कलिवुड
रेखा थापाको एमाओवादी प्रवेश स् कसलाई फाइदा ?
Published Date : May 18, 2013
एजेन्सी :
जनकपुर, जेठ ४,
नायिका रेखा थापा शनिबार एकीकृत नेकपा माओवादी पार्टीमा प्रवेश गर्दै गर्दा सिने नगरी एवं राजनीतिक क्षेत्र दुबैतिर एक किसिमको तरंग र प्रतिक्रिया उत्पन्न भएको छ । प्रचण्डले आफ्नो पार्टीलाई फाइदा पुग्ने हिसाब गरेरै नायिका थापालाई पार्टीमा भित्र¥याएका हुन् भने थापाले पनि आफूलाई फाइदा हुने हिसाब ननिकाली पक्कै यस्तो निर्णय गरेकी होइनन् । तर, प्रचण्ड र रेखा दुबैको खातामा फाइदा मात्रै छैन, घाटा पनि उस्तै देखिन्छ । आफ्नो सिने करिअर ओरालो लाग्दै गर्दा रेखाले सेफ ल्याण्डिङका लागि यस्तो उपाय अपनाएको विश्लेषण पनि एकथरिको छ । तर, यसअघि नै निर्माता युवराज लामा, निर्देशक तथा कलाकार नीर शाह एकीकृत माओवादीमा सेफ ल्याण्डिङ खोज्दै प्रवेश गरेको उदाहरण सबैमा जगजाहेर नै छ ।
१२ बर्षदेखि सिने नगरीमा चर्चा र विवाद कमाउँदै आएकी रेखालाई प्रचण्डले पार्टी भित्राउनुका पछाडि आफ्नै कारण होलान् । प्रचण्डलाई लागेको छ कि रेखा थापा जनतामा प्रिय छिन् र उनकै कारणले पार्टीलाई आउँदो निर्वाचनमा फाइदा पक्कै हुनेछ । रेखालाई पार्टी प्रवेश गराउँदै गर्दा प्रचण्डले यो कुराको छनक पनि दिएका छन् । रेखाका केही अन्र्तवार्ता हेर्दा यी महिलाले केही गर्न सक्छिन् भन्ने लागेको प्रचण्डले बताएका छन् ।
रेखा थापालाई पार्टी प्रवेश गराउँदा सिने नगरीलाई माया गर्ने जनताको सद्भाव र साथ आफूहरुलाई आउने विश्वास प्रचण्डको छ । प्रचण्डले रेखालाई पार्टीमा उनको हैसियत र क्षमताअनुसारको जिम्मेवारी दिने बताएका छन् । यसैले पनि रेखाले प्रचण्डसँग आफ्नो निकटता बढाएको खण्डमा उनले चुनावमा टिकट नपाउलिन् भन्न पनि सकिँदैन ।
जनयुद्धकालमा कुनै खालको साथ नै नदिएकी एक नायिकालाई पार्टीमा राम्रो जिम्मेवारी दिएको खण्डमा प्रचण्डमाथि कार्यकर्ताबाट गुनासो आउन सक्छ । यसैले उनले रेखालाई स्वागत गर्दै गर्दा यो कुराबाट बच्नका लागि थापाको पृष्ठभूमि पनि केलाएका होलान् । प्रचण्डले भने,–‘रेखा थापा पञ्चायतकालमा तत्कालीन निरंकुश सरकारले हत्या गरेका कप्तान यज्ञबहादुरकी नातिनी समेत हुनुहुन्छ ।
रेखा थापालाई माओवादी पार्टीमा प्रवेश गराउँदै गर्दा प्रचण्डले दिएको यो अभिव्यक्ति कार्यकर्ताको सामु उनलाई पार्टीमा ल्याउनुको अर्थ केलाउनु थियो । चलचित्र बिकास बोर्डमा चलचित्रकर्मीहरुकै विरोधका कारण अध्यक्ष हुन नपाएपछि नायिका थापाका लागि पार्टी प्रवेशल्ऽे केही राहत र आत्मसन्तुष्टि दिएको होला । तर, नेपालकै चर्चित नायिकाको ट्याग भिरेकी रेखालाई अब माओवादीको कार्यकर्ता भएको ट्याग लाग्नेछ । सिंगो जनताकै साथ पाएकी रेखालाई अब माओवादीले हाम्री नेतृ भनेर साथ दिनेछन् भने गैर माओवादी समर्थकहरुले उनलाई कम मन पराउन थाल्नेछन् ।
अन्ततः प्रचण्ड र बाबुरामलाई दाइ र अंकलको संज्ञा दिएरै भएपनि रेखाले आफ्नो राजनीतिक करिअर सुर गरेकी छिन् । राजनीतिमा लागेर समाजसेवा गर्ने रेखाको चाहना पूरा होला या नहोला, त्यो हेर्न बाँकी छ । तर, एमाओवादीमा लागेपछि रेखाको चलचित्रको करिअर भने धरमराएको छ ।
 

