स्वास्थ्य र यौन
मस्तिष्कलाई फाइदा पुर्याउने दौड
Published Date : May 26, 2014
एजेन्सी , मुटु स्वस्थ राख्ने व्यायामले मस्तिष्कलाई फाइदा पुर्याएको छ । एउटा अमेरिकी अध्ययनले २० देखि ३० वर्षको उमेरमा नियमित दौडने लगायतका व्यायाम गरे । त्यसपछिका थुप्रै वर्षसम्म मानिसहरुको मस्तिष्कलाई स्वस्थ राख्न सहयोग पुर्याएको देखिन्छ । मुटुलाई तन्दरुस्त राख्ने व्यायामहरु जस्तै दौडने , साइकल चलाउने र पौडिने गर्दा २० वर्षसम्म पनि त्यसले सोच्ने शैली र स्मरण शक्तिलाई फाइदा पुर्याउने ठानिएको छ ।
न्यरोलोजी नामक जर्नलमा प्रकाशित अनुसन्धानले मुटुको स्वास्थ्य राम्रो भए मस्तिष्कलाई पनि त्यसले फाइदा पुर्याउने प्रमाणलाई बल पुर्याएको वैज्ञानिकहरुले बताएका छन् । व्यायामका दौरान शरीरले कति राम्रो ढंगले अक्सिजन लिन सक्छ र मांसपेशीहरुमा सञ्चार गर्न सक्छ । त्यसले मुटुको तन्दुरुस्ती निर्धारण गर्छ । मिन्नेसोटा विश्वविद्यालयका अनुसन्धानकर्ताहरुले औसतमा २५ वर्ष उमेर भएका ३ हजार स्वस्थ मानिसहरुमा उक्त परीक्षण गरेका थिए । यो एउटा महत्वपूर्ण अध्ययन हो । जसले युवाहरुलाई के कुरा सम्झाएको छ भने दौडने, पौडी खेल्ने, साइकल चलाउने तथा मुटु स्वस्थ राख्ने अन्य उपायहरुले मस्तिष्कलाई फाइदा पुर्याउँदछ । डा.डेभिड ज्याकोब्स, अध्ययनका लेखक हुन् उनका अनुसार–उनीहरुले अध्ययनको पहिलो वर्ष दौडन मिल्ने एक खालको मेसिन ट्रडिमिलमा मानिसहरुलाई दौडाएर परीक्षण गरेका थिए । २० वर्षपछि त्यो प्रक्रिया फेरि दोहोर्याएर तुलना गरेका थिए । ती मानिसहरुलाई श्वाँस लिन अप्ठ्यारो हुनु अघि सम्म जति दौडन सकिन्छ त्यति दौडिन भनिएको थियो । अध्ययन सुरु भएको २५ वर्षपछि उनीहरुको स्मरण शक्ति र सोच्ने शैली मापन गर्न ज्ञान सम्बन्धी परीक्षणहरु पनि लिइएको थियो । धूम्रपान ,उच्च कोलेस्टोरेल तथा मधुमेह जस्ता पक्षलाई पनि समेट्दा समेत ट्रडिमिलमा लामो समय सम्म दौडने मानिसले स्मरण शक्ति र सोच्ने शैलीसम्बन्धी परीक्षणहरुमा राम्रो गरेको देखिएको छ ।डा. डेभिड ज्याकोब्सका अनुसार धेरै अध्ययनहरुले मुटु स्वस्थ भए त्यसले मस्तिष्कलाई फाइदा पुर्याउने देखाएका छन् । यो अति नै महत्वपूर्ण अध्ययन हो, जसले युवाहरुलाई के कुरा सम्झाएको छ भने दौडने, पौडी खेल्ने, साइकल चलाउने तथा मुटु स्वस्थ राख्ने अन्य उपायहरुले मस्तिष्कलाई फाइदा पर्ुयाउँदछ । डा. ज्याकोब्सले स्वास्थ्यको सामाजिक, भौतिक तथा मानसिक पक्षहरुलाई समेट्ने पूर्ण तन्दुरुस्तीको अवधारणा विकास भएको पनि बताए । अल्जाइमर्स समाजकी एक जना प्रवक्ताले ज्ञान तथा स्मरण शक्ति घट्ने खतरालाई नियमित व्यायामले कम गर्ने दरो प्रमाणहरु देखिएका छन् ।  

प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

 

