विचार
रामेछापका बाहुन कसरी पुगे जनकपुर
Published Date : Aug 18, 2015
विमल पोखरेल-----
नेपालमा संघीय प्रदेशहरुको सीमांकन सम्वन्धी दलहरुको सहमति सार्वजनिक भएसँगै जनताहरु आ(आफ्ना प्रदेशका विशेषता, साँस्कृतिक पहिचान, आर्थिक सामथ्र्य र सम्भाब्य राजधानीको अवस्थितिलाई आधार बनाएर अनेकन क्रिया प्रतिक्रियामा ब्यस्त छन् ।
मधेस प्रदेशका समस्या ---
खासगरी प्रदेश २ को सीमांकनले समग्र मधेसी नागरिकहरुलाई अरुको तुलनामा अलि बढी नै झस्काएको प्रष्ट हुन्छ । जब मधेसवादी दलका नेताहरुकै माग वमोजिम २ नं। प्रदेशको संरचना तयार भयो, त्यतिवेला मात्र आम मधेसी जनताको आँखा खुल्न पुग्यो कि एकात्मक समाज र समथर भुभागको पट्यारलाग्दो प्रदेशले आर्थिक समृद्धि दिनै सक्दैन । प्रदेशको यस्तो संरचनाले प्राकृतिक स्रोतहरुको पहुँच नपाउने तथ्य त प्रष्ट छँदैछ, त्यसमाथि दैनिक उपभोग्य वस्तुको प्राप्तिमा समेत अन्तरनिर्भरताको अभाव खड्किने अवस्था छ । २ नं। प्रदेशमा उल्लेखनीय ठूला खोलानाला नहुँदा यसले विद्युत र पानीको प्राप्तिमा अन्य प्रदेश सरकारसँग समस्या झेल्नुपर्ने हुन सक्छ ।एकात्मक समाजले गर्दा वाह्य आकर्षण स्वाट्ठै घट्ने छ अन्ततः यो भूभाग वाँकी प्रदेशहरुका अगाडि विचरा भन्न लायक हुनसक्छ । यो सबै चिज परिणाममा देखिने वेलासम्म यस क्षेत्रका जनताले ठूलै सास्ती ब्यहोरिसकेका हुने छन् । यदि यही सीमांकन कायम रहेमा प्रदेश नं। २ प्रशासनिक र राजनैतिक भ्रष्टाचारको खरो अखडा पनि बन्ने छ । यसखालको प्रदेशमा राजस्वका स्रोतहरु समेत न्यून हुनेछन् । नेता र प्रशासन भ्रष्ट भएको अवस्थामा जनतालाई कर तिर्न उत्प्रेरणा हुने छैन ।आजकोभन्दा पहाड मधेसको विभेद अझै वढेर गयो भने यहाँ बसिरहेका अन्य समूदायका मानिसहरु क्रमशः अरु नै प्रदेशतर्फ बसाइँ सरेर जानेछन् । अनि समाजमा विविधता कमजोर भएर माग घटेपछि घरजग्गाको मूल्य तिब्र दरमा घट्ने छ । जनताका उत्पादनको विक्री वितरणमा कमी आउने छ । यस्तो प्रदेशको सरकारले साधारण खर्च धान्न नसकेर अन्य प्रदेशमा गरिने निकासीमाथि करका दर बढायो भने बाहिरी प्रदेशले समेत यहाँको उत्पादन किन्न छोड्नेछ । एकात्मक समाजको प्रतिछायामा उद्योगी र ब्यापारीहरु समेत विकषिर्त हुनेछन् । विगतकै उदाहरणलाई हेर्ने हो भने राजविराजमा खोलिएको औद्योगिक क्षेत्र किन बन्द अवस्थामा पुग्यो रु जनकपुरको विमानस्थल किन प्रभावकारी हुन सकेन रु मलंगवा, गौर