बलिवुड
  • अभिनेता संजय दत्त जेल बाट मुक्त

      जनकपुरखबर,
    फागुन १३ ,मुम्बई।
    हिन्दी सिनेमाका ५६ वर्षीय अभिनेता संजय दत्त आज पुणाको यरवडा जेलबाट साडे आठ बजे मुक्त भएका छन । गैरकानूनी रुपमा हतियार राखेको भन्दै आर्म्स एक्टमा उनी भारतिय सर्वोच्च अदालतबाट पाँच वर्षको जेल सजाय पाएका थिए । पुणामा जेल बाट बाहिर आए पछि उनलाई उनका श्रीमती मान्यता तथा फिल्ममेकर राजकुमार हिरानी ले स्वागत गरेका थिए । बाहिर आउने बित्तिकै पहिले धरती छोएर ढोगेका दत्तले पुलीस तथा भारतिय झण्डालाई नमस्कार गर्दै “आजादी सस्तो”नभएको समेत भनेका थिए । जेलमा राम्रो आचरण तथा व्यवहारको कारण बॉलीवुड अभिनेता संजय दत्तले पाँच सालको सजायमा १४४ दिनको छुट पाएका छन । १९९३ को मुम्बई बम बलास्ट भए पछि संजय लाई एके ४७ तथा अन्य हथियार राखेको अरोपमा राकेश मारियाले पक्राउ गरेका थिए । त्यस पछि टाडा अदालतले उनलाई दाषी भन्दै पाँच सालको सजाय सुनाएको थियो । उनी मई २०१३ देखी सजाय भोगी रहेका थिए । संजय दत्त मुक्त भएको खबरले उनका फैंस र परिवार तथा साथीहरु अत्यन्त खुशी भएका छन ।जेल बाट मुक्त भई ११।३०मा उनी मुम्बई एयरपोर्ट पुगेका थिए । मुक्त भएका दत्तलाई हेर्न र भेंट गर्न उनका प्रशंशकहरु हजारौंको संख्यामा एयरपोर्टमा जम्मा रहेको कारण एयरपोर्टमा संजय दत्तका खास मित्र बॉलीवुड सुपरस्टार सलमान खान ले उनका सुरक्षामा कुनै परेशानी नहोस भनी मुंबई एयरपोर्ट मा आफ्नो चार वटा विषेश बॉडीगार्ड पठाई दिएका थिए । अभिनेता दत्त चार्टर प्लेनमा पुणा बाट मुम्बई पुगेका थिए । मिडिया चलेको रिपोर्ट अनुसार सलमान खानले दत्त तथा उनका परिवारले केही आरामदायक क्षण बिताओस र कसैले पनि परेशानी नदियोस भनी पनवल स्थित आफ्नो फार्महाउसमा केही समय बिताउन आग्रह समेत गरेका छन । सलमानले आउन लागेको आफ्नो फिल्म “सुल्तान”मा व्यस्त हुन लागेको कारण यो भन्दा पहिले दत्त संग पुरा समय बिताउन चाहेको उनले जनाएका छन । जेलबाट बाहिर आउने बित्तिकै राजकुमार हिरानीको डाईरेक्सनमा बनी रहेको फिल्म “बायोपिक”को लागी पहिले शाँट दिएका थिए । विश्वासिले सुत्रका अनुसार यो फिल्मको पहिला सिन हुन सक्ने अनुमान गरिएको छ । फिल्म “बायोपिक”मा रणविर कपुर संजय दत्तको रोल प्ले गरी रहेका छन । मुम्बई एयरपार्ट बाट अभिनेता संजय दत्त सिधा सिद्धिविनायक मंदिर पुगी दर्शन गरेका थिए । त्यस पछि मरीन लाइन्स स्टेशन निरको ठुलो कब्रिस्तान पुगी आमा नरगिसलाई श्रद्धांजलि दि अनि मात्र उनी पाली हिल स्थित आफ्नो घर इम्पीरियल हाइट्स पुगेका थिए जहाँ कार बाट उत्रिने बित्तीकै उनका फैन्सले उनलाई भव्य स्वागत गरेका थिए । घरबाट आफ्नी बहिनी प्रिया दत्त संग फोनमा कुरा गर्दा बुवा सुनील दत्तलाई याद गर्दै उनी भएको भए कती खुशी हुनु हुन्थयो भनी अत्यन्त गम्भिर बनेका थिए । अभिनेता संजय दत्त मुक्त भएको खबरले उत्साहित भई एक मजबुत र सच्चा देश भक्तको अग्नि परिक्षा खत्म भएको भन्दै बॉलीवुड का ठुला कालाकार लगायत ऋषि कपूर, साजिद खान, जूही चावला , सतीश कौशिक , कमाल आर खान हरु ले प्रशन्ता व्यक्त गरेका छन । संजयको २३ सालको संघर्ष र इश्यु समाप्त भएको अवसरमा उनका लागी खास इतंजाम रहेको पाली हिल स्थित बंगलामा स्वागतको लागी सलमान खान,अजय देवगन, अपूर्व लाखिया, राजकुमार हिरानी, विधु विनोद चोपड़ा, बंटी वालिया तथारजत रवैल हरु जस्ता अन्य खास मित्रहरु सम्मलित हुने छन ।अभिनेता संजय लाई तंदुरी चिकेन धेरै पसन्द भएको कारण उनका लागी खास डिसको पनि व्यवस्था गरिने छ । संजयले जेलमा पेपर बैग बनाउने काम पाएका थिए जस वापत उनले ३८,०००।–कमाई गरेका थिए । सो बाट आफ्नो निजी खर्च गरी बाहिर आउने समयमा जम्मा ४४०।–रुपैया मात्र बचाएका थिए । अपराध गरेर कसैको पनि भलाई नभएको र सबैलाई सच्चाई को बाटोमा लाग्न समेत उनले आग्रह छन । अभिनेता संजय दत्त सब भन्दा पहिले डइिरेक्टर सिद्घार्थ आन्नदका अनटाईल्ड फिल्म “बैंग बैंग ”फिल्म को शुटींङ पुरा गर्ने छन । दास्रो नंबरमा फिल्म “बायोपिक”मा काम गर्ने छन जसमा रणविर कपुर उनको रोलमा काम गरी रहेका छन र जसमा डइिरेक्सन राजकुमार हिरानीको रहेको छ र तेस्रो नबंरमा मुन्ना भाई सिरिज मा काम गर्ने छन त्यसमा पनि डइिरेक्सन राजकुमार हिरानीको नै हुने छन । तथा संजय दत्तको फिल्म “हंसमुख पिघल गया”पुर्ण रुपले तयार भएको छ सो केही दिनमै प्रर्दशन गर्नको लागी तयार रहेको जनाईएको छ ।
  • सलमान खान लाई जमानत

