राष्ट्रिय
जनकपुरभिट्ठामोड सडक व्यवस्थित हुन शुरु ।
Published Date : Oct 11, 2012
जनकपुरखबर डट् कम
२५ असोज ।
वर्षौंदेखि जीर्ण जनकपुर–भिट्ठामोड सडकखण्डको निर्माण शुरु भएको छ ।
नेपाल र भारतको संयुक्त सहयोगमा नेपालका तराई क्षेत्रमा सडक निर्माण कार्यक्रमअन्तर्गत धनुषाकोे जनकपुरदेखि महोत्तरीको भिट्ठामोडसम्मको सडकखण्ड व्यवस्थित हुन यसै सातादेखि सुरु भएको हो । तराईका विभिन्न जिल्लामा ६०५ किमि सडक निर्माणको लक्ष्य रहेको सो कार्यक्रमअन्तर्गत जनकपुर–भिट्ठामोड सडक १८.८ किमि हुने छ । भौतिक योजना, निर्माण तथा यातायात व्यवस्था मन्त्रालयको संयोजनमा निर्माण भइरहेको सो सडकखण्ड बनाउने ठेक्का भारतको हैदराबादस्थित भिस्वा बिभिएसआर ( जेभी) ले लिएको छ । कार्यक्रमको परामर्शदाताका रूपमा राइट्स लिमिटेड भारत रहेको छ । प्रथम चरणअन्तर्गत ६०५ किमिका लागि जनकपुर –भिट्ठामोड सडकखण्डको भागमा रु ३८.५६ करोड लागत पर्ने छ । अहिले ग्रेडर मेशीन तथा स्काइभेटर ले सडकमा जथाभावी रहेका खाल्डाखुल्डी पुर्ने काम भईरहेको छ । त्यसपछि, मसीर महिनाको पहिलो साताबाट माटो पुर्ने काम गरिने र पटक पटक विभिन्न बाधाव्यवधानका कारण निर्माण अवरुद्ध हुँदै आएको सो सडकखण्डमा अहिले दुई–तीन दिनदेखि धमाधम विभिन्न कार्य भइरहेको छ । लामो समयपछि निर्माण सुरु भएको सो सडकखण्ड पूर्णरूपेण सम्पन्न गर्न जति छिटो गरे पनि कमसेकम पन्ध्र महिना लाग्ने भिश्वा कम्पनीका प्रोजेक्ट इन्जिनियर देवेश कुमारले बताउँछन् । ठुल्ठूला खाल्डाखुल्डी, भत्किएको पिच र ठाउँठाउँमा बाढीका कारण डाइभर्सन रहेको सो सडकखण्डलाई अहिले चौडा पार्ने, समतल बनाउने, सीमाङ्कन गर्ने तथा नाप नक्सालगायत काम भइरहेको छ ।  वर्षौंदेखि निर्माणको पर्खाइमा रहेको महोत्तरी र सीमावर्ती भारतका विभिन्न सहरलाई जनकपुरसँग जोड्ने सो सडकखण्ड निर्माण सुरु भएपछि महोत्तरीवासी तथा सीमावर्ती भारतीयमा खुसियाली छाएको छ । निकै पहिले पूर्वपश्चिम राजमार्ग बनाउने बेलामा भारत सरकारले भारतबाट निर्माण सामग्री ढुवानी गर्नका लागि धनुषाको ढल्केवरदेखि भिट्ठामोडसम्म निर्माण गरेको सो सडकखण्ड सरकारी उपेक्षाका कारण वर्षौैँदेखि जीर्ण र जोखिमपूर्ण बनेको थियो । जनकपुर–भिट्ठामोड सडकखण्ड निर्माण भइसकेपछि मिथिलाञ्चलका पर्यटन र व्यवसाय क्षेत्रका सयौँ ढोका खुला हुने जनकपुर र जलेश्वरका बुद्धिजीवी बताउँछन् । भारत सरकारको सहयोगमा नेपालका तराई क्षेत्रमा कुल ६०५ किलोमिटर सडक निर्माण गरिनेछ जसको अनुमानित बजेट १२ सय ४१ करोड रुपँया रहेको छ ।
 

प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

 

