फुटबल
किर्तिमानी १८ ओलम्पिक स्वर्णधारी फेल्प्सद्वारा सन्यास
Published Date : Aug 06, 2012
एजेन्सी,
लन्डन, २१ साउन - 
अमेरिकन पौडीबाज माइकल फेल्प्सले आइतबार अन्तर्राष्ट्रिय खेल जगतबाट सन्न्यास लिएका छन् । ओलम्पिकमा १८ स्वर्ण पदक जितेपछि फेल्प्सले सन्यासको घोषणा गरेका हुन् । ओलम्पिक खेलकुदमा सर्वाधिक २२ पदक हात पार्दै विश्व कीर्तिमान राखेका फेल्प्सलाई विश्व पौडी महासंघले सम्मान गरेको छ ।
सन् २००० को सिड्नी ओलम्पिकबाट खेल जीवन सुरु गरेका फेल्प्सले १२ वर्षको यात्रा सुखद् रहेको बताए । ओलम्पिकमा इतिहास बनाउने क्रममा उनले ९ हजार ९ सय मिटर पौडी खेलेका थिए । यसैगरी उनले ५१ रेसमा भाग लिए । फेल्प्सले ४ सय मेडली स्पर्धामा अन्तिम स्वर्ण जितेका हुन् ।
लन्डन ओलम्पिकमा उनको सुरुवात राम्रो भएन । सुस्त गतिमा उनी उत्कृष्ट फर्ममा आए । सर्वकालीन महान् खेलाडीका रूपमा स्थापित भएपछि सन्न्यास लिने सही समय आएको उनले बताए । जीवनमा आफूले देखेका सबै उपलब्धि हात पारेको उनको तर्क छ ।
‘मैले जे–जे सोचेँ, त्यो सबै हात पारेँ, सही समयमा सन्न्यास लिएको छु,’ फिनाद्वारा आयोजित सम्मान कार्यक्रममा फेल्प्सले भने, ‘जीवनको पछाडि फर्कंदा कुनै पछुतो छैन, अब नयाँ जीवनको अध्याय सुरु गर्छु ।’
स्विमिङ पुलमा १२ वर्ष कठिन परिश्रम गरेपछि आरामको खाँचो भएको बताउँदै उनले भने, ‘पछिल्लो १२ वर्ष स्विमिङ पुल तथा होटलमा बिताइयो, अब स्विमिङमा पुलमा जानुछैन, लामो समय आराम गर्नेछु ।’ फेल्प्सले अस्ट्रेलिया तथा युरोपमा राम्रो छाप राखेका छन् । आफ्नो जीवनको अवस्मिरणीय क्षण बताउँदै उनले भने, ‘दक्षिण अफ्रिकाको समुद्रमा एकपटक सेतो सार्कसँगै स्विमिङ गरेको थिएँ, त्यो क्षण सम्भँmदा अहिले पनि आङ सिरिङ–सिरिङ हुन्छ ।’
पौडी खेलबाट संसारको धेरै स्थानमा घुम्ने अवसर पाएको उनले बताए । ती सबै स्थान जीवनको सुखद पल रहेको उनको धारणा छ । ‘धेरै मुलुक घुम्ने अवसर पाएँ, विश्वका सुन्दर सहरमा घुमेका दिनहरू याद आइरहनेछ,’ उनले भने । फेल्प्सकी आमा डेबिएले छोराको नयाँ जीवनबारे थाहा नपाएको प्रक्रिया दिइन् ।
‘नयाँ जीवन सुरु गर्न अब समय लाग्छ, यसकारण फेल्प्सले धेरै समय आराम गर्नेछन्,’ आमा डेबिएले भनिन् । लन्डन ओलम्पिकमा अन्तिम स्वर्ण पदकका लागि फेल्प्सलाई नाथन एन्ड्रियनले गतिलो साथ दिएका थिए । उनले ओलम्पिकमा प्राप्त अद्भूत सफलताको श्रेय प्रशिक्षक बब बाउम्यानलाई दिए । ‘मेरो सफलताको पछाडि प्रशिक्षक बबको धेरै हात छ, राम्रो तथा खराब समयमा उनले मेरो साथ कहिल्यै छाडेनन्,’ उनले भने, ‘प्रशिक्षक, समर्थक तथा परिवारविना म सफल हुने थिइनँ, यहाँसम्म साथ दिने सबैलाई विशेष धन्यवाद छ ।’
यता, प्रशिक्षक बबले फेल्प्सलाई कहिले बिर्सन नसक्ने बताए । ‘मेरो जीवनमा फेल्प्सको विशेष स्थान रहनेछ, उसलाई कहिल्यै बिर्सन सक्दिनँ ।’ ओलम्पिक पार्कमै रहेको स्विमिङमा पुलमा १८औँ स्वर्ण पदक हस्तान्तरणपछि फेल्प्सलाई एकपटक फेरि पुल डेकमा बोलाइएको थियो । यसपटक उनलाई मेडल होइन, अवार्ड दिइएको थियो । सर्वकालीन महान् ओलम्पिक खेलाडीका रूपमा फेल्प्सलाई चाँदीको अवार्ड दिएको थियो । फेल्प्सले संकलन गरेको स्वर्ण पदक देशसँग तुलना गर्दा पत्याउनै गाह्रो पर्छ ।
चार ओलम्पिक यात्रामा फेल्प्सले रोमानिया, पोल्यान्ड, नेदरल्यान्ड, क्युबा र स्पेनले भन्दा बढी स्वर्ण जितेका छन् । चालू ओलम्पिकमा स्पेनले जितेको पदकभन्दा फेल्प्सले जितेको स्वर्ण पदकको संख्या बढी छ । इजरायल, पनामा, पेरु, घाना, फिलिपिन्स, सर्बिया, पोर्चुगल, पाकिस्तान, जिम्बाबे, क्यामेरुन, नाइजेरिया र क्रोएसियाले पाएका कूल स्वर्ण पदकको संख्या जोडे पनि फेल्प्सको स्वर्ण जति नपुग्ने तथ्यांकमा देखिन्छ ।
 

