विचार
आवश्यकता सामाजिक क्रान्तिकोे
Published Date : Aug 19, 2012
विजय मस्त 
वर्तमानको नेपाली परिवेशले जनतालाई विहान उठ्ने देखी लिएर राती सुत्ने सम्म आफ्ना नेताहरुलाई गाली गर्न विवश छन् । समस्या अनियमीत विद्युत कटौती होस, बन्द, हडतालको समाचार सुनेर होस, आफन्तहरु मध्ये कोही यातायात दुर्घटना परेको होस, आपराधीक क्रियाकलापको प्रभाव होस या बेरोजगारी तथा सुरक्षाको डरले होस, कुनै पनि नागरीक यसका प्रभावहरुबाट बचेका छैनन् । यि समस्याहरुको मुल जड दशकौ देखी व्याप्त राजनीतिक अस्थिरता तथा हाम्रा नेताहरुले खेलीरहेको अनैतिक राजनीतिको खेल नै रहेको प्रमाणित भईसकेको छ । हुनतः नेपालले सक्षम राजनीतिक नेतृत्व जन्माउन सकेको छैन भन्न मिल्दैन । किनभने सतकौ शासन व्यवस्था सञ्चालन गरेका जहानिया राणा तथा अढाईसय वर्ष संस्थागत भई सञ्चालित राजसंस्था एवम विभिन्न समयमा नागरिकका सेवकहरुले आफ्नोे कर्तव्य बिर्सि व्यत्तिगत तथा स्वार्थमा डुवेर कु्ररता देखाएका जनप्रतिनीधिहरुलाई वैधानिक रुपमा जडैबाट अस्तित्व मेटाउन सफल नेपाली जनताको अगुवाई विभिन्न नेपाली राजनीतिक कर्मीहरुले नई गरि आएका हुन । तर आजको नेपाली नागरीकहरुको मनमा उठिरहेको निम्न प्रश्नहरुमा पनि सार्थकता पाईन्छ । दश वर्षे शसस्त्र क्रान्तिको उपलब्धी के ? २००७ साल देखि २०६९ जेष्ठ सम्म भएका विभिन्न आन्दोलनले आज हामीलाई के के दियो ? हजारौं शहिदहरु तथा लाखौ घाईतेहरुको बलिदानी सार्थक रहयो त ? अर्बोको राष्टिय ढुकुटीको दुरुपयोग गरि संविधान निर्माण नहुनुको कारण के हुन ? यसको सहि जवाफ दिन आज कोही पनि अगाडी आइरहेको छैन । हाम्रो नेतृत्वकर्ताहरुले दिईरहेका यसका समाधानका उपायहरुमा समानता छैन। समाधानको एउटै विन्दु साझा राष्टिय सहमती गरी अगाडी बढ्दा मात्र अहिलेको राजनीतिक संक्रमणको निकास हुन्छ र त्यसका लागि हामी तत्पर छौ । हाम्रा नेताहरुको यस प्रकारको साझा मन्तव्य र व्यवहारलाई हेरेर जनतालाई दिक्क लागि सकेको छ । यसैकारणले होला पत्रपत्रिका पढ्न र रेडियो टेलिभिजनमा राजनीतिक दलको समाचार सुन्न बित्तिकै सर्वसाधारणको मुखबाट चोर फटहा जस्ता शब्द प्रयोग गर्न बिर्सिदैनन् ।
सामान्य तथा सवैको बुझाईमा हाम्रो मुलुक अनिर्णयीत अवस्थामा पुग्नुको प्रमुख कारणहरुमा हाम्रो नेताहरुमा रहेको अदुरदर्षिता , व्यक्तिगत स्वार्थ , भौतिकतावाद र राष्टियताको कर्मी हुुनु नै हो । तर यहां उल्लेख गरिएका केही प्रश्नहरुले पनि हामी सम्पूर्ण राष्टभक्त नेपालीहरुलाई घचघचाउनु पर्ने हो । पाठक महोदय के तपाईमा दुरदर्षिता छ ? के तपाई आफ्नो व्यक्तिगत स्वार्थ भन्दा माथी उठेर समाज र राष्टका लागी भ्रष्टाचार बाट टाढा भई नैतिकता पूर्वक राष्टियताको लागी, भौतिक सुख सुविधाबाट माथि उठि त्यागको बाटोमा सादा जीवन बिताउन सक्नु हुन्न ? आदरणीय पाठक जसरी म आफ्नो व्यक्तिगत दिनचर्यामा हाम्रा