प्रतिक्रियाहरु



अरु समाचारहरु

रुचाईएका सामाग्री
ss
बेल निमन्त्रणा र शोभा यात्रा
महेशकुमार दास  महोतरी ४ कार्तिक वडा दशैंको अवसरमा महोत्तरीको विभिन्न शक्तिपीठहरुमा बेल निमन्त्रणका लागि आज शोभा यात्रा निकालेका छन् । जिल्लाको मटिहानी, जलेश्वर, पिपरा, गौशाला, रामगोपालपुर, सम्सी लगायतका ..
ss
महिलाको नजरमा पुरुष सेक्स मेसिन
एजेन्सी, जनकपुर, जेठ ११, सायद धेरै महिलाले यो सोँच्दछन् की पुरुषहरु सधैँ सेक्सका लागि तयार हुन्छन् । यो मान्यता २०÷२२ वर्षको तन्नेरीको हकमा त सही हुन सक्ला तर परिपक्व उमेरका अर्थात् पाको पुरुषको हकमा गलत सावित ..
ss
जनकपुर उपमहानगरपालिका प्रति नकारात्मक असर
धर्मराज, १८ चैत, जनकपुर ।  जनकपुर उपमहानगरपालिका ले नगरको फोहर उठाउन बन्द गरेको छ । उपमहानगरपालिका ले नगरको फोहर उठाउन बन्द गरेकोले अहिले जताजतै विभिन्न चौकमा फोहरको डुगंर जम्मा भएको छ।यस्ले गर्दा स्थानिय ..
ss
मधेशमा निर्वाचनको समस्या , प्रमुख निर्वाचन आयुक्त....
धर्मराज,४ चैत्र, जनकपुर । निवौचन कार्यालय धनषाले जिल्ला प्रशाशन कार्यालय मा स्थानिय निर्वाचन बारे डाकिएको बैठक मधेशी मोर्चाले बहिष्कार गरेको छ ।स्थानिय निर्वाचन बारे र प्रतिनिधिहरु तोक्ने समबन्धमा ..
ss
जनकपुर उपमहानगरपालिका को आवश्यक टेलिफोन र फैक्स बन्द
धर्मराज,  १७ चैत, जनकपुर । जनकपुर उपमहानगरपालिका को अति आवश्यक टेलिफोन र फैक्स बन्द अवस्थामा रहेको छ । आग लागी बखत को बेला खबर गरिने उपमहानगरपालिका को सब भन्दा महत्वपुर्ण नम्बर ०४१५२००११ को टेलीफोन सेट खराब ..
ss
१५ रानी, ३० बच्चा र १०० नौकर सहित भारत आए स्वाजीलैंड का राजा
जनकपुरखबर, कात्तिक १३ ,०७२।  नयाँ दिल्ली , भारत अफ्रीका शिखर सम्मेलन मा ५४ देशका प्रतिनिधिहरु भाग लिरहेका छन । यस्मा स्वाजीलैंड नाम गरेको गरीब देश को अमीर राजा मस्वाती तृतीय आफ्ना १५ रानी, ३० बच्चा र १०० नौकर सहित ..
अन्तर्वार्ता
ss सीमांकन बेइमान अमिनले खराब जमिनको कित्ताकाट गरे जस्तो
थारु र मधेसी मिल्दा तीन नेतालाई पीडा भएको छ----- तराई मधेस लोकतान्त्रिक पार्टीका सह-अध्यक्ष हृदयेश त्रिपाठी तार्किक नेता मानिन्छन् । संविधानको मस्यौदा एवं प्रदेशको सीमांकनलाई लिएर मधेसवादी नेतामाथि लागिरहेका ..
विचार
ss तरार्इमा चुनाव कि आन्दोलन ?
भरत लामिछाने......दोस्रो चरणको स्थानीय चुनावको मुखमा यतिबेला तराई(मधेसमा अन्यौलको वातावरण छ । एकातिर सरकारले तराईका जायज मागहरु पूरा गर्नुपर्ने दायित्व छ । अर्कातिर, सरकारको नियन्त्रण बाहिरको माग पूरा गराउन ..
ss रामेछापका बाहुन कसरी पुगे जनकपुर