प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

 

प्रतिक्रियाहरु



अरु समाचारहरु

रुचाईएका सामाग्री
ss
बेल निमन्त्रणा र शोभा यात्रा
महेशकुमार दास  महोतरी ४ कार्तिक वडा दशैंको अवसरमा महोत्तरीको विभिन्न शक्तिपीठहरुमा बेल निमन्त्रणका लागि आज शोभा यात्रा निकालेका छन् । जिल्लाको मटिहानी, जलेश्वर, पिपरा, गौशाला, रामगोपालपुर, सम्सी लगायतका ..
ss
जनकपुर उपमहानगरपालिका को आवश्यक टेलिफोन र फैक्स बन्द
धर्मराज,  १७ चैत, जनकपुर । जनकपुर उपमहानगरपालिका को अति आवश्यक टेलिफोन र फैक्स बन्द अवस्थामा रहेको छ । आग लागी बखत को बेला खबर गरिने उपमहानगरपालिका को सब भन्दा महत्वपुर्ण नम्बर ०४१५२००११ को टेलीफोन सेट खराब ..
ss
जनकपुर उपमहानगरपालिका प्रति नकारात्मक असर
धर्मराज, १८ चैत, जनकपुर ।  जनकपुर उपमहानगरपालिका ले नगरको फोहर उठाउन बन्द गरेको छ । उपमहानगरपालिका ले नगरको फोहर उठाउन बन्द गरेकोले अहिले जताजतै विभिन्न चौकमा फोहरको डुगंर जम्मा भएको छ।यस्ले गर्दा स्थानिय ..
ss
महिलाको नजरमा पुरुष सेक्स मेसिन
एजेन्सी, जनकपुर, जेठ ११, सायद धेरै महिलाले यो सोँच्दछन् की पुरुषहरु सधैँ सेक्सका लागि तयार हुन्छन् । यो मान्यता २०÷२२ वर्षको तन्नेरीको हकमा त सही हुन सक्ला तर परिपक्व उमेरका अर्थात् पाको पुरुषको हकमा गलत सावित ..
ss
मधेशमा निर्वाचनको समस्या , प्रमुख निर्वाचन आयुक्त....
धर्मराज,४ चैत्र, जनकपुर । निवौचन कार्यालय धनषाले जिल्ला प्रशाशन कार्यालय मा स्थानिय निर्वाचन बारे डाकिएको बैठक मधेशी मोर्चाले बहिष्कार गरेको छ ।स्थानिय निर्वाचन बारे र प्रतिनिधिहरु तोक्ने समबन्धमा ..
ss
१५ रानी, ३० बच्चा र १०० नौकर सहित भारत आए स्वाजीलैंड का राजा
जनकपुरखबर, कात्तिक १३ ,०७२।  नयाँ दिल्ली , भारत अफ्रीका शिखर सम्मेलन मा ५४ देशका प्रतिनिधिहरु भाग लिरहेका छन । यस्मा स्वाजीलैंड नाम गरेको गरीब देश को अमीर राजा मस्वाती तृतीय आफ्ना १५ रानी, ३० बच्चा र १०० नौकर सहित ..
अन्तर्वार्ता
ss सीमांकन बेइमान अमिनले खराब जमिनको कित्ताकाट गरे जस्तो
थारु र मधेसी मिल्दा तीन नेतालाई पीडा भएको छ----- तराई मधेस लोकतान्त्रिक पार्टीका सह-अध्यक्ष हृदयेश त्रिपाठी तार्किक नेता मानिन्छन् । संविधानको मस्यौदा एवं प्रदेशको सीमांकनलाई लिएर मधेसवादी नेतामाथि लागिरहेका ..
विचार
ss तरार्इमा चुनाव कि आन्दोलन ?
भरत लामिछाने......दोस्रो चरणको स्थानीय चुनावको मुखमा यतिबेला तराई(मधेसमा अन्यौलको वातावरण छ । एकातिर सरकारले तराईका जायज मागहरु पूरा गर्नुपर्ने दायित्व छ । अर्कातिर, सरकारको नियन्त्रण बाहिरको माग पूरा गराउन ..
