राष्ट्रिय
लोकतान्त्रिक संविधान जारी गर्न सहमति भए तत्कालै पद छाड्छुप्रम
Published Date : Oct 14, 2012
जनकपुरखबर डट् कम 
महोत्तरी २८ असोज ।

प्रधानमन्त्री डा.बाबुराम भट्टराईले संविधान निर्माणका लागि सहमति र सहकार्य नगरेसम्म आफु सरकार नछाडने बताउनु भएको छ ।
महोत्तरीको फुलकाहा –६ स्थित मुसहरवस्तीका ६१ वर्षिय विसुनी मुसहरको घरमा एक रात वास वस्न आउनु भएका प्रधानमन्त्री डा. भट्टराईलाई स्वागत गर्न आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उहाँले अन्यदलहरु न त संविधानसभाको निर्वाचन गराउन सहमत छ न त संविधानसभा पूर्नस्थापना गराउन बताउनुहुदै उहाँले सोही कारण आफु सरकार नछाडेको दावी गर्नुभयो । उहाँले काँग्रेस र एमाले लगायतका अन्यदलहरुले यसमा सहमति गरे आफु सरकार छोडन तयार रहेको बताउनुभयो । उहाँले यी दलहरु अहिले जनताको चाहना भन्दा पनि सरकार बनाउन मात्र चाहेको आरोप समेत लगाउनुभयो । उहाँले जनताले मागे संघियता , धर्मनिरपेक्षिता , समानता , दलित उत्पीडित, अल्पसंख्य र आदिवासीको अधिकार सहितको संविधानका लागि सरकार छाडन तयार रहेको स्पष्ट गर्नुभयो । सरकारमै रहेका केहि दलले आफुलाई प्रधानमन्त्री पद छाडी आफना दललाई सरकार दिनु पर्ने माग गरेको कारण व्यस्थापिका संसदले चुनेर वनाएको प्रधानमन्त्रीले त्यतिकै पद छाडन नमिल्ने उहाँको कथन थियो ।
सोही कार्यक्रममा प्रधानमन्त्री भट्टराइले मनहरवाका अल्पसंख्यक आदिवासी मुसहरहरुको जिवन स्तर उकास्नका लागि गरिवि निवारण कोष मार्फत २० लाख रुपैंया उपलब्द्ध गराउने प्रतिवद्धता जाहेर गर्नु भयो । सो रकम उनीहरुको सिपमूलक र आयमूलक कार्यमा खर्च गरिने समेत उहाँले बताउनुभयो । त्यसै गरी १सय ४० घरधुरी रहेको मुसहर बस्तीमा शौचालय अभाव रहेकोले सवै घरपरिवालाई स्थानिय विकास मन्त्रालयको सहयोग शौचालय निर्माणमा लाग्ने सम्पुर्ण खर्च उपलब्ध गराउने प्रतिवद्धता जाहेर गर्नु हुदै उहाँले गाउँलाई खुला दिसा मुक्त गाउँ बनाउन आब्हान गर्नुभयो । मुसहर समुदायलाई समय समयमा भोग्नु परेके विभिन्न समस्या सामाधान गर्न आफुले सक्दो सहयोग गर्ने र तत्कालै प्रत्येक परिवारलाई एक थान कम्वल र एक थान झुल उपलब्द्ध गराउने वाचा समेत गर्नु भयो । उहाँ आफु महोत्तरी जिल्लाका दुर्गम र पिछिडिएका ठाउँमा एक रात वास वस्न पाएकोमा खुशि व्यक्त गर्नु भएको थियो । यस अघि महोत्तरीको कान्तिवजारमा समेत प्रधानमन्त्री भट्टराईले छोटो मनत्वय राख्नु भएको थियो ।
