राष्ट्रिय खेलकुद
पदकविजेतालाई खेलकुद परिषदको प्रोत्साहन पुरस्कार
Published Date : Jul 11, 2012
काठमाडौं, असार २७ गते
राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिताका पदकविजेता खेलाडीलाई प्रोत्साहन स्वरुप बुधबार नगद पुरस्कार प्रदान गरेको छ ।
वर्ष २०६८÷०६९ मा भएका विभिन्न दक्षिण एसियाली र एसियाली स्तरीय तथा आमन्त्रण च्याम्पियनसिपमाका स्वर्ण र रजत जित्नेलाई नगद पुरस्कार प्रदान गरिएको हो । अफिसियल खेलको स्वर्णलाई ७ हजार ५ सय १० रुपैयाँ तथा नन् अफिसियलको स्वर्णलाई २ हजार ८ सय ९० रुपैयाँ प्रदान गरियो ।
७ अफिसियलसहित विभिन्न ११ खेलका ६१ खेलाडीलाई कूल ३ लाख ७४ हजार ९ सय ५० रुपैयाँ वितरण गरिएको थियो । उक्त खेलाडी संख्यमा एक खेलाडी करातेकी गंगादेवी अधिकारीले दोहोरो पुरस्कार हात पारिन् ।
खेलाडीको छनोट गर्न खेलकुद प्रतियोगिता तथा योजना विभागका प्रमुख कमल खनालको संयोजकत्वमा ९ सदस्यीय खेलाडी छनोट समिति गठन गरिएको थियो ।
बंगलादेशको ढाकामा भएको दोश्रो फजिलातुन्नेसा मुजिब अन्तर्राष्ट्रिय मार्सल आर्ट च्याम्पियनसिपअन्तर्गत करातेमा स्वर्ण विजेता विजय लामा, सुनील लामा, विनोद महर्जन, मुकुन्द महर्जन, लेखनाथ मैनाली, पर्शुराम बाँस्तोला, मन्डेकाजी श्रेष्ठ, केदारबहादुर सिंखडा, गणेशबहादुर थिङ, दिगम्बरप्रसाद पन्त, मल्लिाका थापा, अनु अधिकारी, रोजी नगरकोटी, लक्ष्मी भट्ट, सुभद्रा श्रेष्ठ, संगीता डंगोल, चञ्चला दनुवार तथा गंगादेवी अधिकारीले जनही ७ हजार ५ सय १० रुपैयाँ नगद पुरस्कार प्राप्त गरे ।
उक्त प्रतियोगितामा समावेश १४ स्वर्ण मध्ये सबै स्वर्ण जित्दै नेपालले क्लिन स्विप गरेको थियो ।
करातेकै गंगादेवी अधिकारीलाई सिंगापुरमा भएको सिंगापुर खुला करातेमा स्वर्ण जिते वापत छुट्टै ७ हजार ५ सय १० रुपैयाँ नगद प्रदान गरियो ।
नेपालगञ्जमा भएको प्रथम दक्षिण एसियाली भारोत्तोलन च्याम्पियनसिपका स्वर्णधारी अनिल मल्ल तथा तारादेवी पुनले पनि करातेकै जत्ति नगद पुरस्कार पाए ।
भारतको गुजरातमा भएको दोश्रो दक्षिण एसियाली वादोरियो कराते च्याम्पियनसिपमा पहिलो भएका सानुकान्छा श्रेष्ठ, सुकबहादुर राई, चित्रप्रसाद श्रेष्ठ, सिमोन खत्री र मनबहादुर तामाङ तथा सोही स्थानमा भएको गोजुरियो ओसिकाईको अर्को प्रतियोगितामा अन्तर्राष्ट्रिय सेइकोकाइ खुला करातेमा पहिलो भएका आमोदकुमार राय र रुक्मिला तामाङलाई जनही ७ हजार ५ सय १० रुपैयाँ दिइयो ।
