फुटबल
ओलम्पिकमा चीनको अग्रता कायमै
Published Date : Jul 30, 2012
एजेन्सी,
लन्डन, १५ साउन –
३०औँ ग्रीष्मकालीन लन्डन ओलम्पिक खेलकुद प्रतियोगिताअन्तर्गत आइतबार दोस्रो दिन चीनले आफ्नो अग्रतालाई बलियो बनाएको छ । चीन ६ स्वर्ण, दुई रजत तथा दुई कास्य गरी १० पदक जितेको छ । चार वर्षअघि बेइजिङमा सम्पन्न ओलम्पिकमा चीनले सर्वाधिक स्वर्ण पदक जितेको थियो ।
यसैगरी, अमेरिका दुई स्वर्ण, तीन रजत तथा दुई कास्यसहित सात पदकका साथ दोस्रो स्थानमा छ । आश्चर्यजनक रूपमा इटालीले समान दुई स्वर्ण, रजत तथा कास्य पदक हात पार्दै तेस्रो स्थान रक्षा गरेको छ । एसियाली मुलुक काजकिस्तान दुई स्वर्ण पदकका साथ चौथो स्थानमा छ । । ब्राजिल, दक्षिण कोरिया, अस्ट्रेलिया, नेदरल्यान्ड, रुस तथा उत्तर कोरियाले समान एक–एक स्वर्ण जितेका छन् ।
दिनको सुरुवातमा चीनका लागि महिला ड्राइभिङमा ही जी र हु मिनिसियाले स्वर्ण पदक दिलाएका थिए । सो इभेन्ट्समा अमेरिकाले रजत तथा क्यानडाले कास्य पदक हात पारेका छन् । यसैगरी, महिला १० मिटर सुटिङमा ग्यो वेनजुङले चिनलाई पाँचौँ स्वर्ण पदक दिलाएकी थिइन् । उनले ४८८.१ स्कोर गर्दै स्वर्ण पदक जितेका हुन् । सो इभेन्ट्समा फ्रान्सले रजत तथा युक्रेनले कास्य जिते । यसैगरी, जुडोको ५६ केजीमा उत्तर कोरियाले पहिलो स्वर्ण पदक जितेको छ । स्वर्ण पदक भिडन्तमा उत्तर कोरियाकी अन कोम अईले क्युबाकी बेरमोई अकोस्टालाई हराएकी थिइन् । इटालीकी फ्लोरान्सले कास्य पदक जितेकी छिन् ।
अमेरिकाले सुटिङ स्कटतर्फ स्वर्ण पदकको खाता खोलेको थियो । रोदी किम्बलेले चीनका खेलाडीलाई निराश पार्दै आफ्नो मुलुकलाई पहिलो स्वर्ण पदक दिलाएकी थिइन् । सो इभेन्ट्समा स्लोभाकियाले कास्य पदक हात पार्‍यो ।

नेमार चम्किँदा ब्राजिल विजयी

स्टार स्ट्राइकर नेमारले दुई गोलका लागि पास उपलब्ध गराउनुका साथै एक गोल गरेपछि पुरुष फुटबल प्रतियोगितामा ब्राजिलले बेलारुसलाई ३–१ ले पराजित गरेको छ । खेलको ६५औँ मिनेटमा नेमारले फ्रिकिकबाट गोल गरेका थिए । खेलको आठौँ मिनेटमा बेलारुसले अप्रत्याशित रूपमा अग्रता लिएको थियो । खेलको १५औँ मिनेटमा नेमारको पासमा एलेक्सान्ड्रे पोटोले ब्राजिललाई १–१ को बराबरीमा ल्याए । इन्जुरी समयमा ओस्कारले नेमारको पासमा हेडिङ गोल गरे । यसैगरी, मेक्सिकोले गोवानलाई २–० ले पराजित गरेको छ । मेक्सिकोको जितमा गिओभानी डोसले दुई गोल ठोके ।