    एजेन्सी ,वैशाख २५,
    पाँच वर्षको जेल सजाय सुनाइएका बलिउड नायक सलमान खान लाई मुम्बई उच्च अदालतले जमानतमा रिहा गर्ने आदेश दिएको छ । दुवै पक्षको तर्क सुनिसकेपछि न्यायाधीश अभय थिप्सेको एकल इजलासले खानलाई ३०,००० को धरौटी संगै उनलाई पासपोर्ट पनि बुझाउन आदेश दिएको छ ।
    उनले अब जेल बाहिर रहेर मुद्दा लड्न सक्ने छन् । सलमान खान जेल जाँदा उनमै केन्द्रित रही बनाउँदै गरिएको भारतीय सिनेमा क्षेत्रको दुई सय करोड लगानी को अन्यौल तत्काललाई उक्त हटेको छ । मादकपदार्थ सेवन गरी गाडी चलाउँदा एकजनाको हत्या गरेको आरोपमा पाँच वर्षको जेल सजाय पाएको उनलाई शुक्रबार मुम्बई उच्च अदालतले जमानतमा रिहा गरेको हो । उनलाई देश बाट बाहिर जानु परेमा न्यायालय बाट आदेश लिनु पर्ने छ ।
     
  • सलमान खान लाई अंतरिम राहत

    एजेन्सी, वैशाख २३ 
    १२ साल पुरानो हिट एण्ड रन ममिला मा मुंबयको एक अदालतले सलमान खान लाइ दोषी करार दिदैं पाँच साल जेलको सजाय सुनाएको छ । तर बाँम्बे हाईकोर्टले सलमान लाई ४८ घंटाको राहत दिएको छ । यस्को मतलब यो भयो की आजको राती सलमानलाई जेलमा बिताउन पर्दैन । यो भन्दा पहिले वहाँ लाई कोर्टले सजाय सुनाउँदा सलमान तल बसेर रुन थालेका थिए । मुंबई सत्र अदालतका अतिरिक्त न्यायधिश डीडब्लु देशपाण्डे ले भने कि सलमान माथि जानी जानी हत्या गरेको आरोप साबित भएको छ र सलमानले रक्शी को नशामा गाडी चलाएको र त्यसको खिलाफ सबै आरोप हरु साबित भएको छ ।  
  • सलमानलाई पाँच वर्षको जेल सजाय

