आर्थिक
सताबरी खेतीले व्यवसायीक रुप लिदैं
Published Date : Nov 01, 2012
मनिका झा 
जनकपुरधाम , कार्तिक १७ गते ।
राम्रो आम्दानि पाउने भएकोले धनुषाका किसानहरु जडिबुटि खेति तर्फ उन्मुख भएका छन् । ६३० जडिवुटिमा गरिएको अध्ययन अनुसार ४९ प्रतिशत जडिवुटीको वासस्थान रहेको मधेश क्षेत्रमा स्थानिय समुदायले स्थानिय रुपमा प्रयोग गर्ने कतिपय जडिवुटिहरुको सुचिकरण हुन नसकेको अवस्था रहेपनि जिल्लामा उत्पादन हुने जडिवुटी राम्रो मोलमा विक्रि वितरण हुन थालेपछि कृषकहरुको ध्यान यस तर्फ आकर्शित भएको छ । लामो समय लिएपनि राम्रो आयआर्जन गर्न सकिने सताबरीको उत्पादन तथा खेतीपातीतिर धनुषाका किसानहरु आकर्षित भएका छन् । दुई वर्ष अघिबाट मात्रै धनुषामा ब्यवसायिक खेती सुरु भएको सताबरीको प्रशस्त बजार र राम्रो भाउ समेत पाउने भएकोले धनुषाका किसानहरु आकर्षित भएका हुन थालेका हुन् । जडीबुटी अन्तर्गत राखिएको सताबरीको जरालाई धुलो पारेर प्रशोधन गरिएको पाउडरले पशुहरुको शक्ति बढाउनुका साथै दुध दिने क्षमता बढाउ“छ । त्यसै गरी प्रसुती महिलाले सताब्रीको जरा सम्मिलित अन्य जडीबुटी सेवन गर्दा दुधमा बृद्धि हुने गरेको चिकित्सकहरु बताउ“छन् ।
एउटा सताबरीको बोटबाट २ देखि ८ किलोग्रामसम्म जरा उत्पादन गर्न सकिन्छ । सताबरीको जराको बजारमूल्य प्रतिकेजी ४ सय निर्धारण गरिएको छ भने जरालाई यन्त्रमा प्रशोधन गरी तयार गरिएको धुलो प्रतिकेजी २ हजारसम्ममा बिक्रि हुन्छ । एकपटक रोपिसकेको बिरुवाले पूर्ण रुपमा परिपक्व हुन १८ देखि २४ महिनासम्म लिने हुनाले प्रतिक्षा गर्न नसकेर किसान सताब्री खेती गर्न चासो नदिएको हो । तर एकपटक रोपेको सताबरीबाट आउने आयले १० वर्षसम्म गरिने धानखेतीभन्दा बढी आय हुने हुनाले सताब्री खेतीतिर किसानहरु आकर्षित भएको वनस्पति कार्यालय धनुषाका सहायक अधिकृत ताहिर हुस्सैनले जनाए । खेतीबारे पर्याप्त जानकारी नहुनु र बजार प्रबद्र्धनमा समेत किसान अनविज्ञ रहनुले किसान सताब्री खेतीलाई ब्यवसायिक रुप दिन सकेका छैनन् । धनुषा जिल्लामा यसवर्षमात्रै ८ हेक्टर क्ष्ँत्रफलमा सताबरीको ब्यवसायिक खेती सुरु गरिएको छ । ४ हेक्टर क्ष्ँेत्रफलमा वनस्पति कार्यालय धनुषाको प्रयासमा सामूहिक रुपमा सताबरीको खेती सुरु गरिएको छ भने झण्डै ४ हेक्टर क्ष्ँेत्रफलमा नीजि किसानले सताबरीको खेती सुरु गरेका छन् । धनुषाको कुल १ सय १ गाबिसमध्ये २५ वटा गाबिसमा आंशिक रुपमा सताबरीको ब्यवसायिक खेती सुरु गरिएको छ । पूर्बी धनुषाको दुहबी, देउरी पबार्हा, धरमपुर, धनुषाधाम तथा उत्तरी धनुषाको पुष्पबलपुर, हरिहरपुर र दक्ष्ँिणी धनुषाको देवपुरा रुपैठा, नगराईन लगायतका गाबिसमा सताबरीको खेती सुरु गरिएको छ । जडीबुटीको ब्यवसाय गर्ने ब्यवसायीले फल र जरा हेरेर खेतमै पुगेर ५० प्रतिशत रकम एड्भान्स दिएर १५ दिनमा जरा तयार गर्न लगाउने गरेका छन् । यसरी उत्पादित सताब्रीको जरा खरीद गर्ने किसानले भारी परिमाणमा बटुलेर नेपालगंज हु“दै भारत उत्तरप्रदेशको लखनऊसम्म पुर्याउने गरेका छन् । बजारको अभावको कारण केहि समस्या आएपनि सातकठामा सताबरी खेति गरि १लाख ८५ हजार सम्मन आम्दानि गर्न सफल भएकि पुष्पलपुरका सफल किसान फुलमाया बुलन भन्छीन् , विउ बिजनको लागि सरकारद्धारा अनुदान उपलब्ध गराए जस्तै सिंचाई र समय समयमा तालिम उपलब्ध गराईदिए मनग्य पैसा कमाउन सकिन्थ्यो ।
 