मुर्रे दोस्रो चरणमा
आयोजक राष्ट्रका एन्डी मुर्रे ओलम्पिक खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष टेनिसको दोस्रो चरणमा प्रवेश गरेका छन् । विम्बल्डनको सेन्टर कोर्टमा मुर्रेले विश्व चौथो बरियताका स्टानिलास वारिन्कालाई ६–३ र ६–३ को सेटमा हराएका थिए । गत महिना यही कोर्टमा मुर्रे विम्बल्डनको फाइनलमा रोजर फेडेररसँग पराजित भएका थिए । बेलायतले सन् १९३६ मा ओलम्पिक स्वर्ण पदक जितेको थियो । मुर्रे आठ दशकपछि बेलायतलाई स्वर्ण पदक दिलाउने अभियानमा छन् । यसैगरी, महिलातर्फ दोस्रो बरियताकी अजनेस्का राडावन्स्का पहिलो चरणबाटै बाहिरिएकी छिन् । २४औँ बरियताकी लुलिया जर्जसले राडावान्स्कालाई ७–५, ६–७ तथा ६–४ ले हराएकी हुन् ।

रायनले स्वर्ण जित्दा फेल्प्स चौथो
अमेरिकाका रायन लोच्टेले पुरुष ४ सय मिटर मिडलेतर्फ स्वर्ण पदक जितेका छन् । १४ ओलम्पिक्स स्वर्ण पदकधारी माइकल फेल्प्स चौथो स्थानमा सीमित भएका छन् । यसपटक फेल्प्स तथा रायन १४ स्वर्ण विजेताका लागि प्रतिस्पर्धा गर्दै छन् । बेइजिङ ओलम्पिकमा फेल्प्सले यसै इभेन्ट्समा स्वर्ण पदक हात पारेका थिए । जापानका कोसुके हैगिनोले कास्य पदक जिते । सिड्नी ओलम्पिकपछि फाइनल चरणमा पुगेर पदक जित्न नसकेको फेल्प्सको पहिलोपटक हो । फेल्प्सले एथेन्समा ६ स्वर्ण र दुई कास्य जितेका थिए । उनले बेइजिङमा ८ स्वर्ण पदक हात पारेका थिए ।

इटालीलाई आर्चरीमा स्वर्ण
नाटकीय खेलमा इटालीले अमेरिकालाई एक अंकले पछि पार्दै पुरुष आर्चरी इभेन्ट्समा स्वर्ण पदक जितेको छ । माइकल फागिनी तथा माओरोले अन्तिम दश प्रहारमा शतप्रतिशत प्रहार गरेपछि इटालीले अमेरिकालाई पछारेको हो । इटालीले स्वर्ण पदकका लागि २१९ स्कोर गरेको थियो । अमेरिकाले २१८ स्कोर मात्र गर्न सक्यो ।

सुङ याङले दिलाईन चीनलाई पहिलो स्विमिङ् स्वर्ण
सुङ याङ ओलम्पिक खेलकुद प्रतियोगितामा स्वर्ण पदक जित्ने पहिलो चिनियाँ स्विमर बनेकी छिन् । उनले ४ सय मिडर फ्रिस्टाइनलमा सो पदक हात पारेकी हुन् । सो इभेन्ट्समा दक्षिण कोरियाकी पार्क टाईले रजतपदक हात पारिन् ।
 

प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

 

