स्थानिय
सिमांकनको विवाद नमिल्नुमा सरकार बाधक : नेता निधि
Published Date : Apr 01, 2016
आशिषकुमार,
जनकपुर,चैत्र १९।

 नेपाली काँग्रेसका नवनिर्वाचित केन्द्रीय सदस्य विमलेन्द्र निधिले अहिलेको अवस्थामा आन्दोलनको कुनै औचित्य नरहेको बताउनु भएको छ । नेपाली काँग्रेस धनुषाद्वारा आज जनकपुरधाममा आयोजना गरिएको क्षेत्रिय कार्यकर्ता भेलामा नेता निधिले सरकारमा रहेका दललाई सिमांकनको मुद्दा टुङ्गयाउनको लागि गंभिर हुनको लागि आग्रह गर्दै आन्दोलनको तयारी गरिरहेका मोर्चालाई आन्दोलन नगर्न सुझाव दिएका छन । नेता निधिले सिमांकन र प्रदेशको अधिकार सहितको विषयमा सहमतिको ढिलाई हुनुको प्रमुख बाधक अहिलेको सरकार तथा सरकारमा रहेका दलहरु नै रहेको आरोप लगाउदैं नेपाली काँग्रेसले केन्द्रीेय कार्यसमितिको विस्तार तथा संसदीय दलको निर्वाचन पछि मधेश मुद्दाको संबोधन गराउनका लागि औपचारिक रुपमा नै सरकारमा दवाव सृजना गर्ने बताउनु भयो । अहिलेको सरकारले स्वतन्त्र न्यायालय माथि हस्तक्षेप गर्नका लागि चोरबाटोवाट अध्यादेश ल्याउन लागेको भन्दै प्रादेशिक अदालतमा ८५ जना न्यायाधिशको नियुक्ति गर्ने शोचको नेपाली काँग्रेसका सभापतिले विरोध जनाई सकेको भन्दै उहाले मुलुकमा सुसासनको लागि बनेको ऐन कानूनमा भएको सजायहरुमा अध्यादेश ल्याएर सजाय घटाएर मुलुकमा कुशासनलाई बढावा दिन खोजेको आरोप पनि लगाउनु भयो । निधिले आफ्ना प्रदेश नं. २ का कार्यकर्ताहरुलाई प्रदेशको संरचना, प्राकृतिक श्रोत साधनको व्यवस्था तथा पार्टीको संरचनाको निर्माणमा विशेष ध्यान दिनको लागि आग्रह गर्दै अनावश्यक विवादमा नअल्झिनको लागि पनि आग्रह गर्नु भयो । नेपाली काँग्रेस क्षेत्र नं. ४ का क्षेत्रिय सभापति कन्हैयालाल कर्णको अध्यक्षतामा भएको सो कार्यक्रममा नेपाली काँग्रेसका धनुषा जिल्ला सभापति रामसरोज यादव, बरिष्ठ नेता स्मृतिनारायण चौधरी, जनकपुर नगर सभापति मनोज चौधरीले मधेशको बाँकी माँगहरुको संबोधनको लागि काँग्रेसलाई नेतृत्वदायि भूमिका निर्वाह गर्नका लागि आग्रह गर्नु भएको थियो ।नेपाली काँग्रेसको १३ औं महाधिवेशनवाट निर्वाचित भएका नेता निधि गृह जिल्लामा पहिलो पटक आएपछि कार्यकर्ताहरुले भव्य रुपमा नै स्वागत गरेका थिए । 

प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

 

