* विनय कुमार
पत्रकार समाजको वकिल होइन प्रवक्ता हो । दमित–शाषितहरुको आवाज हो । एक पत्रकारले पर्दा पिछाडी बसेर भित्र रहेका नाइके र भिलेनलाई पर्दा अगाडि ल्याउने काम गर्दछ । यसमै आफ्नो जिवन व्यतित गर्नेहरु सच्चा पत्रकार हो भनि हामीसबैले बुझ्नु जरुरी छ । पत्रकारिता पेशामा आएका चुनौतिलाई सहजतापुर्वक स्विकार गर्नु नै पत्रकारको धर्म हो भन्नु महत्वपुर्ण ठट्टा होइन् । तर हाम्रो बर्तमान समाजमा गरिने पत्रकारिता दिनानुदिन असुरक्षित हुँदै जानु बडो दुःखजिलो कुरा हो । सर्वप्रथम म सहिद पत्रकार उमा सिँह, सञ्चार उद्यमी अरुण सिँघानिया, जमिम शाह, पत्रकार विरेन्द्र साह, यादवराज पौडेल, डोकेन्द्र थापा लगायत सबै–सबैमा श्रद्धाञ्जली अर्पण गर्दछु । कल्पित आत्माहरुले शान्ति पाऊन । जटिल बाटो र चुनौतिलाई सामना गर्नेहरु यस जगतमा थोरै जन्मिने गर्दछ । त्यसै मध्यका यि नामहरु हुन् । मुलतः म मिथिला भुमि९जनकपुर०मा पत्रकारिता क्षेत्रमा पाइला टेक्नु आगावै एक नाम अमर भइसकेका थिए । बाँकी थियो त केवल तस्विर, बोलि र केहि मिठा शब्दहरु । उनि थिइन एक कर्मठ महिला पत्रकार उमा सिँह । म उमालाई चिन्दिन, उनको पेशाप्रतिको निष्ठाभावलाई मात्र जानेको छु । उनी रेडियो टुडे ९१ मेगाहर्जबाट प्रसारीत ‘गरमा गरम चाह’ र ‘काल धव्नी’ भन्ने कार्यक्रमबाट लोकप्रिय समेत थिइन् । सिरहा मिर्चैया गम्हरिया गाबिस–४ प्रिपाका उमा कलम र बोलिले समाज रुपान्तरण गर्ने अटुट साहस गरेकी थिइन् । तर दुश्मनको आँखामा उनी कसरी–कतिबेला तगारो बनीन त्यो अन्यौलता अझै दुर हुनसकेको छैन । उनी लेख्ने हात मात्र काटिएन बोलि बोल्ने गला, हिँड्ने खुट्टा पनि काटि दिइन् । शहिद उमाका विषयमा बोल्ने र लेख्ने धेरै तितामिठा शब्दहरु म सँग छैन । मेरा एक सहकर्मी मनिका खतिवडाले उनलाई सम्झिदै भनिन्– ‘उमा दिदी सबैसँग नरम तवरले प्रस्तुत हुनुहुन्थ्यो, बोल्ने शैलि उनको बडो रोचक थियो तर हत्याराले यस दुनियाबाट निमर्मता पुर्वक हत्या गरिदिए ।’ हामीमाझ अहिलेसम्म केहि यस्ता घुम्रिएको कुराहरु छन् जो स्वयँ पत्रकारहरुले समेत बोल्न हिचकिचाइ रहेका छन् । सत्य–असत्य र बास्तविकता के हो रु भन्ने आवाजहरु जति उठेतापनि नेपाल सरकारले कुनै चासो नलिनु बडो दुःखद कुरा हो ।
अब, म यहाँ पत्रकारिता क्षेत्रमा देखिएका केहि विकृति विसङ्गतिको कुरा गर्दा बडो सान्र्दभिक हुनेछ । पत्रकारिता क्षेत्रमा तोकिएको मापदण्ड अनुसार यस क्षेत्रमा हदसम्म केहि मात्र सदुपयोग हुनसकेका छन् भन्दा पनि दुरुपयोग बेसी भएको देखिन्छ । त्यो हो गैर पत्रकारहरुको पत्रकारिता क्षेत्रमा बिगबिगी । यहाँ शिक्षक, व्यापारी, पसले पत्रकार भएका छन् । दिन रात मिहिनेत गर्ने श्रमजिवी पत्रकारहरु मात्र श्रम शोषणमा पर्ने गरेको देखिनमा नआएको होइन् । तर ठु–ठुला गफ हाँक्ने देखि लिएर लाखौँ लाख रकम हिनामिना गर्ने खेल खेल्न पनि उनीहरु नै सक्षम