वा कलैयाका बजारहरु किन सुक्दै गए रु यहि स्थिति रहे अहिलेको वीरगञ्ज कोरिडरको आर्थिक गतिविधि समेत केही वर्षमा कमजोर हुने सम्भावना छ । मधेस प्रदेश वाह्य समाजप्रति जति असहिष्णु बन्दै जान्छ, त्यहाँ अन्यत्रका मानिसहरुको आवत जावत घटेर होटेल ब्यवसाय समेत कमजोर हुनेछ । जहाँ बाहिरी दुनियाँप्रति आत्मीयता हुँदैन, त्यस्तो भूभागमा तीर्थयात्रीको ओहोर(दोहोर कम भएका उदाहरण संसारभर देखिन्छन् । यस अवस्थामा मधेसवादी नेताहरुले भनेजस्तो जानकी मन्दिरमा भेटी चढाउनेको संख्या समेत हिजोको भन्दा कम हुनेछ । एकात्मक समाजमा बसेर आफ्ना सन्तानको समृद्धि हुँदैन भन्ने कुरा मधेसका वुद्धिजिवीहरुले बुझिसकेका छन् । उनीहरु आज सरकारी आरक्षण, सरकारी जागिर, केन्द्रीय सत्ताको हिस्सेदारी जस्ता क्षणिक स्वार्थका लागि मात्र बुझीबुझी मधेस प्रदेशको नारामा साथ दिइरहेका हुन् । बेथिति मौलाउदै जाँदा स्वयं मधेसी संभ्रान्तहरु समेत प्रदेश २ को बसाइबाट क्रमशः भाग्नेछन्, जसले गर्दा दक्ष मानव संशाधनको उपलब्धतामा समेत कमी हुने सम्भावना छ ।अलग्गै मधेस प्रदेशका योजनाकारहरु अधिकांशको घरबार काठमाण्डौं या विदेशमा जमिसकेको छ । तर, मधेसकै भूमिमा स्थायी वसोबास गर्नेहरुलाई अलग मधेशले निरीह र कमजोर बनाउन थालिसकेको छ । एकात्मक समाजको पहिलो मार मधेसका स्थानीय ब्यापारीहरुलाई परिसकेको छ । बाहिरी दुनियाँको आउजाउ कम हुँदा लहानका फेन्सी पसल बन्द भए, जनकपुरको होटेल ब्यवसाय कमजोर भयो, जलेश्वर र मलंगवामा घरघडेरीको भाऊ घटेर रातारात मानिसहरुको आर्थिक हैसियत खस्कियो । यति हुँदासम्म त्यहाँका मानिसहरुको घैंटोमा थोर बहुत घाम लागेको होला, नत्र भने अबका १(२ वर्षमा भ्रमको घैंटो फुट्नेमा शंका छैन ।आर्थिक विकास र समृद्धिका प्रमुख आधार भनेको मिश्रति समाज हो । बाह्य दुनियाँप्रति उदार भएर मात्र उद्योग, ब्यापार, शिक्षा र संस्कृतिको उन्नति हुनेछ । यसका लागि नेपालको सन्दर्भमा प्रशासनिक र विकासका दृष्टिले पनि पहाड तराई अन्तरसम्बन्ध अनिवार्य शर्त हो ।
केही दृष्टान्तहरु-----
