विचार
मिथिलामा लाटा अन्धाहरुको मेला
Published Date : Nov 08, 2012
* विनय कुमार
‘एतवए दुवा मगैछी अल्लाह मिथिलेमे तु जन्म दिहऽ’ यो मैथिली गीत मिथिलामा बडो सुपरहिट छ । यो सुपरहिट गीतको भावमा डुबेर ‘म स्वर्गमा छु’ भनठान्नेको भिड कम छैन । तर, यथार्थता र गीतको भावलाई बुझ्दा आकाश र जमिनको फरक छ भन्दा अनुपयुक्त नहोला । गायक प्रेमर्षिले गाएका गीत सुन्ने ‘श्रोताको भिड’ लाई केहि भन्न सकिँदैन । किनभने ‘भिड’ को कुनै सौन्दर्यता र विशिष्ट पहिचान हुदैन । ‘भिड’ गतिशिल हुन्छ । त्यसको एउटा कुनै निश्चित ठाउँ हुँदैन । अल्लाह–इश्वरसँग मिथिलामा जन्म दिने आर्शिवाद (दुवा) किन माग्नुप¥यो भन्ने सवालको जबाफ खोज्न अबेर गर्नु बुद्धिमता होइन ।
म आज जनकपुरको मुटु जानकी मन्दिरको केन्द्रबिन्दुमा रहेर कुरा उठान गर्दछु । वि. सं. १९५७ मा टिकमगढकी महारानी वृषभानुले जानकी मन्दिर बनाइदिएकी स्मरणीय होला । यहाँको धेरै लामो कालखण्ड र प्राचिन इतिहास जानकी मन्दिरसँग सम्बन्धित छ । यसलाई नौलाखा मन्दिर र नेपालकै सबभन्दा ठुलो मन्दिर भन्ने गरिन्छ । बाह्यरुपमा यस मन्दिरको परिचय र पहिचान जति बेसी छ, आन्तरिक रुपमा त्यसको अस्तित्व त्यति नै कम छ । मन्दिरको प्राङ्गणमा हप्तैपिच्छे दुई÷तिन साँझ प्रवचन गर्न ठुल–ठुला साधुसन्त आउँछन र फर्किन्छन् । प्रवचन सकिएको केहिदिनपछि पनि ‘पर्यटकीय स्थल हो कि स्वर्गद्वारी–शमशानघाट’ छुट्याउन बडो अप्ठ्यारो लाग्छ । भुमिजा मानवअधिकार संघको कार्यक्रम होस् या एनजीओको, कुनै पार्टीको होस् या पत्रकारको केन्द्रविन्दु बन्ने गर्छ मन्दिरको प्राङ्गण । ठुल–ठुला नेता, महन्थ, साहित्यकार लामो भाषण दिएर त जान्छन, तर मन्दिरको वरिपरि रहेको फोहोरतर्फ आँखा टिकाउनु जरुरी ठान्दैनन् । ‘मिथिलाका लागि मरिमेटने’ भाषणवाजी गर्दै हिडेका पण्डितहरुलाई मन्दिरतर्फ ध्यान आकृष्ठ गर्न जरुरी छ । म लाज नमानी के भन्छु भने, ‘जनकपुरमा जानकी मन्दिरको आँगन फोहोर छ, मन्दिर भित्रका केहि साधु÷महात्माहरु असभ्य छन, उनीहरुको आचरण ठिक छैन् ।’ यसै सन्दर्भमा जानकी मन्दिरका महन्थ रामतपेश्वर दास बैष्णव प्रतिप्रश्न गर्दै भन्छन्, ‘जनकपुरमै जानकी मन्दिर जस्तो सफासुग्घर मन्दिर कुनै छैन, कहाँ फोहोर छ, हेराईदिनुस । देशै राममन्दिरलाई चम्काउन लागिपरेको छ तर हालत हेर्नुस् ।’