हुन्छन् । तापनि यस्ता कुराहरुलाई उपल्लो तहमै मिलान हुने गरेको कुरा स्पष्ट छ । यहाँ बडो रोचक प्रसङ्ग के हो भने आफु पत्रकारभएपछि श्रीमति र छोरीलाई पनि पत्रकार महासँघको सदस्यता दिन लगाउने गर्छन । कतिपय पत्रकारहरुले स्थानिय निकायसँग समाचार प्रसारण÷प्रकाशण गर्ने नगर्ने बारे सम्झौता समेत गर्न भ्याउँछन् । ध्यान पु¥याउनुपर्ने कुरा के हो भने ‘पत्रकारले व्यक्तिगत फाइदाको लागि जब जब समाजसँग सम्झौता गर्छन तब समाजमा अपराधीहरु टाउको ठाडो पार्ने मौका पाउँछ ।’ समग्र देशकै परिवेशमा रहेर कुरा गर्दा यहाँ कतिपय महिला पत्रकारहरुमाथि हुने दुव्र्यवहार गौण हुन्छन् । तर यस्ता समस्याहरुको समाधान खोज्ने प्रयास बर्तमान समयसम्म हुननसक्नु कदापी न्यायोचित हुँदैन । स्मरणीय रहोस्–नेपाल पत्रकार महासँघका केन्द्रिय कोषाध्यक्ष शितल साहकै रेडियो जनकपुरमा पत्रकारहरुमाथि दुव्र्यवहार भएको थियो । तर त्यस्ता कुराहरु हावा जस्तै आए र गए । पत्रकारिता क्षेत्रमा यस्ता घटना घटेपनि कसैले बदलिने र बदल्ने कोशिस समेत गरेनन् । चिनका एक दार्शनिक देङ सियाओ पिङको भनाई छ–“बिरालो कालो हो कि सेतो त्यसको मतलब हुँदैन, मुख्य कुरा त्यो बिरालोले मुसा मार्छ कि मार्दैन भन्नु मात्र हो ।”
गत तिनसाल पहिले एक प्रोफेसर नेपाली पत्रकारिता विषयमा पित–पत्रकारिता, असल पत्रकारहरुमा हुनुपर्ने गुणहरु पढाउँदै हुनुहुन्थयो । त्यतिबेला मैले सरसँग गरेको एउटा सवाल सम्झिन्छु–‘धनुषामा असल पत्रकारको नाम लिनुपर्दा कसको लिने रु’ को हो असल पत्रकार रु यो प्रश्न सुनेर पढाउँदै गरेको सरले शिर्षक तुरुन्तै बदलिदिएको ताजा छ । यसको जवाफ दिन किन चाहनुभएन रु भन्ने खुलदुलि आज पनि मेरो मनमा लागेको छ । बर्तमान परिस्थितिमा द्वन्द्वकालताका समयमा हत्या भएको पत्रकार डोकेन्द्र थापाको घटनाले राम्रै चर्चा पाइरहेको छ । यता बर्तमान सरकारले भने केहि दलगत मानवअधिकारीबादीको उक्साहटमा यो मुद्यालाई बढावा दिएको बताइदैछ । नेपाल पत्रकार महासँघ, प्रेस युनियन र प्रेस चौतारी लगायतका सँघसँस्थाहरुले बाबुरामले दिएको अभिव्यक्तिप्रति देशैभर विरोध समेत गरिरहेका छन् । के सरकारले अपराधीलाई दण्ड दिन्छन कि प्रश्रय । यस घटनाले के निकास दिन सक्छ त्यो भने हेर्न बाँकी नै छ ।
अन्त्यमा, पत्रकारिता क्षेत्रमा रहेको बर्तमान समस्याको समाधान गर्न अबेर गर्नु बुद्धिमता हुँदैन । प्रत्येक पत्रकारको हत्या घटना बारे छानबिन गरि सत्यतथ्य बाहिर निकाल्नुपर्दछ । अनि मात्र यो देशमा स्वच्छ पत्रकारिता गर्ने पत्रकारहरुको पहिचान हुन्छ । यस्तै भइरहे ‘चोर–साधु एकै थालमा’ जस्तै हुन्छ । बडो गहिरो तवरले बुझ्नु पर्ने कुरा के हो भने ‘यहाँ सबैको आत्मा अमर हुँदैन, शहिद पत्रकार उमा सिँह कर्मले अमर भइन’ भनि बुझ्नुपर्दछ । विराङ्गणा उमाप्रति हार्दिक श्रद्धाञ्जली सहित।। (लेखक क्रान्तिकारी पत्रकार संघ धनुषाका उपाध्यक्ष हुन)