स्थानिय
संचारउद्यमी हत्या काण्डका योजनाकार चनरदिप सार्वजनिक
Published Date : Mar 31, 2016
 आशिषकुमार,
जनकपुर,चैत्र १८।

सञ्चार उद्यमी अरुण सिंघानीयाको हत्याका साथै पछिल्लो समयमा जनतान्त्रिक टाईगर जनशक्ति पार्टीको नाउँमा धनुषा,सिरहा सप्तरी लगायत तराईका विभिन्न जिल्लाहरुमा  भुमीगत समुह संचालन गरी हत्या हिंसा,चन्दा असुली,जस्ता अनेक अपराधिक गतिविधि संचालन गर्दै आएका धनुषाको गणेशमान चारनाथ नगरपालिका २ बस्ने ३६ वर्षीय जनतान्त्रिक टाईगर जनशक्ति पार्टीका अध्यक्ष धर्ती सिंह भनिने चनरदीप यादव लाई पार्टीको सहयोगी तथा प्रेमिका कल्याणी देवी यादव सहितलाई धनुषा प्रहरीले मंगलबार छ बजे तिर जनकपुर उपमहानगरपालिका वडा नं.१ वकिल टोलस्थित श्रीचन रायको घरबाट पक्राउ गरेका छन । यसै गरि जनतान्त्रिक टाईगर जनशक्ति पार्टीको मुुख्य सहयोगीहरु बालाबाखर ६ बस्ने ३५ वर्षीया कल्याणी देवी यादव, गणेशमान चारनाथ नगरपालिका २ राधापुर बस्ने १९ वर्षीय रविन यादव, रामसुन्दर यादव र सबैला नगरपालिका वडा नं. १० बस्ने सुन्देश्वर ठाकुरलाई पनि धनुषा प्रहरीले पक्राउ गरेर विहिवार पत्रकार सम्मेलनमा उनीहरु विभिन्न अपाराधिक गतिविधिमा संलग्न रहेको प्रहरीले जनाएको छ । ६ वर्ष अगाडीे होलीको दिन जनकपुरको शिव चौकमा गोली हानेर हत्या भएको अरुण सिंघानीया हत्याकाण्डमा योजनाकार तथा मुख्य व्यवस्थापकीय भूमिका खेलेको जनतान्त्रिक टाईगर जनशक्ति पार्टीको अध्यक्ष रहेको धर्ती सिंह उपनामका चनरदीप यादव नै रहेको प्रहरीले पत्रकार सम्मेलन मार्फत दावी गरेका छन । त्यस्तै २०६७ असोज २४ गते साँझ साढे पाँचबजे धनुषा भरतपुर गाविस वडा नं. १ र २ को बीचमा सोही गाविस वडा नं. १ बस्ने विनोद गोहितमानको हत्याको समेत मुख्य योजनाकार यादव नै रहेको प्रहरीले जनाएको छ ।अरुण सिंघानीया हत्याकाण्डको छानविन अन्तिम चरणमा पुगेपछि भूमिगत भएका चनरदीप यादवले विरेन्द्र बजार स्थित बुद्ध सिद्धार्थ बोर्डीङ्ग स्कुलको बसमा आगजानी गरेको जिम्मा लिएको तथा २०७२ कार्तिक २८ गते सिरहाको गोपाल पेट्रोल पम्पमा बम विस्फोट गराएको , २०७२ माघ २२ गते बालाबाखर ४ बस्ने राजेन्द्र यादवको हत्या गरेको, तथा २०७२ माघ २३ गते धनुषाको विरेन्द्र बजारमा नसिम राइन र पोर्ताहामा रामसोगारथ महतोलाई गोली हानी घाइते बनाएको प्रहरीले वितरण गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । यसै गरि चनरदीप यादवलाई अरुण सिंघानीया हत्या काण्डको योजनाकार भनिएता पनि पक्राउ परेका अन्य चार जनतान्त्रिक टाइगर जनशक्ति पार्टीको सहयोगी र कार्यकर्ता रहेको प्रहरीले जनाएको छ । उनको साथ बाट पेस्तोल दुई थान, सोमा प्रयोग हुने ३१ राउण्ड गोली , नेपाली सिमकार्ड १२ थान, भारतीय सिम २ थान, मोबाइल चार थान, लागु औषध कोरेक्स १०० एमएलको ७३ बोतल, जनतान्तिक टाइगर जनशक्ति नामक भूमिगत संगठनको पर्चा, पम्पलेट, चन्दा रसिद, डायरीहरु, पार्टीको विधान, लेटरप्याड, स्टाम्प प्याड र अन्य कागजातहरु समेत बरामद गरिएको प्रहरीले पत्रकार सम्मेलन मार्फत जनाएका छन् ।चन्द्रदीप यादव संगै अन्य १० जनालाई पनि पक्राउ गरिएको र उनिहरुको बारे अनुसन्धान भइ रहेको प्रहरीले जनाएको हो । र्चचित तथा हाइप्रोफाइल मानिएको सिंघानियाँ हत्याकाण्डबारे मध्यमाञ्चल क्षेत्रका प्रहरी डीआइजी पशुपति उपाध्यायले ‘सिंघानिया हत्याको अनुसन्धान पुरा नभएको भन्दै प्रमुख योजनाकार अझैपक्राउ पर्न बाँकी रहेको जनाएका थिए । पक्राउ परेकाहरु लाई जिल्ला अदालतबाट म्याद थप गरि अनुसन्धान प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरिक्षक रामदत्त जाशीले जनाएका छन ।

