विचार
त्रिवि अनुसन्धान विश्वविद्यालय बन्नुपर्छ
Published Date : Oct 16, 2012
डा. बाबुराम भट्टराई :
त्रिविले विगत ५० वर्षदेखि अनवरत रूपमा देशलाई आवश्यक विभिन्न क्षेत्रका जनशक्ति उत्पादन गर्दै राष्ट्र निर्माण तथा विकासमा खेलेको अद्वितीय भूमिका सबैका लागि सर्वस्वीकार्य विषय हो । सामुदायिक विश्वविद्यालयको हैसियतमा रहेर जनताका लागि उच्चशिक्षाको पहँुच देशभर पुर्‍याउन सकेको र अन्तर्राष्ट्रिय रूपमा परिचित बनेको त्रिविको साख बढाउन सरकारदेखि जनस्तरका हामी सबै सरोकारवालाको आ-आफ्नै दायित्व र भूमिका रहन्छ । ६० वटा आंगिक तथा आठ सय ३२ सम्बन्धन प्राप्त क्याम्पसको फैलावट देशैभरि भएबाट पनि त्रिविको महत्त्व प्रस्ट हुन्छ । यसका चारवटा अनुसन्धान केन्द्रले राष्ट्रिय महत्त्वका क्षेत्रमा विषयगत अध्ययन अनुसन्धानबाट देशविकासमा रचनात्मक सहयोग पुर्‍याउँदै आएका छन् । २१औँ शताब्दीको विश्वपरिवेश तथा हाम्रा आन्तरिक राज्य पुनर्संरचना तथा आर्थिक तथा सामाजिक विकासमा लिनुपर्ने द्रुत विकासको गतिलाई पक्रन यी अनुसन्धान केन्द्रको भूमिकामा गुणोत्तर विकासको आवश्यकता छ । यी केन्द्रको अहिलेको सुस्ताएको अवस्थालाई बढाउनेतर्फ ध्यान दिनु अनिवार्य छ ।
परिवर्तित विश्वपरिवेश र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिवेशअनुरूप विश्वविद्यालय शिक्षालाई परिमार्जन, सुधार तथा वैज्ञानिकीकरण गर्दै जानु अनिवार्य आवश्यकता हो भन्ने विषयवोध हामी सबैमा हुनु नितान्त आवश्यक छ । त्रिवि कतिपय यस्ता सवालमा चुकेको देखिन्छ । त्रिविले शैक्षिक क्यालेन्डर लागु गरेको अवस्थामा पनि शैक्षिक कार्यक्रमको नियमित सञ्चालन, समयमा परीक्षा लिने र परीक्षाफल प्रकाशित गर्नेजस्ता व्यवस्थापकीय क्षेत्रसँग सम्बन्धित पक्षमा अझै सुधार गर्न आवश्यक छ ।
त्रिविलाई देशको एक राष्ट्रिय विश्वविद्यालयको रूपमा विकास गर्न, विभिन्न विधामा उत्कृष्ट केन्द्र निर्माण गरी राष्ट्रिय विकासमा टेवा पुर्‍याउने लक्ष्यनिर्दिष्ट कार्यमूलक ढंगको कार्ययोजनामा नेपाल सरकार विशेष सहयोग गर्न प्रतिबद्ध छ । त्रिविले ५० वर्ष लामो अवधिको सेवा गरिसकेको सन्दर्भमा अब यसले आफूलाई पूर्णतः अनुसन्धान विश्वविद्यालयमा विकास गर्नु आवश्यक छ । यो विषयमा सरोकारवाला सबैमा अनुभूति हुनु अनिवार्य छ । अहिलेको राज्य पुनसर्ंरचनाको प्रसंगमा त्रिविले आफ्नो राष्ट्रिय विश्वविद्यालयको योगदान र हैसियतलाई अझ बढी स्पष्ट एवं परिभाषित गर्नु जरुरी छ । साथै, समग्र शिक्षा क्षेत्रको पुनर्संरचनाबारे विशेष योगदान यही विश्वविद्यालयबाट हुने राज्यले अपेक्षा गर्नु स्वाभाविक छ । यसमा पनि त्रिविका प्राज्ञको ध्यान जानु