    एजेन्सी, वैशाख २३
    जनकपुर

    बलिबुडका दबंग अर्थात सलमान खान अन्ततः जेल जाने भएका छन् । सन् २००२ को हिट एण्ड रन केसमा बलिबुड सुपरस्टार खान दोषी पाइएपछि मुंबईको एक सत्र अदालतले उनीमाथि पाँच वर्ष जेलको सजाय सुनाएको छ ।

    सजाय सुनाइए पछि उनका वकिल जमानतका लागि हाईकोर्ट गएका छन् । विभिन्न एजेन्सीहरुका अनुसार सलमानलाई जमानत मा रिहा गर्ने वा नगर्ने निर्णय गर्ने अदालतको सत्र आजै चार बजेसम्म बस्ने बताइएको छ । यदि उनी आजै उनले बेल पाएनन भने सलमानले लामो समयसम्म जेलमा बस्नुपर्ने हुन्छ । यसअघि, उनका बलिबुडका साथीहरुले उनलाई भेटेका थिए । जेल सजाय सुनाइएपछि सलमान खान अदालतमै रोएका थिए ।

    अदालतको फैसला आएपछि सलमान खानका केही बहुप्रतिक्षित चलचित्रहरु रोकिने सम्भावना बढेको छ । आउँदो दिपावलीमा रिलिज गर्ने तोकिएको चलचित्रहरु ‘बजरङी भाइजान’ र ‘प्रेमरत्न धन पायो’ को प्रदर्शनमा ढिलाई हुन सक्ने छ ।

     
  • किकमा सलमानकी नायिका ज्याक्लिन

    एजेन्सी,
    जनकपुर, जेठ १३,
    बलिउड नायक सलमान खानले अभिनय गर्न लागेको नयाँ चलचित्र ‘किक’का लागि नायिका पक्का भएको भारतीय संचारमाध्यहरुले जनाएका छन् । सलमानकै करिअरको उत्कृष्ट फिल्म बन्ने अपेक्षा गरिएको ‘किक’मा नायिका को हुने भन्ने बिषयमा विभिन्न चर्चा चल्ने गरेको छ ।
    अन्ततः साजिद नाडिवालाको निर्माण तथा निर्देशनमा बन्न लागेको यो चलचित्रमा ज्याक्लिन फर्नान्डेज पक्का भएको बताइएको छ । बलिउड निर्देशक साजिद खानकी प्रेमिका समेत रहेकी ज्याक्लिनको करिअरकै लागि ‘किक’ कोशेढुंगा हुने अुनमान धेरैको छ ।
    चलचित्रको छायांकन जुलाई २४ गतेबाट सुरु हुनेछ । नायक सलमान खान हाल ‘मेन्टल’को छायांकनमा व्यस्त छन् । एक साउथ सिनेमाको रिमेक ‘किक’ पुर्णतया एक्सन प्रधान सिनेमा हो ।
     
  • वेलकम २ मा जोन र सोनाक्षी

    एजेन्सी, 
    जनकपुर, जेठ ११,
    हिरोइन सोनाक्षी सिन्हा जोन अब्रहमको जोडीको रुपमा देखिने भएकी छिन् । अक्षयकुमार र कैटरिनाको जोडी रहेको फिल्म वेलकमको सिक्वेलमा अब यो जोडी देखिने भएको हो । वेलकम २ मा पहिलो पटक सोनाक्षी अब्रहमको जोडीका रुपमा देखिन लागेकी हुन् ।
    यसै सातामात्र फिल्मका लागि सोनाक्षीको नाम फाइनल भएको हो । त्यस्तै मल्लिका सेरावतलाई फिल्ममा कैनात अरोराले विस्तापित गर्ने अपेक्षा गरिएको छ । ‘आइला रे बोल’को आइटम गीतबाट बलिउड डेब्यु गरेकी अरोरा खट्टी मिठ्ठीमा देखिएकी थिइन् ।
    सुपरहिट वेलकमको सिक्वेल अर्काे महिना दुबइबाट सुटिङ सुरु हुनेछ । २०११ को सुरुताका नै जोनले कुन हिरोइनसँग काम गर्ने चाहना छ भन्दा सोनाक्षी सिन्हाको नाम लिएका थिए ।
     
  • बलिउडका कोको कलाकारले भोगेका छन् जेल जिवन ?

