विचार
मैथिलीको छठ पत्र मिथिलाबासीलाई
Published Date : Oct 20, 2013
अरुणा उप्रेती
प्रिय मिथिलाबासीहरु!
म मैथिली मेरा पिताको घरमा बारम्बार आउन चाहेकी हुँ। जानकी मन्दिरमा मेरो पूजाआजा गर्दा तिमीहरुले रामसहित मैथिली मेरो घरमा आउ भनेको सुनेपछि लौ अब मेरो बाल्यकाल बितेको, म पुतलीझैँ उफ्रेर खेलेको हरियालीले सम्पूर्ण प्रकृति ढाकेको, मिथिला र धनुषा सम्झेर, तिजको वरिपरि लागेकी थिएँ। वर्षात्पछि मेरो प्रिय जनकपुर त सफा, हरियो होला भन्ने विचारले मेरा संगीसाथीहरुलाई पनि लिएर धनुषा टेकेकी थिएँ। म र मेरा प्रिय रामका नाममा राखेका मन्दिर राममन्दिर, मेरा पिताकेा नाममा राखिएको जनक मन्दिर, दुलाहा र दुलहीले आशीर्वाद लिने दुलादुलही मन्दिर र हनुमानको संकटमोचन मन्दिरहरु सम्झेर प्रफुल्ल भएकी थिएँ।

म सानो छँदा सखीहरुसँग मिलेर समय समयमा स्नान गर्न जाने गंगा सागर, धनुषा सागर र अगंराज सागर पनि सम्झें र त्यहाँ पनि जान्छु भनेर मनमा लिएँ तर जसोजसो जनकपुर नजिक आउन थाल्यो, एउटा नमिठो गन्ध ल्यायो। मेरो जनकपुर त हिलोको पुर भएछ। जता हिँड्न खोज्यो उतै खुट्टा गाडिए। मेरा सखीहरुले मलाई खिसी गरेर भने– 'यही हो, तिम्रो प्रिय ठाउँ। तिम्रो वचपनको बगैँचा र तिमीले भनेको हरियालीले भरिपूर्ण भएको ठाउँ?' उनीहरुको कुराले म अलमलमा परें, के भएर बिग्रेछ मेरो पिताको जनकपुर, कता गएछ विभिन्न तालको सुन्दर रूप? ताल त दुर्गन्धित भएका रहेछन्। छठ पर्वमा मैले यी तालमा उभिएर कति चोटी बिहानको सूर्यको पूजा गरेकी थिएँ। रातभरि यही ताल नजिक बसेर अनेक भजन गाएकी थिएँ। साउनको महिनामा मेहेंन्दी लगाएर छमछम ताल वरिपरि नाचेकी थिएँ।
तर अहिले त सबैजनाले मिलेर लुगा धोएको पानी पनि त्यही तालमा फाल्ने गरेको देखें, भान्छाका फोहोर र भाँडा ल्याएर तालको पानीमा धोएको, नित्यकृया गरेर शौच गरेर पानीलाई दुर्गन्धित बनाएको देखें। त्यो देखेर मेरो आँखाबाट तपक्क दुई थोपा आँसु खसेर गंगा सागरमा मिल्यो। त्यो आँसु होइन, मेरो मुटु टुक्रा टुक्रा भएर निस्केको रगत थियो। कसलाई देखाउन सक्थें र त्यो वेदना? विभिन्न मन्दिरको जीर्ण अवस्था भित्रपट्टिको फोहोर थुप्रिएको देखेर म दुःखी भएकी छु। मेरो बचपनमा हामी सबै मिलेर मन्दिर सफा गर्थ्याैं। जनक स्वयम् गएर बिहान मन्दिरको निरीक्षण गर्नुहुन्थ्यो। महारानीहरु प्रत्येक हरितालिका तीजको बेलामा रामनवमी, कृष्णाष्टमी र दीपावलीमा सबै जनालाई लिएर गई मन्दिर, पाटी पौवा कुचो लिएर सफा गर्थे। तिहारको बेलामा रमाइलो गरेर पिङ खेल्नका लागि ठूलाठूला रुखमा पिङ राख्थ्यौं र मीठा मीठा गीत गाउँदै खेल्ने ठाउँहरुमा हामी पुतलीको विवाह पनि गर्थ्याैं तर अहिले त ती रुखवरिपरि क्षेत्र दुर्गन्धित पो भएको रहेछ। मेरो मनले हरेश खायो। मेरा सखीहरुको अगाडि म लाजले पानी पानी भएँ। कसले मेरो सुन्दर स्वर्ग जस्तो जनकपुर त नर्क जस्तो पो बनाएछन्।
