विचार
मधेसवाद र हिन्दूवादले थिचिएको मधेस
Published Date : Nov 05, 2012
कौशलकुमार सिंह
मधेसका नाममा अधिकार खोज्नेहरू अहिले विभिन्न पक्ष र विपक्षमा बाँडिएका छन् । मधेस र मधेसीमा अधिकारका नाममा जुन किसिमको बहस र ग्रुपिज्म देखापरेको छ, त्यसले मधेस निर्माणको मुद्दालाई नै अर्थहीन तुल्याउने अवस्था सिर्जना गरेको छ । अहिले मधेस र मधेसीलाई कब्जा गर्ने रणनीतिमा अनेक पक्ष, तह र तप्काले आ-आफ्नै तरिकाले काम गरिरहेका छन् । त्यसमध्ये कतिले मधेसको समर्थन गरेर काम गरिरहेका छन् भने कतिले मधेसभित्रै विरोधाभाषको परिस्थिति पैदा गराएर खेल खेलिरहेका छन् ।
हिन्दू शब्दको व्याख्या वेद, पुराण, रामायण वा महाभारतमा पाइँदैन । सबैमा जाति र वर्ण व्यवस्थाको वर्णन पाइन्छ । जाति र वर्णकै आधारमा काम र आचरणको व्यवस्था ती धर्मशास्त्रमा गरेको पाइन्छ । तैपनि, अहिले हिन्दू शब्दले धर्मको रूप धारण गरेको छ । भारतका विद्वान् स्वामी दयानन्द सरस्वतीका अनुसार हिन्दू शब्द भारतका मुस्लिम शासकद्वारा दिइएको हो । त्यसैकारण सन् १८७५ मा स्वामी दयानन्द सरस्वतीले हिन्दू समाज स्थापना नगरी आर्य समाज स्थापना गरेका थिए । त्यसवेलाका ब्राह्मणले हिन्दू शब्दबाट आफूलाई सम्बोधन गर्दैनथे, आफूलाई हिन्दू भनेर चिनाउँदैनथे । त्यसवेला शूद्रलाई गालीस्वरूप हिन्दू भन्ने गरिन्थ्यो । भारतका मराठा राज्यका छत्रपति शिवाजी महाराज हिन्दू थिए र मुगलको विरोधमा लडिरहेका थिए । उनको राज्यतिलक गर्ने समयमा पुनाका ब्राह्मणले उनलाई शूद्र भनेर राजतिलक गर्न मानेनन् । त्यसपछि बनारसबाट ब्राह्मण गंगा भट्टलाई बोलाएर राजतिलक गराइएको थियो ।
त्यसवेलाको भारतीय ब्राह्मण समुदायले आफू अल्पसंख्यक भएकाले सत्ताबाट बाहिरिने र बहुसंख्यक हिन्दू शासन सत्तामा जाने देखेर हिन्दू शब्द स्वीकार गर्न बाध्य भएका थिए । त्यसैको फलस्वरूप सबै ब्राह्मण मिलेर 'हिन्दू महासभा' को गठन गरियो । त्यसकै परिणामस्वरूप भारतमा ब्राह्मणहरू अल्पसंख्यक भए पनि अहिले संसद्, सरकार, प्रतिपक्ष, प्रशासन, प्रहरी, सेना, शिक्षा, मिडिया सबै ठाउँमा उनीहरूकै बाहुल्य छ ।
यति भन्नुको अर्थ र बुझाइ के हो भने यहाँका खस ब्राह्मणवादी शासकले तराई क्षेत्रमा बसोबास गर्ने व्यक्तिलाई हिन्दूझैँ मधेसी भनेर गाली गर्थे । मधेसीलाई आफ्ना रैती ठानिन्थ्यो, उनीहरूको सम्पत्तिमाथि आफ्नो अधिकार ठानिन्थ्यो । तर, मधेसीले त्यो गालीबोधक 'मधेसी' शब्दलाई सम्मानका रूपमा ग्रहण गरे र आफूलाई मधेसीकै रूपमा पहिचान खोजी गर्दै मधेसीकै नाममा अधिकार स्थापना गराउन लागिपरे । अनि यी खसवादी शासकले आफ्ना सबै रणनीति धरापमा पर्ने देखेपछि आफूलाई पनि मधेसीमै स्थापित गराउन खोजे । तर, उनीहरूको यो रणनीति भारतका ब्राह्मणझैँ हिन्दू स्वरूपमा स्थापित हुन सकेन । अहिले मधेसका मागलाई विभिन्न भागमा बाँड्ने र मधेसी समुदायलाई विभाजन गर्ने रणनीतिमा काम भइरहेका छन् । त्यसकै परिणामस्वरूप मधेसका थारुलाई छुट्टै पहिचान दिलाउने रणनीति अगाडि सारिएको छ भने अब मुस्लिम समुदायलाई पनि बाँडिने र स्वतन्त्र पहिचान कायम गराउने प्रयास भइरहेको छ । यस्तै कार्य पिछडावर्गमा पनि गर्न खोजिएको थियो, तर खसवादीको यस चाललाई पिछडावर्गका केही अगुवा नेताले बुझेपछि यस्तो षड्यन्त्रविरुद्ध अगाडि बढेर खसवादीको षड्यन्त्र विफल बनाइदिए । यस्ता कार्यमार्फत शासकले अब मधेसीको अधिकारलाई कमजोर बनाएर मधेसीमार्फत नै मधेसमा आफ्नो शासन कायम राख्ने प्रयास गरिरहेका छन् ।