आवश्यक छ । यसै सन्दर्भमा नेपालको विधायिका संसद्बाट ऐन बनी त्रिविका आंगिक र केही सम्बन्धनप्राप्त क्याम्पसलाई समावेश गरी नयाँ विश्वविद्यालय स्थापना भएको सबैलाई थाहा भएकै विषय हो । यस सन्दर्भमा त्रिवि र यी नयाँ विश्वविद्यालयबीच समन्वयको आवश्यकता महसुस गरी हालै सरकारले नयाँ विश्वविद्यालयका ऐनमा व्यवस्था भएबमोजिम त्रिविका क्याम्पसका प्राध्यापक र कर्मचारीलाई हालका लागि नयाँ विश्वविद्यालयमा काजमा पठाउने व्यवस्थ्ाा गर्न र सम्पत्ति हस्तान्तरणलगायत यससँग सम्बन्धित अन्य मुद्दालाई त्रिविको विश्वविद्यालय सभामा प्रस्तुत गरी उपयुक्त निष्कर्ष निकाल्न निर्देशन गरिएको र यस प्राज्ञ सभामा यसले प्रवेश पाउने भएकाले यसउपर सकारात्मक भइदिनु आवश्यक देख्छु । त्रिविले देशको उच्चशिक्षा र अन्य विश्वविद्यालयको पनि जननीको भूमिका निर्वाह गर्दै आएको हामी सबैलाई थाहै छ । देश संघीयतामा जाँदै गरेको अवस्थामा विभिन्न संघीय विश्वविद्यालय स्थापना हुने हुँदा विश्वविद्यालयको संख्या अझै थपिँदै जाने निश्चित छ । विश्वविद्यालय क्षेत्रीय रूपमा स्थापना हुँदा उच्चशिक्षाको पहँुच स्थानीय तहमा पुग्ने भएबाट क्षेत्रीय विश्वविद्यालयको स्थापना र विकासमा त्रिविको सहयोग अपरिहार्य छ । क्षेत्रीयस्तरका विश्वविद्यालयको प्राथमिकता शिक्षण हुँदै क्रमशः अनुसन्धानतिर अग्रगति लिनुपर्छ भने त्रिविको प्राथमिकता अनुसन्धान हुनुपर्छ र यसले राष्ट्रिय विश्वविद्यालयको स्थान ग्रहण गरी विशेष क्षमता प्राप्त प्राज्ञ, वैज्ञानिक, व्यवस्थापक, इन्जिनियर उत्पादनमा जोड दिँदै अनुसन्धानबाटै देशको आर्थिक समाजिक विकासमा योगदान गर्ने क्षमता राख्नुपर्छ । यसका लागि जनशक्ति विकासको विशेष कार्ययोजना पनि त्रिविसँग हुनु अनिवार्य छ । वर्तमानको आँकडा हेर्दा केही वर्षभित्र नै उच्च र दक्ष जनशक्तिको अभाव विश्वविद्यालयमा हुने भन्ने देखिन आएकाले यसतर्फ त्रिवि सचेत बन्नु अनिवार्य छ । विश्वका अन्य मुलुकका विश्वविद्यालयसँगको सम्बन्धलाई प्राथमिकतामा राखी आफ्ना प्राध्यापकलाई अन्तर्राष्ट्रिय अनुभव प्रदान गराउन र अनुसन्धानमा सहकार्य गर्ने किसिमको नीतिगत र कार्यक्रमगत व्यवस्था जनशक्ति विकासको सन्दर्भमा त्रिविले लिनुपर्ने नीति हो भन्ने मलाई लाग्छ ।
२१औँ शताब्दी ज्ञानमा आधारित समाज र अर्थतन्त्रको युग भएकाले त्रिविले ज्ञानमा आधारित समाज सिर्जना गर्न, ज्ञान र प्रविधिमा आधारित अर्थतन्त्र निर्माणमा विशेष भूमिका खेल्नुपर्छ भन्ने मान्यता नेपाल सरकारले राखेको छ । यसका लागि नेपाल सरकार त्रिविलाई आवश्यक सहयोग गर्न तयार छ । वर्तमान राजनीतिक तरलताको अवस्थाले दीर्घकालीन प्रभाव सिर्जना गर्ने गरी उच्चशिक्षाको विकासमा ध्यान दिन राज्यले पनि नसकिरहेको अवस्थामा हामी सबै जानकार नै छौँ । तथापि प्राज्ञहरूले यस बहसलाई घनीभूत गरी दीर्घकालीन सामाजिक र आर्थिक प्रभाव सिर्जना गर्ने गरी उच्चशिक्षा नीतिमा विशेष योगदान गर्न आवश्यकता खड्किएको छ ।
