएको बैठक मधेशी मोर्चाले बहिष्कार गरेको छ ।स्थानिय निर्वाचन बारे र प्रतिनिधिहरु तोक्ने समबन्धमा ..
ss
जनकपुर उपमहानगरपालिका को आवश्यक टेलिफोन र फैक्स बन्द
धर्मराज,  १७ चैत, जनकपुर । जनकपुर उपमहानगरपालिका को अति आवश्यक टेलिफोन र फैक्स बन्द अवस्थामा रहेको छ । आग लागी बखत को बेला खबर गरिने उपमहानगरपालिका को सब भन्दा महत्वपुर्ण नम्बर ०४१५२००११ को टेलीफोन सेट खराब ..
ss
१५ रानी, ३० बच्चा र १०० नौकर सहित भारत आए स्वाजीलैंड का राजा
जनकपुरखबर, कात्तिक १३ ,०७२।  नयाँ दिल्ली , भारत अफ्रीका शिखर सम्मेलन मा ५४ देशका प्रतिनिधिहरु भाग लिरहेका छन । यस्मा स्वाजीलैंड नाम गरेको गरीब देश को अमीर राजा मस्वाती तृतीय आफ्ना १५ रानी, ३० बच्चा र १०० नौकर सहित ..
अन्तर्वार्ता
ss सीमांकन बेइमान अमिनले खराब जमिनको कित्ताकाट गरे जस्तो
थारु र मधेसी मिल्दा तीन नेतालाई पीडा भएको छ----- तराई मधेस लोकतान्त्रिक पार्टीका सह-अध्यक्ष हृदयेश त्रिपाठी तार्किक नेता मानिन्छन् । संविधानको मस्यौदा एवं प्रदेशको सीमांकनलाई लिएर मधेसवादी नेतामाथि लागिरहेका ..
विचार
ss तरार्इमा चुनाव कि आन्दोलन ?
भरत लामिछाने......दोस्रो चरणको स्थानीय चुनावको मुखमा यतिबेला तराई(मधेसमा अन्यौलको वातावरण छ । एकातिर सरकारले तराईका जायज मागहरु पूरा गर्नुपर्ने दायित्व छ । अर्कातिर, सरकारको नियन्त्रण बाहिरको माग पूरा गराउन ..
ss रामेछापका बाहुन कसरी पुगे जनकपुर
विमल पोखरेल----- नेपालमा संघीय प्रदेशहरुको सीमांकन सम्वन्धी दलहरुको सहमति सार्वजनिक भएसँगै जनताहरु आ(आफ्ना प्रदेशका विशेषता, साँस्कृतिक पहिचान, आर्थिक सामथ्र्य र सम्भाब्य राजधानीको अवस्थितिलाई आधार बनाएर ..
रोचक विश्व
ss १५ रानी, ३० बच्चा र १०० नौकर सहित भारत आए स्वाजीलैंड का राजा
जनकपुरखबर, कात्तिक १३ ,०७२।  नयाँ दिल्ली , भारत अफ्रीका शिखर सम्मेलन मा ५४ देशका प्रतिनिधिहरु भाग लिरहेका छन । यस्मा स्वाजीलैंड नाम गरेको गरीब देश को अमीर राजा मस्वाती तृतीय आफ्ना १५ रानी, ३० बच्चा र १०० नौकर सहित इंडिया आएका छन ।खास कुरा के छन भने उनी १५ रानी, ३० बच्चा र १०० भन्दा अधिक नौकरहरुको साथ नयाँ दिल्ली को एक मंहगो होटलमा बसेका छन ।उनी माथी आफ्ना प्रतिनिधिमंडल का सरकारी सदस्यहरु लाई ..
ss जापान मा लिङ्ग मेला ।।
(एजेन्सी) जापानको कावासाकी शहरमा प्रत्येक वर्ष अप्रील ५ मा मनाईने लिङ्ग मेलाको आयोजना यस वर्ष पनि गरिएको छ । विश्वकै सबैभन्दा ठूलो लिङ्ग मेलाका रुपमा चर्चित सो मेलामा सबै सामानहरु पुरुष लिङ्ग जस्तै देखिने वस्तुहरु बोकेर पुरुष तथा महिलाहरु समेत सडकमा घुम्ने गर्छन् । मेलामा सहभागी महिलाहरुहरुले पुरुष लिङ्गको आकारमा बनाइएका ललिपपहरु चुस्दै खुल्लारुपले सडकमा हिंडछन । एक किवदन्ती ..
ss छालामा हुक खोपेर पार गर्र्दै १,७४७ फीट चौडाइको नदी
एजेन्सी , ट्यारोलिन ट्रेवर्स सामान्यतया पर्वतारोहण अथवा नदिहरुलाई पार गर्ने समयमा गरिन्छ । समस्या परेको बेलामा यसको उपयोग अझ बढि गरिन्छ । मात्र एउटा डोरीको सहायताले मानिसहरु गुरुत्वाकर्षणको प्रयोग गरेर एउटा अन्त्य देखि अर्को अन्त्य सम्म पुग्ने गर्दछन् । १९ औँ शताब्दिको अन्त्यमा आल्प्स श्रृंखलाको ट्यारोलिनमा यसको प्रयोग गरिएको थियो ।यसैलाई निरन्तरता दिदैँ २३ वर्षकी मारिया ..
अपिल