अहिले मधेसका कमजोर र आफूप्रति आस्थावान् तथा निर्भर व्यक्ति, समूह, संघ-संगठन, स-साना राजनीतिक दल, सचेत तथा बुद्धिजीवी वर्ग, युवा, विद्यार्थी, पत्रकारलाई मधेसमा काम लगाएर शासकले मधेसमाथि आफ्नो वर्चस्व कायम गर्न खोजिरहेका छन् । त्यसका लागि शासकले उनीहरूलाई प्रोत्साहित गर्न ठूलो रकमसमेत खर्च गरिरहेका छन् । मधेस नामको बिल्ला भिराएर मधेसमा काम गर्न लगाउने र समय आएपछि त्यस्ता खसवादीद्वारा सञ्चालित मधेसीबाटै आफ्नो पक्षमा बोल्न लगाउने गरेका धेरै घटना हामीले देखेका, सुनेका र बुझेका पनि छौँ । त्यसकारण अब हामीले सच्चा मधेसवादी चिनेर मात्र मधेसको नाममा समर्थन जनाउनुपर्छ । मधेसको नाममा राजनीतिक गर्ने जोकोही मधेसवादी हुन सक्दैन ।
भारतमा अंग्रेजले भारतीयलाई नै आफ्नो हतियारका रूपमा प्रयोग गरेर आफ्नो सत्ता विस्तार गरेका थिए । सुरुमा भारतीय राजा-रजौटाले आन्तरिक द्वन्द्व र मतभेदका कारण आफ्नो स्थिति मजबुत बनाउनका लागि अंग्रेजलाई साथ दिएका थिए । एउटा भारतीयले अर्को भारतीयलाई कमजोर पार्न गरिने कार्यमा आफ्नो पक्षमा रहेका भारतीयलाई अंग्रेजले खुलेर आर्थिक र सामरिक सहयोग गरेका थिए । तर, पछि तिनलाई पनि अंग्रेजले गुलाम बनाएका थिए । अब हामीले पनि यस्तो इतिहासबाट पाठ सिक्नुपर्छ र सतर्क तथा सजगतासाथ मधेस अधिकारका लागि अगाडि बढ्नुपर्छ ।
समावेशी मधेस
मधेसका नाममा अधिकारका लागि मधेसी समुदाय सदियौँदेखि लडिरहेका छन् तर मधेसी समुदाय अहिलेसम्म पनि अधिकारसम्पन्न भएको छैन । मधेस आन्दोलन अधिकार, पहिचान र सहभागिताका लागि भएको हो । मधेसीहरू अहिले आफ्नो पहिचान त केही मात्रामा बनाउन सफल भएका छन् तर जनसंख्याका आधारमा समानुपातिक सहभागिता गराउन भने सकिरहेका छैनन् । राज्यको नीति निर्माण तहमा मधेसी समुदायको बलियो उपस्थिति देखिएको छैन ।
मधेसका प्रमुख दुई मुद्दा संघीयता र समावेशिता नै हुन् । यी दुई मुद्दामा मधेसीहरू अधिकारसम्पन्न हुनसके मधेसको विकासको ढोका खुल्नेछ, तर अहिले पनि मधेसका राजनीतिक दलहरूले यी दुई मुद्दामा एउटा नीति बनाउन सकेका छैनन् । अहिले मधेसी दलहरूमा संघीयता र समावेशिताका विषयमा एकनीति बन्न सकिरहेको छैन । समावेशिताको सन्दर्भमा भन्नुपर्दा जुन विभेदविरुद्ध अहिले मधेसी जनता लडिरहेका छन्, मधेसभित्रका सबै वर्ग, समुदाय र जातजातिको समानुपातिक सहभागिताको ग्यारेन्टी भएन भने भोलि मधेसमा पनि यही विभेदविरुद्ध त्यहाँका दलित, आदिवासी/जनजाति, पिछडावर्ग लड्नेछन् । त्यसकारण मधेसका अगुवा अधिकारवादी र राजनीतिक दलहरूले समयमै निणर्ायक रूपमा मधेसको समावेशीकरणको मुद्दालाई उठाउनुपर्छ । जसले मधेसका दलित, आदिवासी/जनजाति, पिछडावर्ग, मुस्लिममा आत्मविश्वास वृद्धि भई मधेस मुद्दामा उनीहरू सक्रिय भएर अगाडि बढ्नेछन् ।