विश्वविद्यालय शिक्षामा विद्यार्थीको पहँुच सबैमा पुर्‍याउन खुला तथा दूर सिकाइलाई समावेश गरी दुवै मोडका कार्यक्रम त्रिविले सञ्चालन गर्न सकेमा उच्चशिक्षाको पहँुच दिन सकिने विश्वाससाथ त्रिवि जुन नीतिगत व्यवस्था गर्न लागिपरेको छ त्यो सराहनीय छ । तर, खुला सिकाइमा आधारित विश्वविद्यालय शिक्षाको व्यवस्थापन र गुणस्तरसँग सम्बन्धित चुनौतीको यकिन सुरुदेखि नै गरी कार्यक्रम सञ्चालन गर्नुपर्छ । शिक्षाको गुणस्तर सामाजिक स्वीकृतिको आधारमा स्तरीकृत हुने विषय भएकाले खुला तथा दूर सिकाइमा आधारित शिक्षा दिँदा सामाजिक मूल्य र मान्यताले दिनसक्ने प्रभावलाई सुरुदेखि नै ध्यान दिनुहुन पनि आग्रह गर्छु ।
यस अतिरिक्त विश्वविद्यालयको आर्थिक व्यवस्थापन पक्ष पनि निकै महत्त्वपूर्ण मानिन्छ । कुशल आर्थिक व्यवस्थापनबाट मात्र गुणस्तरीय शिक्षाको विकास तथा विस्तार हुने र सामाजिक न्यायको सिद्धान्तअनुरूप राष्ट्रिय विश्वविद्यालयको गरिमा कायम राख्न सकिने हुन्छ । यसमा हामी सबै सरोकारवाला पक्ष सचेत हुनुपर्छ र उपयुक्त कार्यदिशामा अघि बढ्न जरुरी छ । त्रिवि राष्ट्रिय विश्वविद्यालय भएको नाताले 'जनताको शिक्षामैत्री लगानी नीति' निर्माणमा विशेष ध्यान दिनैपर्छ र सरकारले पनि यसका लागि सहयोग गर्नुपर्छ भन्ने मान्यता मेरो छ । उच्चशिक्षामा गरिब र उत्पीडित क्षेत्रका विद्यार्थीको पहुँच बढाउन छात्रवृत्तिलगायत विशेष कार्यक्रम विस्तार गर्न त्रिविले विशेष ध्यान दिनैपर्छ । यस अतिरिक्त पुरानो विश्वविद्यालय भएकाले निवृत्त प्राध्यापक र कर्मचारीको बढ्दै गएको संख्याले सञ्चालन खर्चमा बढ्दै गएको बोझप्रति पनि सरकारको ध्यान गएको छ । यस किसिमको खर्च दिनानुदिन बढ्दै जाने भएकाले यसबारेको एक दीर्घकालीन कार्ययोजना बनाउन पनि म अनुरोध गर्छु र यस योजनाअनुरूप सरकारको तर्फबाट सहयोग हुने कुरा पनि विश्वास दिलाउन चाहन्छु । यस अतिरिक्त न्यूनतम भौतिक तथा शैक्षिक पूर्वाधारविना उच्चशिक्षाको गुणस्तर कायम राख्न नसकिने कुरा निर्विवाद विषय हो । पुराना संरचना अहिलेको मागलाई थेग्न पर्याप्त नहुन सक्छन् र यसबारे पनि दीर्घकालीन विकास योजनाबाट कार्य गर्दै जाँदा लक्ष्य प्राप्त गर्न सकिने भएकाले यस विषयमा पनि ध्यान केन्दि्रत गर्नु आवश्यक छ ।