    एजेन्सी :
    जनकपुर, चैत ९,
    बिहिबार भारतको सर्वोच्च अदालतले नायक संजय दत्तलाई ५ वर्षको जेल सजाय सुनायो । संजय यसअघि पनि जेलमा पुगिसकेका छन् । जेल जाने कलाकारमा संजय दत्त मात्र एक्ला छैनन् । उनी बाहेक अन्य थुप्रै कलाकारहरुले जेल जिवनको अनुभव लिइसकेका छन् । आखिर को–को छन् त्यस्ता कलाकार जसले जेलको हावा खाइसकेका छन् ।
    १.सलमान खानः– बलिउडका चर्चित नायक सलमान खान विभिन्न विषयमा मुद्दा खेप्दै कैयौँ पटक जेल पुगिसकेका छन् । सलमान खान पहिलो पटक सन् २००६ मा एक सिनेमाको दौरान कालो हरिणको शिकार गरेको आरोपमा जेल पुगेका थिए । तर उनी पछि जमानत तिरेर छुटेका थिए । यसपछि सडकपेटीमा सुतिरहेका ४ जना मानिसलाई किचेर मारेको आरोपमा सलमान जेलमा पुगेका थिए । उनको यो मुद्दा अझैपनि न्यायलयमा चलिरहेको छ । यदि यो मुद्दाको फैसला सलमानको विपक्षमा भयो भने उनलाई १० बर्षको जेल सजाय हुनसक्छ ।
    २.सैफ अली खानः– मुम्बइको ताज होटेलमा एक एनआरआई व्यक्तिलाई पिटेको आरोपमा सैफले जेलको हावा चाखेका थिए । उनलाई प्रहरीले प्राणघातक हमलाको आरोपमा गिरफ्तार गरेको थियो ।
    ३.जोन अव्राहमः– बाइक चलाउन निक्कै सोखिन नायक जोन अव्राहम पनि जेल परिसकेका छन् । उनले चलाएको बाइकले ठक्कर दिएर २ जना व्यक्ति घाइते भएका थिए । उनले आफ्नो गल्ती स्विकार गरेका थिए ।
    ४.शाइनी आहुजाः– आफ्नै घरमा काम गर्ने एक युवतीलाई बारम्बार बलात्कार गरेको आरोपमा कलाकार शाइनी आहुजालाई जेल जानु परेको थियो । उनले ३ महिना जेलमा बिताएका थिए ।
    ५.फरदिन खानः– नायक फरदिन खानलाई पनि प्रहरीले गिरफ्तार गरेको थियो । ९ ग्राम कोकिनको साथमा उनलाई प्रहरीले गिरफ्तार गरी केही समय हिरासतमा राखेको थियो ।
    ६.मधुर भंडाकरः– तीन पटक राष्ट्रिय अवार्ड जितिसकेका निर्देशक मधुर भंडाकरलाई एक युवतीले आइटम गीतमा नचाउने बहानामा बलात्कार गरेको आरोप लगाएका थिइन् । यो घटनापछि मधुर लामै समय मिडियामा चर्चामा रहेका थिए । तर उनलाई न्यायलयले सफाई दिएको थियो ।
    ७.मोनिका बेदीः– डन अबू सलेमको प्रेमिका बलिउड अभिनेत्री मोनिका बेदीलाई नक्कली पासपोर्टको आरोपमा प्रहरीले गिरफ्तार गरेको थियो । उनलाई ५ बर्षको जेल सजाय सुनाइएको थियो । तर उनी जमानतमा रिहा भएकी थिइन् ।
     