प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

 

प्रतिक्रियाहरु



अरु समाचारहरु

रुचाईएका सामाग्री
ss
बेल निमन्त्रणा र शोभा यात्रा
महेशकुमार दास  महोतरी ४ कार्तिक वडा दशैंको अवसरमा महोत्तरीको विभिन्न शक्तिपीठहरुमा बेल निमन्त्रणका लागि आज शोभा यात्रा निकालेका छन् । जिल्लाको मटिहानी, जलेश्वर, पिपरा, गौशाला, रामगोपालपुर, सम्सी लगायतका ..
ss
जनकपुर उपमहानगरपालिका को आवश्यक टेलिफोन र फैक्स बन्द
धर्मराज,  १७ चैत, जनकपुर । जनकपुर उपमहानगरपालिका को अति आवश्यक टेलिफोन र फैक्स बन्द अवस्थामा रहेको छ । आग लागी बखत को बेला खबर गरिने उपमहानगरपालिका को सब भन्दा महत्वपुर्ण नम्बर ०४१५२००११ को टेलीफोन सेट खराब ..
ss
जनकपुर उपमहानगरपालिका प्रति नकारात्मक असर
धर्मराज, १८ चैत, जनकपुर ।  जनकपुर उपमहानगरपालिका ले नगरको फोहर उठाउन बन्द गरेको छ । उपमहानगरपालिका ले नगरको फोहर उठाउन बन्द गरेकोले अहिले जताजतै विभिन्न चौकमा फोहरको डुगंर जम्मा भएको छ।यस्ले गर्दा स्थानिय ..
ss
महिलाको नजरमा पुरुष सेक्स मेसिन
एजेन्सी, जनकपुर, जेठ ११, सायद धेरै महिलाले यो सोँच्दछन् की पुरुषहरु सधैँ सेक्सका लागि तयार हुन्छन् । यो मान्यता २०÷२२ वर्षको तन्नेरीको हकमा त सही हुन सक्ला तर परिपक्व उमेरका अर्थात् पाको पुरुषको हकमा गलत सावित ..
ss
मधेशमा निर्वाचनको समस्या , प्रमुख निर्वाचन आयुक्त....
धर्मराज,४ चैत्र, जनकपुर । निवौचन कार्यालय धनषाले जिल्ला प्रशाशन कार्यालय मा स्थानिय निर्वाचन बारे डाकिएको बैठक मधेशी मोर्चाले बहिष्कार गरेको छ ।स्थानिय निर्वाचन बारे र प्रतिनिधिहरु तोक्ने समबन्धमा ..
ss
१५ रानी, ३० बच्चा र १०० नौकर सहित भारत आए स्वाजीलैंड का राजा
जनकपुरखबर, कात्तिक १३ ,०७२।  नयाँ दिल्ली , भारत अफ्रीका शिखर सम्मेलन मा ५४ देशका प्रतिनिधिहरु भाग लिरहेका छन । यस्मा स्वाजीलैंड नाम गरेको गरीब देश को अमीर राजा मस्वाती तृतीय आफ्ना १५ रानी, ३० बच्चा र १०० नौकर सहित ..
अन्तर्वार्ता
ss सीमांकन बेइमान अमिनले खराब जमिनको कित्ताकाट गरे जस्तो
थारु र मधेसी मिल्दा तीन नेतालाई पीडा भएको छ----- तराई मधेस लोकतान्त्रिक पार्टीका सह-अध्यक्ष हृदयेश त्रिपाठी तार्किक नेता मानिन्छन् । संविधानको मस्यौदा एवं प्रदेशको सीमांकनलाई लिएर मधेसवादी नेतामाथि लागिरहेका ..
विचार
ss तरार्इमा चुनाव कि आन्दोलन ?
भरत लामिछाने......दोस्रो चरणको स्थानीय चुनावको मुखमा यतिबेला तराई(मधेसमा अन्यौलको वातावरण छ । एकातिर सरकारले तराईका जायज मागहरु पूरा गर्नुपर्ने दायित्व छ । अर्कातिर, सरकारको नियन्त्रण बाहिरको माग पूरा गराउन ..