प्रतिक्रियाहरु



अरु समाचारहरु

रुचाईएका सामाग्री
ss
बेल निमन्त्रणा र शोभा यात्रा
महेशकुमार दास  महोतरी ४ कार्तिक वडा दशैंको अवसरमा महोत्तरीको विभिन्न शक्तिपीठहरुमा बेल निमन्त्रणका लागि आज शोभा यात्रा निकालेका छन् । जिल्लाको मटिहानी, जलेश्वर, पिपरा, गौशाला, रामगोपालपुर, सम्सी लगायतका ..
ss
जनकपुर उपमहानगरपालिका को आवश्यक टेलिफोन र फैक्स बन्द
धर्मराज,  १७ चैत, जनकपुर । जनकपुर उपमहानगरपालिका को अति आवश्यक टेलिफोन र फैक्स बन्द अवस्थामा रहेको छ । आग लागी बखत को बेला खबर गरिने उपमहानगरपालिका को सब भन्दा महत्वपुर्ण नम्बर ०४१५२००११ को टेलीफोन सेट खराब ..
ss
जनकपुर उपमहानगरपालिका प्रति नकारात्मक असर
धर्मराज, १८ चैत, जनकपुर ।  जनकपुर उपमहानगरपालिका ले नगरको फोहर उठाउन बन्द गरेको छ । उपमहानगरपालिका ले नगरको फोहर उठाउन बन्द गरेकोले अहिले जताजतै विभिन्न चौकमा फोहरको डुगंर जम्मा भएको छ।यस्ले गर्दा स्थानिय ..
ss
महिलाको नजरमा पुरुष सेक्स मेसिन
एजेन्सी, जनकपुर, जेठ ११, सायद धेरै महिलाले यो सोँच्दछन् की पुरुषहरु सधैँ सेक्सका लागि तयार हुन्छन् । यो मान्यता २०÷२२ वर्षको तन्नेरीको हकमा त सही हुन सक्ला तर परिपक्व उमेरका अर्थात् पाको पुरुषको हकमा गलत सावित ..
ss
मधेशमा निर्वाचनको समस्या , प्रमुख निर्वाचन आयुक्त....
धर्मराज,४ चैत्र, जनकपुर । निवौचन कार्यालय धनषाले जिल्ला प्रशाशन कार्यालय मा स्थानिय निर्वाचन बारे डाकिएको बैठक मधेशी मोर्चाले बहिष्कार गरेको छ ।स्थानिय निर्वाचन बारे र प्रतिनिधिहरु तोक्ने समबन्धमा ..
ss
१५ रानी, ३० बच्चा र १०० नौकर सहित भारत आए स्वाजीलैंड का राजा
जनकपुरखबर, कात्तिक १३ ,०७२।  नयाँ दिल्ली , भारत अफ्रीका शिखर सम्मेलन मा ५४ देशका प्रतिनिधिहरु भाग लिरहेका छन । यस्मा स्वाजीलैंड नाम गरेको गरीब देश को अमीर राजा मस्वाती तृतीय आफ्ना १५ रानी, ३० बच्चा र १०० नौकर सहित ..
अन्तर्वार्ता
ss सीमांकन बेइमान अमिनले खराब जमिनको कित्ताकाट गरे जस्तो
थारु र मधेसी मिल्दा तीन नेतालाई पीडा भएको छ----- तराई मधेस लोकतान्त्रिक पार्टीका सह-अध्यक्ष हृदयेश त्रिपाठी तार्किक नेता मानिन्छन् । संविधानको मस्यौदा एवं प्रदेशको सीमांकनलाई लिएर मधेसवादी नेतामाथि लागिरहेका ..
विचार
ss तरार्इमा चुनाव कि आन्दोलन ?
भरत लामिछाने......दोस्रो चरणको स्थानीय चुनावको मुखमा यतिबेला तराई(मधेसमा अन्यौलको वातावरण छ । एकातिर सरकारले तराईका जायज मागहरु पूरा गर्नुपर्ने दायित्व छ । अर्कातिर, सरकारको नियन्त्रण बाहिरको माग पूरा गराउन ..
ss रामेछापका बाहुन कसरी पुगे जनकपुर