वर्षमा एकदिन विवाहपञ्चमीको लागि मन्दिरको रङ्गगरोगण र श्रृंगार गरिने कार्य प्रशंसनीय विषय कदापी बन्दैन । सालिनारुपमा आउने पाहुनालाई मात्र खुशी तुल्याउनुलाई पर्यटनको विकास सम्झियो भने अनायास बहसको विषय बन्नेछ । शतप्रतिशत मन्दिरको आम्दानीबाट पच्चिस प्रतिशत ‘मन्दिरको सौन्दर्यता र सरसफाइ’ मा खर्चिनु तारिफको विषयवस्तु बन्न सक्छ । पुर्वका धरान–धनकुट्टा र सुदरपश्चिमका सुर्खेत–दिपायलबाट आउने आन्तरिक पर्यटकलाई महत्वको साथ नहेरिनु बडो दुःखद कुरा हो । मुख्य कुरा के हो भने ‘आन्तरिक रुपले सक्षम हुनसक्नुलाई बाहिरी दुनियाले बलियो मान्छन् ।’ रोचक प्रसंग के पनि छ भने मिथिलाको भौतिक र अभौतिक विकासको लागि आवाज उठाउने वक्ताहरु भ्रष्ट मनसायका छन् । मिथिला संस्कृतिको विकासभन्दा पनि आफु विकसित हुने उपाय निकाल्न उनीहरु माहिर छन् । भनिन्छ कि, ‘दृष्टि नबदलिइकन सृष्टि बदलिदैन, स्वयं नबदलिइकन दुनिया बदलिदैन ।’
केही साता अघिमात्र रिलिज भएको हिन्दी चलचित्र ओएमजी (ओह माय गड) फिल्ममा परेस रावलले भगवानमाथि मुद्दा हालेको देखाईएको छ । दुनियाँका मन्दिरमा भगवान छ या छैन विषयमा लामो तर्क–विर्तक गरिएको छ चलचित्रमा । यहाँ जनकपुरकै एक प्रसङ्ग जोड्दा बडो राम्रो हुनेछ । गौ संरक्षण मञ्च (एक धार्मिक संस्था) ले ठीक एक महिना अघि राममन्दिर, जानकी मन्दिर, सङ्कटमोचन मन्दिर लगायतका केहि मन्दिरमा ज्ञापनपत्र बुझाएका छन् । नेपालमा हिन्दुराज्यको स्थापना र राजनीतिक स्तरमा छिटो सहमति होस भनि ‘दैवले सहयोग गरुन’ भन्ने संस्थाको माग थियो । भगवानले ज्ञापनपत्र बुझेर एउटा मागपनि पुरा गरिदिएको भए यतिका राजनीतिक दलको नामोनिशान हुने थिएन । घरको सबै काम छोडेर मन्दिर अगाडि ज्ञापनपत्र हातमा लिई लाममा बसेकाहरुको जमात हुन्थ्यो । यदि मन्दिरमा ज्ञापनपत्र बुझाउनुले सबैको मनोकामना पुरा हुने भए माओवादी अध्यक्ष कमरेड प्रचण्डको स्वीट्जरल्याण्ड बनाउने र प्रधानमन्त्री बाबुरामको संविधान बनाउने सपना बिपनामा परिणत भइसकेको हुन्थ्यो । देशमा राजतन्त्र फर्काउने कसरतमा लागेका राजावादीहरुले पनि पशुपतिनाथ मन्दिरमा ज्ञापनपत्र बुझाए पुग्थ्यो होला । जनकपुरमा यस्तो भद्दा नाटकमा कमजोर अभिनय गर्ने कलाकारलाई ‘के पो भनिदिउँ’ जस्तो लाग्छ । त्यस्ता नाटकका पात्रहरु व्यापार÷व्यवसाय गरेर दुई रुपैयाँ हुने आम्दानीले मोटरमा चढेर यात्रा मात्र गरिरहन मेरो अनुरोध छ ।
