राष्ट्रिय
प्रधानमन्त्रीका स्वागतका लागि दलित वस्तीमा भ्याई नभ्याई
Published Date : Oct 12, 2012
महेशकुमार दास 
महोत्तरी,
२६ असोज ।
महोत्तरी फुलकाहा –६ स्थित मनहरवाका अल्पसंख्यक आदिवासी मुसहरहरुलाई प्रधानमन्त्री बाबुराम भट्टराईको स्वागतको तयारीको लागि अहिले भ्याई नभ्याई भएको छ ।
फुलकाहा–६ स्थित मुसहरहरुको वस्तीका ६१ वर्षिय विसुनी मुसहरको घरमा भोलि (शनिबार) रात्रि बास बस्नका लागि प्रधानमन्त्री बाबुराम भट्टराई आउने भएपछि ती समूदायलाई अहिले सो को तयारीका लागि भ्याई नभ्याई भएको छ ।
प्रधानमन्त्री भट्टराई आउने भएपछि सो समूदायमा अहिले खुशि छाएको छ ।
प्रधानमन्त्री भट्टराईले सरकारको निति कार्यक्रम अनुसार प्रत्येक महिनाको एक दिन दलित तथा विपन्नको घरमा वास वस्ने कार्यक्रम अन्तर्गत बासको लागि आफनो घर चयन भएकोमा खुशि प्रकट गर्दै विसुनी मुसहरले आफुले प्रधानमन्त्रीलाई कोदो(मरुवाको रोटी) , घहौरी(घोघी)को तरकारी खुवाउने तयारी गरेको संचारकर्मीहरुलाई वताए । मुसहरले भने “मेरो प्रधानमन्त्री बाबुराम भट्टराईलाई आफनै घरको चुल्होमा पकाइएको (मरुवाको रोटी) र घहौरी(घोघी)को तरकारी खाजामा खुवाउने छुँ भने खानामा मंसुली चामलको भात , तरुवा र तरकारी खुवाउने धोको रहेको छ ।”
प्रधानमन्त्री भट्टराई वास बस्न आउने महोत्तरी जिल्ला मधेसको पहिलो जिल्लाको रुपमा परेको छ ।
चार छोरा , दुई छोरी, ४ नाती र १२ नातिनीका एक्लो घरमुलि विसुनी मुसहर प्रधानमन्त्री आउने कुरालाई लिएर हर्षित हुँदै उहाँ संग बासको लागि जग्गा , रोजगारीको अवसर , गाउँमै स्वास्थ्य चौकीको व्यवस्था , शान्ति सुरक्षाका लागि प्रहरी चौकीको स्थापना र विद्युत आपुर्ति गर्नु पर्ने माग राख्ने बताउनु भयो ।
एनेकपा माओवादीका फुलकाहा गाउँ कमिट सदस्य रहेका विसुनी मुसहरले २०५६/५७ तिर माओवादी पार्टीमा लागेको र आफु धनुषाको बन्दीपुरमा भएको आक्रमणमा घरेलु हातहतियारलिई सो लडाईमा लडेको अनुभव सुनाउनु हुँदै द्वन्द्वका वेला आफुहरुले सरकारी पक्षबाट धेरै दुख पाएको जानकारी दिनु भयो ।
‘त माओवादी छस तलाई मार दिन्छु’ भन्ने डर त्रास दिनुहँ आउने र पटक पटक प्रहरीहरुले आफुलाई पक्राउ गरेर यातना दिएको अनुभव सुनाउँदै सोहि त्याग र वलिदानी कदमको कारण प्रधानमन्त्रीको आगमन आफनो घरमा हुन लागेको भन्दै भाव विभोर विसुनी मुसहर प्रधानमन्त्री आउँदा के गर्ने के नगर्ने निर्णय लिन अलमलमा परेको भन्नु भयो ।
६ वर्ष जतिको लडाई पछि भएको शान्ति वार्ता पश्चात कमाई खान भारतको पञ्जाव गएकोले पार्टीमा त्यति सक्रियता जनाउन नपाए पनि अव भने आफु सक्रियरुपम एमाओवादी पार्टीमा लागेको वताउनु भयो ।