विमल पोखरेल----- नेपालमा संघीय प्रदेशहरुको सीमांकन सम्वन्धी दलहरुको सहमति सार्वजनिक भएसँगै जनताहरु आ(आफ्ना प्रदेशका विशेषता, साँस्कृतिक पहिचान, आर्थिक सामथ्र्य र सम्भाब्य राजधानीको अवस्थितिलाई आधार बनाएर ..
रोचक विश्व
ss १५ रानी, ३० बच्चा र १०० नौकर सहित भारत आए स्वाजीलैंड का राजा
जनकपुरखबर, कात्तिक १३ ,०७२।  नयाँ दिल्ली , भारत अफ्रीका शिखर सम्मेलन मा ५४ देशका प्रतिनिधिहरु भाग लिरहेका छन । यस्मा स्वाजीलैंड नाम गरेको गरीब देश को अमीर राजा मस्वाती तृतीय आफ्ना १५ रानी, ३० बच्चा र १०० नौकर सहित इंडिया आएका छन ।खास कुरा के छन भने उनी १५ रानी, ३० बच्चा र १०० भन्दा अधिक नौकरहरुको साथ नयाँ दिल्ली को एक मंहगो होटलमा बसेका छन ।उनी माथी आफ्ना प्रतिनिधिमंडल का सरकारी सदस्यहरु लाई ..
ss जापान मा लिङ्ग मेला ।।
(एजेन्सी) जापानको कावासाकी शहरमा प्रत्येक वर्ष अप्रील ५ मा मनाईने लिङ्ग मेलाको आयोजना यस वर्ष पनि गरिएको छ । विश्वकै सबैभन्दा ठूलो लिङ्ग मेलाका रुपमा चर्चित सो मेलामा सबै सामानहरु पुरुष लिङ्ग जस्तै देखिने वस्तुहरु बोकेर पुरुष तथा महिलाहरु समेत सडकमा घुम्ने गर्छन् । मेलामा सहभागी महिलाहरुहरुले पुरुष लिङ्गको आकारमा बनाइएका ललिपपहरु चुस्दै खुल्लारुपले सडकमा हिंडछन । एक किवदन्ती ..
ss छालामा हुक खोपेर पार गर्र्दै १,७४७ फीट चौडाइको नदी
एजेन्सी , ट्यारोलिन ट्रेवर्स सामान्यतया पर्वतारोहण अथवा नदिहरुलाई पार गर्ने समयमा गरिन्छ । समस्या परेको बेलामा यसको उपयोग अझ बढि गरिन्छ । मात्र एउटा डोरीको सहायताले मानिसहरु गुरुत्वाकर्षणको प्रयोग गरेर एउटा अन्त्य देखि अर्को अन्त्य सम्म पुग्ने गर्दछन् । १९ औँ शताब्दिको अन्त्यमा आल्प्स श्रृंखलाको ट्यारोलिनमा यसको प्रयोग गरिएको थियो ।यसैलाई निरन्तरता दिदैँ २३ वर्षकी मारिया ..
अपिल
परमादरणीय न्यायप्रेमी तथा परिवर्तनक संवाहक जनता लोकनि ! धनुषा जील्लाक क्षेत्र नं.३अन्तर्गत प्रतिनिधि सभा सदस्य मेअपनअमुल्य मत प्रदान क हमरा विजयी बनौनिहार राजर्षी जनकक कर्मभूमि,जगदम्बा जानकी क प्रादुभाव स्निग्ध स्थली जनकपुर सहित ग्रामिण क्षेत्रक सम्पूर्ण मतदाता , बुद्धिजीवी , शिक्षक ,कलाकार ,उधोगी ,व्यवसायी ,किशान, मजदूर ,विधार्थी, युवा ,महिला,दलित,मुस्लिम आ एही निर्वाचन मे प्रत्यक्ष(अप्रत्य्क्ष सहयोग कएनिहार सम्म्स्त सहयोगी हृदय आ हाथ सभप्रति परम हर्षोल्लासक सँग हार्दिक आभार सहित धन्यवाद क रहल छी ।राजेन्द्र महतो प्रतिनिधि सभा सदस्य ,धनुषा क्षेत्र नं.३अध्य्क्ष मण्डल (सदस्य )राष्ट्रीय जनता पार्टी नेपाल