ss रामेछापका बाहुन कसरी पुगे जनकपुर
विमल पोखरेल----- नेपालमा संघीय प्रदेशहरुको सीमांकन सम्वन्धी दलहरुको सहमति सार्वजनिक भएसँगै जनताहरु आ(आफ्ना प्रदेशका विशेषता, साँस्कृतिक पहिचान, आर्थिक सामथ्र्य र सम्भाब्य राजधानीको अवस्थितिलाई आधार बनाएर ..
रोचक विश्व
ss १५ रानी, ३० बच्चा र १०० नौकर सहित भारत आए स्वाजीलैंड का राजा
जनकपुरखबर, कात्तिक १३ ,०७२।  नयाँ दिल्ली , भारत अफ्रीका शिखर सम्मेलन मा ५४ देशका प्रतिनिधिहरु भाग लिरहेका छन । यस्मा स्वाजीलैंड नाम गरेको गरीब देश को अमीर राजा मस्वाती तृतीय आफ्ना १५ रानी, ३० बच्चा र १०० नौकर सहित इंडिया आएका छन ।खास कुरा के छन भने उनी १५ रानी, ३० बच्चा र १०० भन्दा अधिक नौकरहरुको साथ नयाँ दिल्ली को एक मंहगो होटलमा बसेका छन ।उनी माथी आफ्ना प्रतिनिधिमंडल का सरकारी सदस्यहरु लाई ..
ss जापान मा लिङ्ग मेला ।।
(एजेन्सी) जापानको कावासाकी शहरमा प्रत्येक वर्ष अप्रील ५ मा मनाईने लिङ्ग मेलाको आयोजना यस वर्ष पनि गरिएको छ । विश्वकै सबैभन्दा ठूलो लिङ्ग मेलाका रुपमा चर्चित सो मेलामा सबै सामानहरु पुरुष लिङ्ग जस्तै देखिने वस्तुहरु बोकेर पुरुष तथा महिलाहरु समेत सडकमा घुम्ने गर्छन् । मेलामा सहभागी महिलाहरुहरुले पुरुष लिङ्गको आकारमा बनाइएका ललिपपहरु चुस्दै खुल्लारुपले सडकमा हिंडछन । एक किवदन्ती ..
ss छालामा हुक खोपेर पार गर्र्दै १,७४७ फीट चौडाइको नदी
एजेन्सी , ट्यारोलिन ट्रेवर्स सामान्यतया पर्वतारोहण अथवा नदिहरुलाई पार गर्ने समयमा गरिन्छ । समस्या परेको बेलामा यसको उपयोग अझ बढि गरिन्छ । मात्र एउटा डोरीको सहायताले मानिसहरु गुरुत्वाकर्षणको प्रयोग गरेर एउटा अन्त्य देखि अर्को अन्त्य सम्म पुग्ने गर्दछन् । १९ औँ शताब्दिको अन्त्यमा आल्प्स श्रृंखलाको ट्यारोलिनमा यसको प्रयोग गरिएको थियो ।यसैलाई निरन्तरता दिदैँ २३ वर्षकी मारिया ..
अपिल
परमादरणीय न्यायप्रेमी तथा परिवर्तनक संवाहक जनता लोकनि ! धनुषा जील्लाक क्षेत्र नं.३अन्तर्गत प्रतिनिधि सभा सदस्य मेअपनअमुल्य मत प्रदान क हमरा विजयी बनौनिहार राजर्षी जनकक कर्मभूमि,जगदम्बा जानकी क प्रादुभाव स्निग्ध स्थली जनकपुर सहित ग्रामिण क्षेत्रक सम्पूर्ण मतदाता , बुद्धिजीवी , शिक्षक ,कलाकार ,उधोगी ,व्यवसायी ,किशान, मजदूर ,विधार्थी, युवा ,महिला,दलित,मुस्लिम आ एही निर्वाचन मे प्रत्यक्ष(अप्रत्य्क्ष सहयोग कएनिहार सम्म्स्त सहयोगी हृदय आ हाथ सभप्रति परम हर्षोल्लासक सँग हार्दिक आभार सहित धन्यवाद क रहल छी ।राजेन्द्र महतो प्रतिनिधि सभा सदस्य ,धनुषा क्षेत्र नं.३अध्य्क्ष मण्डल (सदस्य )राष्ट्रीय जनता पार्टी नेपाल