आफनो विवाह ८ वर्षकै उमेरमा विवाह भएको जानकारी दिदै अव भने आफुहरु पनि बालविवाह विरुद्ध लागि परेको वताउँदै आफना छोराछोरी र नातीनातीनाहरुको विवाह उमेर पुगेपछि मात्र गर्ने भन्नु भयो ।
तराइको जंगली खेतमा खेतीपाती गर्ने आदिवासी मुसहरहरुको मुख्य पेशा माटो काटने ,पुर्ने , बोक्ने र मुसा मार्ने रहेको छ । शिक्षा चेतना र गरिबीबाट आक्रान्त सो बस्तीका मुसहरहरुले काम पाउन छाडे पछि कामको खोजीमा हरियाना र पञ्जाव जाने गरेका छन ।
सो वस्तीका मुसहरहरुलाई चिठी लेख्न पढन समेत आउँदैन । परिश्रम गरेर मुसहरहरु काम गरी पैसा ल्याएको दिन टन्न खान्छन । मोज गर्छन तर पैसा भएन भने माग्दैन वरु भोकै सुत्छन ।
विकासको पंक्तिमा धेरै पछाडि रहेका ती वस्तीका मुसहरहरु चेतना अभावका कारण घर नजिकै रहेको प्रावि विद्यालयमा समेत नजाने गरेको विद्यालयका एक शिक्षकले वताए ।
स्वास्थ्य शिक्षाको अभावमा पिछडिएका ति मुसहर वस्तीमा मुसहरहरु समयमा खान नपाएर कहिले हैजा त कहिले कलाजारबाट सोतर हुन्छ । श्रम सोसन र गरिवी पिडीत मुसहरहरुको संख्या सो वस्तीमा १ सय ४० घरधुरी भन्दा बढी रहेको छ ।
आफनै संस्कार परम्परा भाषा संस्कृति भएका मुसहरहरु नेपालमा आदिवासीहरु भएकाले यसको शैक्षिक विकास स्वास्थ्य चेतना अभिवृद्धिका लागि गैर सरकारी संस्था र सरकारले खासै चासो नदिएको सो वस्तीका स्थानियहरु बताउँछन ।
ती जातिको संरक्षण , सम्बद्र्धनका लागि सरकारले ठोस कदम चाल्नु पर्दछ । २०२० सालमा पहाडबाट तराई झडेका यी मुसहरहरु हाल सुकुम्वासी भई दुखमय वास वस्दै आएका छन ।

को हुन विसुनी मुसहर ?
नाम : विसुनी मुसहर । 
उमेर : ६१ वर्ष ।
राजनीतिक पृष्ठभूमि : एमाओवादीका फुलकाहा गाउँ कमिटि सदस्य
ना.प्र.नं. १३६७१५५५ महोत्तरी जारि मिति २०४४/११/१२
श्री मतिको नाम : सरवसीया देवी
छोराहरु
१) अगम सदा ४५ वर्षिय
२) लालु सदा ३५ वर्षिय
३) गणेश सदा ३२ वर्षिय
४)दिने सदा ३० वर्षिय
छोरीहरु
सरुपी सदा ५० वर्षिय
देवरण सदा २५ वर्षिय
र चार नाती १२ नातीनी
 

प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

 

प्रतिक्रियाहरु



अरु समाचारहरु

रुचाईएका सामाग्री
ss
बेल निमन्त्रणा र शोभा यात्रा
महेशकुमार दास  महोतरी ४ कार्तिक वडा दशैंको अवसरमा महोत्तरीको विभिन्न शक्तिपीठहरुमा बेल निमन्त्रणका लागि आज शोभा यात्रा निकालेका छन् । जिल्लाको मटिहानी, जलेश्वर, पिपरा, गौशाला, रामगोपालपुर, सम्सी लगायतका ..