नेपाली दाजुभाई तथा दिदिबहिनीहरुका विचारहरु सुन्ने र बुझ्ने गर्छु त्यस अनुसार हामि सबैले वर्तमानको राष्टिय संकटको विषयहरुलाई बडो राम्रो तरिकाले विश्लेषण गर्नु हुन्छ । साथै वहांहरुलाई वर्तमान संकटबाट राष्टलाई निकास दिइ एउटा सुन्दर र सबै नेपालीको नयां नेपाल निर्माणका उपायहरुपनि थाहा छन । तर समस्या कहा निर छ भने त्यसको उपायको लागि केही नेपालीहरुले सादा जीवन उच्च विचार , नैतिकता , इमान्दारिता , दुरदर्षिता र त्यागबाट उत्प्रेरित भई सामाजीक तथा राजनीतिक क्षेत्रमा आफुलाई समर्पण गर्नु पर्दछ । हामिहरु भन्ने गर्दछौ कि नेपालमा गौतम बुद्ध , महात्मा गांधी जस्ता व्यक्तिहरुको आवश्यकता छ । तर हामीहरु मध्ये कोही पनि यसका लागि तयार छैनौ । हामि चाहन्छौ यो त्याग , इमान्दारिता , नैतिकता र अहिंसा का नायक अरु भई दियोस जुन असम्भव देखिन्छ । हामि परार्शित भई सकेका छौ । सत्य र अहिंसाको अनुयायी गांधीले भनेका थिए , तपाई जुन परिवर्तन समाजमा देख्न चाहनु हुन्छ त्यो परिवर्तन पहिला आफूमा ल्याउनु होस अनि मात्र अरु संग अपेक्षा राख्नु होस । हामिहरु संग वर्तमान परिवेशमा गांधीको यस विचारलाई आत्मसात गर्नुको कुनै विकल्प छैन ।
नेपालमा भएका प्रत्येक आन्दोलनको उपलब्धीहरु त्यस आन्दोलनका अगुवाहरुमै सिमित भएका छन । त्यसमा सहभागि सोझा सिधा जनताले केही खास अनुभुति गर्न पाएका छैनन । यसको प्रमुख कारण हामि जहिले पनि सत्ता र राजनीतिक अवस्थालाई परिवर्तन गर्न चाहयो तर आफूलाई होइन । जबसम्म नेपाली जनता हाम्रो समाज परिवर्तनको दिशामा अग्रसर हुदैनन् तब सम्म हामि सम्बृद्धि प्राप्त गर्न सक्दैनौ । हामिले राजनीतिक परिवर्तनको लागि धेरै बलिदानी गर्यो अब त्यसलाई सस्थागत गर्नु समाजवाद र राष्टवादमा केन्द्रित हुनुपर्छ । यो देश मेरो हो र यसलाई सम्बृद्ध तुल्याउन मैले नै नेतृत्व गर्नु पर्दछ अरुले आएर देश परिवर्तन गरि दिन्छ भन्ने आशमा बस्नु भन्दा हामि जुन ठाउंमा बस्छौ, जुन समुह समाज र संस्थामा आबद्ध छौ त्यहि बाट आफ्नो परिवर्तनकारी विचारलाई व्यवहारमा लागु गर्नु पर्दछ । सानो सानो परिवर्तननै ठूलो परिवर्तनको आधार हुन्छ । व्यक्ति व्यक्ति परिवर्तन भए समूह, समाजमा र पुरै राष्ट परिवर्तन हुन्छ । हामि आफ्नो बोलाई र गराईमा एकरुपता ल्याउनु पर्दछ । यसले एउटा सामाजीक क्रान्तिको सुरुवात गर्नेछपरिवर्तन एक प्रकृया हो र त्यसको सुरुवात हामिले आजैबाट गरि हाल्नु पर्छ ।धन्यवाद
 

प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

 

प्रतिक्रियाहरु



अरु समाचारहरु

रुचाईएका सामाग्री
ss
बेल निमन्त्रणा र शोभा यात्रा
महेशकुमार दास  महोतरी ४ कार्तिक वडा दशैंको अवसरमा महोत्तरीको विभिन्न शक्तिपीठहरुमा बेल निमन्त्रणका लागि आज शोभा यात्रा निकालेका छन् । जिल्लाको मटिहानी, जलेश्वर, पिपरा, गौशाला, रामगोपालपुर, सम्सी लगायतका ..