निकटको इतिहासलाई मात्र हेरौं, वीरगञ्जमा काठमाण्डौंका नेवारहरुको यत्रो संख्या कसरी पुग्यो रु भैरहवा बुटवलमा मुस्ताङका थकालीहरु कसरी जम्न पुगे रु जनकपुरमा रामेछापका ब्राम्हणहरु कसरी उछिटिएर पुगे रु अनि तत् शहरहरुको आर्थिक विकासमा आगन्तुकहरु कसरी सक्रिय भए रु उपरोक्त प्रश्नहरुको उत्तर नै अन्तर भौगोलिक अन्तरक्रिया मार्फत आर्थिक विकासको उपलब्धी हो ।आज नेपालगञ्जका बासिन्दाले कणरली र भेरीका पहाडी भेगहरु आफ्नो प्रदेश राख्नु आवश्यक ठानेका छैनन् । तर, यसको प्रत्यक्ष असर संघीय नेपालमा नेपालगञ्जले आफ्नो ब्यापारमा काफी मन्दी खेपेर मूल्य चुकाउनुपर्नेछ ।भेरी कर्णालीका जिल्लाहरु पहाडको छुट्टै प्रदेशमा पुगेपछि त्यहाँका मानिसहरुले विस्तारै नेपालगञ्जको आफ्नो रासोबासोलाई अन्यत्रै सार्नेछन् ।यार्चागुम्बाका चाइनिज ब्यापारी नेपालगञ्जको सट्टा धनगढी वा सुर्खेत पुग्न नसक्ने के छ र रु केही वर्षभित्र नेपालगञ्ज एअरपोर्टको विकल्प अन्यत्रै खडा हुने छ । फलस्वरुप त्यहाँको होटेल ब्यवसायमा भारी गिरावट आउने प्रष्ट छ ।
नेपालगञ्जमा यत्रतत्र खडा भएका दातृनिकायका अफिसहरु हाम्रा मायाले बसेका हैनन् भन्ने यथार्थ नेपालगञ्जवासीले राम्ररी बुझेको खण्डमा मात्र यिनीहरु भेरी र कर्णालीको पहाडसगै आफ्नो प्रदेशको सीमांकन गर्नुपर्ने मागमा पुग्नेछन् ।मध्यपश्चिमको पहाड र तराई मिलेर मात्र त्यहाँको विकास सम्भव छ, अनिमात्र नेपालगञ्ज, सुर्खेत र जुम्लाको त्रिकोणीय एवं प्रतिश्पर्धी विकास हुनेछ ।आज पनि वीरगञ्ज पथलैया क्षेत्रको उत्पादन खपत हुने वजार काठमाण्डौं हो । प्रादेशिक विभाजनमा यदि वीरगञ्ज काठमाण्डौंबाट छुट्टियो भने त्यसको प्रत्यक्ष असर त्यहाँको आर्थिक गतिविधिमा तुरुन्तै पर्नेछ । काठमाण्डौंले चितवनको चुरे क्षेत्रबाट वा आफ्नै प्रदेशको सीमाबाट भारतसँगको ब्यापारका लागि प्रयास गर्नेछ । काठमाण्डौंको ब्यापारमा दोस्रो विकल्पका रुपमा भैरहवाको उपयोग हुनेछ किनकि भैरहवाले बहुसांस्कृतिक समाजलाई स्वीकार गरिसकेको छ ।यसर्थ वीरगञ्जको सम्वृद्धि काठमाण्डौंसँगको ब्यापारिक सम्वन्धमा अडेको छ, जसको निरन्तरता यी दुबै शहर एउटै प्रदेशमा रहेमा मात्र सम्भव हुनेछ । अन्तराष्ट्रिय विमानस्थल, पेट्रोलियम पाइपलाइन, काठमाण्डौं तराई द्रुतमार्ग, काठमाण्डौं हेटौंडा सुरुङमार्ग यी सवै प्रस्तावित पूर्वाधार तथा ऐतिहाँसिक अमलेखगञ्ज भीमफेदी सडक, त्रिभुवन राजपथ आदिका सम्वन्धले गर्दा पनि काठमाण्डौंसँग वीरगञ्ज जोडिनै पर्छ । यसका लागि साविकको पर्सा र बारा जिल्ला मध्य प्रदेशमा राहनु वाञ्छनीय छ ।
सम्वृद्ध प्रदेश बन्ने सम्भावना-----
