विचार
मधेशी दलको एकता आवश्यक
Published Date : Oct 12, 2012
विजय मस्त,
छिमेकीको घरमा बम विष्फोट हुनु वा आफ्ना ईष्ट मित्रको कुनै दुर्घटनामा मृत्यु हुनु नेपालीको लागी सहज भईसकेको छ । त्यत्ति मात्र नभएर राष्ट्रमा सशस्त्र युद्ध हुनु , राज परिवारको हत्याकाण्ड , राजसंस्थाको अवसान , संविधान सभाको निर्वाचन र अस्वस्थ्य विघटन , मधेश विद्रोह , आदिवासी जनजातिको आन्दोलन जस्ता अप्रत्यासित घटना र दुर्घटनाहरु समेत भोगी सकेका नेपाली जनताको लागि राजनीतिक वा आपराधिक कुनै पनि सानो वा ठूलो घटनाबाट आश्चर्यचकित हुने अवस्था बिल्कुलै छैन । नेपालमा हुने गरेका जुन सुकै राजनीतिक निर्णय वा अपराधिक घटना घट्नुको कारण देशी विदेशी शक्तिहरुनै हुन भन्ने गरिन्छ ।
एउटा भनाई छ कि आफूलाई यति बलियो बनाउनुस कि प्रत्येक निर्णय दिनुपुर्व भगवानले पनि एकचोटी तपाईसंग तपाईको ईच्छा सोधोस । तर विडम्बना हामी नेपालीहरु आफूलाई आफ्नो समाज , राष्ट्र र राष्ट्रियतालाई बलियो बनाउनुको साटो विदेशीहरुलाई आरोप लगाउने गर्दछौ । जुन सुकै तहको निर्णय प्रक्रियामा देश र जनताको भलो सोच्नु भन्दा बढि विदेशी र अनुदान दाता संघ संस्थाहरुको हित र निर्देशनलाई महत्व दिन्छौ । आज सम्पूर्ण शोषित पिडित मधेशी, आदिवासी, जनजाति तथा पिछडावर्गको समस्या सम्बोधनको लागि आएको मधेशवादको अगुवा मधेशवादी दलहरु बिचको एकताको प्रसंग चर्चाको विषय बनेको छ । हुनतः चारबाट २४ टुक्रामा विभाजित मधेशवादी दलहरु विगत ६ वर्षमा मोर्चागत रुपमा मात्र एकतृत हुन सकेका छन । पार्टी एकिकरण हुन सकेको छैन । संविधानसभाको अवसान पछि तराई मधेश लोकतान्त्रिक पार्टीले आफ्नो केन्द्रिय समितिबाटै मधेशवादी दलहरुलाई एक पार्टी बनाउन पहल गर्ने निर्णय गरेको छ । यसको लागि मधेशी जनअधिकार फोरम नेपाल संग वार्ता प्रकृया अन्तिम चरणमा पुगीसकेको हल्ला पनि गरिएको छ । तर मधेशवादी दल र तिनका नेताहरुको क्रियाकलापलाई धेरै नजिकबाट नियालिरहेका विद्धानहरुको यस विषयमा भिन्न भिन्न विश्लेषण छ । एक विश्लेषण अनुसार मधेश आन्दोलनको नेतृत्वकर्ता र बहुसंख्यक यादव समुदायबाट प्रतिनिधित्व गरेको कारण उपेन्द्र यादवलाई पहिलो र इमान्दार छवि तथा ब्राह्मण समुदायको अगुवाको कारण मधेशको दोस्रो नेताको रुपमा महन्थ ठाकुरलाई मान्यता दिइएको छ । साथै जयप्रकाश गुप्ता , विजय गच्छदार , शरद सिंघ भण्डारी , राजेन्द्र महतो , महेन्द्र यादव र अनिल झालाई मधेशको दोस्रो दर्जाको नेताहरुको रुपमा मान्यता दिइएको छ । अर्को पक्षधर विश्लेषकहरुको अनुसार पुर्वको संविधानसभा को निर्वाचन मत र त्यसपछि टुक्रेका मधेशवादी दलहरु अब आउने निर्वाचनमा मोर्चागत वा अलग अलग उम्मेदवार लिएर जनता माझ जाने भए जनताले फेरी कांग्रेस , एमाले र माओवादीलाई बहुमत दिने आशंका भएको र विगतको मधेशी नेताहरुको चरित्रलाई जनताले नस्विकारने डरको कारण सम्पूर्ण मधेशवादी दलहरु एकजुट हुने मनसाय बनाई सकेका छन । एकिकरणको लागि विभिन्न समस्याहरुमध्ये अध्यक्ष को बन्ने, सरकारको नेतृत्व कसले गर्ने, पार्टी बाट प्रधानमन्त्रीको उम्मेदवार को हुने, जिल्ला समितिहरुको एकिकरण कसरी गर्ने, अगामी निर्वाचनमा उम्मेदवार चयन प्रक्रिया के हुने आदि प्रमुख बाधाहरु छन । जसको लागी पार्टीको अध्यक्षको रुपमा जो आफ्नो जीवनकालमा कुनै पनि सार्वजनिक पदमा जान चाहनन् मात्र संगठन निर्माणको लागि तयार छन, त्यसलाई अध्यक्ष बनाउनु पर्दछ । त्यस्तै पार्टीबाट एकजनालाई सरकारमा प्रधानमन्त्रीको रुपमा निर्वाचन र सहमति प्रक्रियाका उम्मेदवार तथा प्रधानमन्त्री बाहेक पार्टीको तर्फबाट सरकारमा सहभागि हुने अवस्थाको लागि नेतृत्वकर्ताको रुपमा वरिष्ठ नेता बनाउनु पर्छ । त्यस्तै विभिन्न दलको केन्द्रिय समितिका सदस्यहरुलाई यथावत पदमै राखि राख्नु पर्छ । जिल्ला तहमा पुर्वको निर्वाचनमा सब भन्दा बढि मत ल्याएको पार्टीको अध्यक्षलाई एकिकृत पार्टीको जिल्ला संयोजक मान्नु पर्छ । निर्वाचन क्षेत्र उम्मेदवारको लागि पुर्वमा विजयी भएकोलाई प्रथम र त्यसपछि बढि मत ल्याएकोलाई ग्राहयता दिनु पर्दछ । यसरी नयां निर्वाचनमा जांदा मधेशबाट पुर्ण रुपमा जित्न सकिन्छ । मधेशमुद्दा, सरकारमा सहभागिता, चरित्र, जनसमर्थन र भावियोजना साझा रहेका मधेशीदलहरुको काम एक र नाम अनेक भएको कारण पार्टी एकिकरण गर्नु मधेशीदलहरुको विवशता पनि हो र आवश्यकता पनि हो ।
 