बंगलादेशको ढाकामा भएको दोश्रो फजिलातुन्नेसा मुजिब अन्तर्राष्ट्रिय मार्सल आर्ट च्याम्पियनसिपअन्तर्गत तेक्वान्दो (आईटीएफ) का स्वर्ण विजेता उमेश राजथला, विश्व श्रेष्ठ, आकाश खनाल तथा विजय श्रेष्ठले २ हजार ८ सय ९० रुपैयाँ नगद पुरस्कार पाए ।
त्यस्तै पाकिस्तानको इस्लामाबादमा भएको दक्षिण एसियाली जुडो च्याम्पियनसिपका स्वर्णधारी सरोज महर्जन तथा काठमाडौंमा भएको जुडो फर पिस दक्षिण एसियाली क्याडेट जुडो च्याम्पियनसिपमा शीर्ष स्थान हात पारेका विकास भुजेल, रुपेश शाही, श्रवण शाक्य, रोहित कार्की, समिर खड्का, सारदा खत्री र देवकीमाया श्रेष्ठले ७ हजार ५ सय १० रुपैयाँका दरले नगद पुरस्कार थापे ।
काठमाडौंमा सम्पन्न प्रथम माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा पहिलो स्थान हात पारेका यानकुमारी चौलागाईं, मनिता शाही, आयशा शाक्य, सुजन जोशी, अनोज पुजारी तथा अप्सरा कार्कीले पनि ७ हजार ५ सय १० रुपैयाँका दरले नगद पुरस्कार हासिल गरे ।
काठमाडौंमै भएको प्रथम एसियाली साम्बो च्याम्पियनसिपका स्वर्ण विजेता नविना लामा, सन्तोषी घले, गीता राना मगर, सुनिता मगर, पूर्ण घिसिङ, रुद्र लिम्बू तथा गोविन्द खत्रीलाई जनही २ हजार ८ सय ९० रुपैयाँ नगद पुरस्कारबाट पुरस्कृत भए ।
काठमाडौंमा भएको पाँचौं एसियाली ओसिएना च्यानबारा च्याम्पियनसिपका स्वर्णधारी कृशला घिसिङ, प्रतीक लामा, सन्नी गौर, धनदास लामा, विपना अधिकारी तथा सञ्जय शाही जनही २ हजार ८ सय ९० रुपैयाँ पुरस्कारको हक्दार बने ।
काजकिस्तानको आस्तानामा भएको एसियाली सिन क्योकुसिन फुल कन्ट्याक्ट करातेमा रजत जितेकी अनिशा लामा स्याङ्तानले २ हजार ८ सय ९० रुपैयाँ नगद पुरस्कार पाइन् । त्यसैगरी भारतको जम्सेदपुरमा भएको चौथो एसियाली गोजुरियोमा स्वर्ण जितेवापत मनीषा रानाभाटले पनि ७ हजार ५ सय १० रुपैयाँ नगद पुरस्कार थापिन् ।
खेलाडीलाई राखेप सदस्य–सचिव युवराज लामा र कोषाध्यक्ष इन्द्रबहादुर थिङले त्रिपुरेश्वरस्थित कभर्डहलमा आयोजित एक कार्यक्रमबीच नगद पुरस्कार हस्तान्तरण गर्नुभयो ।

प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

 

प्रतिक्रियाहरु



अरु समाचारहरु

रुचाईएका सामाग्री
ss
बेल निमन्त्रणा र शोभा यात्रा
महेशकुमार दास  महोतरी ४ कार्तिक वडा दशैंको अवसरमा महोत्तरीको विभिन्न शक्तिपीठहरुमा बेल निमन्त्रणका लागि आज शोभा यात्रा निकालेका छन् । जिल्लाको मटिहानी, जलेश्वर, पिपरा, गौशाला, रामगोपालपुर, सम्सी लगायतका ..