ss
महिलाको नजरमा पुरुष सेक्स मेसिन
एजेन्सी, जनकपुर, जेठ ११, सायद धेरै महिलाले यो सोँच्दछन् की पुरुषहरु सधैँ सेक्सका लागि तयार हुन्छन् । यो मान्यता २०÷२२ वर्षको तन्नेरीको हकमा त सही हुन सक्ला तर परिपक्व उमेरका अर्थात् पाको पुरुषको हकमा गलत सावित ..
ss
जनकपुर उपमहानगरपालिका प्रति नकारात्मक असर
धर्मराज, १८ चैत, जनकपुर ।  जनकपुर उपमहानगरपालिका ले नगरको फोहर उठाउन बन्द गरेको छ । उपमहानगरपालिका ले नगरको फोहर उठाउन बन्द गरेकोले अहिले जताजतै विभिन्न चौकमा फोहरको डुगंर जम्मा भएको छ।यस्ले गर्दा स्थानिय ..
ss
मधेशमा निर्वाचनको समस्या , प्रमुख निर्वाचन आयुक्त....
धर्मराज,४ चैत्र, जनकपुर । निवौचन कार्यालय धनषाले जिल्ला प्रशाशन कार्यालय मा स्थानिय निर्वाचन बारे डाकिएको बैठक मधेशी मोर्चाले बहिष्कार गरेको छ ।स्थानिय निर्वाचन बारे र प्रतिनिधिहरु तोक्ने समबन्धमा ..
ss
जनकपुर उपमहानगरपालिका को आवश्यक टेलिफोन र फैक्स बन्द
धर्मराज,  १७ चैत, जनकपुर । जनकपुर उपमहानगरपालिका को अति आवश्यक टेलिफोन र फैक्स बन्द अवस्थामा रहेको छ । आग लागी बखत को बेला खबर गरिने उपमहानगरपालिका को सब भन्दा महत्वपुर्ण नम्बर ०४१५२००११ को टेलीफोन सेट खराब ..
ss
१५ रानी, ३० बच्चा र १०० नौकर सहित भारत आए स्वाजीलैंड का राजा
जनकपुरखबर, कात्तिक १३ ,०७२।  नयाँ दिल्ली , भारत अफ्रीका शिखर सम्मेलन मा ५४ देशका प्रतिनिधिहरु भाग लिरहेका छन । यस्मा स्वाजीलैंड नाम गरेको गरीब देश को अमीर राजा मस्वाती तृतीय आफ्ना १५ रानी, ३० बच्चा र १०० नौकर सहित ..
अन्तर्वार्ता
ss सीमांकन बेइमान अमिनले खराब जमिनको कित्ताकाट गरे जस्तो
थारु र मधेसी मिल्दा तीन नेतालाई पीडा भएको छ----- तराई मधेस लोकतान्त्रिक पार्टीका सह-अध्यक्ष हृदयेश त्रिपाठी तार्किक नेता मानिन्छन् । संविधानको मस्यौदा एवं प्रदेशको सीमांकनलाई लिएर मधेसवादी नेतामाथि लागिरहेका ..
विचार
ss तरार्इमा चुनाव कि आन्दोलन ?
भरत लामिछाने......दोस्रो चरणको स्थानीय चुनावको मुखमा यतिबेला तराई(मधेसमा अन्यौलको वातावरण छ । एकातिर सरकारले तराईका जायज मागहरु पूरा गर्नुपर्ने दायित्व छ । अर्कातिर, सरकारको नियन्त्रण बाहिरको माग पूरा गराउन ..
ss रामेछापका बाहुन कसरी पुगे जनकपुर
विमल पोखरेल----- नेपालमा संघीय प्रदेशहरुको सीमांकन सम्वन्धी दलहरुको सहमति सार्वजनिक भएसँगै जनताहरु आ(आफ्ना प्रदेशका विशेषता, साँस्कृतिक पहिचान, आर्थिक सामथ्र्य र सम्भाब्य राजधानीको अवस्थितिलाई आधार बनाएर ..