मन्दिरहरुमा गएपछि त्यहाँको सुगन्धित वायुले झन् प्रसन्न पार्नुपर्ने हो, आद्यात्मिकता जगाउनुपर्ने हो तर त्यसको सट्टामा मन्दिर नजिकका नालाहरुको दुर्गन्धले मेरो मनमा भएका श्रद्धाका भाव हराएर गयो। मेरो मन नै खिसि्रक्क भयो। अयोध्यादेखि लिएर भारतका कतिपय ठाउँबाट, नेपालका विभिन्न ठाउँबाट आएर तीर्थ गर्ने यो धार्मिक स्थललाई धार्मिक नगरमा विकसित गर्ने कुरा पो बुझेकी थिएँ त मैले, कहाँ गए ती ठूला ठूला योजना? कतै रामको बेलामा दुःख दिने राक्षसहरु यो सुन्दर जनकपुरलाई नर्क बनाउन त लागेका होइनन्? कतै राक्षसहरुले आफ्नो मायावी जालले सबैको मनमा यसलाई फोहोर पारिदिनुपर्छ भन्ने भावना त भरिदिएका होइनन्? यहाँका भक्तजनका मनमा धार्मिक आस्था हटेर पाप नगरी बनाउन त थालेका होइनन्?
किनभने हाम्रो पालामा पिता जनकले यस ठाउँमा बढी से बढी विद्वान्, व्यापारी आउन्, जनताको जीवनमा सुख छाओस् र कोही भोका नांगा नरहून् र आनन्दले बसून् भनेर सकेसम्म मेहनत गर्नुहुन्थ्यो। विद्वान्हरुलाई हेर्न र सुन्न हजारौं मानिस आउँथे। उनीहरुका लागि ठूलाठूला हरियो सफा चौरमा व्यवस्था गरिएको हुन्थ्यो। त्यहाँ कसैले रुखको पातको फोहोर पनि पाउँदैनथ्यो। पोखरीका पानी कलकली पिउने गर्थे दर्शक र भक्त। पोखरीहरुले मेरो जनकपुरको सौन्दर्य कसरी छर्लङ्ग बलेको थियो। जनकपुर त मिथिलाको राजधानी थियो। कति गर्व गर्थे मिथिलाबासी आफ्नो सुन्दर नगरमा। तर मैले यसपालि मिथिलाको जनकपुरमा आउँदा रोग, गरिबी, पीडा, फोहोर, अवस्थाबाहेक केही देखिनँ।
प्रकृति र रुख पूजा गर्नेहरुले न प्रकृति, न पानी न रुखको रक्षा गरेको देखें। खाली बाहिरी देखावटीका लागि हातमा मेहेन्दी र हरिया चुरा लगाएर अनेक गहनाले शृङ्गारिएका कतिपय महिलाले वरिपरि फोहोर गरेका देखें। पुरुषले पिच्च पिच्च पान थुक्दै मेरो मन्दिर वरिपरि फोहोर गरेको देखें। तथाकथित भक्तजनले मन्दिरलाई शौचालयमा परिणत गरेको देखें। यस्ता फोहोर, दुर्गन्धित, वाक्क लाग्दा मन्दिरमा आएर कसको मन भजनमा रमाउला? कसको मनमा राम मन्दिरहरुमा जान आफ्ना परिवारलाई उत्प्रेरणा देला? कठै मेरो मिथिला र मेरो जनकपुर त चिन्नै नसकिने गरी कुरूप भएछ। धुलो, हिलो, छाडा गाई र साँढेले मेरो बचपनको सुन्दर जनकपुरलाई कसरी कुरूप पारेको रहेछ भन्ने कुरा मलाई थाहा भएको भए म किन यहाँ आउथें र?