ss
जनकपुर उपमहानगरपालिका को आवश्यक टेलिफोन र फैक्स बन्द
धर्मराज,  १७ चैत, जनकपुर । जनकपुर उपमहानगरपालिका को अति आवश्यक टेलिफोन र फैक्स बन्द अवस्थामा रहेको छ । आग लागी बखत को बेला खबर गरिने उपमहानगरपालिका को सब भन्दा महत्वपुर्ण नम्बर ०४१५२००११ को टेलीफोन सेट खराब ..
ss
जनकपुर उपमहानगरपालिका प्रति नकारात्मक असर
धर्मराज, १८ चैत, जनकपुर ।  जनकपुर उपमहानगरपालिका ले नगरको फोहर उठाउन बन्द गरेको छ । उपमहानगरपालिका ले नगरको फोहर उठाउन बन्द गरेकोले अहिले जताजतै विभिन्न चौकमा फोहरको डुगंर जम्मा भएको छ।यस्ले गर्दा स्थानिय ..
ss
मधेशमा निर्वाचनको समस्या , प्रमुख निर्वाचन आयुक्त....
धर्मराज,४ चैत्र, जनकपुर । निवौचन कार्यालय धनषाले जिल्ला प्रशाशन कार्यालय मा स्थानिय निर्वाचन बारे डाकिएको बैठक मधेशी मोर्चाले बहिष्कार गरेको छ ।स्थानिय निर्वाचन बारे र प्रतिनिधिहरु तोक्ने समबन्धमा ..
ss
१५ रानी, ३० बच्चा र १०० नौकर सहित भारत आए स्वाजीलैंड का राजा
जनकपुरखबर, कात्तिक १३ ,०७२।  नयाँ दिल्ली , भारत अफ्रीका शिखर सम्मेलन मा ५४ देशका प्रतिनिधिहरु भाग लिरहेका छन । यस्मा स्वाजीलैंड नाम गरेको गरीब देश को अमीर राजा मस्वाती तृतीय आफ्ना १५ रानी, ३० बच्चा र १०० नौकर सहित ..
ss
जापान मा लिङ्ग मेला ।।
(एजेन्सी) जापानको कावासाकी शहरमा प्रत्येक वर्ष अप्रील ५ मा मनाईने लिङ्ग मेलाको आयोजना यस वर्ष पनि गरिएको छ । विश्वकै सबैभन्दा ठूलो लिङ्ग मेलाका रुपमा चर्चित सो मेलामा सबै सामानहरु पुरुष लिङ्ग जस्तै देखिने ..
अन्तर्वार्ता
ss सीमांकन बेइमान अमिनले खराब जमिनको कित्ताकाट गरे जस्तो
थारु र मधेसी मिल्दा तीन नेतालाई पीडा भएको छ----- तराई मधेस लोकतान्त्रिक पार्टीका सह-अध्यक्ष हृदयेश त्रिपाठी तार्किक नेता मानिन्छन् । संविधानको मस्यौदा एवं प्रदेशको सीमांकनलाई लिएर मधेसवादी नेतामाथि लागिरहेका ..
विचार
ss तरार्इमा चुनाव कि आन्दोलन ?
भरत लामिछाने......दोस्रो चरणको स्थानीय चुनावको मुखमा यतिबेला तराई(मधेसमा अन्यौलको वातावरण छ । एकातिर सरकारले तराईका जायज मागहरु पूरा गर्नुपर्ने दायित्व छ । अर्कातिर, सरकारको नियन्त्रण बाहिरको माग पूरा गराउन ..
ss रामेछापका बाहुन कसरी पुगे जनकपुर
विमल पोखरेल----- नेपालमा संघीय प्रदेशहरुको सीमांकन सम्वन्धी दलहरुको सहमति सार्वजनिक भएसँगै जनताहरु आ(आफ्ना प्रदेशका विशेषता, साँस्कृतिक पहिचान, आर्थिक सामथ्र्य र सम्भाब्य राजधानीको अवस्थितिलाई आधार बनाएर ..