अब रह्यो मध्य तराईका जिल्लाहरुको सन्दर्भ । विगतमा जनकपुर अञ्चलको पहाड तराई सांस्कृतिक अन्तरक्रिया तथा उत्तर(दक्षिण ब्यापार अन्यन्त कमजोर थियो । तर, आज सुनकोशी पुलको निर्माणले जनकपुरबाट ६ घण्टाको आरामदायी यात्रामा हिमाली शहर चरिकोट पुगिन्छ । जनकपुरबाट मिर्चैया कटारी हुँदै ७ घण्टामा सोलु(सल्लेरी पुगिन्छ । यस सन्दर्भमा अब मध्य तराई पहाडसँग मिलेर प्रदेशको सीमांकन गरिएमा आर्थिक सामथ्र्य अन्य क्षेत्रको भन्दा कम हुने छैन भन्ने देखिन्छ । यसका लागि मध्य तराईका ५ वटा जिल्लाहरु रौतहट, सर्लाही, महोत्तरी, धनुषा र सिरहालाई पहाडका सिन्धुली, रामेछाप, दोलखा, आखलढुंगा, सोलुखुम्बु र उदयपुरको पश्चिमी कटारी घुर्मी बेल्टलाई समेत जोडेर प्रदेश निर्माण गर्न सकेको खण्डमा भरपुर सामथ्र्य र मिश्रति समाजको स्थापना हुनेछ ।यस प्रदेशको राजधानी सिन्धुलीको भित्रीमधेश क्षेत्रमा कायम गरिएमा प्रस्तावित प्रदेशभित्रका सबै जिल्लाहरु दुरी र पहुँचका हिसाबले लाभान्वित हुनेछन् । दक्षिणको समथर मैदानमा सोलुखुम्बुको पर्यटन र दोलखा र रामेछापको जलस्रोत मिसाउन सक्यो भने यस प्रदेशले विकासमा रोमाञ्चकारी फड्को मार्ने छ ।यस्तो भएमा रामेछाप र ओखलढुंगाले ट्रान्जिट ब्यापारको भरपुर फाइदा उठाउने छन् । हिमालसँग जोडिएका दोलखा र सोलुखुम्बुलाई पनि यस्तो संरचनाले पर्याप्त लाभ प्रदान गर्नेछ । यसको पहिलो फाइदा राजधानी काठमाण्डौं माथिको अधिक निर्भरतालाई घटाउने छ भने दक्षिण तर्फबाट आन्तरिक एवं भारतीय पर्यटकहरुको प्रवाहमा ब्यापक वृद्धि हुनेछ ।भिट्टामोडदेखि जलेश्वर बर्दिबास मन्थली हुँदै उत्तरी सिमाना लामाबगरबाट चीनको सीमानासम्मको अन्तरदेशीय ब्यापारको फाइदा उल्लेख्य हुनेछ । किनकि यो प्रदेशको विकासको लाइफलाइन नै यो कोरिडर बन्न पुग्ने छ ।सल्लेरी र चरिकोटले उत्तरी क्षेत्रको प्रशासनिक एवं पर्यटकीय केन्द्रको भूमिका अझै सशक्त ढंगले निभाउनेछन् । यसै पनि ४० वर्षअघि पक्की सडकले जोडिएर विकासमा फड्को मारिसकेको दोलखा अनि संसारमै पर्यटनका दृष्टिले प्रसिद्धि कमाएको सोलुखुम्बुले अबका दिनमा तराईका जिल्लाहरुप्रति शंकाको भावले हेर्नु हुँदैन ।अबका दिनमा यी जिल्लाहरुको दायित्व आफ्ना लागि विकासको याचना गर्ने हैन, गरिवी र सामाजिक पछौटेपनमा पिल्सिएका मध्य तराईका असंख्य वस्तीहरुलाई विकासको उन्नत विधि सिकाउने हुनुपर्दछ ।उपरोक्त तथ्यहरुमा आधारित रहेर हेर्दा साविकको प्रस्ताव मध्ये प्रदेश नं। १ मा तराईको सप्तरी जिल्ला थपिएर सोलुखुम्बु र ओखलढुंगा हट्ने, प्रदेश २ मा सप्तरी, बारा र पर्सा हटेर सोलु, ओखलढुंगा, सिन्धुली, रामेछाप र दोलखा थपिने, प्रदेश ३ मा रामेछाप, सिन्धुली, दोलखा र चितवन हटेर पर्सा र बारा थपिने, प्रदेश ४ मा चितवन थपिने गरी प्रदेशहरुको पुनसीमांकन गर्न सकेको खण्डमा मध्य तराईमा भूगोल, जनसंख्या र आर्थिक सामथ्र्यको समानुपातिक उपलब्धता हुनेछ ।

