विचार
मिथिला मधेशमा गोंसाई पुजनको पद्धति र संस्कृति
Published Date : Oct 21, 2018
उपेन्द्रभगत नागवंशी ...                        विवाहपछि कन्या आफ्नो  ससुराली जान्छे । ससुरालीमा एकपरिवारबाट आएकी नारीलाई अर्को परिवारमा बुहारी बनेर पुग्दा सबभन्दा पहिला उनको परिचय त्यस परिवारका कुनै सदस्यसंग हुंदैन र गराइदैनपनि । पहिलो परिचय पुर्खा–पुर्खाको इतिहाससंग हुन्छ । ती पुर्खा हरेक सनातनधर्म–संस्कृति मान्ने समुदायका परिवारमा हुन्छन् । हरेक परिवारमा पुर्खाकालागि छुट्टै विशेष स्थान बनाएर राखिएको हुन्छ । त्यससंग नवविवाहितालाई पहिलो परिचय गराइन्छ । पूर्वजको इतिहासिक पहिचान दिने स्थानलाई ‘गोसांइ’ सम्बोधन गरिन्छ । कूल–पुर्खाको वास स्थललाई ‘गोसांइ’ र उनको बास स्थलीलाई गोसांइघर भन्ने चलन मिथिला–मधेशक्षेत्रमा छ । ‘गोसांइ’ घरमा देवी र देउताको नाम परिवार समुदाय अनुसार फरक–फरक हुन्छ । दुर्गा, भगबत्ती, काली, महारानी,जालपा, सातो बहिन, सोखा,राजदेवी, बन्दी–हनुमान, गोरैया, भैरब, गहिल, बिषहरा, मङ्गला, जङ्गला,इत्यादी । यी सबैको नाम अनुसार पुजा पाठको विधिपनि फरक–फरक हुन्छ । एउटै समुदायमा एकनामका ‘गोसांई’ रहेपनि परिवार पिच्छे पुजा पद्धितिमा भिन्नता हुन्छ । त्यसैले घरमा नवाअगन्तुक पारिवारिक सदस्य आएपछि उनको पहिलो परिचय ‘गोसांइ’ अर्थात् पुर्खा कूल परम्परासंग गराइन्छ । बाहिरबाट आएकाहरु पहिला प्रणाम गोसांइलाइनै गनुपर्छ । यो मिथिला मधेशको संस्कृतिको अङ्ग छ , भने यसमा मानवीय जीवनका सूक्षम र गम्भिर कुराहरु लुकेका छन् ।‘गोसांइ’घरमा जुन तरिकाले पुजा हुन्छ त्यस प्रकारले मठ मन्दिरमा स्थापित रहेका अथवा गरिएका देवी देउताको पुजा गर्दैन र गर्ने चलनपनि हालसम्म रहेको छ भने देखिएको छैन् । घर–गृहमा स्थापित पुर्खाको नासो देवी–देउतालाई अन्य कुनैपनि देवी देउता, भगवानसंग तुलना गर्न मिल्दैन् । पारिवारिक गोसांइलाई बाहिरी भगवानसंग दाज्न सकिदैन् । दूबैको फरक पद्धति छ,विधि विधान छ । त्यसैले एकअर्कासंग तुलना गर्न मिल्दै मिल्दैन् । जबकी अध्यात्मदर्शनसंग दूबै मिलेको हुन्छ । मठ–मन्दिरमा स्थापित भगवान–देवी देउतालाई मान्ने नमान्ने , पुजा गर्ने नगर्ने मानिसको आप्mनो विवेकामा ,स्वेच्छामा निर्भर हुन्छ । तर, घर–गृहका कूल देवी–देउता ‘गोसांइ’लाई मान्नुपर्ने जुनसुकै समुदायमा बाध्यता हुन्छ ! पुर्खाले मानि आएका कूल देवी देउतालाई पुजा आराधना गर्नुपर्ने आवश्यक मात्र होइन अनिवार्य हुन्छ । घर परिवारका अन्य सदस्य जस्तै एकअंशको भागीदार निराकार रुपी ‘गोसांई’ हुन्छ । त्यसकारण ‘गोसांइ’को माध्यमबाट कूलगुरु, कूलदेवी–देउता र कूलपुर्खाको परिचय नवविवाहितालाई गराइने चलन छ । आस्थाका प्रतिक, वंशवादका प्रतिक, समृद्धिका प्रतिक, संघारक र सम्हारकर्ताका रुपमा कूलदेवी देउता ‘गोसांई’लाई मिथिला–मधेशमा लिन्छन् ।  