धनुषा जिल्लाबाट मात्र प्रत्यक्ष र समानुपातिकबाट २३ जना सभासदहरु विघटन भइसकेको संविधानसभामा थिए । संसद मरिसकेको अवस्थामा नेताहरुपनि जिउँदो छैनन् भनेर जनताको स्वरहरु सुनिन थालेको छ । सबै नेता गुमनाम र चुपी साधेर बसेका छन् । आगामी संविधानसभाको निर्वाचनमा ‘कसरी जनतालाई फकाउने ?’ योजना बनाउन लागिपरेको विश्लेषणकारको ठम्याई छ । यहाँ एक आदर्श नेताको रुपमा परिभाषित कुनै नाम छैन, तर नेता वृषेशचन्द्र लालले रेडियोलाई दिएको अन्तरवार्ता सम्झिन्छु, ‘राजनीति कुनै पेशा होइन, राजनीति त विचारधारा हो । त्यस्ताका समयमा मलाई स्वयं माछा काटेर बेच्नु परेको थियो । राजनीतिकलाई सबैले पेशा सम्झिएकाले वर्तमान समस्या आइपरेको हो ।’ हुन त कतिपय नेताले भन्छन्, ‘म जोगी बन्नलाई राजनीति गरेको होइन’ । बडो गहिरो तवरले सबै नेताले बुझ्नुपर्ने कुरा के हो भने धनि र जोगी बन्नु दैवको हातमा होइन, जनताको अदालतमा हुन्छ । वर्तमान समयमा एउटा के ट्रेन्ड चलेको छ भने बिना कुनै योगदान रातारात ठुलो मानिसको सुचिमा दर्ता हुन चाहन्छन् । जनकपुरमा समाजसेवीको रुपमा चिनिने नामहरु हुन्– अमरचन्द्र अनिल र मदन जैन । उनीहरु कहाँका–कताबाट–को–यहाँ किन आए ? भन्दा पनि ‘के–कस्ता योगदानले समाजसेवी बने’ भन्ने प्रश्न महत्वपुर्ण छ । कुनै अपराधिलाई छुट्टाउन एसपी–सिडिओ कहाँ पहल गरिदिनु समाजसेवा होइन, समाजमा रहेका विपन्न वर्गको हक–अधिकारको लागि लड्ने र सहयोग गर्ने समाजसेवी हुन । पत्रकार अजय अनुरागीको बुझाई छ– ‘समाजसेवी भनेको मदर टेरेसा, फ्लोरेन्स नाइटिङ्गेल जस्ताको जीवनी र योगदानबाट थाहा पाउन सकिन्छ । जनकपुरमा नाम लिनुपर्ने समाजसेवी हुन्– “राराब क्याम्पस बनाइदिने रामसागर–रामस्वरुप साह, स्वर्गद्वारी–शमशानघाट बनाइदिने पवन सिंघानिया, जानकी आँखा अस्पतालका निर्माता मकेश्वर सिंह, जनकपुर अञ्चल अस्पतालका संस्थापक डा.जयबल्लभ दास जस्ता व्यत्तित्वहरु हुन । समाजको विकास निर्माण र परिवर्तनको लागि अहम भुमिका निर्वाह गर्ने सबै समाजसेवी हुन् ।”
कुनै–कुनै समस्या यस्ता पनि आउँछन जो व्यवहारमा उर्तान कठिन पर्छ । तर, समस्या समाधान नै नगरिकन पछि हट्नु न्यायोचित नभई मृतलाश सरह हुन्छ । मलाई हात्ती र माउत्तेको एक कथा याद आयो । यमराज चितवनको सौराहा गएछ । मान्छे बोकेर हिडिरहेको अवस्थामा हात्तीलाई यमराजले सोधेछ–‘यस्तो फुच्चे मान्छेले जता भन्यो त्यतै किन हिडेको ?’ हात्तीले सहजपुर्वक भन्यो–‘मरेका मान्छेहरुको मात्र फेला परेको छस् जिउँदो फेला परेको भए थाहा पाउँथिस ।’ यस कथालाई व्यवहारिक तहबाटै बुझ्ने चेष्टा गर्नु अतिआवश्यक छ ।