घरमुलि विसुनी मुसहरले प्रधानमन्त्रीसंग बासको लागि जग्गा , रोजगारीको अवसर , गाउँमै स्वास्थ्य चौकीको व्यवस्था , शान्ति सुरक्षाका लागि प्रहरी चौकीको स्थापना र विद्युत आपुर्ति गर्नु पर्ने माग राख्नुभएको थियो । स्वास्थ्य शिक्षाको अभावमा पिछडिएका ति मुसहर वस्तीमा मुसहरहरु समयमा खान नपाएर कहिले हैजा त कहिले कलाजारबाट सोतर हुन्छ । श्रम सोसन र गरिवी पिडीत मुसहरहरुको संख्या सो वस्तीमा १ सय ४० घरधुरी भन्दा बढी रहेको छ । आफनै संस्कार परम्परा भाषा संस्कृति भएका मुसहरहरु नेपालमा आदिवासीहरु भएकाले यसको शैक्षिक विकास स्वास्थ्य चेतना अभिवृद्धिका लागि गैर सरकारी संस्था र सरकारले खासै चासो नदिएको सो वस्तीका स्थानियहरु बताउँछन । ती जातिको संरक्षण , सम्बद्र्धनका लागि सरकारले ठोस कदम चाल्नु पर्दछ । २०२० सालमा पहाडबाट तराई झडेका यी मुसहरहरु हाल सुकुम्वासी भई दुखमय वास वस्दै आएका छन । गए राति बस्तीका दलितसँग निकैबेर अन्तत्र्रिmया गर्नुभएका प्रधानमन्त्रीले आज बिहान जिल्लाको गौशालास्थित ‘गौशाला’को निरीक्षण र गौशाला बहुमुखी स्नातक क्याम्पसको उद्घाटन गर्नुभयो । सो अवसरमा भर्खरै स्नातक कक्षा सञ्चालनका लागि स्वीकृति पाएको सो क्याम्पसका प्राचार्य रमेशकुमार महतोले क्याम्पसको भौतिक पूर्वाधारबारे प्रधानमन्त्रीलाई जानकारी गराउनुभएको थियो । प्रधानमन्त्री डा भट्टराईले आजै बिहान जिल्लाको औरहीस्थित उच्च मावि परिसरमा त्यहाँका बासिन्दासँग अन्तत्र्रिmया गर्दै शिक्षा सबै विकासको जग भएकाले कुनै आग्रह पूर्वाग्रह नराखी यसको विकासमा लागिपर्न सबैसँग आग्रह गर्नुभएको थियो । प्रधानमन्त्री डा भट्टराईको आज जिल्लाको गौरीडाँडास्थित आफ्नै पार्टीका साथीहरुले सञ्चालन गरेको आधारशिलाको निरीक्षण गर्दै राजधानी फर्कने कार्यक्रम रहेको सो पार्टीका नेता एवम् पूर्वसांसद भरतप्रसाद साहले जानकारी दिनुभयो । प्रधानमन्त्रीले दलहरुले गर्ने सहमति लागु गर्न आफू प्रतिबद्घ रहेको बताउँदै विरोधका कुरा छाडेर दलहरु सहमतिमा आउनुपर्नेमा जोड दिनुभयोे । दलहरुले लोकतान्त्रिक संविधान जारी गर्न सहमति गरे आफूले तत्कालै पद छाडिदिने प्रधानमन्त्री डा भट्टराईको भनाइ थियो ।
 

प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

 

प्रतिक्रियाहरु



अरु समाचारहरु

रुचाईएका सामाग्री
ss
बेल निमन्त्रणा र शोभा यात्रा
महेशकुमार दास  महोतरी ४ कार्तिक वडा दशैंको अवसरमा महोत्तरीको विभिन्न शक्तिपीठहरुमा बेल निमन्त्रणका लागि आज शोभा यात्रा निकालेका छन् । जिल्लाको मटिहानी, जलेश्वर, पिपरा, गौशाला, रामगोपालपुर, सम्सी लगायतका ..