बाहिर मठ–मन्दिरमा पुजा–आरधना गर्दा हामि सुख–स्मृद्धि यश–वैभव प्राप्तिको कामना लिएर पुजा आराधना गर्छौं । त्यसरी नै गोसांई घरमापनि पवित्रतापूर्वका पुजा आराधना गरिन्छ । तर, नवविवाहितालाई रातभरि जागेर विभिन्न प्रकारले पतिवर्ताका साथ पुजन–हवन,हास्य विनोद कार्यपनि ‘गोसांई’ घरमा हुन्छ । माता पिता नै देवी र देउता हुन्माता–माय–माइ–अर्थात् आमा र बावु अर्थात् बाबु–बुवा र बा अथवा बाबा महारानी अर्थात् हजुरबुवा हजुर आमा ‘गोसांई’ देवी–देउतालाई मिथिला–मधेशको लोकभाषामा सम्बोधन गरिन्छ । यो सम्बोधन शास्त्र सम्मत रुपमा गर्ने गरेको देखिन्छ । शास्त्रमा पनि त्यसको अर्थ माथि उल्लेख भए अनुसार नै हुन्छ । लोकधर्ममा धेरै थोक शास्त्रीय कुरा नमानेपनि केही कुराहरु अवश्य मानेको अहिलेपनि त्यसको छाप मिथिला मधेशको संस्कृतिमा भेटिन्छ । माथि उल्लेखित ‘माय–माइ’–आमा सम्बोधनको सबालमा भन्नु पर्दा आमा जननी हुन् । आमाकूल वंश परम्परालाई विस्तारित गर्दै जाने साहसिक दुःखहरनी मायाको छांया दिने गुणवन्ती, धनवन्ती हुन्छन् । बा अथवा बवु वा बाबा यो शब्द रक्त सम्बन्ध बोधक हुन् ।त्यस कारण घरमा नवदम्पती छिरेपछि घर–परिवारको काइदा कानुन कूलवंश परम्परा आदिका बारेमा एकपुस्ताबाट अर्को पुस्तामा जानकारी साथ ‘गोसांई’ पुजाको पद्धति हस्तान्त्रण गर्ने कार्यको श्रीगणेश गरिन्छ । परिवारमा पिता–बावु संरक्षक सम्वाहक हुन्छन् । नवसदस्य बुहारीको रुपमा घर–गृह प्रवेशपछि पहिलो परिचय त्यसैले गोसांईसंग गराइन्छ । जो मिथिला मधेशका अमूर्त सांस्कृतिक सम्पदा हुन र अनमोल निधि पनि । यसलाई देवी देउता भन्न थालिएको हो । तर बस्तुतः यो आमा–बावु हजुर बुवाको नासोको प्रतिक नै हो । समयक्रम अनुसार चलाक पुरोहितहरुले नितान्त परिवारिक प्रथालाई धर्म शास्त्रको आढमा ‘क्यास’ गर्न आप्mनो दखल त्यसमा गर्न थाले र सफल पनि भए । त्यकारण ‘गोसांई’लाई आमा–बावुको परम्परागत पुजा संस्कारलाई देवी देउताको संज्ञान दिएर आप्mनो दूनो सुल्झाउन ब्राह्मणहरुले हजारौंवर्ष पहिला लगाएको युक्ति फलिफाफ भएपछि आजसम्म त्यसको लाभ लिदैं आइरहेका छन् । नेपाल–भारतका मूलवासीहरु त्यस दास्तामा पीरोलिएका छन् र उन्मूक्ति चाहेपनि हालसम्म पूर्णरुपमा मुक्त हुन नपाई रहेको अवस्था र विवस्ता कायम छ । देवी–देउता शास्त्रीय शब्दाबली हो । आर्य आचार्यहरुले चलाएको शब्दरुपि जाल हो । जो धर्म र अध्यात्म संग जोड़िएकाले त्यसमा फंस्दै आएका हुन् मानवसमाजको त्योवर्ग जो साँचीकै अध्यात्मिक छन् ! धर्मप्रति आस्थावान छन् !! संस्कृतिका सकली सम्वाहक छन् र प्रतिपालकपनि छन् !!! यो बुझ्नुपर्ने आवश्यकता छ । देवी–देउता शास्त्रीय शब्द हो, लोकशब्द किमार्थ होइन । लोकशब्द, मूलवासीको शब्द ‘गोसांई’, माता–माय, (आमा) हो । 

प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

 

प्रतिक्रियाहरु



अरु समाचारहरु

रुचाईएका सामाग्री
ss
बेल निमन्त्रणा र शोभा यात्रा
महेशकुमार दास  महोतरी ४ कार्तिक वडा दशैंको अवसरमा महोत्तरीको विभिन्न शक्तिपीठहरुमा बेल निमन्त्रणका लागि आज शोभा यात्रा निकालेका छन् । जिल्लाको मटिहानी, जलेश्वर, पिपरा, गौशाला, रामगोपालपुर, सम्सी लगायतका ..