ss
महिलाको नजरमा पुरुष सेक्स मेसिन
एजेन्सी, जनकपुर, जेठ ११, सायद धेरै महिलाले यो सोँच्दछन् की पुरुषहरु सधैँ सेक्सका लागि तयार हुन्छन् । यो मान्यता २०÷२२ वर्षको तन्नेरीको हकमा त सही हुन सक्ला तर परिपक्व उमेरका अर्थात् पाको पुरुषको हकमा गलत सावित ..
ss
जनकपुर उपमहानगरपालिका प्रति नकारात्मक असर
धर्मराज, १८ चैत, जनकपुर ।  जनकपुर उपमहानगरपालिका ले नगरको फोहर उठाउन बन्द गरेको छ । उपमहानगरपालिका ले नगरको फोहर उठाउन बन्द गरेकोले अहिले जताजतै विभिन्न चौकमा फोहरको डुगंर जम्मा भएको छ।यस्ले गर्दा स्थानिय ..
ss
मधेशमा निर्वाचनको समस्या , प्रमुख निर्वाचन आयुक्त....
धर्मराज,४ चैत्र, जनकपुर । निवौचन कार्यालय धनषाले जिल्ला प्रशाशन कार्यालय मा स्थानिय निर्वाचन बारे डाकिएको बैठक मधेशी मोर्चाले बहिष्कार गरेको छ ।स्थानिय निर्वाचन बारे र प्रतिनिधिहरु तोक्ने समबन्धमा ..
ss
जनकपुर उपमहानगरपालिका को आवश्यक टेलिफोन र फैक्स बन्द
धर्मराज,  १७ चैत, जनकपुर । जनकपुर उपमहानगरपालिका को अति आवश्यक टेलिफोन र फैक्स बन्द अवस्थामा रहेको छ । आग लागी बखत को बेला खबर गरिने उपमहानगरपालिका को सब भन्दा महत्वपुर्ण नम्बर ०४१५२००११ को टेलीफोन सेट खराब ..
ss
१५ रानी, ३० बच्चा र १०० नौकर सहित भारत आए स्वाजीलैंड का राजा
जनकपुरखबर, कात्तिक १३ ,०७२।  नयाँ दिल्ली , भारत अफ्रीका शिखर सम्मेलन मा ५४ देशका प्रतिनिधिहरु भाग लिरहेका छन । यस्मा स्वाजीलैंड नाम गरेको गरीब देश को अमीर राजा मस्वाती तृतीय आफ्ना १५ रानी, ३० बच्चा र १०० नौकर सहित ..