प्रतिक्रियाहरु



अरु समाचारहरु

रुचाईएका सामाग्री
ss
बेल निमन्त्रणा र शोभा यात्रा
महेशकुमार दास  महोतरी ४ कार्तिक वडा दशैंको अवसरमा महोत्तरीको विभिन्न शक्तिपीठहरुमा बेल निमन्त्रणका लागि आज शोभा यात्रा निकालेका छन् । जिल्लाको मटिहानी, जलेश्वर, पिपरा, गौशाला, रामगोपालपुर, सम्सी लगायतका ..
ss
जनकपुर उपमहानगरपालिका को आवश्यक टेलिफोन र फैक्स बन्द
धर्मराज,  १७ चैत, जनकपुर । जनकपुर उपमहानगरपालिका को अति आवश्यक टेलिफोन र फैक्स बन्द अवस्थामा रहेको छ । आग लागी बखत को बेला खबर गरिने उपमहानगरपालिका को सब भन्दा महत्वपुर्ण नम्बर ०४१५२००११ को टेलीफोन सेट खराब ..
ss
जापान मा लिङ्ग मेला ।।
(एजेन्सी) जापानको कावासाकी शहरमा प्रत्येक वर्ष अप्रील ५ मा मनाईने लिङ्ग मेलाको आयोजना यस वर्ष पनि गरिएको छ । विश्वकै सबैभन्दा ठूलो लिङ्ग मेलाका रुपमा चर्चित सो मेलामा सबै सामानहरु पुरुष लिङ्ग जस्तै देखिने ..
ss
मधेशमा निर्वाचनको समस्या , प्रमुख निर्वाचन आयुक्त....
धर्मराज,४ चैत्र, जनकपुर । निवौचन कार्यालय धनषाले जिल्ला प्रशाशन कार्यालय मा स्थानिय निर्वाचन बारे डाकिएको बैठक मधेशी मोर्चाले बहिष्कार गरेको छ ।स्थानिय निर्वाचन बारे र प्रतिनिधिहरु तोक्ने समबन्धमा ..
ss
यौन-सपना ???
(एजेन्सी)  निदाइरहेको बेलामा एकपछि अर्को विचार, भावना र संवेदना अचेतनरूपमै मस्तिष्कमा आउनु सपना देख्नु हो । मानव इतिहासमा धेरै प्रयास भए पनि व्यक्तिले किन कुनै किसिमको सपना देख्छ र त्यसको अर्थ के हुन्छ, राम्ररी बुझ्न सकिएको छैन । सपना विभिन्न किसिमका (डरलाग्दो, साहसिक, रमाइलो तथा यौनसम्बन्धी) हुन्छन् ।सामान्यतया प्रजनन प्रणालीले राम्ररी कार्य गर्न थालेपछि सेक्स हर्मोनले एकातिर यौनव्यग्रता तथा यौनतनाव बढाउँछ भने अर्कोतिर यस अवस्थामा वीर्यको पनि उत्पादन हुन थाल्छ ..
ss
जनकपुर उपमहानगरपालिका प्रति नकारात्मक असर
धर्मराज, १८ चैत, जनकपुर ।  जनकपुर उपमहानगरपालिका ले नगरको फोहर उठाउन बन्द गरेको छ । उपमहानगरपालिका ले नगरको फोहर उठाउन बन्द गरेकोले अहिले जताजतै विभिन्न चौकमा फोहरको डुगंर जम्मा भएको छ।यस्ले गर्दा स्थानिय ..
अन्तर्वार्ता
ss सीमांकन बेइमान अमिनले खराब जमिनको कित्ताकाट गरे जस्तो
थारु र मधेसी मिल्दा तीन नेतालाई पीडा भएको छ----- तराई मधेस लोकतान्त्रिक पार्टीका सह-अध्यक्ष हृदयेश त्रिपाठी तार्किक नेता मानिन्छन् । संविधानको मस्यौदा एवं प्रदेशको सीमांकनलाई लिएर मधेसवादी नेतामाथि लागिरहेका ..
विचार
ss मिथिला मधेशमा गोंसाई पुजनको पद्धति र संस्कृति
उपेन्द्रभगत नागवंशी ...                        विवाहपछि कन्या आफ्नो  ससुराली जान्छे । ससुरालीमा एकपरिवारबाट आएकी नारीलाई अर्को परिवारमा बुहारी बनेर पुग्दा सबभन्दा पहिला उनको परिचय त्यस परिवारका कुनै सदस्यसंग हुंदैन र गराइदैनपनि । पहिलो परिचय पुर्खा–पुर्खाको इतिहाससंग हुन्छ । ती पुर्खा हरेक सनातनधर्म–संस्कृति मान्ने समुदायका परिवारमा हुन्छन् । हरेक परिवारमा पुर्खाकालागि छुट्टै विशेष स्थान बनाएर राखिएको हुन्छ । त्यससंग नवविवाहितालाई पहिलो परिचय ..