साभार (अनलाइनखबर )२०७२ साउन ३२ गते मा प्रकाशित
 

प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

 

प्रतिक्रियाहरु



अरु समाचारहरु

रुचाईएका सामाग्री
ss
बेल निमन्त्रणा र शोभा यात्रा
महेशकुमार दास  महोतरी ४ कार्तिक वडा दशैंको अवसरमा महोत्तरीको विभिन्न शक्तिपीठहरुमा बेल निमन्त्रणका लागि आज शोभा यात्रा निकालेका छन् । जिल्लाको मटिहानी, जलेश्वर, पिपरा, गौशाला, रामगोपालपुर, सम्सी लगायतका ..
ss
महिलाको नजरमा पुरुष सेक्स मेसिन
एजेन्सी, जनकपुर, जेठ ११, सायद धेरै महिलाले यो सोँच्दछन् की पुरुषहरु सधैँ सेक्सका लागि तयार हुन्छन् । यो मान्यता २०÷२२ वर्षको तन्नेरीको हकमा त सही हुन सक्ला तर परिपक्व उमेरका अर्थात् पाको पुरुषको हकमा गलत सावित ..
ss
जनकपुर उपमहानगरपालिका प्रति नकारात्मक असर
धर्मराज, १८ चैत, जनकपुर ।  जनकपुर उपमहानगरपालिका ले नगरको फोहर उठाउन बन्द गरेको छ । उपमहानगरपालिका ले नगरको फोहर उठाउन बन्द गरेकोले अहिले जताजतै विभिन्न चौकमा फोहरको डुगंर जम्मा भएको छ।यस्ले गर्दा स्थानिय ..
ss
मधेशमा निर्वाचनको समस्या , प्रमुख निर्वाचन आयुक्त....
धर्मराज,४ चैत्र, जनकपुर । निवौचन कार्यालय धनषाले जिल्ला प्रशाशन कार्यालय मा स्थानिय निर्वाचन बारे डाकिएको बैठक मधेशी मोर्चाले बहिष्कार गरेको छ ।स्थानिय निर्वाचन बारे र प्रतिनिधिहरु तोक्ने समबन्धमा ..
ss
जनकपुर उपमहानगरपालिका को आवश्यक टेलिफोन र फैक्स बन्द
धर्मराज,  १७ चैत, जनकपुर । जनकपुर उपमहानगरपालिका को अति आवश्यक टेलिफोन र फैक्स बन्द अवस्थामा रहेको छ । आग लागी बखत को बेला खबर गरिने उपमहानगरपालिका को सब भन्दा महत्वपुर्ण नम्बर ०४१५२००११ को टेलीफोन सेट खराब ..
ss
१५ रानी, ३० बच्चा र १०० नौकर सहित भारत आए स्वाजीलैंड का राजा
जनकपुरखबर, कात्तिक १३ ,०७२।  नयाँ दिल्ली , भारत अफ्रीका शिखर सम्मेलन मा ५४ देशका प्रतिनिधिहरु भाग लिरहेका छन । यस्मा स्वाजीलैंड नाम गरेको गरीब देश को अमीर राजा मस्वाती तृतीय आफ्ना १५ रानी, ३० बच्चा र १०० नौकर सहित ..