ss रामेछापका बाहुन कसरी पुगे जनकपुर
विमल पोखरेल----- नेपालमा संघीय प्रदेशहरुको सीमांकन सम्वन्धी दलहरुको सहमति सार्वजनिक भएसँगै जनताहरु आ(आफ्ना प्रदेशका विशेषता, साँस्कृतिक पहिचान, आर्थिक सामथ्र्य र सम्भाब्य राजधानीको अवस्थितिलाई आधार बनाएर ..
रोचक विश्व
ss १५ रानी, ३० बच्चा र १०० नौकर सहित भारत आए स्वाजीलैंड का राजा
जनकपुरखबर, कात्तिक १३ ,०७२।  नयाँ दिल्ली , भारत अफ्रीका शिखर सम्मेलन मा ५४ देशका प्रतिनिधिहरु भाग लिरहेका छन । यस्मा स्वाजीलैंड नाम गरेको गरीब देश को अमीर राजा मस्वाती तृतीय आफ्ना १५ रानी, ३० बच्चा र १०० नौकर सहित इंडिया आएका छन ।खास कुरा के छन भने उनी १५ रानी, ३० बच्चा र १०० भन्दा अधिक नौकरहरुको साथ नयाँ दिल्ली को एक मंहगो होटलमा बसेका छन ।उनी माथी आफ्ना प्रतिनिधिमंडल का सरकारी सदस्यहरु लाई ..
ss जापान मा लिङ्ग मेला ।।
(एजेन्सी) जापानको कावासाकी शहरमा प्रत्येक वर्ष अप्रील ५ मा मनाईने लिङ्ग मेलाको आयोजना यस वर्ष पनि गरिएको छ । विश्वकै सबैभन्दा ठूलो लिङ्ग मेलाका रुपमा चर्चित सो मेलामा सबै सामानहरु पुरुष लिङ्ग जस्तै देखिने वस्तुहरु बोकेर पुरुष तथा महिलाहरु समेत सडकमा घुम्ने गर्छन् । मेलामा सहभागी महिलाहरुहरुले पुरुष लिङ्गको आकारमा बनाइएका ललिपपहरु चुस्दै खुल्लारुपले सडकमा हिंडछन । एक किवदन्ती ..
ss छालामा हुक खोपेर पार गर्र्दै १,७४७ फीट चौडाइको नदी
एजेन्सी , ट्यारोलिन ट्रेवर्स सामान्यतया पर्वतारोहण अथवा नदिहरुलाई पार गर्ने समयमा गरिन्छ । समस्या परेको बेलामा यसको उपयोग अझ बढि गरिन्छ । मात्र एउटा डोरीको सहायताले मानिसहरु गुरुत्वाकर्षणको प्रयोग गरेर एउटा अन्त्य देखि अर्को अन्त्य सम्म पुग्ने गर्दछन् । १९ औँ शताब्दिको अन्त्यमा आल्प्स श्रृंखलाको ट्यारोलिनमा यसको प्रयोग गरिएको थियो ।यसैलाई निरन्तरता दिदैँ २३ वर्षकी मारिया ..
अपिल
परमादरणीय न्यायप्रेमी तथा परिवर्तनक संवाहक जनता लोकनि ! धनुषा जील्लाक क्षेत्र नं.३अन्तर्गत प्रतिनिधि सभा सदस्य मेअपनअमुल्य मत प्रदान क हमरा विजयी बनौनिहार राजर्षी जनकक कर्मभूमि,जगदम्बा जानकी क प्रादुभाव स्निग्ध स्थली जनकपुर सहित ग्रामिण क्षेत्रक सम्पूर्ण मतदाता , बुद्धिजीवी , शिक्षक ,कलाकार ,उधोगी ,व्यवसायी ,किशान, मजदूर ,विधार्थी, युवा ,महिला,दलित,मुस्लिम आ एही निर्वाचन मे प्रत्यक्ष(अप्रत्य्क्ष सहयोग कएनिहार सम्म्स्त सहयोगी हृदय आ हाथ सभप्रति परम हर्षोल्लासक सँग हार्दिक आभार सहित धन्यवाद क रहल छी ।राजेन्द्र महतो प्रतिनिधि सभा सदस्य ,धनुषा क्षेत्र नं.३अध्य्क्ष मण्डल (सदस्य )राष्ट्रीय जनता पार्टी नेपाल