  • फिल्मफेयरमा बर्फीको बर्चस्व, रणबीर र विद्या सर्वोत्कृष्ट

    एजेन्सी,
    मुम्बई, ८ माघ
    भारतमा फिल्म निर्माणको सय वर्ष मनाउँदै गरेको बलिबुडको सबैभन्दा सम्मानीय फिल्म फेयर अवार्डमा बर्फीले कब्जा जमाएको छ । ५८ औं फिल्म फेयर अवार्डमा बर्फीले सात महत्वपुर्ण उपाधि जित्न सफल भएको छ । आइतबार मध्यरातसम्म यशराज फिल्म स्टुडियोमा भएको समारोहमा रणवीर कपुरले बर्फीबाट उत्कृष्ट अभिनेताको चुनिए । त्यस्तै, कहानी फिल्मबाट विद्या बालनले उत्कृष्ट अभिनेत्रीको पुरस्कार हात पारिन । यो उनको चौथो फिल्म फेयर अवार्ड हो । हाले विवाहको बन्धमा बाधिएकी उनी पति सिद्धार्थ रोय कपुरसँगै समारोहमा उपस्थित भएकी थिइन । काक्रयममा सहभागी हुन रेड कार्पेटमा प्रवेश गर्दा उनले बर्फीकी नायिका प्रियङ्का चोपडाले कडा चुनौती दिने बताएकी थिइन । बर्फी यो वर्षको उत्कृष्ट फिल्म पनि ठहरियो र बेस्ट फिल्मको अवार्ड हात पार्न सफल रहयो । उता, कहानीका निर्देशक सुजोग घोष उत्कृष्ट निर्देशक घोषित भए ।
    समीक्षकहरुका तर्फबाट पान सिंह तोमरका हिरो इरफान खान उत्कृष्ट अभिनेताको पुरस्कार जित्न सफल भए ।
    बेस्ट गीत लेखनका लागि गुल्जारले जब तक है जानको छल्ला बोलको गीतका लागि अवार्ड पाए । प्रीतमका लागि यो साँझ विशेष महत्वपुर्ण रह्यो । उनले बर्फीका लागि दुई अवार्ड हात पारे । एउटा संगीत र अर्काे व्याकग्राउन्ड स्कोर ।
    बेस्ट प्लेब्याक फिमेलतर्फ सालमाली खोलगडेले हात पारिन भने पुरुषतर्फ आयुष्मान खुरानाले यो आफ्नो पहिलो फिल्म बिक्की डोनरको पानी दा रंग बोल गाए बापत उपाधि हात पारे । आयुष्मानले यो वर्षको नव अभिनेताको अवार्ड पनि हात पारे ।
    यो वर्षको लाइफ टाइम एचिभमेन्ट अवार्ड यशराज चोपडालाई मरणोपरान्त दिइएको छ ।
    भारतमा दादासाहेव फाल्खेले सन १९१३ मा राजा हरिष्चन्द्र फिल्म बनाएका थिए । यहीबाट भारतीय फिल्म उद्योगको सुरुवात हुन्छ । यो वर्ष भारतीय फिल्म निर्माणले १०० वर्ष पूरा गरेको छ ।
     
  • विवाह बन्धनमा बाँधिदै विद्या बालन

    एजेन्सी
    मुम्बई, ३० कार्तिक
    बलिउड अभिनेतृ विद्या बालन आफ्ना प्रेमी युटिवीका सिइओ सिद्धार्थ रोय कपुरसँग आउने महिना विवाह गर्ने भएकी छिन । विभिन्न स्रोतका अनुसार यी दुईको बिहेको तारिख पनि तोकिएको छ । पछिल्लो खबरका अनुसार आउँदो १८ तारिखमा विद्या विवाह सम्बन्धमा बाँधिनेछिन । यतिसम्म कि, विद्या र सिद्धार्थले आफ्नो विवाहको तयारी पनि सुरु गरिसकेका छन । यी दुईबीच २०१० देखि प्रेमसम्बन्ध रहेको बतार्ईएको छ, तर उनीहरुले कहिले पनि आफ्नो प्रेमसम्बन्धको बारेमा खुलेर बोल्न चाहेनन ।
     