करोडौंका सामान राखेर बनाइएका मन्दिरको भव्यता फोहोरले नष्ट भएको देखेपछि मेरो मन यस नगरीमा बसिरहन मानेन। जानकी मन्दिरमा गएर आफ्ना बचपनका दिनहरुको याद गर्ने इच्छा पनि हरायो। मिथिला र जनकपुरबासी तिमीहरुले धर्मको मूल महत्त्वलाई नै बुझेका रहेनछौं। धर्मले मानव जीवनलाई आनन्दित पार्नुपर्छ। धर्मले प्रकृतिको संरक्षण गर्नुपर्छ। तालहरु सफा राखिरहनुपर्छ ताकि त्यसका पानीले सबैलाई निरोगी राखोस्। तर तिमीहरु त केवल अक्षता चढाएर र टीका लगाएर धर्म भयो भन्ठान्दा रहेछौ। अरुलाई देखाउन पूजा गर्दा रहेछौ। त्यसैले म मेरा सखीहरुलाई फिर्ता लिएर जाँदैछु। मेरो मूर्तिमा पूजा गरेर अब तिमीहरुले कुनै आशीर्वाद कसरी पाउला र? दुःखी मनले दुई थोपा आँसु मिथिलाको माटोमा चढाएर म जाँदैछु सदाका लागि। मेरो मूर्तिमा पूजा गरेर अब तिमीहरुले कुनै आशीर्वाद कसरी पाउला र?
मैथिली
स्रोत : नागरिक दैनिक
आइतबार ३ कार्तिक, २०७०


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

 

प्रतिक्रियाहरु



अरु समाचारहरु

रुचाईएका सामाग्री
ss
बेल निमन्त्रणा र शोभा यात्रा
महेशकुमार दास  महोतरी ४ कार्तिक वडा दशैंको अवसरमा महोत्तरीको विभिन्न शक्तिपीठहरुमा बेल निमन्त्रणका लागि आज शोभा यात्रा निकालेका छन् । जिल्लाको मटिहानी, जलेश्वर, पिपरा, गौशाला, रामगोपालपुर, सम्सी लगायतका ..
ss
महिलाको नजरमा पुरुष सेक्स मेसिन
एजेन्सी, जनकपुर, जेठ ११, सायद धेरै महिलाले यो सोँच्दछन् की पुरुषहरु सधैँ सेक्सका लागि तयार हुन्छन् । यो मान्यता २०÷२२ वर्षको तन्नेरीको हकमा त सही हुन सक्ला तर परिपक्व उमेरका अर्थात् पाको पुरुषको हकमा गलत सावित ..
ss
जनकपुर उपमहानगरपालिका प्रति नकारात्मक असर
धर्मराज, १८ चैत, जनकपुर ।  जनकपुर उपमहानगरपालिका ले नगरको फोहर उठाउन बन्द गरेको छ । उपमहानगरपालिका ले नगरको फोहर उठाउन बन्द गरेकोले अहिले जताजतै विभिन्न चौकमा फोहरको डुगंर जम्मा भएको छ।यस्ले गर्दा स्थानिय ..
ss
मधेशमा निर्वाचनको समस्या , प्रमुख निर्वाचन आयुक्त....
धर्मराज,४ चैत्र, जनकपुर । निवौचन कार्यालय धनषाले जिल्ला प्रशाशन कार्यालय मा स्थानिय निर्वाचन बारे डाकिएको बैठक मधेशी मोर्चाले बहिष्कार गरेको छ ।स्थानिय निर्वाचन बारे र प्रतिनिधिहरु तोक्ने समबन्धमा ..
ss
जनकपुर उपमहानगरपालिका को आवश्यक टेलिफोन र फैक्स बन्द
धर्मराज,  १७ चैत, जनकपुर । जनकपुर उपमहानगरपालिका को अति आवश्यक टेलिफोन र फैक्स बन्द अवस्थामा रहेको छ । आग लागी बखत को बेला खबर गरिने उपमहानगरपालिका को सब भन्दा महत्वपुर्ण नम्बर ०४१५२००११ को टेलीफोन सेट खराब ..
ss
१५ रानी, ३० बच्चा र १०० नौकर सहित भारत आए स्वाजीलैंड का राजा
जनकपुरखबर, कात्तिक १३ ,०७२।  नयाँ दिल्ली , भारत अफ्रीका शिखर सम्मेलन मा ५४ देशका प्रतिनिधिहरु भाग लिरहेका छन । यस्मा स्वाजीलैंड नाम गरेको गरीब देश को अमीर राजा मस्वाती तृतीय आफ्ना १५ रानी, ३० बच्चा र १०० नौकर सहित ..