ss
महिलाको नजरमा पुरुष सेक्स मेसिन
एजेन्सी, जनकपुर, जेठ ११, सायद धेरै महिलाले यो सोँच्दछन् की पुरुषहरु सधैँ सेक्सका लागि तयार हुन्छन् । यो मान्यता २०÷२२ वर्षको तन्नेरीको हकमा त सही हुन सक्ला तर परिपक्व उमेरका अर्थात् पाको पुरुषको हकमा गलत सावित ..
ss
जनकपुर उपमहानगरपालिका प्रति नकारात्मक असर
धर्मराज, १८ चैत, जनकपुर ।  जनकपुर उपमहानगरपालिका ले नगरको फोहर उठाउन बन्द गरेको छ । उपमहानगरपालिका ले नगरको फोहर उठाउन बन्द गरेकोले अहिले जताजतै विभिन्न चौकमा फोहरको डुगंर जम्मा भएको छ।यस्ले गर्दा स्थानिय ..
ss
मधेशमा निर्वाचनको समस्या , प्रमुख निर्वाचन आयुक्त....
धर्मराज,४ चैत्र, जनकपुर । निवौचन कार्यालय धनषाले जिल्ला प्रशाशन कार्यालय मा स्थानिय निर्वाचन बारे डाकिएको बैठक मधेशी मोर्चाले बहिष्कार गरेको छ ।स्थानिय निर्वाचन बारे र प्रतिनिधिहरु तोक्ने समबन्धमा ..
ss
जनकपुर उपमहानगरपालिका को आवश्यक टेलिफोन र फैक्स बन्द
धर्मराज,  १७ चैत, जनकपुर । जनकपुर उपमहानगरपालिका को अति आवश्यक टेलिफोन र फैक्स बन्द अवस्थामा रहेको छ । आग लागी बखत को बेला खबर गरिने उपमहानगरपालिका को सब भन्दा महत्वपुर्ण नम्बर ०४१५२००११ को टेलीफोन सेट खराब ..
ss
१५ रानी, ३० बच्चा र १०० नौकर सहित भारत आए स्वाजीलैंड का राजा
जनकपुरखबर, कात्तिक १३ ,०७२।  नयाँ दिल्ली , भारत अफ्रीका शिखर सम्मेलन मा ५४ देशका प्रतिनिधिहरु भाग लिरहेका छन । यस्मा स्वाजीलैंड नाम गरेको गरीब देश को अमीर राजा मस्वाती तृतीय आफ्ना १५ रानी, ३० बच्चा र १०० नौकर सहित ..
अन्तर्वार्ता
ss सीमांकन बेइमान अमिनले खराब जमिनको कित्ताकाट गरे जस्तो
थारु र मधेसी मिल्दा तीन नेतालाई पीडा भएको छ----- तराई मधेस लोकतान्त्रिक पार्टीका सह-अध्यक्ष हृदयेश त्रिपाठी तार्किक नेता मानिन्छन् । संविधानको मस्यौदा एवं प्रदेशको सीमांकनलाई लिएर मधेसवादी नेतामाथि लागिरहेका ..
विचार
ss तरार्इमा चुनाव कि आन्दोलन ?
भरत लामिछाने......दोस्रो चरणको स्थानीय चुनावको मुखमा यतिबेला तराई(मधेसमा अन्यौलको वातावरण छ । एकातिर सरकारले तराईका जायज मागहरु पूरा गर्नुपर्ने दायित्व छ । अर्कातिर, सरकारको नियन्त्रण बाहिरको माग पूरा गराउन ..
ss रामेछापका बाहुन कसरी पुगे जनकपुर
विमल पोखरेल----- नेपालमा संघीय प्रदेशहरुको सीमांकन सम्वन्धी दलहरुको सहमति सार्वजनिक भएसँगै जनताहरु आ(आफ्ना प्रदेशका विशेषता, साँस्कृतिक पहिचान, आर्थिक सामथ्र्य र सम्भाब्य राजधानीको अवस्थितिलाई आधार बनाएर ..