विमल पोखरेल----- नेपालमा संघीय प्रदेशहरुको सीमांकन सम्वन्धी दलहरुको सहमति सार्वजनिक भएसँगै जनताहरु आ(आफ्ना प्रदेशका विशेषता, साँस्कृतिक पहिचान, आर्थिक सामथ्र्य र सम्भाब्य राजधानीको अवस्थितिलाई आधार बनाएर ..
रोचक विश्व
ss १५ रानी, ३० बच्चा र १०० नौकर सहित भारत आए स्वाजीलैंड का राजा
जनकपुरखबर, कात्तिक १३ ,०७२।  नयाँ दिल्ली , भारत अफ्रीका शिखर सम्मेलन मा ५४ देशका प्रतिनिधिहरु भाग लिरहेका छन । यस्मा स्वाजीलैंड नाम गरेको गरीब देश को अमीर राजा मस्वाती तृतीय आफ्ना १५ रानी, ३० बच्चा र १०० नौकर सहित इंडिया आएका छन ।खास कुरा के छन भने उनी १५ रानी, ३० बच्चा र १०० भन्दा अधिक नौकरहरुको साथ नयाँ दिल्ली को एक मंहगो होटलमा बसेका छन ।उनी माथी आफ्ना प्रतिनिधिमंडल का सरकारी सदस्यहरु लाई ..
ss जापान मा लिङ्ग मेला ।।
(एजेन्सी) जापानको कावासाकी शहरमा प्रत्येक वर्ष अप्रील ५ मा मनाईने लिङ्ग मेलाको आयोजना यस वर्ष पनि गरिएको छ । विश्वकै सबैभन्दा ठूलो लिङ्ग मेलाका रुपमा चर्चित सो मेलामा सबै सामानहरु पुरुष लिङ्ग जस्तै देखिने वस्तुहरु बोकेर पुरुष तथा महिलाहरु समेत सडकमा घुम्ने गर्छन् । मेलामा सहभागी महिलाहरुहरुले पुरुष लिङ्गको आकारमा बनाइएका ललिपपहरु चुस्दै खुल्लारुपले सडकमा हिंडछन । एक किवदन्ती ..
ss छालामा हुक खोपेर पार गर्र्दै १,७४७ फीट चौडाइको नदी
एजेन्सी , ट्यारोलिन ट्रेवर्स सामान्यतया पर्वतारोहण अथवा नदिहरुलाई पार गर्ने समयमा गरिन्छ । समस्या परेको बेलामा यसको उपयोग अझ बढि गरिन्छ । मात्र एउटा डोरीको सहायताले मानिसहरु गुरुत्वाकर्षणको प्रयोग गरेर एउटा अन्त्य देखि अर्को अन्त्य सम्म पुग्ने गर्दछन् । १९ औँ शताब्दिको अन्त्यमा आल्प्स श्रृंखलाको ट्यारोलिनमा यसको प्रयोग गरिएको थियो ।यसैलाई निरन्तरता दिदैँ २३ वर्षकी मारिया ..
अपिल
परमादरणीय न्यायप्रेमी तथा परिवर्तनक संवाहक जनता लोकनि ! धनुषा जील्लाक क्षेत्र नं.३अन्तर्गत प्रतिनिधि सभा सदस्य मेअपनअमुल्य मत प्रदान क हमरा विजयी बनौनिहार राजर्षी जनकक कर्मभूमि,जगदम्बा जानकी क प्रादुभाव स्निग्ध स्थली जनकपुर सहित ग्रामिण क्षेत्रक सम्पूर्ण मतदाता , बुद्धिजीवी , शिक्षक ,कलाकार ,उधोगी ,व्यवसायी ,किशान, मजदूर ,विधार्थी, युवा ,महिला,दलित,मुस्लिम आ एही निर्वाचन मे प्रत्यक्ष(अप्रत्य्क्ष सहयोग कएनिहार सम्म्स्त सहयोगी हृदय आ हाथ सभप्रति परम हर्षोल्लासक सँग हार्दिक आभार सहित धन्यवाद क रहल छी ।राजेन्द्र महतो प्रतिनिधि सभा सदस्य ,धनुषा क्षेत्र नं.३अध्य्क्ष मण्डल (सदस्य )राष्ट्रीय जनता पार्टी नेपाल