प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

 

प्रतिक्रियाहरु



अरु समाचारहरु

रुचाईएका सामाग्री
ss
बेल निमन्त्रणा र शोभा यात्रा
महेशकुमार दास  महोतरी ४ कार्तिक वडा दशैंको अवसरमा महोत्तरीको विभिन्न शक्तिपीठहरुमा बेल निमन्त्रणका लागि आज शोभा यात्रा निकालेका छन् । जिल्लाको मटिहानी, जलेश्वर, पिपरा, गौशाला, रामगोपालपुर, सम्सी लगायतका ..
ss
जनकपुर उपमहानगरपालिका को आवश्यक टेलिफोन र फैक्स बन्द
धर्मराज,  १७ चैत, जनकपुर । जनकपुर उपमहानगरपालिका को अति आवश्यक टेलिफोन र फैक्स बन्द अवस्थामा रहेको छ । आग लागी बखत को बेला खबर गरिने उपमहानगरपालिका को सब भन्दा महत्वपुर्ण नम्बर ०४१५२००११ को टेलीफोन सेट खराब ..
ss
मधेशमा निर्वाचनको समस्या , प्रमुख निर्वाचन आयुक्त....
धर्मराज,४ चैत्र, जनकपुर । निवौचन कार्यालय धनषाले जिल्ला प्रशाशन कार्यालय मा स्थानिय निर्वाचन बारे डाकिएको बैठक मधेशी मोर्चाले बहिष्कार गरेको छ ।स्थानिय निर्वाचन बारे र प्रतिनिधिहरु तोक्ने समबन्धमा ..
ss
जनकपुर उपमहानगरपालिका प्रति नकारात्मक असर
धर्मराज, १८ चैत, जनकपुर ।  जनकपुर उपमहानगरपालिका ले नगरको फोहर उठाउन बन्द गरेको छ । उपमहानगरपालिका ले नगरको फोहर उठाउन बन्द गरेकोले अहिले जताजतै विभिन्न चौकमा फोहरको डुगंर जम्मा भएको छ।यस्ले गर्दा स्थानिय ..
ss
जापान मा लिङ्ग मेला ।।
(एजेन्सी) जापानको कावासाकी शहरमा प्रत्येक वर्ष अप्रील ५ मा मनाईने लिङ्ग मेलाको आयोजना यस वर्ष पनि गरिएको छ । विश्वकै सबैभन्दा ठूलो लिङ्ग मेलाका रुपमा चर्चित सो मेलामा सबै सामानहरु पुरुष लिङ्ग जस्तै देखिने ..
ss
यौन-सपना ???
(एजेन्सी)  निदाइरहेको बेलामा एकपछि अर्को विचार, भावना र संवेदना अचेतनरूपमै मस्तिष्कमा आउनु सपना देख्नु हो । मानव इतिहासमा धेरै प्रयास भए पनि व्यक्तिले किन कुनै किसिमको सपना देख्छ र त्यसको अर्थ के हुन्छ, राम्ररी बुझ्न सकिएको छैन । सपना विभिन्न किसिमका (डरलाग्दो, साहसिक, रमाइलो तथा यौनसम्बन्धी) हुन्छन् ।सामान्यतया प्रजनन प्रणालीले राम्ररी कार्य गर्न थालेपछि सेक्स हर्मोनले एकातिर यौनव्यग्रता तथा यौनतनाव बढाउँछ भने अर्कोतिर यस अवस्थामा वीर्यको पनि उत्पादन हुन थाल्छ ..
अन्तर्वार्ता
ss सीमांकन बेइमान अमिनले खराब जमिनको कित्ताकाट गरे जस्तो
थारु र मधेसी मिल्दा तीन नेतालाई पीडा भएको छ----- तराई मधेस लोकतान्त्रिक पार्टीका सह-अध्यक्ष हृदयेश त्रिपाठी तार्किक नेता मानिन्छन् । संविधानको मस्यौदा एवं प्रदेशको सीमांकनलाई लिएर मधेसवादी नेतामाथि लागिरहेका ..
विचार
ss तरार्इमा चुनाव कि आन्दोलन ?
भरत लामिछाने......दोस्रो चरणको स्थानीय चुनावको मुखमा यतिबेला तराई(मधेसमा अन्यौलको वातावरण छ । एकातिर सरकारले तराईका जायज मागहरु पूरा गर्नुपर्ने दायित्व छ । अर्कातिर, सरकारको नियन्त्रण बाहिरको माग पूरा गराउन ..