प्रतिक्रियाहरु



अरु समाचारहरु

रुचाईएका सामाग्री
ss
बेल निमन्त्रणा र शोभा यात्रा
महेशकुमार दास  महोतरी ४ कार्तिक वडा दशैंको अवसरमा महोत्तरीको विभिन्न शक्तिपीठहरुमा बेल निमन्त्रणका लागि आज शोभा यात्रा निकालेका छन् । जिल्लाको मटिहानी, जलेश्वर, पिपरा, गौशाला, रामगोपालपुर, सम्सी लगायतका ..
ss
महिलाको नजरमा पुरुष सेक्स मेसिन
एजेन्सी, जनकपुर, जेठ ११, सायद धेरै महिलाले यो सोँच्दछन् की पुरुषहरु सधैँ सेक्सका लागि तयार हुन्छन् । यो मान्यता २०÷२२ वर्षको तन्नेरीको हकमा त सही हुन सक्ला तर परिपक्व उमेरका अर्थात् पाको पुरुषको हकमा गलत सावित ..
ss
जनकपुर उपमहानगरपालिका प्रति नकारात्मक असर
धर्मराज, १८ चैत, जनकपुर ।  जनकपुर उपमहानगरपालिका ले नगरको फोहर उठाउन बन्द गरेको छ । उपमहानगरपालिका ले नगरको फोहर उठाउन बन्द गरेकोले अहिले जताजतै विभिन्न चौकमा फोहरको डुगंर जम्मा भएको छ।यस्ले गर्दा स्थानिय ..
ss
मधेशमा निर्वाचनको समस्या , प्रमुख निर्वाचन आयुक्त....
धर्मराज,४ चैत्र, जनकपुर । निवौचन कार्यालय धनषाले जिल्ला प्रशाशन कार्यालय मा स्थानिय निर्वाचन बारे डाकिएको बैठक मधेशी मोर्चाले बहिष्कार गरेको छ ।स्थानिय निर्वाचन बारे र प्रतिनिधिहरु तोक्ने समबन्धमा ..
ss
जनकपुर उपमहानगरपालिका को आवश्यक टेलिफोन र फैक्स बन्द
धर्मराज,  १७ चैत, जनकपुर । जनकपुर उपमहानगरपालिका को अति आवश्यक टेलिफोन र फैक्स बन्द अवस्थामा रहेको छ । आग लागी बखत को बेला खबर गरिने उपमहानगरपालिका को सब भन्दा महत्वपुर्ण नम्बर ०४१५२००११ को टेलीफोन सेट खराब ..
ss
१५ रानी, ३० बच्चा र १०० नौकर सहित भारत आए स्वाजीलैंड का राजा
जनकपुरखबर, कात्तिक १३ ,०७२।  नयाँ दिल्ली , भारत अफ्रीका शिखर सम्मेलन मा ५४ देशका प्रतिनिधिहरु भाग लिरहेका छन । यस्मा स्वाजीलैंड नाम गरेको गरीब देश को अमीर राजा मस्वाती तृतीय आफ्ना १५ रानी, ३० बच्चा र १०० नौकर सहित ..
अन्तर्वार्ता
ss सीमांकन बेइमान अमिनले खराब जमिनको कित्ताकाट गरे जस्तो
थारु र मधेसी मिल्दा तीन नेतालाई पीडा भएको छ----- तराई मधेस लोकतान्त्रिक पार्टीका सह-अध्यक्ष हृदयेश त्रिपाठी तार्किक नेता मानिन्छन् । संविधानको मस्यौदा एवं प्रदेशको सीमांकनलाई लिएर मधेसवादी नेतामाथि लागिरहेका ..
विचार
ss तरार्इमा चुनाव कि आन्दोलन ?
भरत लामिछाने......दोस्रो चरणको स्थानीय चुनावको मुखमा यतिबेला तराई(मधेसमा अन्यौलको वातावरण छ । एकातिर सरकारले तराईका जायज मागहरु पूरा गर्नुपर्ने दायित्व छ । अर्कातिर, सरकारको नियन्त्रण बाहिरको माग पूरा गराउन ..
ss रामेछापका बाहुन कसरी पुगे जनकपुर
विमल पोखरेल----- नेपालमा संघीय प्रदेशहरुको सीमांकन सम्वन्धी दलहरुको सहमति सार्वजनिक भएसँगै जनताहरु आ(आफ्ना प्रदेशका विशेषता, साँस्कृतिक पहिचान, आर्थिक सामथ्र्य र सम्भाब्य राजधानीको अवस्थितिलाई आधार बनाएर ..
रोचक विश्व
ss १५ रानी, ३० बच्चा र १०० नौकर सहित भारत आए स्वाजीलैंड का राजा
जनकपुरखबर, कात्तिक १३ ,०७२।  नयाँ दिल्ली , भारत अफ्रीका शिखर सम्मेलन मा ५४ देशका प्रतिनिधिहरु भाग लिरहेका छन । यस्मा स्वाजीलैंड नाम गरेको गरीब देश को अमीर राजा मस्वाती तृतीय आफ्ना १५ रानी, ३० बच्चा र १०० नौकर सहित इंडिया आएका छन ।खास कुरा के छन भने उनी १५ रानी, ३० बच्चा र १०० भन्दा अधिक नौकरहरुको साथ नयाँ दिल्ली को एक मंहगो होटलमा बसेका छन ।उनी माथी आफ्ना प्रतिनिधिमंडल का सरकारी सदस्यहरु लाई ..
ss जापान मा लिङ्ग मेला ।।
(एजेन्सी) जापानको कावासाकी शहरमा प्रत्येक वर्ष अप्रील ५ मा मनाईने लिङ्ग मेलाको आयोजना यस वर्ष पनि गरिएको छ । विश्वकै सबैभन्दा ठूलो लिङ्ग मेलाका रुपमा चर्चित सो मेलामा सबै सामानहरु पुरुष लिङ्ग जस्तै देखिने वस्तुहरु बोकेर पुरुष तथा महिलाहरु समेत सडकमा घुम्ने गर्छन् । मेलामा सहभागी महिलाहरुहरुले पुरुष लिङ्गको आकारमा बनाइएका ललिपपहरु चुस्दै खुल्लारुपले सडकमा हिंडछन । एक किवदन्ती ..
ss छालामा हुक खोपेर पार गर्र्दै १,७४७ फीट चौडाइको नदी
एजेन्सी , ट्यारोलिन ट्रेवर्स सामान्यतया पर्वतारोहण अथवा नदिहरुलाई पार गर्ने समयमा गरिन्छ । समस्या परेको बेलामा यसको उपयोग अझ बढि गरिन्छ । मात्र एउटा डोरीको सहायताले मानिसहरु गुरुत्वाकर्षणको प्रयोग गरेर एउटा अन्त्य देखि अर्को अन्त्य सम्म पुग्ने गर्दछन् । १९ औँ शताब्दिको अन्त्यमा आल्प्स श्रृंखलाको ट्यारोलिनमा यसको प्रयोग गरिएको थियो ।यसैलाई निरन्तरता दिदैँ २३ वर्षकी मारिया ..
अपिल