मधेसको विकासका लागि राजनीतिक दलहरूले अहिले पनि गम्भीरतासाथ कुरा उठाउन र वास्तविक मुद्दामाथि केन्दि्रत हुन कन्जुस्याइँ गरिरहेका छन् । उनीहरू समग्र मधेसी समुदायको एकैचोटि उत्थान खोजिरहेका छन्, जुन सम्भव छैन । पहिला पनि मधेसका नाममा केही व्यक्तिको उत्थान भए पनि समग्र मधेसको उत्थान भएन । विकास क्रमिक रूपमा हुन्छ, एकैचोटि हुँदैन । अहिले मधेसको विकासका लागि मधेसका बहुसंख्यक र पछाडि परेका वर्ग, समुदाय र जातजातिको विकासलाई नै प्रमुख प्राथमिकतामा राख्नुपर्छ । अनि मात्र मधेसको विकास सम्भव हुन्छ । मधेसका पिछडावर्ग, दलित, जनजातिको विकासका लागि अहिले पनि मधेसका राजनीतिक दल स्पष्ट देखिँदैनन् । उनीहरू अहिले पनि केही हुनेखानेकै बोलबाला खोजिरहेका छन् । जसले मधेसको एकतालाई सुदृढ बनाउन सकिरहेको छैन ।
(लेखक नेपाल पिछडावर्ग (ओबिसी) महासंघका अध्यक्ष हुन्)
साभार: नयाँ पत्रिका
 

प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

 

प्रतिक्रियाहरु



अरु समाचारहरु

रुचाईएका सामाग्री
ss
बेल निमन्त्रणा र शोभा यात्रा
महेशकुमार दास  महोतरी ४ कार्तिक वडा दशैंको अवसरमा महोत्तरीको विभिन्न शक्तिपीठहरुमा बेल निमन्त्रणका लागि आज शोभा यात्रा निकालेका छन् । जिल्लाको मटिहानी, जलेश्वर, पिपरा, गौशाला, रामगोपालपुर, सम्सी लगायतका ..
ss
महिलाको नजरमा पुरुष सेक्स मेसिन
एजेन्सी, जनकपुर, जेठ ११, सायद धेरै महिलाले यो सोँच्दछन् की पुरुषहरु सधैँ सेक्सका लागि तयार हुन्छन् । यो मान्यता २०÷२२ वर्षको तन्नेरीको हकमा त सही हुन सक्ला तर परिपक्व उमेरका अर्थात् पाको पुरुषको हकमा गलत सावित ..
ss
जनकपुर उपमहानगरपालिका प्रति नकारात्मक असर
धर्मराज, १८ चैत, जनकपुर ।  जनकपुर उपमहानगरपालिका ले नगरको फोहर उठाउन बन्द गरेको छ । उपमहानगरपालिका ले नगरको फोहर उठाउन बन्द गरेकोले अहिले जताजतै विभिन्न चौकमा फोहरको डुगंर जम्मा भएको छ।यस्ले गर्दा स्थानिय ..
ss
मधेशमा निर्वाचनको समस्या , प्रमुख निर्वाचन आयुक्त....
धर्मराज,४ चैत्र, जनकपुर । निवौचन कार्यालय धनषाले जिल्ला प्रशाशन कार्यालय मा स्थानिय निर्वाचन बारे डाकिएको बैठक मधेशी मोर्चाले बहिष्कार गरेको छ ।स्थानिय निर्वाचन बारे र प्रतिनिधिहरु तोक्ने समबन्धमा ..
ss
जनकपुर उपमहानगरपालिका को आवश्यक टेलिफोन र फैक्स बन्द
धर्मराज,  १७ चैत, जनकपुर । जनकपुर उपमहानगरपालिका को अति आवश्यक टेलिफोन र फैक्स बन्द अवस्थामा रहेको छ । आग लागी बखत को बेला खबर गरिने उपमहानगरपालिका को सब भन्दा महत्वपुर्ण नम्बर ०४१५२००११ को टेलीफोन सेट खराब ..
ss
१५ रानी, ३० बच्चा र १०० नौकर सहित भारत आए स्वाजीलैंड का राजा
जनकपुरखबर, कात्तिक १३ ,०७२।  नयाँ दिल्ली , भारत अफ्रीका शिखर सम्मेलन मा ५४ देशका प्रतिनिधिहरु भाग लिरहेका छन । यस्मा स्वाजीलैंड नाम गरेको गरीब देश को अमीर राजा मस्वाती तृतीय आफ्ना १५ रानी, ३० बच्चा र १०० नौकर सहित ..