  • बलिबुडका चर्चित निर्देशक यश चोपडाको निधन

    एजेन्सी
    नयाँ दिल्ली, ५ कात्तिक
    बलिबुडमा रोमान्सका किंग मानिदैँ आएका चर्चित निर्देशक यश चोपडाको निधन भएको छ । शाहरुख खान, कट्रिना कैफ र अनुष्का शर्मा अभिनित चलचित्र ‘जब तक है जान’ निर्देशन गरेका चोपरा यही चलचित्रपछि चलचित्र निर्माणबाट सधैँका लागि प्याक अप गर्ने तयारीमा थिए । उनले यसअघि नै दिपावलीमा रिलीज हुन लागेको चलचित्र आफ्नो अन्तिम चलचित्र हुने घोषणा गरेका थिए । तर, उनको अति नै महत्वकांक्षी चलचित्र रिलिज हुनुअघि नै निधन भएको छ । ८० वर्षको उमेरमा उनको आज बान्द्रास्थित लिलावती अस्पतालमा निधन भएको हो । उपचारमा संलग्न चिकित्सहरुका अनुसार चोपडा डेगुंबाट सिकिस्त भएपछि उनलाई उपचारका लागि ९ दिनअघि अस्पतालमा भर्ना गरिएको थियो ।
    सन् १९३२ मा लाहोरमा जन्मिएका चोपडाले आफ्नै दाजु बीआर चोपडाको सहायक हुँदै फिल्मी करिअर सुरु गरेका थिए।
    दिवार, त्रिशुल, चाँदनी, सिलसिला, वीरजारालगायतका फिल्म उनले बनाएका थिए । उनकी पत्नी पामेला र दुई छोरा आदित्य र उदय बलिबुडमा छन् ।
    उता, चोपडाको आकस्मिक निधनबाट बलिबुड शोकमग्न भएको छ । बलिबुडले एक सच्चा निर्देशक गुमाएको सबैले सामाजिक सञ्जालबाट धारणा राखेका छन् । चोपडा अन्तिम पटक अमिताभ बच्चनको जन्मदिनको पार्टीमा देखिएका थिए ।
     