रोचक विश्व
ss १५ रानी, ३० बच्चा र १०० नौकर सहित भारत आए स्वाजीलैंड का राजा
जनकपुरखबर, कात्तिक १३ ,०७२।  नयाँ दिल्ली , भारत अफ्रीका शिखर सम्मेलन मा ५४ देशका प्रतिनिधिहरु भाग लिरहेका छन । यस्मा स्वाजीलैंड नाम गरेको गरीब देश को अमीर राजा मस्वाती तृतीय आफ्ना १५ रानी, ३० बच्चा र १०० नौकर सहित इंडिया आएका छन ।खास कुरा के छन भने उनी १५ रानी, ३० बच्चा र १०० भन्दा अधिक नौकरहरुको साथ नयाँ दिल्ली को एक मंहगो होटलमा बसेका छन ।उनी माथी आफ्ना प्रतिनिधिमंडल का सरकारी सदस्यहरु लाई ..
ss जापान मा लिङ्ग मेला ।।
(एजेन्सी) जापानको कावासाकी शहरमा प्रत्येक वर्ष अप्रील ५ मा मनाईने लिङ्ग मेलाको आयोजना यस वर्ष पनि गरिएको छ । विश्वकै सबैभन्दा ठूलो लिङ्ग मेलाका रुपमा चर्चित सो मेलामा सबै सामानहरु पुरुष लिङ्ग जस्तै देखिने वस्तुहरु बोकेर पुरुष तथा महिलाहरु समेत सडकमा घुम्ने गर्छन् । मेलामा सहभागी महिलाहरुहरुले पुरुष लिङ्गको आकारमा बनाइएका ललिपपहरु चुस्दै खुल्लारुपले सडकमा हिंडछन । एक किवदन्ती ..
ss छालामा हुक खोपेर पार गर्र्दै १,७४७ फीट चौडाइको नदी
एजेन्सी , ट्यारोलिन ट्रेवर्स सामान्यतया पर्वतारोहण अथवा नदिहरुलाई पार गर्ने समयमा गरिन्छ । समस्या परेको बेलामा यसको उपयोग अझ बढि गरिन्छ । मात्र एउटा डोरीको सहायताले मानिसहरु गुरुत्वाकर्षणको प्रयोग गरेर एउटा अन्त्य देखि अर्को अन्त्य सम्म पुग्ने गर्दछन् । १९ औँ शताब्दिको अन्त्यमा आल्प्स श्रृंखलाको ट्यारोलिनमा यसको प्रयोग गरिएको थियो ।यसैलाई निरन्तरता दिदैँ २३ वर्षकी मारिया ..
अपिल
परमादरणीय न्यायप्रेमी तथा परिवर्तनक संवाहक जनता लोकनि ! धनुषा जील्लाक क्षेत्र नं.३अन्तर्गत प्रतिनिधि सभा सदस्य मेअपनअमुल्य मत प्रदान क हमरा विजयी बनौनिहार राजर्षी जनकक कर्मभूमि,जगदम्बा जानकी क प्रादुभाव स्निग्ध स्थली जनकपुर सहित ग्रामिण क्षेत्रक सम्पूर्ण मतदाता , बुद्धिजीवी , शिक्षक ,कलाकार ,उधोगी ,व्यवसायी ,किशान, मजदूर ,विधार्थी, युवा ,महिला,दलित,मुस्लिम आ एही निर्वाचन मे प्रत्यक्ष(अप्रत्य्क्ष सहयोग कएनिहार सम्म्स्त सहयोगी हृदय आ हाथ सभप्रति परम हर्षोल्लासक सँग हार्दिक आभार सहित धन्यवाद क रहल छी ।राजेन्द्र महतो प्रतिनिधि सभा सदस्य ,धनुषा क्षेत्र नं.३अध्य्क्ष मण्डल (सदस्य )राष्ट्रीय जनता पार्टी नेपाल