शान्ति र संविधान निर्माणको प्रक्रिया अहिले अलमलमा परेको भए पनि यसलाई हामीले पूरा गर्नैपर्छ र यसपछि हामीले आफ्नो सम्पूर्ण ध्यान आर्थिक समृद्धि र सामाजिक रूपान्तरणमा लगाउनैपर्छ । बलियो राष्ट्रियताका लागि यो एक महत्त्वपूर्ण पक्ष हो । त्यसका निम्ति शिक्षा क्षेत्र र मुख्यतः उच्चशिक्षामा हामीले ठूलो फड्को मार्नैपर्छ । शैक्षिक जनशक्तिको विकासविना नयाँ र समृद्ध नेपालको निर्माण सम्भवै छैन । त्यस अभियानमा देशको जेठो, सबभन्दा ठूलो र एक मात्र राष्ट्रिय विश्वविद्यालय त्रिविले अग्रणी भूमिका खेल्नेछ भन्ने मेरो पूर्ण विश्वास छ ।
(त्रिविका कुलपति तथा प्रधानमन्त्री डा. भट्टराईले सोमबार त्रिविसभामा दिएको वक्तव्यको सम्पादित अंश) 
साभार : नयाँ पत्रिका

प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

 

प्रतिक्रियाहरु



अरु समाचारहरु

रुचाईएका सामाग्री
ss
बेल निमन्त्रणा र शोभा यात्रा
महेशकुमार दास  महोतरी ४ कार्तिक वडा दशैंको अवसरमा महोत्तरीको विभिन्न शक्तिपीठहरुमा बेल निमन्त्रणका लागि आज शोभा यात्रा निकालेका छन् । जिल्लाको मटिहानी, जलेश्वर, पिपरा, गौशाला, रामगोपालपुर, सम्सी लगायतका ..
ss
महिलाको नजरमा पुरुष सेक्स मेसिन
एजेन्सी, जनकपुर, जेठ ११, सायद धेरै महिलाले यो सोँच्दछन् की पुरुषहरु सधैँ सेक्सका लागि तयार हुन्छन् । यो मान्यता २०÷२२ वर्षको तन्नेरीको हकमा त सही हुन सक्ला तर परिपक्व उमेरका अर्थात् पाको पुरुषको हकमा गलत सावित ..
ss
जनकपुर उपमहानगरपालिका प्रति नकारात्मक असर
धर्मराज, १८ चैत, जनकपुर ।  जनकपुर उपमहानगरपालिका ले नगरको फोहर उठाउन बन्द गरेको छ । उपमहानगरपालिका ले नगरको फोहर उठाउन बन्द गरेकोले अहिले जताजतै विभिन्न चौकमा फोहरको डुगंर जम्मा भएको छ।यस्ले गर्दा स्थानिय ..
ss
मधेशमा निर्वाचनको समस्या , प्रमुख निर्वाचन आयुक्त....
धर्मराज,४ चैत्र, जनकपुर । निवौचन कार्यालय धनषाले जिल्ला प्रशाशन कार्यालय मा स्थानिय निर्वाचन बारे डाकिएको बैठक मधेशी मोर्चाले बहिष्कार गरेको छ ।स्थानिय निर्वाचन बारे र प्रतिनिधिहरु तोक्ने समबन्धमा ..
ss
जनकपुर उपमहानगरपालिका को आवश्यक टेलिफोन र फैक्स बन्द
धर्मराज,  १७ चैत, जनकपुर । जनकपुर उपमहानगरपालिका को अति आवश्यक टेलिफोन र फैक्स बन्द अवस्थामा रहेको छ । आग लागी बखत को बेला खबर गरिने उपमहानगरपालिका को सब भन्दा महत्वपुर्ण नम्बर ०४१५२००११ को टेलीफोन सेट खराब ..
ss
१५ रानी, ३० बच्चा र १०० नौकर सहित भारत आए स्वाजीलैंड का राजा
जनकपुरखबर, कात्तिक १३ ,०७२।  नयाँ दिल्ली , भारत अफ्रीका शिखर सम्मेलन मा ५४ देशका प्रतिनिधिहरु भाग लिरहेका छन । यस्मा स्वाजीलैंड नाम गरेको गरीब देश को अमीर राजा मस्वाती तृतीय आफ्ना १५ रानी, ३० बच्चा र १०० नौकर सहित ..