अन्तर्वार्ता
ss सीमांकन बेइमान अमिनले खराब जमिनको कित्ताकाट गरे जस्तो
थारु र मधेसी मिल्दा तीन नेतालाई पीडा भएको छ----- तराई मधेस लोकतान्त्रिक पार्टीका सह-अध्यक्ष हृदयेश त्रिपाठी तार्किक नेता मानिन्छन् । संविधानको मस्यौदा एवं प्रदेशको सीमांकनलाई लिएर मधेसवादी नेतामाथि लागिरहेका ..
विचार
ss तरार्इमा चुनाव कि आन्दोलन ?
भरत लामिछाने......दोस्रो चरणको स्थानीय चुनावको मुखमा यतिबेला तराई(मधेसमा अन्यौलको वातावरण छ । एकातिर सरकारले तराईका जायज मागहरु पूरा गर्नुपर्ने दायित्व छ । अर्कातिर, सरकारको नियन्त्रण बाहिरको माग पूरा गराउन ..
ss रामेछापका बाहुन कसरी पुगे जनकपुर
विमल पोखरेल----- नेपालमा संघीय प्रदेशहरुको सीमांकन सम्वन्धी दलहरुको सहमति सार्वजनिक भएसँगै जनताहरु आ(आफ्ना प्रदेशका विशेषता, साँस्कृतिक पहिचान, आर्थिक सामथ्र्य र सम्भाब्य राजधानीको अवस्थितिलाई आधार बनाएर ..
रोचक विश्व
ss १५ रानी, ३० बच्चा र १०० नौकर सहित भारत आए स्वाजीलैंड का राजा
जनकपुरखबर, कात्तिक १३ ,०७२।  नयाँ दिल्ली , भारत अफ्रीका शिखर सम्मेलन मा ५४ देशका प्रतिनिधिहरु भाग लिरहेका छन । यस्मा स्वाजीलैंड नाम गरेको गरीब देश को अमीर राजा मस्वाती तृतीय आफ्ना १५ रानी, ३० बच्चा र १०० नौकर सहित इंडिया आएका छन ।खास कुरा के छन भने उनी १५ रानी, ३० बच्चा र १०० भन्दा अधिक नौकरहरुको साथ नयाँ दिल्ली को एक मंहगो होटलमा बसेका छन ।उनी माथी आफ्ना प्रतिनिधिमंडल का सरकारी सदस्यहरु लाई ..
ss जापान मा लिङ्ग मेला ।।
(एजेन्सी) जापानको कावासाकी शहरमा प्रत्येक वर्ष अप्रील ५ मा मनाईने लिङ्ग मेलाको आयोजना यस वर्ष पनि गरिएको छ । विश्वकै सबैभन्दा ठूलो लिङ्ग मेलाका रुपमा चर्चित सो मेलामा सबै सामानहरु पुरुष लिङ्ग जस्तै देखिने वस्तुहरु बोकेर पुरुष तथा महिलाहरु समेत सडकमा घुम्ने गर्छन् । मेलामा सहभागी महिलाहरुहरुले पुरुष लिङ्गको आकारमा बनाइएका ललिपपहरु चुस्दै खुल्लारुपले सडकमा हिंडछन । एक किवदन्ती ..
ss छालामा हुक खोपेर पार गर्र्दै १,७४७ फीट चौडाइको नदी
एजेन्सी , ट्यारोलिन ट्रेवर्स सामान्यतया पर्वतारोहण अथवा नदिहरुलाई पार गर्ने समयमा गरिन्छ । समस्या परेको बेलामा यसको उपयोग अझ बढि गरिन्छ । मात्र एउटा डोरीको सहायताले मानिसहरु गुरुत्वाकर्षणको प्रयोग गरेर एउटा अन्त्य देखि अर्को अन्त्य सम्म पुग्ने गर्दछन् । १९ औँ शताब्दिको अन्त्यमा आल्प्स श्रृंखलाको ट्यारोलिनमा यसको प्रयोग गरिएको थियो ।यसैलाई निरन्तरता दिदैँ २३ वर्षकी मारिया ..
अपिल