ss तरार्इमा चुनाव कि आन्दोलन ?
भरत लामिछाने......दोस्रो चरणको स्थानीय चुनावको मुखमा यतिबेला तराई(मधेसमा अन्यौलको वातावरण छ । एकातिर सरकारले तराईका जायज मागहरु पूरा गर्नुपर्ने दायित्व छ । अर्कातिर, सरकारको नियन्त्रण बाहिरको माग पूरा गराउन ..
रोचक विश्व
ss १५ रानी, ३० बच्चा र १०० नौकर सहित भारत आए स्वाजीलैंड का राजा
जनकपुरखबर, कात्तिक १३ ,०७२।  नयाँ दिल्ली , भारत अफ्रीका शिखर सम्मेलन मा ५४ देशका प्रतिनिधिहरु भाग लिरहेका छन । यस्मा स्वाजीलैंड नाम गरेको गरीब देश को अमीर राजा मस्वाती तृतीय आफ्ना १५ रानी, ३० बच्चा र १०० नौकर सहित इंडिया आएका छन ।खास कुरा के छन भने उनी १५ रानी, ३० बच्चा र १०० भन्दा अधिक नौकरहरुको साथ नयाँ दिल्ली को एक मंहगो होटलमा बसेका छन ।उनी माथी आफ्ना प्रतिनिधिमंडल का सरकारी सदस्यहरु लाई ..
ss जापान मा लिङ्ग मेला ।।
(एजेन्सी) जापानको कावासाकी शहरमा प्रत्येक वर्ष अप्रील ५ मा मनाईने लिङ्ग मेलाको आयोजना यस वर्ष पनि गरिएको छ । विश्वकै सबैभन्दा ठूलो लिङ्ग मेलाका रुपमा चर्चित सो मेलामा सबै सामानहरु पुरुष लिङ्ग जस्तै देखिने वस्तुहरु बोकेर पुरुष तथा महिलाहरु समेत सडकमा घुम्ने गर्छन् । मेलामा सहभागी महिलाहरुहरुले पुरुष लिङ्गको आकारमा बनाइएका ललिपपहरु चुस्दै खुल्लारुपले सडकमा हिंडछन । एक किवदन्ती ..
ss छालामा हुक खोपेर पार गर्र्दै १,७४७ फीट चौडाइको नदी
एजेन्सी , ट्यारोलिन ट्रेवर्स सामान्यतया पर्वतारोहण अथवा नदिहरुलाई पार गर्ने समयमा गरिन्छ । समस्या परेको बेलामा यसको उपयोग अझ बढि गरिन्छ । मात्र एउटा डोरीको सहायताले मानिसहरु गुरुत्वाकर्षणको प्रयोग गरेर एउटा अन्त्य देखि अर्को अन्त्य सम्म पुग्ने गर्दछन् । १९ औँ शताब्दिको अन्त्यमा आल्प्स श्रृंखलाको ट्यारोलिनमा यसको प्रयोग गरिएको थियो ।यसैलाई निरन्तरता दिदैँ २३ वर्षकी मारिया ..
अपिल
परमादरणीय न्यायप्रेमी तथा परिवर्तनक संवाहक जनता लोकनि ! धनुषा जील्लाक क्षेत्र नं.३अन्तर्गत प्रतिनिधि सभा सदस्य मेअपनअमुल्य मत प्रदान क हमरा विजयी बनौनिहार राजर्षी जनकक कर्मभूमि,जगदम्बा जानकी क प्रादुभाव स्निग्ध स्थली जनकपुर सहित ग्रामिण क्षेत्रक सम्पूर्ण मतदाता , बुद्धिजीवी , शिक्षक ,कलाकार ,उधोगी ,व्यवसायी ,किशान, मजदूर ,विधार्थी, युवा ,महिला,दलित,मुस्लिम आ एही निर्वाचन मे प्रत्यक्ष(अप्रत्य्क्ष सहयोग कएनिहार सम्म्स्त सहयोगी हृदय आ हाथ सभप्रति परम हर्षोल्लासक सँग हार्दिक आभार सहित धन्यवाद क रहल छी ।राजेन्द्र महतो प्रतिनिधि सभा सदस्य ,धनुषा क्षेत्र नं.३अध्य्क्ष मण्डल (सदस्य )राष्ट्रीय जनता पार्टी नेपाल