रोचक विश्व
ss १५ रानी, ३० बच्चा र १०० नौकर सहित भारत आए स्वाजीलैंड का राजा
जनकपुरखबर, कात्तिक १३ ,०७२।  नयाँ दिल्ली , भारत अफ्रीका शिखर सम्मेलन मा ५४ देशका प्रतिनिधिहरु भाग लिरहेका छन । यस्मा स्वाजीलैंड नाम गरेको गरीब देश को अमीर राजा मस्वाती तृतीय आफ्ना १५ रानी, ३० बच्चा र १०० नौकर सहित इंडिया आएका छन ।खास कुरा के छन भने उनी १५ रानी, ३० बच्चा र १०० भन्दा अधिक नौकरहरुको साथ नयाँ दिल्ली को एक मंहगो होटलमा बसेका छन ।उनी माथी आफ्ना प्रतिनिधिमंडल का सरकारी सदस्यहरु लाई ..
ss जापान मा लिङ्ग मेला ।।
(एजेन्सी) जापानको कावासाकी शहरमा प्रत्येक वर्ष अप्रील ५ मा मनाईने लिङ्ग मेलाको आयोजना यस वर्ष पनि गरिएको छ । विश्वकै सबैभन्दा ठूलो लिङ्ग मेलाका रुपमा चर्चित सो मेलामा सबै सामानहरु पुरुष लिङ्ग जस्तै देखिने वस्तुहरु बोकेर पुरुष तथा महिलाहरु समेत सडकमा घुम्ने गर्छन् । मेलामा सहभागी महिलाहरुहरुले पुरुष लिङ्गको आकारमा बनाइएका ललिपपहरु चुस्दै खुल्लारुपले सडकमा हिंडछन । एक किवदन्ती ..
ss छालामा हुक खोपेर पार गर्र्दै १,७४७ फीट चौडाइको नदी
एजेन्सी , ट्यारोलिन ट्रेवर्स सामान्यतया पर्वतारोहण अथवा नदिहरुलाई पार गर्ने समयमा गरिन्छ । समस्या परेको बेलामा यसको उपयोग अझ बढि गरिन्छ । मात्र एउटा डोरीको सहायताले मानिसहरु गुरुत्वाकर्षणको प्रयोग गरेर एउटा अन्त्य देखि अर्को अन्त्य सम्म पुग्ने गर्दछन् । १९ औँ शताब्दिको अन्त्यमा आल्प्स श्रृंखलाको ट्यारोलिनमा यसको प्रयोग गरिएको थियो ।यसैलाई निरन्तरता दिदैँ २३ वर्षकी मारिया ..
अपिल
परमादरणीय न्यायप्रेमी तथा परिवर्तनक संवाहक जनता लोकनि ! धनुषा जील्लाक क्षेत्र नं.३अन्तर्गत प्रतिनिधि सभा सदस्य मेअपनअमुल्य मत प्रदान क हमरा विजयी बनौनिहार राजर्षी जनकक कर्मभूमि,जगदम्बा जानकी क प्रादुभाव स्निग्ध स्थली जनकपुर सहित ग्रामिण क्षेत्रक सम्पूर्ण मतदाता , बुद्धिजीवी , शिक्षक ,कलाकार ,उधोगी ,व्यवसायी ,किशान, मजदूर ,विधार्थी, युवा ,महिला,दलित,मुस्लिम आ एही निर्वाचन मे प्रत्यक्ष(अप्रत्य्क्ष सहयोग कएनिहार सम्म्स्त सहयोगी हृदय आ हाथ सभप्रति परम हर्षोल्लासक सँग हार्दिक आभार सहित धन्यवाद क रहल छी ।राजेन्द्र महतो प्रतिनिधि सभा सदस्य ,धनुषा क्षेत्र नं.३अध्य्क्ष मण्डल (सदस्य )राष्ट्रीय जनता पार्टी नेपाल