अन्त्यमा, वर्तमान परिस्थितिमा सल्लाह–सुझावको आवश्यकता होइन काम गरेर देखाउने हातहरुको खाँचो छ । तर, त्यसो हुननसक्नु बडो चिन्तन–मननको विषय हो । यहाँका स्थानिय पत्र–पत्रिकामा दिनहुँ समाचार छापिन्छ, तर अर्थहीन हुन्छन् । प्रायः जसो कार्यक्रममा सबैले बोल्छन्, तर बोलिनुपर्ने बोली कसैले बोल्दैनन् । जनकपुरका कुनाकप्चासम्म साना मानिसहरुदेखि लिएर ठुलासम्म पुग्छन, तर देख्नुपर्ने कोही कसैले देख्दैनन् । त्यसैले अष्टावक्ररुपी शरीरलाई हेर्ने मेला भन्दा पनि मिथिलामा लाटा÷अन्धाहरुको मेला लागेको छ भन्न गाह्रो पर्दैन । एउटा कुरा याद रहोस– ‘स्वर्गको ठेगाना खल्तीमा हालेर, नर्कको बाटो लिएर स्वर्ग पुगिदैन ।’
 

प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

 

प्रतिक्रियाहरु

nice....keep it up frn - ravie niraula


अरु समाचारहरु

रुचाईएका सामाग्री
ss
बेल निमन्त्रणा र शोभा यात्रा
महेशकुमार दास  महोतरी ४ कार्तिक वडा दशैंको अवसरमा महोत्तरीको विभिन्न शक्तिपीठहरुमा बेल निमन्त्रणका लागि आज शोभा यात्रा निकालेका छन् । जिल्लाको मटिहानी, जलेश्वर, पिपरा, गौशाला, रामगोपालपुर, सम्सी लगायतका ..
ss
महिलाको नजरमा पुरुष सेक्स मेसिन
एजेन्सी, जनकपुर, जेठ ११, सायद धेरै महिलाले यो सोँच्दछन् की पुरुषहरु सधैँ सेक्सका लागि तयार हुन्छन् । यो मान्यता २०÷२२ वर्षको तन्नेरीको हकमा त सही हुन सक्ला तर परिपक्व उमेरका अर्थात् पाको पुरुषको हकमा गलत सावित ..
ss
जनकपुर उपमहानगरपालिका प्रति नकारात्मक असर
धर्मराज, १८ चैत, जनकपुर ।  जनकपुर उपमहानगरपालिका ले नगरको फोहर उठाउन बन्द गरेको छ । उपमहानगरपालिका ले नगरको फोहर उठाउन बन्द गरेकोले अहिले जताजतै विभिन्न चौकमा फोहरको डुगंर जम्मा भएको छ।यस्ले गर्दा स्थानिय ..
ss
मधेशमा निर्वाचनको समस्या , प्रमुख निर्वाचन आयुक्त....
धर्मराज,४ चैत्र, जनकपुर । निवौचन कार्यालय धनषाले जिल्ला प्रशाशन कार्यालय मा स्थानिय निर्वाचन बारे डाकिएको बैठक मधेशी मोर्चाले बहिष्कार गरेको छ ।स्थानिय निर्वाचन बारे र प्रतिनिधिहरु तोक्ने समबन्धमा ..
ss
जनकपुर उपमहानगरपालिका को आवश्यक टेलिफोन र फैक्स बन्द
धर्मराज,  १७ चैत, जनकपुर । जनकपुर उपमहानगरपालिका को अति आवश्यक टेलिफोन र फैक्स बन्द अवस्थामा रहेको छ । आग लागी बखत को बेला खबर गरिने उपमहानगरपालिका को सब भन्दा महत्वपुर्ण नम्बर ०४१५२००११ को टेलीफोन सेट खराब ..
ss
१५ रानी, ३० बच्चा र १०० नौकर सहित भारत आए स्वाजीलैंड का राजा
जनकपुरखबर, कात्तिक १३ ,०७२।  नयाँ दिल्ली , भारत अफ्रीका शिखर सम्मेलन मा ५४ देशका प्रतिनिधिहरु भाग लिरहेका छन । यस्मा स्वाजीलैंड नाम गरेको गरीब देश को अमीर राजा मस्वाती तृतीय आफ्ना १५ रानी, ३० बच्चा र १०० नौकर सहित ..