ss रामेछापका बाहुन कसरी पुगे जनकपुर
विमल पोखरेल----- नेपालमा संघीय प्रदेशहरुको सीमांकन सम्वन्धी दलहरुको सहमति सार्वजनिक भएसँगै जनताहरु आ(आफ्ना प्रदेशका विशेषता, साँस्कृतिक पहिचान, आर्थिक सामथ्र्य र सम्भाब्य राजधानीको अवस्थितिलाई आधार बनाएर ..
रोचक विश्व
ss १५ रानी, ३० बच्चा र १०० नौकर सहित भारत आए स्वाजीलैंड का राजा
जनकपुरखबर, कात्तिक १३ ,०७२।  नयाँ दिल्ली , भारत अफ्रीका शिखर सम्मेलन मा ५४ देशका प्रतिनिधिहरु भाग लिरहेका छन । यस्मा स्वाजीलैंड नाम गरेको गरीब देश को अमीर राजा मस्वाती तृतीय आफ्ना १५ रानी, ३० बच्चा र १०० नौकर सहित इंडिया आएका छन ।खास कुरा के छन भने उनी १५ रानी, ३० बच्चा र १०० भन्दा अधिक नौकरहरुको साथ नयाँ दिल्ली को एक मंहगो होटलमा बसेका छन ।उनी माथी आफ्ना प्रतिनिधिमंडल का सरकारी सदस्यहरु लाई ..
ss जापान मा लिङ्ग मेला ।।
(एजेन्सी) जापानको कावासाकी शहरमा प्रत्येक वर्ष अप्रील ५ मा मनाईने लिङ्ग मेलाको आयोजना यस वर्ष पनि गरिएको छ । विश्वकै सबैभन्दा ठूलो लिङ्ग मेलाका रुपमा चर्चित सो मेलामा सबै सामानहरु पुरुष लिङ्ग जस्तै देखिने वस्तुहरु बोकेर पुरुष तथा महिलाहरु समेत सडकमा घुम्ने गर्छन् । मेलामा सहभागी महिलाहरुहरुले पुरुष लिङ्गको आकारमा बनाइएका ललिपपहरु चुस्दै खुल्लारुपले सडकमा हिंडछन । एक किवदन्ती ..
ss छालामा हुक खोपेर पार गर्र्दै १,७४७ फीट चौडाइको नदी
एजेन्सी , ट्यारोलिन ट्रेवर्स सामान्यतया पर्वतारोहण अथवा नदिहरुलाई पार गर्ने समयमा गरिन्छ । समस्या परेको बेलामा यसको उपयोग अझ बढि गरिन्छ । मात्र एउटा डोरीको सहायताले मानिसहरु गुरुत्वाकर्षणको प्रयोग गरेर एउटा अन्त्य देखि अर्को अन्त्य सम्म पुग्ने गर्दछन् । १९ औँ शताब्दिको अन्त्यमा आल्प्स श्रृंखलाको ट्यारोलिनमा यसको प्रयोग गरिएको थियो ।यसैलाई निरन्तरता दिदैँ २३ वर्षकी मारिया ..
अपिल
परमादरणीय न्यायप्रेमी तथा परिवर्तनक संवाहक जनता लोकनि ! धनुषा जील्लाक क्षेत्र नं.३अन्तर्गत प्रतिनिधि सभा सदस्य मेअपनअमुल्य मत प्रदान क हमरा विजयी बनौनिहार राजर्षी जनकक कर्मभूमि,जगदम्बा जानकी क प्रादुभाव स्निग्ध स्थली जनकपुर सहित ग्रामिण क्षेत्रक सम्पूर्ण मतदाता , बुद्धिजीवी , शिक्षक ,कलाकार ,उधोगी ,व्यवसायी ,किशान, मजदूर ,विधार्थी, युवा ,महिला,दलित,मुस्लिम आ एही निर्वाचन मे प्रत्यक्ष(अप्रत्य्क्ष सहयोग कएनिहार सम्म्स्त सहयोगी हृदय आ हाथ सभप्रति परम हर्षोल्लासक सँग हार्दिक आभार सहित धन्यवाद क रहल छी ।राजेन्द्र महतो प्रतिनिधि सभा सदस्य ,धनुषा क्षेत्र नं.३अध्य्क्ष मण्डल (सदस्य )राष्ट्रीय जनता पार्टी नेपाल