प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

 

प्रतिक्रियाहरु



अरु समाचारहरु

रुचाईएका सामाग्री
ss
बेल निमन्त्रणा र शोभा यात्रा
महेशकुमार दास  महोतरी ४ कार्तिक वडा दशैंको अवसरमा महोत्तरीको विभिन्न शक्तिपीठहरुमा बेल निमन्त्रणका लागि आज शोभा यात्रा निकालेका छन् । जिल्लाको मटिहानी, जलेश्वर, पिपरा, गौशाला, रामगोपालपुर, सम्सी लगायतका ..
ss
जनकपुर उपमहानगरपालिका को आवश्यक टेलिफोन र फैक्स बन्द
धर्मराज,  १७ चैत, जनकपुर । जनकपुर उपमहानगरपालिका को अति आवश्यक टेलिफोन र फैक्स बन्द अवस्थामा रहेको छ । आग लागी बखत को बेला खबर गरिने उपमहानगरपालिका को सब भन्दा महत्वपुर्ण नम्बर ०४१५२००११ को टेलीफोन सेट खराब ..
ss
जापान मा लिङ्ग मेला ।।
(एजेन्सी) जापानको कावासाकी शहरमा प्रत्येक वर्ष अप्रील ५ मा मनाईने लिङ्ग मेलाको आयोजना यस वर्ष पनि गरिएको छ । विश्वकै सबैभन्दा ठूलो लिङ्ग मेलाका रुपमा चर्चित सो मेलामा सबै सामानहरु पुरुष लिङ्ग जस्तै देखिने ..
ss
मधेशमा निर्वाचनको समस्या , प्रमुख निर्वाचन आयुक्त....
धर्मराज,४ चैत्र, जनकपुर । निवौचन कार्यालय धनषाले जिल्ला प्रशाशन कार्यालय मा स्थानिय निर्वाचन बारे डाकिएको बैठक मधेशी मोर्चाले बहिष्कार गरेको छ ।स्थानिय निर्वाचन बारे र प्रतिनिधिहरु तोक्ने समबन्धमा ..
ss
यौन-सपना ???
(एजेन्सी)  निदाइरहेको बेलामा एकपछि अर्को विचार, भावना र संवेदना अचेतनरूपमै मस्तिष्कमा आउनु सपना देख्नु हो । मानव इतिहासमा धेरै प्रयास भए पनि व्यक्तिले किन कुनै किसिमको सपना देख्छ र त्यसको अर्थ के हुन्छ, राम्ररी बुझ्न सकिएको छैन । सपना विभिन्न किसिमका (डरलाग्दो, साहसिक, रमाइलो तथा यौनसम्बन्धी) हुन्छन् ।सामान्यतया प्रजनन प्रणालीले राम्ररी कार्य गर्न थालेपछि सेक्स हर्मोनले एकातिर यौनव्यग्रता तथा यौनतनाव बढाउँछ भने अर्कोतिर यस अवस्थामा वीर्यको पनि उत्पादन हुन थाल्छ ..
ss
जनकपुर उपमहानगरपालिका प्रति नकारात्मक असर
धर्मराज, १८ चैत, जनकपुर ।  जनकपुर उपमहानगरपालिका ले नगरको फोहर उठाउन बन्द गरेको छ । उपमहानगरपालिका ले नगरको फोहर उठाउन बन्द गरेकोले अहिले जताजतै विभिन्न चौकमा फोहरको डुगंर जम्मा भएको छ।यस्ले गर्दा स्थानिय ..
अन्तर्वार्ता
ss सीमांकन बेइमान अमिनले खराब जमिनको कित्ताकाट गरे जस्तो
थारु र मधेसी मिल्दा तीन नेतालाई पीडा भएको छ----- तराई मधेस लोकतान्त्रिक पार्टीका सह-अध्यक्ष हृदयेश त्रिपाठी तार्किक नेता मानिन्छन् । संविधानको मस्यौदा एवं प्रदेशको सीमांकनलाई लिएर मधेसवादी नेतामाथि लागिरहेका ..
विचार
ss मिथिला मधेशमा गोंसाई पुजनको पद्धति र संस्कृति