प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

 

प्रतिक्रियाहरु



अरु समाचारहरु

रुचाईएका सामाग्री
ss
बेल निमन्त्रणा र शोभा यात्रा
महेशकुमार दास  महोतरी ४ कार्तिक वडा दशैंको अवसरमा महोत्तरीको विभिन्न शक्तिपीठहरुमा बेल निमन्त्रणका लागि आज शोभा यात्रा निकालेका छन् । जिल्लाको मटिहानी, जलेश्वर, पिपरा, गौशाला, रामगोपालपुर, सम्सी लगायतका ..
ss
महिलाको नजरमा पुरुष सेक्स मेसिन
एजेन्सी, जनकपुर, जेठ ११, सायद धेरै महिलाले यो सोँच्दछन् की पुरुषहरु सधैँ सेक्सका लागि तयार हुन्छन् । यो मान्यता २०÷२२ वर्षको तन्नेरीको हकमा त सही हुन सक्ला तर परिपक्व उमेरका अर्थात् पाको पुरुषको हकमा गलत सावित ..
ss
जनकपुर उपमहानगरपालिका प्रति नकारात्मक असर
धर्मराज, १८ चैत, जनकपुर ।  जनकपुर उपमहानगरपालिका ले नगरको फोहर उठाउन बन्द गरेको छ । उपमहानगरपालिका ले नगरको फोहर उठाउन बन्द गरेकोले अहिले जताजतै विभिन्न चौकमा फोहरको डुगंर जम्मा भएको छ।यस्ले गर्दा स्थानिय ..
ss
मधेशमा निर्वाचनको समस्या , प्रमुख निर्वाचन आयुक्त....
धर्मराज,४ चैत्र, जनकपुर । निवौचन कार्यालय धनषाले जिल्ला प्रशाशन कार्यालय मा स्थानिय निर्वाचन बारे डाकिएको बैठक मधेशी मोर्चाले बहिष्कार गरेको छ ।स्थानिय निर्वाचन बारे र प्रतिनिधिहरु तोक्ने समबन्धमा ..
ss
जनकपुर उपमहानगरपालिका को आवश्यक टेलिफोन र फैक्स बन्द
धर्मराज,  १७ चैत, जनकपुर । जनकपुर उपमहानगरपालिका को अति आवश्यक टेलिफोन र फैक्स बन्द अवस्थामा रहेको छ । आग लागी बखत को बेला खबर गरिने उपमहानगरपालिका को सब भन्दा महत्वपुर्ण नम्बर ०४१५२००११ को टेलीफोन सेट खराब ..
ss
१५ रानी, ३० बच्चा र १०० नौकर सहित भारत आए स्वाजीलैंड का राजा
जनकपुरखबर, कात्तिक १३ ,०७२।  नयाँ दिल्ली , भारत अफ्रीका शिखर सम्मेलन मा ५४ देशका प्रतिनिधिहरु भाग लिरहेका छन । यस्मा स्वाजीलैंड नाम गरेको गरीब देश को अमीर राजा मस्वाती तृतीय आफ्ना १५ रानी, ३० बच्चा र १०० नौकर सहित ..
अन्तर्वार्ता
ss सीमांकन बेइमान अमिनले खराब जमिनको कित्ताकाट गरे जस्तो
थारु र मधेसी मिल्दा तीन नेतालाई पीडा भएको छ----- तराई मधेस लोकतान्त्रिक पार्टीका सह-अध्यक्ष हृदयेश त्रिपाठी तार्किक नेता मानिन्छन् । संविधानको मस्यौदा एवं प्रदेशको सीमांकनलाई लिएर मधेसवादी नेतामाथि लागिरहेका ..