रोचक विश्व
ss १५ रानी, ३० बच्चा र १०० नौकर सहित भारत आए स्वाजीलैंड का राजा
जनकपुरखबर, कात्तिक १३ ,०७२।  नयाँ दिल्ली , भारत अफ्रीका शिखर सम्मेलन मा ५४ देशका प्रतिनिधिहरु भाग लिरहेका छन । यस्मा स्वाजीलैंड नाम गरेको गरीब देश को अमीर राजा मस्वाती तृतीय आफ्ना १५ रानी, ३० बच्चा र १०० नौकर सहित इंडिया आएका छन ।खास कुरा के छन भने उनी १५ रानी, ३० बच्चा र १०० भन्दा अधिक नौकरहरुको साथ नयाँ दिल्ली को एक मंहगो होटलमा बसेका छन ।उनी माथी आफ्ना प्रतिनिधिमंडल का सरकारी सदस्यहरु लाई ..
ss जापान मा लिङ्ग मेला ।।
(एजेन्सी) जापानको कावासाकी शहरमा प्रत्येक वर्ष अप्रील ५ मा मनाईने लिङ्ग मेलाको आयोजना यस वर्ष पनि गरिएको छ । विश्वकै सबैभन्दा ठूलो लिङ्ग मेलाका रुपमा चर्चित सो मेलामा सबै सामानहरु पुरुष लिङ्ग जस्तै देखिने वस्तुहरु बोकेर पुरुष तथा महिलाहरु समेत सडकमा घुम्ने गर्छन् । मेलामा सहभागी महिलाहरुहरुले पुरुष लिङ्गको आकारमा बनाइएका ललिपपहरु चुस्दै खुल्लारुपले सडकमा हिंडछन । एक किवदन्ती ..
ss छालामा हुक खोपेर पार गर्र्दै १,७४७ फीट चौडाइको नदी
एजेन्सी , ट्यारोलिन ट्रेवर्स सामान्यतया पर्वतारोहण अथवा नदिहरुलाई पार गर्ने समयमा गरिन्छ । समस्या परेको बेलामा यसको उपयोग अझ बढि गरिन्छ । मात्र एउटा डोरीको सहायताले मानिसहरु गुरुत्वाकर्षणको प्रयोग गरेर एउटा अन्त्य देखि अर्को अन्त्य सम्म पुग्ने गर्दछन् । १९ औँ शताब्दिको अन्त्यमा आल्प्स श्रृंखलाको ट्यारोलिनमा यसको प्रयोग गरिएको थियो ।यसैलाई निरन्तरता दिदैँ २३ वर्षकी मारिया ..
अपिल
परमादरणीय न्यायप्रेमी तथा परिवर्तनक संवाहक जनता लोकनि ! धनुषा जील्लाक क्षेत्र नं.३अन्तर्गत प्रतिनिधि सभा सदस्य मेअपनअमुल्य मत प्रदान क हमरा विजयी बनौनिहार राजर्षी जनकक कर्मभूमि,जगदम्बा जानकी क प्रादुभाव स्निग्ध स्थली जनकपुर सहित ग्रामिण क्षेत्रक सम्पूर्ण मतदाता , बुद्धिजीवी , शिक्षक ,कलाकार ,उधोगी ,व्यवसायी ,किशान, मजदूर ,विधार्थी, युवा ,महिला,दलित,मुस्लिम आ एही निर्वाचन मे प्रत्यक्ष(अप्रत्य्क्ष सहयोग कएनिहार सम्म्स्त सहयोगी हृदय आ हाथ सभप्रति परम हर्षोल्लासक सँग हार्दिक आभार सहित धन्यवाद क रहल छी ।राजेन्द्र महतो प्रतिनिधि सभा सदस्य ,धनुषा क्षेत्र नं.३अध्य्क्ष मण्डल (सदस्य )राष्ट्रीय जनता पार्टी नेपाल