रुचाईएका सामाग्री
ss
बेल निमन्त्रणा र शोभा यात्रा
महेशकुमार दास  महोतरी ४ कार्तिक वडा दशैंको अवसरमा महोत्तरीको विभिन्न शक्तिपीठहरुमा बेल निमन्त्रणका लागि आज शोभा यात्रा निकालेका छन् । जिल्लाको मटिहानी, जलेश्वर, पिपरा, गौशाला, रामगोपालपुर, सम्सी लगायतका ..
ss
महिलाको नजरमा पुरुष सेक्स मेसिन
एजेन्सी, जनकपुर, जेठ ११, सायद धेरै महिलाले यो सोँच्दछन् की पुरुषहरु सधैँ सेक्सका लागि तयार हुन्छन् । यो मान्यता २०÷२२ वर्षको तन्नेरीको हकमा त सही हुन सक्ला तर परिपक्व उमेरका अर्थात् पाको पुरुषको हकमा गलत सावित ..
ss
जनकपुर उपमहानगरपालिका प्रति नकारात्मक असर
धर्मराज, १८ चैत, जनकपुर ।  जनकपुर उपमहानगरपालिका ले नगरको फोहर उठाउन बन्द गरेको छ । उपमहानगरपालिका ले नगरको फोहर उठाउन बन्द गरेकोले अहिले जताजतै विभिन्न चौकमा फोहरको डुगंर जम्मा भएको छ।यस्ले गर्दा स्थानिय ..
ss
मधेशमा निर्वाचनको समस्या , प्रमुख निर्वाचन आयुक्त....
धर्मराज,४ चैत्र, जनकपुर । निवौचन कार्यालय धनषाले जिल्ला प्रशाशन कार्यालय मा स्थानिय निर्वाचन बारे डाकिएको बैठक मधेशी मोर्चाले बहिष्कार गरेको छ ।स्थानिय निर्वाचन बारे र प्रतिनिधिहरु तोक्ने समबन्धमा ..
ss
जनकपुर उपमहानगरपालिका को आवश्यक टेलिफोन र फैक्स बन्द
धर्मराज,  १७ चैत, जनकपुर । जनकपुर उपमहानगरपालिका को अति आवश्यक टेलिफोन र फैक्स बन्द अवस्थामा रहेको छ । आग लागी बखत को बेला खबर गरिने उपमहानगरपालिका को सब भन्दा महत्वपुर्ण नम्बर ०४१५२००११ को टेलीफोन सेट खराब ..
ss
१५ रानी, ३० बच्चा र १०० नौकर सहित भारत आए स्वाजीलैंड का राजा
जनकपुरखबर, कात्तिक १३ ,०७२।  नयाँ दिल्ली , भारत अफ्रीका शिखर सम्मेलन मा ५४ देशका प्रतिनिधिहरु भाग लिरहेका छन । यस्मा स्वाजीलैंड नाम गरेको गरीब देश को अमीर राजा मस्वाती तृतीय आफ्ना १५ रानी, ३० बच्चा र १०० नौकर सहित ..
अन्तर्वार्ता
ss सीमांकन बेइमान अमिनले खराब जमिनको कित्ताकाट गरे जस्तो
थारु र मधेसी मिल्दा तीन नेतालाई पीडा भएको छ----- तराई मधेस लोकतान्त्रिक पार्टीका सह-अध्यक्ष हृदयेश त्रिपाठी तार्किक नेता मानिन्छन् । संविधानको मस्यौदा एवं प्रदेशको सीमांकनलाई लिएर मधेसवादी नेतामाथि लागिरहेका ..
विचार
ss तरार्इमा चुनाव कि आन्दोलन ?
भरत लामिछाने......दोस्रो चरणको स्थानीय चुनावको मुखमा यतिबेला तराई(मधेसमा अन्यौलको वातावरण छ । एकातिर सरकारले तराईका जायज मागहरु पूरा गर्नुपर्ने दायित्व छ । अर्कातिर, सरकारको नियन्त्रण बाहिरको माग पूरा गराउन ..
ss रामेछापका बाहुन कसरी पुगे जनकपुर
विमल पोखरेल----- नेपालमा संघीय प्रदेशहरुको सीमांकन सम्वन्धी दलहरुको सहमति सार्वजनिक भएसँगै जनताहरु आ(आफ्ना प्रदेशका विशेषता, साँस्कृतिक पहिचान, आर्थिक सामथ्र्य र सम्भाब्य राजधानीको अवस्थितिलाई आधार बनाएर ..
रोचक विश्व
ss १५ रानी, ३० बच्चा र १०० नौकर सहित भारत आए स्वाजीलैंड का राजा
जनकपुरखबर, कात्तिक १३ ,०७२।  नयाँ दिल्ली , भारत अफ्रीका शिखर सम्मेलन मा ५४ देशका प्रतिनिधिहरु भाग लिरहेका छन । यस्मा स्वाजीलैंड नाम गरेको गरीब देश को अमीर राजा मस्वाती तृतीय आफ्ना १५ रानी, ३० बच्चा र १०० नौकर सहित इंडिया आएका छन ।खास कुरा के छन भने उनी १५ रानी, ३० बच्चा र १०० भन्दा अधिक नौकरहरुको साथ नयाँ दिल्ली को एक मंहगो होटलमा बसेका छन ।उनी माथी आफ्ना प्रतिनिधिमंडल का सरकारी सदस्यहरु लाई ..
ss जापान मा लिङ्ग मेला ।।
(एजेन्सी) जापानको कावासाकी शहरमा प्रत्येक वर्ष अप्रील ५ मा मनाईने लिङ्ग मेलाको आयोजना यस वर्ष पनि गरिएको छ । विश्वकै सबैभन्दा ठूलो लिङ्ग मेलाका रुपमा चर्चित सो मेलामा सबै सामानहरु पुरुष लिङ्ग जस्तै देखिने वस्तुहरु बोकेर पुरुष तथा महिलाहरु समेत सडकमा घुम्ने गर्छन् । मेलामा सहभागी महिलाहरुहरुले पुरुष लिङ्गको आकारमा बनाइएका ललिपपहरु चुस्दै खुल्लारुपले सडकमा हिंडछन । एक किवदन्ती ..
ss छालामा हुक खोपेर पार गर्र्दै १,७४७ फीट चौडाइको नदी
एजेन्सी , ट्यारोलिन ट्रेवर्स सामान्यतया पर्वतारोहण अथवा नदिहरुलाई पार गर्ने समयमा गरिन्छ । समस्या परेको बेलामा यसको उपयोग अझ बढि गरिन्छ । मात्र एउटा डोरीको सहायताले मानिसहरु गुरुत्वाकर्षणको प्रयोग गरेर एउटा अन्त्य देखि अर्को अन्त्य सम्म पुग्ने गर्दछन् । १९ औँ शताब्दिको अन्त्यमा आल्प्स श्रृंखलाको ट्यारोलिनमा यसको प्रयोग गरिएको थियो ।यसैलाई निरन्तरता दिदैँ २३ वर्षकी मारिया ..
अपिल