उपेन्द्रभगत नागवंशी ...                        विवाहपछि कन्या आफ्नो  ससुराली जान्छे । ससुरालीमा एकपरिवारबाट आएकी नारीलाई अर्को परिवारमा बुहारी बनेर पुग्दा सबभन्दा पहिला उनको परिचय त्यस परिवारका कुनै सदस्यसंग हुंदैन र गराइदैनपनि । पहिलो परिचय पुर्खा–पुर्खाको इतिहाससंग हुन्छ । ती पुर्खा हरेक सनातनधर्म–संस्कृति मान्ने समुदायका परिवारमा हुन्छन् । हरेक परिवारमा पुर्खाकालागि छुट्टै विशेष स्थान बनाएर राखिएको हुन्छ । त्यससंग नवविवाहितालाई पहिलो परिचय ..
ss तरार्इमा चुनाव कि आन्दोलन ?
भरत लामिछाने......दोस्रो चरणको स्थानीय चुनावको मुखमा यतिबेला तराई(मधेसमा अन्यौलको वातावरण छ । एकातिर सरकारले तराईका जायज मागहरु पूरा गर्नुपर्ने दायित्व छ । अर्कातिर, सरकारको नियन्त्रण बाहिरको माग पूरा गराउन ..
रोचक विश्व
ss १५ रानी, ३० बच्चा र १०० नौकर सहित भारत आए स्वाजीलैंड का राजा
जनकपुरखबर, कात्तिक १३ ,०७२।  नयाँ दिल्ली , भारत अफ्रीका शिखर सम्मेलन मा ५४ देशका प्रतिनिधिहरु भाग लिरहेका छन । यस्मा स्वाजीलैंड नाम गरेको गरीब देश को अमीर राजा मस्वाती तृतीय आफ्ना १५ रानी, ३० बच्चा र १०० नौकर सहित इंडिया आएका छन ।खास कुरा के छन भने उनी १५ रानी, ३० बच्चा र १०० भन्दा अधिक नौकरहरुको साथ नयाँ दिल्ली को एक मंहगो होटलमा बसेका छन ।उनी माथी आफ्ना प्रतिनिधिमंडल का सरकारी सदस्यहरु लाई ..
ss जापान मा लिङ्ग मेला ।।
(एजेन्सी) जापानको कावासाकी शहरमा प्रत्येक वर्ष अप्रील ५ मा मनाईने लिङ्ग मेलाको आयोजना यस वर्ष पनि गरिएको छ । विश्वकै सबैभन्दा ठूलो लिङ्ग मेलाका रुपमा चर्चित सो मेलामा सबै सामानहरु पुरुष लिङ्ग जस्तै देखिने वस्तुहरु बोकेर पुरुष तथा महिलाहरु समेत सडकमा घुम्ने गर्छन् । मेलामा सहभागी महिलाहरुहरुले पुरुष लिङ्गको आकारमा बनाइएका ललिपपहरु चुस्दै खुल्लारुपले सडकमा हिंडछन । एक किवदन्ती ..
ss छालामा हुक खोपेर पार गर्र्दै १,७४७ फीट चौडाइको नदी
एजेन्सी , ट्यारोलिन ट्रेवर्स सामान्यतया पर्वतारोहण अथवा नदिहरुलाई पार गर्ने समयमा गरिन्छ । समस्या परेको बेलामा यसको उपयोग अझ बढि गरिन्छ । मात्र एउटा डोरीको सहायताले मानिसहरु गुरुत्वाकर्षणको प्रयोग गरेर एउटा अन्त्य देखि अर्को अन्त्य सम्म पुग्ने गर्दछन् । १९ औँ शताब्दिको अन्त्यमा आल्प्स श्रृंखलाको ट्यारोलिनमा यसको प्रयोग गरिएको थियो ।यसैलाई निरन्तरता दिदैँ २३ वर्षकी मारिया ..
अपिल
परमादरणीय न्यायप्रेमी तथा परिवर्तनक संवाहक जनता लोकनि ! धनुषा जील्लाक क्षेत्र नं.३अन्तर्गत प्रतिनिधि सभा सदस्य मेअपनअमुल्य मत प्रदान क हमरा विजयी बनौनिहार राजर्षी जनकक कर्मभूमि,जगदम्बा जानकी क प्रादुभाव स्निग्ध स्थली जनकपुर सहित ग्रामिण क्षेत्रक सम्पूर्ण मतदाता , बुद्धिजीवी , शिक्षक ,कलाकार ,उधोगी ,व्यवसायी ,किशान, मजदूर ,विधार्थी, युवा ,महिला,दलित,मुस्लिम आ एही निर्वाचन मे प्रत्यक्ष(अप्रत्य्क्ष सहयोग कएनिहार सम्म्स्त सहयोगी हृदय आ हाथ सभप्रति परम हर्षोल्लासक सँग हार्दिक आभार सहित धन्यवाद क रहल छी ।राजेन्द्र महतो प्रतिनिधि सभा सदस्य ,धनुषा क्षेत्र नं.३अध्य्क्ष मण्डल (सदस्य )राष्ट्रीय जनता पार्टी नेपाल