अन्तर्वार्ता
ss सीमांकन बेइमान अमिनले खराब जमिनको कित्ताकाट गरे जस्तो
थारु र मधेसी मिल्दा तीन नेतालाई पीडा भएको छ----- तराई मधेस लोकतान्त्रिक पार्टीका सह-अध्यक्ष हृदयेश त्रिपाठी तार्किक नेता मानिन्छन् । संविधानको मस्यौदा एवं प्रदेशको सीमांकनलाई लिएर मधेसवादी नेतामाथि लागिरहेका ..
विचार
ss तरार्इमा चुनाव कि आन्दोलन ?
भरत लामिछाने......दोस्रो चरणको स्थानीय चुनावको मुखमा यतिबेला तराई(मधेसमा अन्यौलको वातावरण छ । एकातिर सरकारले तराईका जायज मागहरु पूरा गर्नुपर्ने दायित्व छ । अर्कातिर, सरकारको नियन्त्रण बाहिरको माग पूरा गराउन ..
ss रामेछापका बाहुन कसरी पुगे जनकपुर
विमल पोखरेल----- नेपालमा संघीय प्रदेशहरुको सीमांकन सम्वन्धी दलहरुको सहमति सार्वजनिक भएसँगै जनताहरु आ(आफ्ना प्रदेशका विशेषता, साँस्कृतिक पहिचान, आर्थिक सामथ्र्य र सम्भाब्य राजधानीको अवस्थितिलाई आधार बनाएर ..
रोचक विश्व
ss १५ रानी, ३० बच्चा र १०० नौकर सहित भारत आए स्वाजीलैंड का राजा
जनकपुरखबर, कात्तिक १३ ,०७२।  नयाँ दिल्ली , भारत अफ्रीका शिखर सम्मेलन मा ५४ देशका प्रतिनिधिहरु भाग लिरहेका छन । यस्मा स्वाजीलैंड नाम गरेको गरीब देश को अमीर राजा मस्वाती तृतीय आफ्ना १५ रानी, ३० बच्चा र १०० नौकर सहित इंडिया आएका छन ।खास कुरा के छन भने उनी १५ रानी, ३० बच्चा र १०० भन्दा अधिक नौकरहरुको साथ नयाँ दिल्ली को एक मंहगो होटलमा बसेका छन ।उनी माथी आफ्ना प्रतिनिधिमंडल का सरकारी सदस्यहरु लाई ..
ss जापान मा लिङ्ग मेला ।।
(एजेन्सी) जापानको कावासाकी शहरमा प्रत्येक वर्ष अप्रील ५ मा मनाईने लिङ्ग मेलाको आयोजना यस वर्ष पनि गरिएको छ । विश्वकै सबैभन्दा ठूलो लिङ्ग मेलाका रुपमा चर्चित सो मेलामा सबै सामानहरु पुरुष लिङ्ग जस्तै देखिने वस्तुहरु बोकेर पुरुष तथा महिलाहरु समेत सडकमा घुम्ने गर्छन् । मेलामा सहभागी महिलाहरुहरुले पुरुष लिङ्गको आकारमा बनाइएका ललिपपहरु चुस्दै खुल्लारुपले सडकमा हिंडछन । एक किवदन्ती ..
ss छालामा हुक खोपेर पार गर्र्दै १,७४७ फीट चौडाइको नदी
एजेन्सी , ट्यारोलिन ट्रेवर्स सामान्यतया पर्वतारोहण अथवा नदिहरुलाई पार गर्ने समयमा गरिन्छ । समस्या परेको बेलामा यसको उपयोग अझ बढि गरिन्छ । मात्र एउटा डोरीको सहायताले मानिसहरु गुरुत्वाकर्षणको प्रयोग गरेर एउटा अन्त्य देखि अर्को अन्त्य सम्म पुग्ने गर्दछन् । १९ औँ शताब्दिको अन्त्यमा आल्प्स श्रृंखलाको ट्यारोलिनमा यसको प्रयोग गरिएको थियो ।यसैलाई निरन्तरता दिदैँ २३ वर्षकी मारिया ..
अपिल