विचार
ss तरार्इमा चुनाव कि आन्दोलन ?
भरत लामिछाने......दोस्रो चरणको स्थानीय चुनावको मुखमा यतिबेला तराई(मधेसमा अन्यौलको वातावरण छ । एकातिर सरकारले तराईका जायज मागहरु पूरा गर्नुपर्ने दायित्व छ । अर्कातिर, सरकारको नियन्त्रण बाहिरको माग पूरा गराउन ..
ss रामेछापका बाहुन कसरी पुगे जनकपुर
विमल पोखरेल----- नेपालमा संघीय प्रदेशहरुको सीमांकन सम्वन्धी दलहरुको सहमति सार्वजनिक भएसँगै जनताहरु आ(आफ्ना प्रदेशका विशेषता, साँस्कृतिक पहिचान, आर्थिक सामथ्र्य र सम्भाब्य राजधानीको अवस्थितिलाई आधार बनाएर ..
रोचक विश्व
ss १५ रानी, ३० बच्चा र १०० नौकर सहित भारत आए स्वाजीलैंड का राजा
जनकपुरखबर, कात्तिक १३ ,०७२।  नयाँ दिल्ली , भारत अफ्रीका शिखर सम्मेलन मा ५४ देशका प्रतिनिधिहरु भाग लिरहेका छन । यस्मा स्वाजीलैंड नाम गरेको गरीब देश को अमीर राजा मस्वाती तृतीय आफ्ना १५ रानी, ३० बच्चा र १०० नौकर सहित इंडिया आएका छन ।खास कुरा के छन भने उनी १५ रानी, ३० बच्चा र १०० भन्दा अधिक नौकरहरुको साथ नयाँ दिल्ली को एक मंहगो होटलमा बसेका छन ।उनी माथी आफ्ना प्रतिनिधिमंडल का सरकारी सदस्यहरु लाई ..
ss जापान मा लिङ्ग मेला ।।
(एजेन्सी) जापानको कावासाकी शहरमा प्रत्येक वर्ष अप्रील ५ मा मनाईने लिङ्ग मेलाको आयोजना यस वर्ष पनि गरिएको छ । विश्वकै सबैभन्दा ठूलो लिङ्ग मेलाका रुपमा चर्चित सो मेलामा सबै सामानहरु पुरुष लिङ्ग जस्तै देखिने वस्तुहरु बोकेर पुरुष तथा महिलाहरु समेत सडकमा घुम्ने गर्छन् । मेलामा सहभागी महिलाहरुहरुले पुरुष लिङ्गको आकारमा बनाइएका ललिपपहरु चुस्दै खुल्लारुपले सडकमा हिंडछन । एक किवदन्ती ..
ss छालामा हुक खोपेर पार गर्र्दै १,७४७ फीट चौडाइको नदी
एजेन्सी , ट्यारोलिन ट्रेवर्स सामान्यतया पर्वतारोहण अथवा नदिहरुलाई पार गर्ने समयमा गरिन्छ । समस्या परेको बेलामा यसको उपयोग अझ बढि गरिन्छ । मात्र एउटा डोरीको सहायताले मानिसहरु गुरुत्वाकर्षणको प्रयोग गरेर एउटा अन्त्य देखि अर्को अन्त्य सम्म पुग्ने गर्दछन् । १९ औँ शताब्दिको अन्त्यमा आल्प्स श्रृंखलाको ट्यारोलिनमा यसको प्रयोग गरिएको थियो ।यसैलाई निरन्तरता दिदैँ २३ वर्षकी मारिया ..
अपिल