अन्तर्वार्ता
ss सीमांकन बेइमान अमिनले खराब जमिनको कित्ताकाट गरे जस्तो
थारु र मधेसी मिल्दा तीन नेतालाई पीडा भएको छ----- तराई मधेस लोकतान्त्रिक पार्टीका सह-अध्यक्ष हृदयेश त्रिपाठी तार्किक नेता मानिन्छन् । संविधानको मस्यौदा एवं प्रदेशको सीमांकनलाई लिएर मधेसवादी नेतामाथि लागिरहेका ..
विचार
ss तरार्इमा चुनाव कि आन्दोलन ?
भरत लामिछाने......दोस्रो चरणको स्थानीय चुनावको मुखमा यतिबेला तराई(मधेसमा अन्यौलको वातावरण छ । एकातिर सरकारले तराईका जायज मागहरु पूरा गर्नुपर्ने दायित्व छ । अर्कातिर, सरकारको नियन्त्रण बाहिरको माग पूरा गराउन ..
ss रामेछापका बाहुन कसरी पुगे जनकपुर
विमल पोखरेल----- नेपालमा संघीय प्रदेशहरुको सीमांकन सम्वन्धी दलहरुको सहमति सार्वजनिक भएसँगै जनताहरु आ(आफ्ना प्रदेशका विशेषता, साँस्कृतिक पहिचान, आर्थिक सामथ्र्य र सम्भाब्य राजधानीको अवस्थितिलाई आधार बनाएर ..
रोचक विश्व
ss १५ रानी, ३० बच्चा र १०० नौकर सहित भारत आए स्वाजीलैंड का राजा
जनकपुरखबर, कात्तिक १३ ,०७२।  नयाँ दिल्ली , भारत अफ्रीका शिखर सम्मेलन मा ५४ देशका प्रतिनिधिहरु भाग लिरहेका छन । यस्मा स्वाजीलैंड नाम गरेको गरीब देश को अमीर राजा मस्वाती तृतीय आफ्ना १५ रानी, ३० बच्चा र १०० नौकर सहित इंडिया आएका छन ।खास कुरा के छन भने उनी १५ रानी, ३० बच्चा र १०० भन्दा अधिक नौकरहरुको साथ नयाँ दिल्ली को एक मंहगो होटलमा बसेका छन ।उनी माथी आफ्ना प्रतिनिधिमंडल का सरकारी सदस्यहरु लाई ..
ss जापान मा लिङ्ग मेला ।।
(एजेन्सी) जापानको कावासाकी शहरमा प्रत्येक वर्ष अप्रील ५ मा मनाईने लिङ्ग मेलाको आयोजना यस वर्ष पनि गरिएको छ । विश्वकै सबैभन्दा ठूलो लिङ्ग मेलाका रुपमा चर्चित सो मेलामा सबै सामानहरु पुरुष लिङ्ग जस्तै देखिने वस्तुहरु बोकेर पुरुष तथा महिलाहरु समेत सडकमा घुम्ने गर्छन् । मेलामा सहभागी महिलाहरुहरुले पुरुष लिङ्गको आकारमा बनाइएका ललिपपहरु चुस्दै खुल्लारुपले सडकमा हिंडछन । एक किवदन्ती ..
ss छालामा हुक खोपेर पार गर्र्दै १,७४७ फीट चौडाइको नदी
एजेन्सी , ट्यारोलिन ट्रेवर्स सामान्यतया पर्वतारोहण अथवा नदिहरुलाई पार गर्ने समयमा गरिन्छ । समस्या परेको बेलामा यसको उपयोग अझ बढि गरिन्छ । मात्र एउटा डोरीको सहायताले मानिसहरु गुरुत्वाकर्षणको प्रयोग गरेर एउटा अन्त्य देखि अर्को अन्त्य सम्म पुग्ने गर्दछन् । १९ औँ शताब्दिको अन्त्यमा आल्प्स श्रृंखलाको ट्यारोलिनमा यसको प्रयोग गरिएको थियो ।यसैलाई निरन्तरता दिदैँ २३ वर्षकी मारिया ..
अपिल