अन्तर्वार्ता
ss सीमांकन बेइमान अमिनले खराब जमिनको कित्ताकाट गरे जस्तो
थारु र मधेसी मिल्दा तीन नेतालाई पीडा भएको छ----- तराई मधेस लोकतान्त्रिक पार्टीका सह-अध्यक्ष हृदयेश त्रिपाठी तार्किक नेता मानिन्छन् । संविधानको मस्यौदा एवं प्रदेशको सीमांकनलाई लिएर मधेसवादी नेतामाथि लागिरहेका ..
विचार
ss तरार्इमा चुनाव कि आन्दोलन ?
भरत लामिछाने......दोस्रो चरणको स्थानीय चुनावको मुखमा यतिबेला तराई(मधेसमा अन्यौलको वातावरण छ । एकातिर सरकारले तराईका जायज मागहरु पूरा गर्नुपर्ने दायित्व छ । अर्कातिर, सरकारको नियन्त्रण बाहिरको माग पूरा गराउन ..
ss रामेछापका बाहुन कसरी पुगे जनकपुर
विमल पोखरेल----- नेपालमा संघीय प्रदेशहरुको सीमांकन सम्वन्धी दलहरुको सहमति सार्वजनिक भएसँगै जनताहरु आ(आफ्ना प्रदेशका विशेषता, साँस्कृतिक पहिचान, आर्थिक सामथ्र्य र सम्भाब्य राजधानीको अवस्थितिलाई आधार बनाएर ..
रोचक विश्व
ss १५ रानी, ३० बच्चा र १०० नौकर सहित भारत आए स्वाजीलैंड का राजा
जनकपुरखबर, कात्तिक १३ ,०७२।  नयाँ दिल्ली , भारत अफ्रीका शिखर सम्मेलन मा ५४ देशका प्रतिनिधिहरु भाग लिरहेका छन । यस्मा स्वाजीलैंड नाम गरेको गरीब देश को अमीर राजा मस्वाती तृतीय आफ्ना १५ रानी, ३० बच्चा र १०० नौकर सहित इंडिया आएका छन ।खास कुरा के छन भने उनी १५ रानी, ३० बच्चा र १०० भन्दा अधिक नौकरहरुको साथ नयाँ दिल्ली को एक मंहगो होटलमा बसेका छन ।उनी माथी आफ्ना प्रतिनिधिमंडल का सरकारी सदस्यहरु लाई ..
ss जापान मा लिङ्ग मेला ।।
(एजेन्सी) जापानको कावासाकी शहरमा प्रत्येक वर्ष अप्रील ५ मा मनाईने लिङ्ग मेलाको आयोजना यस वर्ष पनि गरिएको छ । विश्वकै सबैभन्दा ठूलो लिङ्ग मेलाका रुपमा चर्चित सो मेलामा सबै सामानहरु पुरुष लिङ्ग जस्तै देखिने वस्तुहरु बोकेर पुरुष तथा महिलाहरु समेत सडकमा घुम्ने गर्छन् । मेलामा सहभागी महिलाहरुहरुले पुरुष लिङ्गको आकारमा बनाइएका ललिपपहरु चुस्दै खुल्लारुपले सडकमा हिंडछन । एक किवदन्ती ..
ss छालामा हुक खोपेर पार गर्र्दै १,७४७ फीट चौडाइको नदी
एजेन्सी , ट्यारोलिन ट्रेवर्स सामान्यतया पर्वतारोहण अथवा नदिहरुलाई पार गर्ने समयमा गरिन्छ । समस्या परेको बेलामा यसको उपयोग अझ बढि गरिन्छ । मात्र एउटा डोरीको सहायताले मानिसहरु गुरुत्वाकर्षणको प्रयोग गरेर एउटा अन्त्य देखि अर्को अन्त्य सम्म पुग्ने गर्दछन् । १९ औँ शताब्दिको अन्त्यमा आल्प्स श्रृंखलाको ट्यारोलिनमा यसको प्रयोग गरिएको थियो ।यसैलाई निरन्तरता दिदैँ २३ वर्षकी मारिया ..
अपिल