अन्तर्वार्ता
ss सीमांकन बेइमान अमिनले खराब जमिनको कित्ताकाट गरे जस्तो
थारु र मधेसी मिल्दा तीन नेतालाई पीडा भएको छ----- तराई मधेस लोकतान्त्रिक पार्टीका सह-अध्यक्ष हृदयेश त्रिपाठी तार्किक नेता मानिन्छन् । संविधानको मस्यौदा एवं प्रदेशको सीमांकनलाई लिएर मधेसवादी नेतामाथि लागिरहेका ..
विचार
ss तरार्इमा चुनाव कि आन्दोलन ?
भरत लामिछाने......दोस्रो चरणको स्थानीय चुनावको मुखमा यतिबेला तराई(मधेसमा अन्यौलको वातावरण छ । एकातिर सरकारले तराईका जायज मागहरु पूरा गर्नुपर्ने दायित्व छ । अर्कातिर, सरकारको नियन्त्रण बाहिरको माग पूरा गराउन ..
ss रामेछापका बाहुन कसरी पुगे जनकपुर
विमल पोखरेल----- नेपालमा संघीय प्रदेशहरुको सीमांकन सम्वन्धी दलहरुको सहमति सार्वजनिक भएसँगै जनताहरु आ(आफ्ना प्रदेशका विशेषता, साँस्कृतिक पहिचान, आर्थिक सामथ्र्य र सम्भाब्य राजधानीको अवस्थितिलाई आधार बनाएर ..
रोचक विश्व
ss १५ रानी, ३० बच्चा र १०० नौकर सहित भारत आए स्वाजीलैंड का राजा
जनकपुरखबर, कात्तिक १३ ,०७२।  नयाँ दिल्ली , भारत अफ्रीका शिखर सम्मेलन मा ५४ देशका प्रतिनिधिहरु भाग लिरहेका छन । यस्मा स्वाजीलैंड नाम गरेको गरीब देश को अमीर राजा मस्वाती तृतीय आफ्ना १५ रानी, ३० बच्चा र १०० नौकर सहित इंडिया आएका छन ।खास कुरा के छन भने उनी १५ रानी, ३० बच्चा र १०० भन्दा अधिक नौकरहरुको साथ नयाँ दिल्ली को एक मंहगो होटलमा बसेका छन ।उनी माथी आफ्ना प्रतिनिधिमंडल का सरकारी सदस्यहरु लाई ..
ss जापान मा लिङ्ग मेला ।।
(एजेन्सी) जापानको कावासाकी शहरमा प्रत्येक वर्ष अप्रील ५ मा मनाईने लिङ्ग मेलाको आयोजना यस वर्ष पनि गरिएको छ । विश्वकै सबैभन्दा ठूलो लिङ्ग मेलाका रुपमा चर्चित सो मेलामा सबै सामानहरु पुरुष लिङ्ग जस्तै देखिने वस्तुहरु बोकेर पुरुष तथा महिलाहरु समेत सडकमा घुम्ने गर्छन् । मेलामा सहभागी महिलाहरुहरुले पुरुष लिङ्गको आकारमा बनाइएका ललिपपहरु चुस्दै खुल्लारुपले सडकमा हिंडछन । एक किवदन्ती ..
ss छालामा हुक खोपेर पार गर्र्दै १,७४७ फीट चौडाइको नदी
एजेन्सी , ट्यारोलिन ट्रेवर्स सामान्यतया पर्वतारोहण अथवा नदिहरुलाई पार गर्ने समयमा गरिन्छ । समस्या परेको बेलामा यसको उपयोग अझ बढि गरिन्छ । मात्र एउटा डोरीको सहायताले मानिसहरु गुरुत्वाकर्षणको प्रयोग गरेर एउटा अन्त्य देखि अर्को अन्त्य सम्म पुग्ने गर्दछन् । १९ औँ शताब्दिको अन्त्यमा आल्प्स श्रृंखलाको ट्यारोलिनमा यसको प्रयोग गरिएको थियो ।यसैलाई निरन्तरता दिदैँ २३ वर्षकी मारिया ..
अपिल