अन्तर्वार्ता
ss सीमांकन बेइमान अमिनले खराब जमिनको कित्ताकाट गरे जस्तो
थारु र मधेसी मिल्दा तीन नेतालाई पीडा भएको छ----- तराई मधेस लोकतान्त्रिक पार्टीका सह-अध्यक्ष हृदयेश त्रिपाठी तार्किक नेता मानिन्छन् । संविधानको मस्यौदा एवं प्रदेशको सीमांकनलाई लिएर मधेसवादी नेतामाथि लागिरहेका ..
विचार
ss तरार्इमा चुनाव कि आन्दोलन ?
भरत लामिछाने......दोस्रो चरणको स्थानीय चुनावको मुखमा यतिबेला तराई(मधेसमा अन्यौलको वातावरण छ । एकातिर सरकारले तराईका जायज मागहरु पूरा गर्नुपर्ने दायित्व छ । अर्कातिर, सरकारको नियन्त्रण बाहिरको माग पूरा गराउन ..
ss रामेछापका बाहुन कसरी पुगे जनकपुर
विमल पोखरेल----- नेपालमा संघीय प्रदेशहरुको सीमांकन सम्वन्धी दलहरुको सहमति सार्वजनिक भएसँगै जनताहरु आ(आफ्ना प्रदेशका विशेषता, साँस्कृतिक पहिचान, आर्थिक सामथ्र्य र सम्भाब्य राजधानीको अवस्थितिलाई आधार बनाएर ..
रोचक विश्व
ss १५ रानी, ३० बच्चा र १०० नौकर सहित भारत आए स्वाजीलैंड का राजा
जनकपुरखबर, कात्तिक १३ ,०७२।  नयाँ दिल्ली , भारत अफ्रीका शिखर सम्मेलन मा ५४ देशका प्रतिनिधिहरु भाग लिरहेका छन । यस्मा स्वाजीलैंड नाम गरेको गरीब देश को अमीर राजा मस्वाती तृतीय आफ्ना १५ रानी, ३० बच्चा र १०० नौकर सहित इंडिया आएका छन ।खास कुरा के छन भने उनी १५ रानी, ३० बच्चा र १०० भन्दा अधिक नौकरहरुको साथ नयाँ दिल्ली को एक मंहगो होटलमा बसेका छन ।उनी माथी आफ्ना प्रतिनिधिमंडल का सरकारी सदस्यहरु लाई ..
ss जापान मा लिङ्ग मेला ।।
(एजेन्सी) जापानको कावासाकी शहरमा प्रत्येक वर्ष अप्रील ५ मा मनाईने लिङ्ग मेलाको आयोजना यस वर्ष पनि गरिएको छ । विश्वकै सबैभन्दा ठूलो लिङ्ग मेलाका रुपमा चर्चित सो मेलामा सबै सामानहरु पुरुष लिङ्ग जस्तै देखिने वस्तुहरु बोकेर पुरुष तथा महिलाहरु समेत सडकमा घुम्ने गर्छन् । मेलामा सहभागी महिलाहरुहरुले पुरुष लिङ्गको आकारमा बनाइएका ललिपपहरु चुस्दै खुल्लारुपले सडकमा हिंडछन । एक किवदन्ती ..
ss छालामा हुक खोपेर पार गर्र्दै १,७४७ फीट चौडाइको नदी
एजेन्सी , ट्यारोलिन ट्रेवर्स सामान्यतया पर्वतारोहण अथवा नदिहरुलाई पार गर्ने समयमा गरिन्छ । समस्या परेको बेलामा यसको उपयोग अझ बढि गरिन्छ । मात्र एउटा डोरीको सहायताले मानिसहरु गुरुत्वाकर्षणको प्रयोग गरेर एउटा अन्त्य देखि अर्को अन्त्य सम्म पुग्ने गर्दछन् । १९ औँ शताब्दिको अन्त्यमा आल्प्स श्रृंखलाको ट्यारोलिनमा यसको प्रयोग गरिएको थियो ।यसैलाई निरन्तरता दिदैँ २३ वर्षकी मारिया ..
अपिल