ss
जनकपुर उपमहानगरपालिका को आवश्यक टेलिफोन र फैक्स बन्द
धर्मराज,  १७ चैत, जनकपुर । जनकपुर उपमहानगरपालिका को अति आवश्यक टेलिफोन र फैक्स बन्द अवस्थामा रहेको छ । आग लागी बखत को बेला खबर गरिने उपमहानगरपालिका को सब भन्दा महत्वपुर्ण नम्बर ०४१५२००११ को टेलीफोन सेट खराब ..
ss
जापान मा लिङ्ग मेला ।।
(एजेन्सी) जापानको कावासाकी शहरमा प्रत्येक वर्ष अप्रील ५ मा मनाईने लिङ्ग मेलाको आयोजना यस वर्ष पनि गरिएको छ । विश्वकै सबैभन्दा ठूलो लिङ्ग मेलाका रुपमा चर्चित सो मेलामा सबै सामानहरु पुरुष लिङ्ग जस्तै देखिने ..
ss
मधेशमा निर्वाचनको समस्या , प्रमुख निर्वाचन आयुक्त....
धर्मराज,४ चैत्र, जनकपुर । निवौचन कार्यालय धनषाले जिल्ला प्रशाशन कार्यालय मा स्थानिय निर्वाचन बारे डाकिएको बैठक मधेशी मोर्चाले बहिष्कार गरेको छ ।स्थानिय निर्वाचन बारे र प्रतिनिधिहरु तोक्ने समबन्धमा ..
ss
यौन-सपना ???
(एजेन्सी)  निदाइरहेको बेलामा एकपछि अर्को विचार, भावना र संवेदना अचेतनरूपमै मस्तिष्कमा आउनु सपना देख्नु हो । मानव इतिहासमा धेरै प्रयास भए पनि व्यक्तिले किन कुनै किसिमको सपना देख्छ र त्यसको अर्थ के हुन्छ, राम्ररी बुझ्न सकिएको छैन । सपना विभिन्न किसिमका (डरलाग्दो, साहसिक, रमाइलो तथा यौनसम्बन्धी) हुन्छन् ।सामान्यतया प्रजनन प्रणालीले राम्ररी कार्य गर्न थालेपछि सेक्स हर्मोनले एकातिर यौनव्यग्रता तथा यौनतनाव बढाउँछ भने अर्कोतिर यस अवस्थामा वीर्यको पनि उत्पादन हुन थाल्छ ..
ss
जनकपुर उपमहानगरपालिका प्रति नकारात्मक असर
धर्मराज, १८ चैत, जनकपुर ।  जनकपुर उपमहानगरपालिका ले नगरको फोहर उठाउन बन्द गरेको छ । उपमहानगरपालिका ले नगरको फोहर उठाउन बन्द गरेकोले अहिले जताजतै विभिन्न चौकमा फोहरको डुगंर जम्मा भएको छ।यस्ले गर्दा स्थानिय ..
अन्तर्वार्ता
ss सीमांकन बेइमान अमिनले खराब जमिनको कित्ताकाट गरे जस्तो
थारु र मधेसी मिल्दा तीन नेतालाई पीडा भएको छ----- तराई मधेस लोकतान्त्रिक पार्टीका सह-अध्यक्ष हृदयेश त्रिपाठी तार्किक नेता मानिन्छन् । संविधानको मस्यौदा एवं प्रदेशको सीमांकनलाई लिएर मधेसवादी नेतामाथि लागिरहेका ..
विचार
ss मिथिला मधेशमा गोंसाई पुजनको पद्धति र संस्कृति
उपेन्द्रभगत नागवंशी ...                        विवाहपछि कन्या आफ्नो  ससुराली जान्छे । ससुरालीमा एकपरिवारबाट आएकी नारीलाई अर्को परिवारमा बुहारी बनेर पुग्दा सबभन्दा पहिला उनको परिचय त्यस परिवारका कुनै सदस्यसंग हुंदैन र गराइदैनपनि । पहिलो परिचय पुर्खा–पुर्खाको इतिहाससंग हुन्छ । ती पुर्खा हरेक सनातनधर्म–संस्कृति मान्ने समुदायका परिवारमा हुन्छन् । हरेक परिवारमा पुर्खाकालागि छुट्टै विशेष स्थान बनाएर राखिएको हुन्छ । त्यससंग नवविवाहितालाई पहिलो परिचय ..
ss तरार्इमा चुनाव कि आन्दोलन ?
भरत लामिछाने......दोस्रो चरणको स्थानीय चुनावको मुखमा यतिबेला तराई(मधेसमा अन्यौलको वातावरण छ । एकातिर सरकारले तराईका जायज मागहरु पूरा गर्नुपर्ने दायित्व छ । अर्कातिर, सरकारको नियन्त्रण बाहिरको माग पूरा गराउन ..
रोचक विश्व
ss १५ रानी, ३० बच्चा र १०० नौकर सहित भारत आए स्वाजीलैंड का राजा
जनकपुरखबर, कात्तिक १३ ,०७२।  नयाँ दिल्ली , भारत अफ्रीका शिखर सम्मेलन मा ५४ देशका प्रतिनिधिहरु भाग लिरहेका छन । यस्मा स्वाजीलैंड नाम गरेको गरीब देश को अमीर राजा मस्वाती तृतीय आफ्ना १५ रानी, ३० बच्चा र १०० नौकर सहित इंडिया आएका छन ।खास कुरा के छन भने उनी १५ रानी, ३० बच्चा र १०० भन्दा अधिक नौकरहरुको साथ नयाँ दिल्ली को एक मंहगो होटलमा बसेका छन ।उनी माथी आफ्ना प्रतिनिधिमंडल का सरकारी सदस्यहरु लाई ..
ss जापान मा लिङ्ग मेला ।।
(एजेन्सी) जापानको कावासाकी शहरमा प्रत्येक वर्ष अप्रील ५ मा मनाईने लिङ्ग मेलाको आयोजना यस वर्ष पनि गरिएको छ । विश्वकै सबैभन्दा ठूलो लिङ्ग मेलाका रुपमा चर्चित सो मेलामा सबै सामानहरु पुरुष लिङ्ग जस्तै देखिने वस्तुहरु बोकेर पुरुष तथा महिलाहरु समेत सडकमा घुम्ने गर्छन् । मेलामा सहभागी महिलाहरुहरुले पुरुष लिङ्गको आकारमा बनाइएका ललिपपहरु चुस्दै खुल्लारुपले सडकमा हिंडछन । एक किवदन्ती ..
ss छालामा हुक खोपेर पार गर्र्दै १,७४७ फीट चौडाइको नदी
एजेन्सी , ट्यारोलिन ट्रेवर्स सामान्यतया पर्वतारोहण अथवा नदिहरुलाई पार गर्ने समयमा गरिन्छ । समस्या परेको बेलामा यसको उपयोग अझ बढि गरिन्छ । मात्र एउटा डोरीको सहायताले मानिसहरु गुरुत्वाकर्षणको प्रयोग गरेर एउटा अन्त्य देखि अर्को अन्त्य सम्म पुग्ने गर्दछन् । १९ औँ शताब्दिको अन्त्यमा आल्प्स श्रृंखलाको ट्यारोलिनमा यसको प्रयोग गरिएको थियो ।यसैलाई निरन्तरता दिदैँ २३ वर्षकी मारिया ..
अपिल
परमादरणीय न्यायप्रेमी तथा परिवर्तनक संवाहक जनता लोकनि ! धनुषा जील्लाक क्षेत्र नं.३अन्तर्गत प्रतिनिधि सभा सदस्य मेअपनअमुल्य मत प्रदान क हमरा विजयी बनौनिहार राजर्षी जनकक कर्मभूमि,जगदम्बा जानकी क प्रादुभाव स्निग्ध स्थली जनकपुर सहित ग्रामिण क्षेत्रक सम्पूर्ण मतदाता , बुद्धिजीवी , शिक्षक ,कलाकार ,उधोगी ,व्यवसायी ,किशान, मजदूर ,विधार्थी, युवा ,महिला,दलित,मुस्लिम आ एही निर्वाचन मे प्रत्यक्ष(अप्रत्य्क्ष सहयोग कएनिहार सम्म्स्त सहयोगी हृदय आ हाथ सभप्रति परम हर्षोल्लासक सँग हार्दिक आभार सहित धन्यवाद क रहल छी ।राजेन्द्र महतो प्रतिनिधि सभा सदस्य ,धनुषा क्षेत्र नं.३अध्य्क्ष मण्डल (सदस्य )राष्ट्रीय जनता पार्टी नेपाल